वीरगंज : ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ बिहीबारदेखि राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ। जनगणनाका लागि पर्सा जिल्लामा ५७० जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय पर्साका जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिए। कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना मंसिर ९ गतेसम्म चल्नेछ। प्रभावकारी रुपमा जनगणना गर्नका लागि पर्सा जिल्लामा ६ वटा जनगणना कार्यालय स्थापना गरिएको छ। वीरगंज महानगरमा…
कैलाली: कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। अहिलेसम्म जिल्लाका ३७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला कार्यसमिति कैलालीले जानकारी दिएको छ। धनगढी उपमहानगरपालिकाका मात्रै ६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। तर जिल्लामा रहेका १३ पालिकाका १ सय २६ वडामध्ये अधिकांशमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन अघि बढाउने तयारी भइरहेको जिल्ला कार्यसमिति कैलालीले जनाएको छ। जिल्ला…
फ्रान्सको राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलात्कारको घटनाबारे अनुसन्धान सुरु भएको छ। सरकारी अभियोजनकर्ताहरुको उक्त घटनाबारे अनुसन्धान थालेको एपीले उल्लेख गरेको छ। अवकाश पाउन लागेका एक वरिष्ठ सैन्य अधिकारीको सम्मानमा राष्ट्रपति भवन रहेको एलिजे दरबारमा आयोजित कार्यक्रममा एक महिला सैनिकले आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएकी हुन्। उक्त कार्यक्रममा राष्ट्रपति इम्यानुल म्याक्रोनपनि सहभागी थिए। आरोपित अधिकारीलाई हाल निलम्बन गरिएको छ। आरोपित सैन्य…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगका लागि भीआईपी प्यारापिट तर्फ ५०० र सामान्य तर्फ १०० रुपैयाँ टिकट शुल्क लाग्ने भएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले फुटबलमा 'विकेन्ड कल्चर' विकाश हुनेगरी खेलतालिका बनाइएको बताए। 'खेलमा दर्शकको उपस्थितिलाई बढाउन फर्ड लाइटमा पनि खेलहरु खेलाइने छ,' महासचिव तुलाधरले भने। उनले दशरथ रंगशाला, एन्फा कम्प्लेक्स…
काठमाडौँः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अधिकारलाई अवसरमा सुनिश्चित गर्न एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिए पनि शीर्ष नेताकै कुत्सित मनसायका कारण विभाजन भएको आरोप लगाएका छन्। एमालेको दशौँ महाधिवेशनको प्रतिनिधि छनोटबारे भिडियो सन्देश दिँदै ओलीले पार्टी कब्जा गर्ने मनासायले एकीकरणलाई गलत दिशामा धकेलेको पनि बताएका छन्। भिडियो सन्देशमा ओलीले पार्टी एकीकरण विरोधीहरुले पार्टी र आन्दोलनलाई समाप्त…
काठमाडौँः कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सर्वोच्च अदालतको समस्या सर्वोच्च अदालतले नै निरुपण गर्नुपर्ने विषय भएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अदालत परिसारमा विवाद चर्किएपछि मन्त्री बडुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। भेटपछि उनले प्रधानमन्त्री देउवासँग यही विषयमा कुराकानी भएको बताए। सरकारले न्यायालयमा हस्ताक्षेप गर्न नहुने पक्षमा प्रधानमन्त्री रहेको बडुको भनाई थियो। 'न्यायापालिकाभित्रको हामी पसेर हस्तक्षेप गर्न मिल्दै-मिल्दैन।…
