काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ। मंशीर ३ गतेबाट सुरु हुने लिगका लागि कतार एयरवेजले १ लाख ८५ हजार अमेरिकी डलर (करिव १ करोड ८० लाख) प्रदान गर्नेछ। सम्झौताअनुसार १४ वटै ए डिभिजन क्लबको जर्सी, एलइडी स्कृन, डिजिटल कन्टेन्टलगायतमा कतार एयरवेजको लोगो राखिनेछ। एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एक…
विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्। विश्वासको मत पाएलगत्तै मुख्यमन्त्री राईले १० दिनभित्र मन्त्रिपरिषदले पूर्णता पाउनेसमेत बताएका छन्। बुधवार प्रदेश सभामा भएको मतदानमा राईले विश्वासको मत पाएका हुन्। उनको पक्षमा ५० जनाले मतदान गरेका छन्। हाल कायम रहेका ९२ जना प्रदेश सभा सदस्य मध्य ७९ जनाले भाग लिएका थिए। जसमा राईको विपक्षमा…
काठमाडौं: कलाकार एलिजा गौतम फिल्म ‘घुँइचो’मा अनुबन्धित भएकी छिन्। एलिजा रामजी दैलेखीको निर्माणमा बन्न लागेको फिल्म ‘घुँइचो’मा अनुबन्धित भएकी हुन्। निर्माता दैलेखीले गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाँडै फाइनल गर्ने बताए। आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्न लागेको यस फिल्मले एउटा दुर्गम गाउँको यूवाको अमेरिकासम्मको यात्राको कथा भन्ने निर्माता दैलेखीको भनाई छ। ‘नेपालका मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो…
विराटनगर : बन्दका कारण हिजो स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन्। हिजो नै राईले विश्वासको मत लिने तयारी थियो। तर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेको थियो। एमालेको मागअनुसार हिजो विश्वासको मत लिने…
काठमाडौंः प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरण सहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। प्रधान न्यायाधीश राणाले नौ वटा इजलासमा पेसी तोकेका हुन्। प्रधान न्यायाधीश राणाले आफ्ना लागि कुनै पनि इजालास तोकेका छैनन्। ती पेसीमध्ये सात संयुक्त र दुई एकल इजलास रहेको छ। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन। गत कात्तिक ७ गते आइतवार मध्याह्नदेखि प्रधान न्यायाधीशमाथि…
विश्वकप क्वालिफायर्स अन्तर्गत दक्षिण अमेरिकी छनोटमा आज सम्पन्न खेलमा ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिएका छन्। अर्जेन्टिनामा सम्पन्न खेलमा घरेलु टोलीले खेलमा राम्रो पकड बनाए पनि खेल गोलरहित बराबरीमा रोकिएको हो। त्यस्तै आजै सम्पन्न अर्को खेलमा बोलिभियाले उरुग्वेमाथि ३-० गोलअन्तरले जित निकाल्दै पेरुले भेनेजुएलालाई २-१ गोलअन्तरले हरायो। त्यस्तै कोलम्बिया र पाराग्वे गोलरहित बराबरीमा रोकिए। त्यस्तै इक्वेडरले चिलीमाथि २-० को जित निकाल्यो।…
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा मेडिकल कलेज सञ्चालन सरकारको प्राथमिकता रहेको बताएका छन्। गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको 'कन्फरेन्स प्रोसिडिङ्स' विमोचन कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकारको प्राथमिकतालाई गण्डकी विश्वविद्यालयले अगुवाई गर्नुपर्ने बताएका हुन्। उनले नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिलाउन र जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गर्नुपर्ने बताएका हुन्। दुई वर्ष अगाडि सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयले यसअघि…
काठमाडौंः नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन जारी राख्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको बैठकले आन्दोलनका थप कार्यक्रमसहित यसअघिको विरोध सभालाई निरन्तर राख्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए। सर्वोच्च परिसरमा नियमित आन्दोलन गरिरहेको बारले प्रधानन्यायाधीश सम्मिलित र सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी नहुने पनि निर्णय गरेको छ। पौडेलका अनुसार आन्दोलन अब देशव्यापी रुपमा हुनेछ। बारले मंसिर…
काठमाडौं : विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले आज कतारमाथि सानदार जित निकालेको छ। क्वालिफायर्सको तयारीका रुपमा हेरिएको कतारसँगको टी-२० सिरिजमा आज पहिलो खेलमा नेपालले ११९ रनको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालका लागि इन्दु वर्माले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५५ रन बनाइन्। त्यस्तै…
सुर्खेतः कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री चयन भएको १४ दिनपछि शाहीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। निर्णय अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का सांसद चन्द्रबहादुर शाही नियुक्त भएका छन्। शाहीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका छन्। शाही एमालेबाट निर्वाचित मुगुका सांसद हुन। उनले समाजवादी रोजेका थिए। सम्बन्धित…
