काठमाडौंः यातायात व्यवस्था विभागले कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। विभागले सोमबार एक सार्वजनिक सूचना जारी गरेर अनलाइन आवेदन प्रणालीमा अधिक चाप हुँदा कार्यालयहरुबाट हुने दैनिक लाइसेन्ससम्बन्धी काम असर परेकाले बन्द हुने जनाएको छ। प्रणालीमा लोड व्यवस्थापन कार्य भएपछि आवेदन प्रणाली यथावत रुपमा सञ्चालन हुने सूचनामा उल्लेख छ। ६ महिनापछि…
काठमाडौंः स्टिङ अपरेशनलाई प्रमाण नमान्ने सर्वोच्चको फैसलापछि यससम्बन्धी मुद्दाको संख्या ह्यवात्तै घटेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७७/०७८ को वार्षिक प्रतिवेदन अनुसार मुद्दाको संख्या घटेको हो। वैशाख ८ गते सर्वोच्चले आफैं रकम उपलब्ध गराएर गरिने स्टिङ अपरेशन प्रमाण नलाग्ने फैसला गरेको थियो। वार्षिक प्रतिवेदन प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्। प्रतिवेदन अनुसार ०७७/०७८ मा स्टिङ अपरेशनका…
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध मोर्चा कसिरहेका सर्वोच्चका न्यायाधीशबीच आन्दोलनको विषयमा विभाजनको संकेत देखिएको छ। करिब तीन सातादेखि आन्तरिक रुपमा चलेको छलफलका केही विषयमा कुरा नमिलेपछि असन्तुष्टबीच फुटको सम्भावना बनेको हो। परिणामस्वरुप सोमबार बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीको छलफलमा पनि ती न्यायाधीश सहभागी भएनन्। आदेश लेख्न व्यवस्था छौँ भन्दै उनीहरुले छलफल टारेका छन्। प्रधानन्यायाधीशबाहेक सर्वोच्चमा अहिले १९ न्यायाधीश…
हेटौंडा : वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिदप्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने प्रदेश सरकारको निर्णय राष्ट्रघाती भएको बताएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले गठबन्धन सरकारको उक्त निर्णय देशलाई गरिब नै बनाइराख्ने सोच र व्यबहारबाट निर्देशित भएको आरोप समेत लगाएका छन्। सयौं किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटरपार्टसमा खर्च हुने अरबौं रुपैयाँ बचाउने, घण्टौंको यात्रा अवधि तथा…
काठमाडौं : देशभर थप ४१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १२ हजार ४०२ जनाको परीक्षण गर्दा ४१६ जनामा संक्रमण देखिएको हो। यस्तै, २७० जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७३११ पुगेको छ। संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ हजार ४५२ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।
रमेश पराजुली- बुटवल : नेकपा (एमाले)को मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौं महाधिवेशनका लागि लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। रूपन्देहीको क्षेत्र नम्बर १, पश्चिम नवलपरासीलगायत केही क्षेत्रहरूमा प्रतिनिधि छनौटका लागि निर्वाचन भएपनि अधिकांश क्षेत्रमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। रूपन्देहीको क्षेत्र नं. १ मा खुलातर्फ यज्ञ गैरे, ध्रुब खरेल, डा.कृष्ण न्यौपाने…
काठमाडौं : आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले जारी गरेको विज्ञप्तिलाई पूर्व न्यायाधीशहरुको फोरमले न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरेको दुष्प्रचारका रुपमा अर्थ्याएको छ। बारलाई वार्तमा आउन जबराले जारी गरेको वक्तव्यका विषयमा सोमवार पत्रकार सम्मेलन गर्दै पूर्व न्यायाधीशहरुको फोरमले यस्तो निष्कर्ष निकालेको हो। फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रधानन्यायधीश चोलेन्द्र शम्मशेर राणाबाट जारी गरिएको वार्ताको लागि आह्वानको विज्ञप्ति न्यायको विचलन भ्रष्टाचार लुकाउन…
अक्षयकुमार अभिनित बलिउड फिल्म 'पृथ्वीराज' को टिजर सार्वजनिक भएको छ। यो फिल्म राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित छ। फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्। अक्षयका साथै यस फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ। यस फिल्ममा मानुषीले राजकुमारी संयोगिताको भूमिका निभाएकी छिन्। यो उनको डेब्यु फिल्म हो। ऐतिहासिक विषयमा बनेको फिल्मको टिजरलाई अक्षयकुमारले ट्वीट गर्दै भनेका छन्,…
वीरगंज : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पर्सामा प्रतिनिधि चयन गरिएको छ। पर्साको चार वटै निर्वाचन क्षेत्र र दलितबाट २९ जनाको नाम सर्वसम्मतिले चयन भएको जिल्ला अध्यक्ष प्रभु हजराले बताए। पर्सा क्षेत्र नं १ बाट इश्लाम हवारी, बसरुद्दीन अन्सारी, अरविन्द सिंह, डा विशम्भर शर्मा, शम्भु गुप्ता, मुना दहाल, सुभद्रा बन्जारा, क्षेत्र नं २ बाट गोकर्ण पाठक, महेश दास, केदार…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा लुटेरा प्रवृत्ति बढ्दै गएको बताएका छन्। अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषण सभामा नेपालले कृषि क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि लुटेरा प्रवृत्ति हुर्किरहेको बताएका हुन्। 'लुटेरा प्रवृत्तिहरु हुर्केर गइरहेको पाइन्छ। नोकरशाहहरुले गरिब किसानको विजोग बनाइरहेको छ,' नेपालले भने। उनले कार्यकर्तालाई किसानका बारेमा सोच्न निर्देशन दिए। आफ्नो संगठनलाई लोकप्रिय बनाउनुपर्ने भन्दै…
