विराटनगर : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित भएको छ। आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यतालिका थियो। तर, बन्दका कारण सांसदहरु उपस्थित हुन नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो। अर्को बैठक भोलि बिहान ११:३० बजे बोलाइएको प्रदेशसभा सचिवालयले…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत खपत बढाउन विद्युतीय चुल्हो र गाडीमा अनुदान दिने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को १९ र २०औं साधारणसभालाई सम्बोधन गर्दै उनले अनुदान दिने बताएका हुन्। 'नेपालमा विद्युत पर्याप्त छ। ब्याट्रीहरुबाट गाडी चलाउन सक्छौं। इलेक्ट्रिक चुल्हो हुन सक्छ,' उनले भने, 'तपाईंहरु लाग्नुस्, अनुदान दिन तयार छौं।' काठमाडौंमा धुवाँ र धुलो बढेकाले काठमाडौंबाट विद्युतीय…
काठमाडौं : आन्दोलनरत समूहलाई छोडेर आएका चार न्यायाधीशहरुले सर्वोच्च अदालतको इजलासमा सुनुवाई गरिरहेका छन्। प्रधान न्यायाधीश चोलेन्द्र शम्मशेर जबरासँग असन्तुष्ट रहेर इजलास नै बहिस्कार गरेका न्यायाधीशहरुको समूहबाट चार न्यायाधीशहरु सुनुवाईका लागि फर्किएका हुन्। न्यायधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको एउटा र न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा अहिले मुद्दाको सुनवाई भइरहेको छ। त्यसैगरी बन्दी प्रत्यक्षीकरणको मुद्दा प्रकाशकुमार ढुंगाना र कुमार…
पोखरा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्र विक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्द आह्वानको प्रभाव पोखरा पनि परेको छ। बन्दका कारण पोखरामा बिहानदेखि अतिआवश्यक सवारीसाधन र सीमित निजीबाहेक सबै ठप्प छ। व्यापार व्यवसाय पनि ठप्प नै छ। नेपाल बन्द समाधान नभएको बताउँदै विवेकशील साझा पार्टीले आज बन्दको विरोधमा पोखरा मानवअधिकार चोकमा प्रर्दशन गरेको छ। नेपाल खुल्ला रहेको…
काठमाडौं : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्। यसबिच, विप्लव कार्यकर्ता र प्रहरीबिच काठमाडौंको सोह्रखुट्टेमा झडप भएको छ। गाडी रोक्दै टायर बाले सडक अवरुद्ध गर्दै हिँडेका बन्दकर्तालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। प्रहरीले केही बन्दकर्तालाई…
काठमाडौं : बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेपछि पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ यतिखेर हिरासतमा छन्। उनी विरुद्ध अहिले पनि उजुरी आउनेक्रम रोकिएको छैन। अहिलेसम्म उनीविरुद्ध १ हजार ४ सय ४१ जनाले उजुरी दिएका छन्। अहिले पनि दैनिक ३/४ जना उजुरी लिएर आउने गरेको प्रहरीको भनाइ छ। उनी विरुद्ध अहिलेसम्म ५ अर्ब ९३ करोड २६ लाख रुपैयाँ बराबरको…
काठमाडौं : चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन लागि परेको धुर्मुस सुन्तली फाउण्डेशन पछिल्लो ४ महिनायता काम रोकेर बसेको छ। आर्थिक अभाव र ऋण पनि बढ्दै गएको भन्दै फाउण्डेशनले काम रोकेको हो। फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले आज एउटा भिडियो जारी गर्दै आफूहरु ऋणमा रहेको र सहयोगको आवश्यकता रहेको बताएका हुन्। 'विषम परिस्थितिमा बनाउनु पर्छ बन्नु पर्छ भनेर अघि बढेका थियौं।…
विराटनगर : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। उपत्यका बाहिरका प्रमुख शहरहरुमा बन्दको आंशिक प्रभाव परेको छ। प्रदेश १ मा पनि बन्दका कारण जनजीवन प्रभावित भएको छ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने कार्यतालिका पनि बन्दले प्रभावित हुने देखिएको…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै प्रकारका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। जबराले दशवटा इजलासमा पेसी तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै पनि इजालास तोकेनन्। दश पेशीमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास छन्। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन। यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि सर्वोच्चमा मुद्दाको सुनुवाइ हुन सकेको छैन।…
काठमाडौं : इन्धनको मूल्य वृद्धिको विरोधमा बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले साझा बस तोडफोड गरेका छन्। ललितपुरको पाटन अस्पताल नजिकै इटी चोकमा बा ५ ख ८७५५ नम्बरको साझा बसमा तोडफोड भएको हो। 'पछाडिबाट गाडीमा ढुंगा हान्दा सामान्य क्षति भएको छ,' महानगरीय प्रहरी परिसर ललिपुरका एसएसपी किरण बज्रचार्यले भनिन्। त्यस्तै, बन्द गराउँदै हिँडेने तीन जनालाई ललितपुरका विभिन्न…