काठमाडौँः सत्तारुढ पाँच दलीय गठबन्धनले न्यायपालिकाभित्रको वर्तमान निकास चाँडो निवारण हुनेमा विश्वास व्यक्त गरेको छ। तर, निकास सम्बन्धित पक्षबाटै हुनेमा गठबन्धनले आशा गरेको छ। सरकारलाई सघाउन गठित समन्वय समितिको बैठकले न्यायपालिकाको गरिमा कायम हुनेगरि विवादको निकास हुनुपर्ने निर्णय गरेको हो। दलहरुको भूमिकालाई लिएर आलोचना भइरहेका बेला गठबन्धनले वर्तमान विवादमा ठोस निर्णय लिन नसकेको हो। समितिको बैठकपछि निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आज बसेको बोर्ड बैठकले संघको वार्षिक साधारण सभा पुस १४ र १५ गते गर्ने निर्णय गरेको छ। मंगलवार भर्चुअल माध्यमबाट बसिएको बैठकले धनगडीमा पुस दोस्रो साता साधारणसभा गर्ने लगायत प्रशिक्षक छनोट, आर्थिक कार्यविधि, प्रधानमन्त्री कप क्रिकेट लगायतको विषयमा निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै,…
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट रहेका सर्वोच्चका न्यायाधीशसँग नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीले मंगलबार पनि छलफल गरेका छन्। सोमबार बार पदाधिकारीले आफ्नो धारणा राखेका थिए। निरन्तर भनिएको छलफलमा मंगलबार सर्वोच्चका १३ न्यायाधीशले धारणा राखे। अन्य न्यायाधीशहरु भने आज पनि छलफलमा सहभागी भएनन्। सोमबार पनि उनीहरु छलफलमा सहभागी भएका थिएनन्। छलफलमा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको बहिर्गमन नै अन्तिम…
काठमाडौं: दुवै मिर्गौला फेल भएर अस्वस्थ भएकी कलाकार पल्पसा डंगोल 'चम्सुरी' हाँस्य सिरियल‘मेरी बास्सै’मा फर्किएकी छिन्। स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी छ महिनापछि पुन: ‘मेरी बास्सै’ को छायाङ्कन सेटमा फर्किएकी हुन्। धेरैपछि ‘मेरी बास्सै’ को सेटमा फर्किँदा निकै खुसी लागेको उनले बताइन्। आजदेखि 'मेरी बास्सै' को एपिसोडमा आफूलाई दर्शकले देख्न पाउने पल्पसाले सुनाइन्। 'पहिले देखि नै गरिरहेको काममा फर्किँदा निकै…
काठमाडौं : स्वास्थ्य मन्त्रालयले सरकार-सरकार (जीटूजी) मार्फत् रसियाको गामालिया राष्ट्रिय अनुसन्धान संस्थाले उत्पादन गरेको स्पुतनिक-भी आयातमा आवश्यक सहजीकरण गर्ने संकेत दिएको छ। कोभिसिल्ड, भेरोसेल, जान्सेन, अस्ट्राजेनिका भ्याक्सिन अहिले नेपालमा कोभिड-१९ विरुद्ध प्रयोग भइसकेका छन्। तर, स्पुतनिक-भी भने अनुमति पाएर पनि आयात भएको छैन। उक्त खोप नेपाल ल्याउन सकिने नेपालका लागि रसियाली राजदूतले निकै अघि बताएका थिए। त्यसबेला भारत र चीनमा…
काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार १४९ जनाको कोभिड १९ परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको छ। यस्तै, १७० जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ४७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण ११ हजार ४८२ जनाको मृत्यु भइसकेको छ। मन्त्रालयका अनुसार…
जनकपुरधाम : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय पदमुक्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुखले उनलाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्रीले उनीसँग राजीनामा मागेका थिए। तर उनले राजीनामा नदिएपछि उनलाई पदमुक्त गरिएको बताइएको छ। नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई पदमुक्त गरिएको बताइन्छ।
केही समयअघि चर्चित स्पेनिस वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण बन्ने घोषणा भएको थियो। सोही ‘मनी हाइस्ट’को को हिन्दी संस्करण ‘थ्री मंकिज’ को छायाङ्कन सुरु भएको छ। बलिउड अभिनेता अर्जुन रामपालले वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण निर्माण गर्न लागेका हुन्। रामपालले यस फिल्मको छायाङ्कन सुरु भएको इन्स्टाग्राममार्फत जानकारी दिएका छन्। छायाङ्कनरत यस फिल्ममा अभिनेता रामपालको मुख्य भूमिका रहेको छ।…
काठमाडौं: तीनदिनअघि फिल्म 'यात्रा -द म्युजिकल भ्ल्ग' युट्युबमा सार्वजनिक भएको थियो। अभिनेत्री मलिका महतको यो डेब्यु फिल्म हो। मलिकाको मुख्य भूमिका रहेको यस फिल्मलाई युट्युबमा दर्शकले रुचाएका छन्। रिलिज भएको दोस्रो दिनदेखि नै यो फिल्म युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा आउन सफल भएको थियो। समाचार तयार पार्दा सम्म यस फिल्मलाई १२ लाख ३६ हजार बढी दर्शकले हेरिसकेका छन्। प्रेम कथात्मक यस फिल्ममा महतका…
काठमाडौं : नेपाल बार एशोसिएशनले बुधवारबाट तेस्रो चरणको आन्दोलन सुरु हुने जनाएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका हुन्। 'न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारको संरक्षण प्रधान न्यायाधीश चोलेन्दर शमशेर जबराले गरेका छन्। त्यसैकारण उनको राजीनामा आएपछि मात्रै सुधारका कदमहरु अघि बढ्न सक्छ,' उनले भने, 'राजीनामा नआएसम्म आन्दोलन जारी रहन्छ। भोलिबाट सशक्त आन्दोलन…