टी-२० विश्वकप फाइनल अन्तर्गत आज जारी फाइनल खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर न्युजिल्याण्डले १७२ रन बनाएको हो। यो स्कोर टी २० विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो स्कोर हो। यसअघि भारतले पहिलो एडिसनमा ५ विकेटको क्षतिमा १५७ रन बनाएको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डका…
काठमाडौँः नेपाली कांग्रेसले आसन्न महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ। पदाधिकारी बैठकको प्रस्ताव अनुसार आइतबार बसेको केन्द्रीय समितिले समिति गठन गरेको हो। बैठकले, आवास तथा भोजन, स्वास्थ्य, प्रचारप्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापन, सांस्कृतिकलगायतका समिति पनि गठन गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति देउवा नेतृत्वको मूल समारोह समितिमा पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय…
काठमाडौंः आइतबार भक्तपुरदेखि नगरकोट पुग्ने सडक निरीक्षण गरेर फर्किने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव चढेको गाडी स्थानीयले घेरे। स्थानीय गुनासो नसुनी ठेकेदारको मात्रै कुरा सुनेर फर्केको भन्दै मन्त्रीको गाडी स्थानीयले घेरेका थिए। मन्त्री यादवले चार बजे महत्वपूर्ण बैठक भएको भन्दै उम्कन खोजेकी थिइन्। उनीहरुले जनतालाई फेस गर्न नसकेको बताएपछि उनी गाडीबाट ओर्लिएर गुनासो सुनेकी थिइन्। एक स्थानीयले…
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सत्ता गठबन्धनविरुद्ध मोर्चाबन्दी हुन लागेको भन्दै सत्ता घटक दलहरुलाई सचेत गराएको छ। ललितपुरको हेरिटेज गार्डेनमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले सत्ता गठबन्धनको काउण्टरमा अर्को गठबन्धन बन्न लागेको दाबी गरेको हो। 'दक्षिणपन्थी तथा पुनरुत्थानवादी सम्भावित गठबन्धनप्रति सचेत रहँदै लोकतन्त्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वाम लोकतान्त्रिक गठबन्धनलाई…
काठमाडौँः नेपाली कांग्रेस पदाधिकारी बैठकले नेतृत्व चयन र नीति अधिवेशनलाई फरक फरक गर्ने प्रस्ताव केन्द्रीय समितिमा गरेको छ। सबै महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुँदा पार्टीको नीति र कार्यक्रम ओझेलमा परेको भन्दै फरक-फरक रुपमा अधिवेशन गर्ने प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। पदाधिकारी बैठकको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेमा नेतृत्व चयन र नीति अधिवेशन फरक फरक हुनेछ। केन्द्रीय महाधिवेशनले प्रत्यायोजन…
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा नेपाल बार एशोसिएशन तथा आन्दोलनरत अन्य पक्षहरुले दलहरुको सहायता माग गरे पनि अहिलेसम्म औपचारिक छलफल भएको छैन। नेकपा (एकीकृत समाजवादी) को आइतबारको बैठकले साझा धारणाको पक्षमा जोड दिए पनि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको बैठकमा भने न्यायालय प्रकरणमा छलफल नभएको केन्द्रीय सदस्य एनपी साउदले बताए। केन्द्रीय सदस्य साउदले भने, ‘यसबारे कुनै छलफल भएन। नेपाली कांग्रेसको…
काठमाडौँः नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता रामचन्द्र झा समाजवादीको सचिवालय सदस्यमा मनोनीत भएका छन्। यस्तै, एमाले छाडेर समाजवादीमा प्रवेश गरेका तारा जोशी र नेकपा (माले) छाडेर समाजवादी प्रवेश गरेका कुलप्रसाद फुयाल र निलमणि बराल केन्द्रीय सदस्यमा मनोनीत भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। यस्तै, पार्टीले वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनीत गरेको छ।
काठमाडौंः नेकपा एकीकृत समाजवादीले सर्वोच्च अदालतमा देखिएको घटनाले शक्ति पृथकीकरण खलबलिने अवस्था आएको बताएको छ। ललितपुरको हेरिटेज गार्डेनमा बसेको केन्द्रीय कमिटीको बैठकले अदालतमा प्रधानन्यायाधीशविरुद्ध वकिलहरुले गरिरहेको आन्दोलनप्रति गम्भीर ध्यानकर्षण भएको निष्कर्ष निकालेको हो। 'न्यायलमा देखिएको समस्याले शक्ति पृथकीकरण खलबलिने अवस्था आएको छ,' प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने। एकीकृत समाजवादीले गठबन्धनमा आवद्ध दलहरुको एकीकृत धारणा हुनुपर्ने बताएको छ। 'सबै दलको एकीकृत…
काठमाडौँः नेपाली कांग्रेसले आसन्न महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समितिको प्रस्ताव गरेको छ। यस्तै, आवास, स्वास्थ्य, प्रचारप्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापन लगायतका समितिको पनि प्रस्ताव गरिएको छ। पार्टी पदाधिकारी बैठकले गरेको निर्णलाई केन्द्रीय समिति बैठकका लागि प्रस्ताव गरिएको हो। केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति देउवा नेतृत्वको मूल समारोह समितिमा पार्टीका केन्द्रीय सदस्य,…