काठमाडौं : दाजुको हत्या गरेको अभियोगमा प्रहरीले उनकै भाइलाई नियन्त्रणमा लिएको छ। इलामको सन्दकपुर गाउँपालिका-१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमवार प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नै ३५ वर्षीय दाजु इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको…
काठमाडौं : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्। यसबिच विप्लव कार्यकर्ताले सुनधारा क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन्। टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका थिए। त्यसक्रममा प्रहरी र विप्लव कार्यकर्ताबिच घम्साघम्सी परेको थियो। प्रहरीले केही बन्दकर्तालाई नियन्त्रणमा…
काठमाडौं : गायक योगेश्वर अमात्यको जग्गा देखाएर नक्कली लालपुर्जा बनाई बैकबाट ऋण निकालिएको विषयको अनुसन्धान नयाँ शिराबाट सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले अब कीर्तेमा मात्र नभइ, बैंकिङ कसुरमा समेत अनुसन्धान गर्ने भएको छ। बैंकिङ कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट चार दिनको समय समेत थप गरिएको छ। बाराको विश्रामपुरस्थित गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको…
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भर्चुअल बैठक सम्पन्न भएको छ। बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ समकक्षीसँग उनको यो पहिलो बैठक हो। आर्थिक, मानवअधिकार र ताइवानको विषयमा दुई देशबिच विवाद भइरहँदा यो बहुप्रतिक्षित बैठक भएको हो। बैठकमा चिनियाँ राष्ट्रपति सीले आफूहरु अमेरिकासँगको सम्बन्धलाई सकारात्मक दिशातर्फ अघि बढाउन तयार भएको बताएका छन्। सीले बाइडेनलाई आफ्नो 'पुरानो साथी'…
भारतीय प्रहरीले अमेजनका अधिकारीमाथि अनुसन्धान थालेको छ। इ-कमर्स प्लाटफम अमेजनबाट प्रतिबन्धित गाँजा बिक्री वितरण भइरहेको घटनामा प्रहरीले आरोपित नै पक्राउ गरेपछि सोमवारबाट अमेजनका अधिकारीमाथि अनुसन्धान सुरु भएको हो। भारतीय प्रहरीले मध्य प्रदेशबाट आइतवार दुईजना पुरुषहरुलाई २० किलो गाँजासहित पक्राउ गरेको थियो। ती पुरुषहरुले अमेजनको वेबसाइट प्रयोग गरी गाँजाको अर्डर गरेका थिए। उनीहरुले अन्य प्रदेशमा त्यसको तस्करी गरेको आरोप प्रहरीले लगाएको छ। प्रहरीले ग्वालियरका सुरज भनिने कल्लु…
काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले बजे कतारसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपालले आज दिउँसो पौने ४ बजे वेस्ट इण्ड पार्क इन्टरनेशनल स्टेडियमममा कतारसँग टी २० सिरिजको पहिलो खेल खेल्नेछ। नेपालले १३ औं दक्षिण एसियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १५ दिन तयारी गरेको नेपाली टोली बंगलादेशमा केही अभ्यास खेलहरु खेलेको…
रमेश पराजुली - बुटवल : मुलुकको आर्थिक तथा व्यापारिक केन्द्रका रुपमा रहेको बुटवलको मध्यभागबाट पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्ग विस्तार भएका छन्। तर, राजमार्गको चौराहा–गोलपार्क खण्डको सडक विस्तार कार्यमा चरम ढिलासुस्ती र लापरबाहीले गर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। ठेकेदारको लापरबाहीका अगाडि स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि लुम्बिनी प्रदेशको मुकाम सर्वसाधारणका लागि सास्तीको थलो बन्दै गएको छ।…
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेपछि यातायात सेवा प्रभावित भएको छ। उपत्यकामा पनि यसको सामान्य प्रभाव देखिएको छ। बन्द सफल गराउन भन्दै विप्लवका कार्यकर्ताले बिहानै केही स्थानमा टायरसमेत बालेका थिए। यद्यपि अहिले सडकमा सार्वजनिकदेखि निजी सवारी गुड्न थालेका छन्। साझा यातायात बिहानैबाट चल्न थालेको छ। कोटेश्वर क्षेत्रमा सवारी साधन कम हुँदा यात्रु…
विश्वकपको युरोप छनोट अन्तर्गत गएराति सम्पन्न समूह 'आई' को खेलमा इङ्ग्ल्याण्डले फराकिलो जित निकालेको छ। सनमारिनो स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले ह्यारी केनको ह्याट्रिकसहित ४ गोलको सहायतामा १०-० को फराकिलो जित निकालेको हो। यो इङ्ग्ल्याण्डको सन् १९६४ मा अमेरिकामाथि १०-० कै जित निकालेयताकै फराकिलो जित हो। खेलको छैटौं मिनेटमै ह्यारी म्यागुएरको गोलमा अग्रता बनाएको इङ्ग्ल्याण्डले दोस्रो गोल सन मारिनोका फिलिपो फाब्रीले…
काठमाडौंः नेपाल बार एशोसिएशनले सर्वोच्च परिसरमा कानुन व्यवसायीमाथि दमन भएको भन्दै विरोध गरेको छ। सोमबार राति वक्तव्य जारी गर्र्दै बारले अदालत परिसरलाई ब्यारेक बनाइएको पनि आरोप लगाएको छ। बारले सुरक्षाकर्मीको सहयोगमा अदालत प्रवेश गरेर प्रधानन्यायाधीशले सम्मानित महसुस गर्नु लज्जा र आपत्तिजनक भएको पनि वक्तव्यमा उल्लेख गरेको छ। वक्तव्यमा भनिएको छ, ‘कानुन व्यवसायीहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा अदालत प्रांगणमा सयौँ सशस्त्र प्रहरी राख…