काठमाडौं : अहिले नेपाली टिकटकमा एक गीत निकै हिट भइरहेको छ। गीत हो: 'पापी लर्के जोवनले कहिले हसायो। 'घट्ट जस्तै फनफनी' बोलको यो गीत फिल्म 'हिरो' को हो। यस फिल्ममा राजेश हमाल, गौरी मल्ल, रेखा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्म 'हिरो' रेखा थापाको डेब्यु फिल्म पनि हो। 'पापी लर्के जोवनले कहिले हसायो' गीतमा गायक तथा संगीतकार शम्भुजित बास्कोटाको…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बोलाएको भन्दै विरोध जनाएका हुन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार आयोजना गरेको एक कार्यक्रममा उनले बुढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै…
काठमाडौं : ओखलढुंगमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आज बिहान प्रदेश नम्बर ३-०१०२२ च ९६९४ नम्बरको जीप सुनकोशी गाउँपालिका ९ मा दुर्घटना भएको हो। दुर्घटनामा परेर १३ जना घाइते भएका छन्। घाइते भएकामध्ये ४ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी गोविन्द काफ्लेले बताए। मृत्यु हुनेहरुमा ३ जना महिला र एक जना पुरुष भएको…
दिल्ली सरकारले वायु प्रदूषण नियन्त्रण गर्न लकडाउन लगाउन आफूहरु तयार रहेको बताएको छ। अरविन्द केजरीवाल नेतृत्वको सरकारले सर्वोच्चमा प्रदूषण नियन्त्रण गर्न आफूहरु तयार भएको र राष्ट्रिय राजधानी क्षेत्र (दिल्ली एनसीआर) पनि पनि यस्तै प्रतिबन्ध लगाउनु पर्ने बताएको हो। सर्वोच्च अदालतले केन्द्र र राज्य सरकारलाई दिल्लीमा प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्न सुझाव दिएको थियो। दुई दिनसम्म लकडाउन गर्ने गरि आपतकालिन योजना प्रस्तुत…
काठमाडौं : तोकिएभन्दा बढी रक्सीको बोतल भन्सारबाट ल्याउन नदिएको निहुँमा त्रिभुवन विमानस्थलमा कार्यरत भन्सारका नायब सुब्बालाई कुटेका नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीले गल्ती स्वीकार गरेका छन्। घटना बाहिरिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले सीईओ रेग्मीलाई तीन दिनको समय दिँदै स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो। सीईओ रेग्मीले बुझाएको स्पष्टीकरणमा अनिँदोका कारण धकेलाधकेल भएको भन्दै माफी पनि मागेको उल्लेख गरिएको…
काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले अब अधिवेशन हुन्छ भनेर ढुक्क हुने स्थिति आएको बताएका छन्। राष्ट्रिय सभा गृहमा अधिवेशनबाट निर्वाचित काठमाडौं महानगरका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा थापाले उक्त भनाई राखेका हुन्। 'हिजो हामीले केन्द्रीय समिति बैठक सम्पन्न गर्यौ। केन्द्रीय समितिले प्रदेशका संयोजकहरु तोकेका छौं। र अधिवेशनका निम्ति व्यवस्थापन गर्ने समितिहरु बनाएका छौं,' महामन्त्रीका…
काठमाडौं : केही दिनदेखि अदालतमा देखिएको विवादको संवाद मार्फत् समाधान खोज्न प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आग्रह गरेका छन्। सोमवार बिहान प्रधान न्यायाधीश राणाले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा रहेका न्यायाधीशहरुलाई काममा फर्किन समेत आग्रह गरिएको छ। अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधान न्यायाधिशबाट जारी भएको विज्ञप्ति पढ्दै अहिले देखिएको समस्याको समाधान विद्रोह छोडेर संवादबाट नै खोज्न भनिएको छ। 'कर्तब्य निर्वाह गर्ने सिलसिलमा यदाकता…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन्। आज प्रधानन्यायाधीश जबराले एक वक्तव्य जारी गर्दै बारलाई वार्तामा आउन आग्रह गरेका हुन्। प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई काममा फर्कनसमेत आग्रह गरेका छन्।
काठमाडौं : महाधिवेशनको संघारमा आइपुगेर नेपाली कांग्रेसले बल्ल मुल समरोह समिति बनाएको छ। आइतवार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समितिले १४ औं महाधिवेशन मुल समारोह समिति घोषणा गरेको हो। सभापति देउवाको नेतृत्वमा मुल समारोह समिति बनेको छ। कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ। यद्यपि केही जिल्लामा क्रियाशिल विवाद यथावत…
टी २० विश्वकप फाइनल अन्तर्गत आज सम्पन्न फाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डमाथि ८ विकेटको सानदार जित निकाल्दै अस्ट्रेलियाले पहिलो पटक टी २० विश्वकपको उपाधि जितेको हो। आजको खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर न्युजिल्याण्डले १७२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले डेभिड वार्नर र मिचेल मार्सको अर्धशतकको सहायतमा…