काठमाडौँः नेपाली कांग्रेसमा महामन्त्री डा. शशांक कोइरालाले सभापतिको उम्मेदवारका लागि आफ्नो समूहभित्र सहमति नभए पराजय हुने बताएका छन्। समूहभित्र सहमति नभए वर्तमान सपापति शेरबहादुर देउवालाई नै पद बुझाए हुने समेत कोइरालाले टिप्पणी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुको भेलापछि कोइरालाले सहमतिमा जोड दिएका हुन्। कोइरालाले पार्टी नेता प्रकाशमान सिंह समेत आफूहरुसँगै रहेको बताएका छन्। शुक्रबारको भेलामा सिंह अनुपस्थित भएपछि…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठकबाट पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने निर्णय गरेको छ। बुधवार पार्टी कार्यालयमा बसेको बैठकले शुक्रवार र शनिवार बस्ने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने ऐजेण्डाका बारेमा छलफल गरेको थियो। पार्टी कार्यालयका सचिव गंगालाल तुलाधरले केन्द्रीय कमिटीको बैठकमार्फत विभिन्न ऐजेण्डामा छलफल गरेर पार्टीको दृष्टिकोण तयार पारिने बताए। ‘पार्टीको दृष्टिकोण प्रष्ट पार्छौँ। सात वटा…
काठमाडौं : सरकारले १२ वर्ष माथिका दीर्घरोगी नागरिकका लागि कोभिड-१९ विरुद्धको खोप अभियान संचालनको तयारी गरेको छ। कार्तिक २८ गते देखि मंसिर ४ सम्म यो उमेर समूहका तथा दीर्घ रोगीलाई प्राथमिकतामा राखेर खोप अभियान संचालान गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए। अमेरिकी कोभिड-१९ विरुद्धको खोप फाइजर-वायोएनटेक खोप अभियानका विषयमा मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी…
काठमाडौं : देशभर थप ३९७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ६६ नमुना परीक्षण गर्दा जम्मा तीन सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ९ हजार एक सय ३४ जनाको आरटी-पीसीआर परीक्षण गर्दा तीन सय ५५ र एक हजार नौ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा…
काठमाडौं : नेपाली कांग्रेसलाई महाधिवेशनको चटारो छ। तर, पटकपटक महाधिवेशनको मिति सर्दा महाधिवेशन हुने हो कि होइन भन्नेमा कांग्रेस नेताहरु नै सशंकित छन्। रामचन्द्र पौडेल पक्षधर नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा महाधिवेशनको पक्षमा नरहेको आरोप लगाइरहेका छन्। जति महाधिवेशनको मिति परिवर्तन हुँदैछ त्यति नै पौडेल समूहमा खटपट बढ्दै गएको छ। सभापतिको आकांक्षी धेरै हुँदा पनि उक्त समूहमा विवाद बढेको…
भारतको पंजाब राज्य सरकारले कक्षा १ देखि १० सम्म पंजाबी भाषाको पठनपाठन अनिवार्य गरेको छ। पंजाबका मुख्यमन्त्री चरणजित एस चन्नीले पंजाबी भाषा अनिवार्य विषय बनाइएको बताएका हुन्। उनले सरकारको निर्णय पालना नगर्ने विद्यालयमाथि २ लाख भारतीय रुपैयाँ जरिवाना लगाउने समेत घोषणा गरेका छन्। कार्यालयहरुमा पनि पंजाबी भाषा अनिवार्य भएको उनले बताएका छन्। चन्नीले राज्यमा रहेका सबै होर्डिङ बोर्डमा पनि पंजाबी…
काठमाडौं : वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्यायपालिका र कार्यपालिकाबिचको सीमा रेखालाई समाप्त पारेको बताएका छन्। शुक्रबार नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको मूल गेटमा गरेको धर्नापश्चात भएको संक्षिप्त कार्यक्रममा बारका पूर्वउपाध्यक्ष समेत रहेका उनले प्रधानन्यायाधीशले आफूलाई कार्यपालिकाको रुपमा रुपान्तरण गरेको पनि बताएका हुन्। महतोले प्रधानन्यायाधीशले कार्यपालिका र व्यवस्थापिकाबिचको सीमा रेखालाई समाप्त पारेको बताएका हुन्। ‘यो आन्दोलन सम्पूर्ण…
काडमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० औं महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने बताएका छन्। महाधिवेशनको तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले देशभरका सबै स्थानीय अधिवेशन एकैसाथ सहमतिमा भएको भन्दै केन्द्रीय नेतृत्व चयन पनि सहमतिमै गर्ने बताए। उनले महाधिवेशनमा तीन किसिमका प्रतिनिधिहरु रहने जानकारीसमेत दिए। जसमा पदेन, निर्वाचित र मनोनित प्रतिनिधि हुनेछन्। प्रतिनिधि छनोटका लागि…
काठमाडौं : नेकपा एमालेले आसन्न १० औं महाधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ। चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने महाधिवेशनका लागि तयार भएको लोगोमा गैँडाले कम्युनिस्ट पार्टीको झण्डा बोकेको देखिन्छ। साथै अगाडि सूर्य चिह्न अंकित छ। पृष्ठ भूमिमा अंग्रेजीको १० देखिन्छ। 'दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ', 'जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ' भन्ने नारासहित महाधिवेशन चितवनमा हुँदैछ। महाधिवेशनको…
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को छैठौं प्लेनमले ऐतिहासिक संकल्प (रिसोलुसन) पारित गरेको छ। राष्ट्रपति सी चिनफिङलाई थप स्थापित गर्ने गरी सो प्रस्ताव पारित गरिएको हो। चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सतवार्षिकीका क्रममा भएका उपलब्धिहरुलाई संगाल्दै बिहीवारसम्म चलेको सीपीसीको छैठौं प्लेनमले ऐतिहासिक संकल्प पारित गरेको हो। सीपीसीको १९ औं केन्द्रीय कमिटीको छैठौं प्लेनम ८ नोभेम्वर देखि ११ नोभेम्वरसम्म चलेको थियो। प्लेनममा १९७ केन्द्रीय कमिटीका सदस्य…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई अदालतमा भइरहेको विरोध प्रदर्शनमा दमन नगर्न निर्देशन दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री खाणलाई बोलाएर देउवाले नेपाल बार एशोसिएशनले गरिरहेको प्रदर्शनमा 'अनावश्यक दमन' नगर्न निर्देशन दिएको प्रधानमन्त्री स्रोतले जनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले सर्वोच्च परिसरमा केही दिनदेखि प्रदर्शन गर्दै आएको छ। बिहीवार प्रदर्शनका क्रममा अधिवक्ता र प्रहरीबिच घम्साघम्सी…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन्। शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रचण्डले विप्लवसहित माओवादी छाडेका नेता पुरानै घरमा फर्किने विश्वास व्यक्त गरेका हुन्। प्रचण्डले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको समेत…
नेपाली सिनेमा हलमा आजदेखि हलिउड फिल्म ‘इटरनल्स’ प्रदर्शनमा आएको छ। मार्भल सिनेम्याटिक युनिभर्सको प्रोडक्सनमा बनेको फिल्म शुक्रवारबाट रिलिज भएको हो। सुपर ह्युमन पावर फिल्म ‘इटरनल्स’ लाई क्लोइ झाओले निर्देशन गरेकी हुन्। निर्देशक झाओले यस वर्षको उत्कृष्ट निर्देशकको रुपमा अस्कर अवार्ड समेत जितेकी थिइन्। पृथ्वीको इतिहास र सभ्यतालाई जोगाउन सुपरहिरोहरुले गरेको संघर्षलाई यस फिल्ममा देखाइएको छ। फिल्ममा गैम्मा चान, रिचर्ड मेड्डन, एन्जेलिना…
म्यानमारको एक अदालतले अमेरिकी पत्रकार डेनी फेन्स्टरलाई ११ वर्ष जेल सजाय सुनाएको छ। अध्यागमन कानुन उल्लंघन गरेको र सेनाविरुद्ध गैरकानुनी कार्यमा सहभागी भएको ठहर गर्दै उनलाई सजाय सुनाइएको हो। उनीविरुद्ध यही हप्तामात्रै आतंकवादी गतिविधिमा संलग्न भएको आरोप समेत लगाइएको थियो। उक्त मुद्दाको सुनुवाई भएको छैन। ती आरोप पुष्टि भए डेनीलाई जन्मकैद हुन सक्छ। फ्रन्टियर म्यानमार नाम गरेको अनलाइन समाचार पोर्टलको कार्यकारी…