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनका व्यवस्थित रुपमा सम्पन्न गर्न पार्टीको पदाधिकारी बैठकले संयोजकहरु तय गरेको छ। तय गरिएका संयोजकको सूची केन्द्रीय समिति बैठकमा पेश गरिँदैछ। पदाधिकारी बैठक सकिएलगत्तै केन्द्रीय समिति बैठक पनि सुरु भएको छ। प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारी बैठकले महाधिवेशनको आवास तथा भोजन समितिको संयोजकमा सुरेन्द्र पाण्डेलाई तय गरेको केन्द्रीय सदस्य…
काठमाडौं : नेपालमा थप तीन सय ६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा आठ हजार ८ आरटी-पीसीआर र एक हजार पाँच सय ९८ जनामा भएको परीक्षणका क्रममा तीन सय ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको…
काठमाडौं : सुदर्शन थापाको फिल्म ‘राजा’को मुख्य भूमिकामा राज कटुवाल अनुबन्धित भएका छन्। फिल्मका लागि अन्य कलाकारको छनोट जारी रहेको निर्देशक थापाले बताए। फिल्मको कथामा शिवम् अधिकारीले काम गरिरहेका छन्। निर्देशक थापाका अनुसार 'एक्सन'ले फिल्ममा प्राथमिकताका पाउनेछ। प्रेम कथालाई पर्दामा उतार्दै आएका सुदर्शनले पहिलोपटक यो जनराको फिल्म बनाउन लागेका हुन्। फिल्मका निर्माता परशुराम बस्नेत हुन्। नेकपा एमालेका युवा नेतासमेत रहेका…
काठमाडौं : आज दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै सुरु हुन सकेको छैन। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा डाकिएको बैठक अझै सुरु हुन नसकेको हो। अहिले कांग्रेस पदाधिकारीको बैठक चलिरहेको छ। बैठक दुई बजेबाट सुरु भएको थियो। पदाधिकारी बैठकपछि मात्र केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ। कांग्रेसको आसन्न केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, गठबन्धनका विषयमा बैठकमा…
काठमाडौं : लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ। पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ। अन्तराल इभन्ट म्यानेजमेन्टको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्सका संयोजक चक्रबहादुर चन्दले बताए। ‘यस क्षेत्रकै…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार ९ हजार ६ सय ६ जनामा गरिएको परीक्षणमा ३ सय ६ जनामा संक्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ३ सय ४८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ७ हजार २ सय १५ रहेका छन्। २४ घण्टामा संक्रमण भएका ६…
काठमाडौं : राष्ट्र संघीय जलवायु सम्मेलन (कोप२६) ‘सम्झौता’मा टुंगिएको छ। सम्मेलनका क्रममा गरिब देशरु धनी देशसामु निरीह बनेका छन्। धनी देशहरुको अडानका कारण साना देशहरु आफ्नो प्रस्तावबाट पछि हटेर सम्झौता गर्न बाध्य बनेका छन्। ‘यो महत्त्वपूर्ण कदम हो। तर यति नै पर्याप्त छैन। विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रिमा सीमित पार्न हामीले जलवायु सम्बन्धी कदमहरुलाई तिब्र पार्नुपर्छ,’ सम्लेलन समापनका क्रममा राष्ट्र संघका…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा संचालन गर्ने बताएका छन्। आईतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठकको उद्घाटन कार्यक्रममा मन्त्री आलेले आन्तरिक र बाह्य टर्मिनलमा सटल बस सेवा संचालन गर्ने बताएका हुन्। यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेको भन्दै त्यसको समाधानका लागि सटल बस संचालनको तयारी भइरहेको उनले…
काठमाडौं : समाजवाद उन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन्। आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ त्यो कुरा कर्मचारीले जान्नैपर्ने बताएका हुन्। ‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ। समाजवादको कुरा गरेको छ। तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुपर्यो, थाहा पाउनुपर्यो’, मन्त्री शर्माले तालिममा…
तीनदिनअघि युट्युवमा रिलिज भएको एक गीत अहिले निकै चर्चित भइरहेको छ। गीतको बोल हो: नाटु नाटु (नाचो नाचो)। यो गीत एसएस राजामौली निर्देशित दक्षिण भारतिय फिल्म 'आरआरआर' को हो। गीत रिलिज भएसँगै यस गीतलाई युट्युवदेखि टिकटकमा निकै रुचाइएको छ। गीतमा जुनियर एनटिआर र राम चरणको धमाकेदार नृत्य देख्न सकिन्छ। उक्त नृत्य अहिले भारत र नेपालमा भाइरल भएका छन्। तीनदिनअघि नै…
जनकपुरधाम : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धनुषाका कानुन व्यवसायीहरुले जिल्ला अदालतमा धर्ना दिएका छन्। अदालतको मुख्य गेटमा अवरुद्ध गर्दै धर्नामा बसेका छन् । नेपाल बार एसोसिएसन जनकपुरले पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान साढे ११ बजेदेखि अदालतको मुख्य गेट अवरुद्ध गरेका हुन्। हातमा कालोपट्टी बाँधेर धर्नामा बस्दै उनीहरुले जबराको राजीनामाको माग गरेका हुन् । माग पूरा नभएसम्म बार एसोसिएसन केन्द्रिय…