PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

  • विकिलिक्स संस्थापक असान्जले पाए प्रेमिकासँग जेलभित्रै विवाह गर्ने अनुमति

    विकिलिक्स संस्थापक असान्जले पाए प्रेमिकासँग जेलभित्रै विवाह गर्ने अनुमति

    विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नी प्रमिकासँग जेलभित्रै विवाह गर्ने अनुमति पाएको बीबीसीले जनाएको छ। बेलायतको बेल्मार्श कारागारमा रहेका असान्जले प्रेमिका स्टेला मोरिससँग विवाह गर्ने अनुमति पाएका हुन्। असान्जले विवाहका लागि कारागारमा निवेदन दिएका थिए। कारागार प्रशासकले उनको निवेदनलाई 'नियमित प्रक्रिया' मा रहेर हेरेका थिए। लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिइरहेको बेला असान्ज र मोरिस नजिकिएका थिए। उनीहरुको दुई सन्तान समेत छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोलम्बियामाथि ब्राजिलको जित, विश्वकपका लागि छनोट

    कोलम्बियामाथि ब्राजिलको जित, विश्वकपका लागि छनोट

    फिफा विश्वकपको दक्षिण अमेरिका छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिलले कोलम्बियामाथि जित निकालेको छ। ब्राजिलको साओ पउलोस्थित कोरिनथियान्स स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले कोलम्बियालाई १-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ब्राजिललाई जित दिलाउन लुकास पक्वेटाले निर्णायक गोल गरे। उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए। जितसँगै १२ खेलमध्ये ११ खेलमा जित निकालेको ब्राजिल दक्षिण अमेरिकाबाट विश्वकपका…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग फेरि स्थगित, मंसिर ३ गतेबाट सुरु हुने

    ए डिभिजन लिग फेरि स्थगित, मंसिर ३ गतेबाट सुरु हुने

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फेरि स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले कात्तिक २९ गतेबाट सुरु हुने भनि तय गरेको ए डिभिजन लिग अब मंसिर ३ गतेबाट मात्र सुरु हुने भएको हो। प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि आजमात्र कान्तिपुर टेलिभिजनसँग सम्झौता गरिएको थियो। प्रतियोगिताका खेलहरु दशरथ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशले भिजलान्ते र विचौलिया प्रयोग गर्दै कानुन व्यवसायीमाथि दमन गरे : बार

    प्रधानन्यायाधीशले भिजलान्ते र विचौलिया प्रयोग गर्दै कानुन व्यवसायीमाथि दमन गरे : बार

    काठमाडौं : नेपाल बार एशोसिएशनले शुक्रवार सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत् बारले इजलास बहिष्कार गर्ने निर्णय गरेको हो। बिहीबार सर्वोच्च परिसरमा प्रहरीसँग अधिवक्ताहरुको घम्साघम्सी भएपछि बारले कठोर निर्णय लिनुपर्ने अवस्था आएको भन्दै सम्पूर्ण कानुन व्यवसायीलाई साथ दिन अपिल गरेको छ। शान्तिपूर्ण कार्यक्रममा प्रहरीले कानुन व्यवसायीहरुमाथि अत्याधिक…

    विस्तृतमा पढ्नुस्

  • १० बुँदे कार्यान्वयन गर्न कुनै समस्या छैन : ईश्वर पोखरेल

     १० बुँदे कार्यान्वयन गर्न कुनै समस्या छैन : ईश्वर पोखरेल

    काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको दाबी गरे। '१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ', उनले भने, 'कहीकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ।' महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुंगो लागि नसकेको पनि महासचिव पोखरेलले बताए। वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • पशुपति-काशी विश्वनाथ मोटरसाइकल र्‍याली सुरु, 'नेपाल-भारतका चार धामलाई शिव सर्किटमा विकास गर्न सकिन्छ'

    पशुपति-काशी विश्वनाथ मोटरसाइकल र्‍याली सुरु, 'नेपाल-भारतका चार धामलाई शिव सर्किटमा विकास गर्न सकिन्छ'

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले शिवले बास गरेका चारधामलाई समेटेर 'शिव सर्किट कनेक्शन' को रुपमा विकास गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को उद्घाटन गर्दै मन्त्री आलेले पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथ गरी उक्त चार धामलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्न सकिने बताएका हुन्। यो सर्किटको विकास…

    विस्तृतमा पढ्नुस्

  • कूटनीतिक टकरावका बिच चीन-अमेरिका जलवायु परिवर्तन नियन्त्रणका लागि सहकार्य गर्न सहमत, १६ बुँदे ग्लास्गो घोषणापत्रमा के छ?

    कूटनीतिक टकरावका बिच चीन-अमेरिका जलवायु परिवर्तन नियन्त्रणका लागि सहकार्य गर्न सहमत, १६ बुँदे ग्लास्गो घोषणापत्रमा के छ?

    काठमाडौं : चीन र अमेरिका बिच जलवायु परिवर्तन सम्बन्धी सहकार्यका लागि सहमति जुटेको छ। दुई देशबिच ताइवानलाई लिएर पछिल्लो कुटनीतिक टकराव चलिरहँदा जलवायु परिवर्तन नियन्त्रणका लागि सहकार्य गर्न सहमत भएका हुन्। पछिल्लो समय ताइवान मामिलालाई लिएर दुई देशबिच 'वाकयुद्ध' चलिरहेको छ।  त्यस्तै, यस क्षेत्रमा चिनियाँ प्रभाव नियन्त्रणको लक्ष्यसहित अमेरिका बेलायत र अष्ट्रेलिया बिच रक्षा सम्झौता भएको छ। यसको समेत चीनले विरोध…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

    प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

    भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ। दुवैबिच भएको छलफलमा दुई देशबिचको मित्रता र आपसी सहयोगका बारेमा चर्चा भएको छ। भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा चार दिनका लागि मंगलवार दिल्ली पुगेका थिए। बुधवार शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • डेढ वर्षपछि जुर्‍यो 'म यस्तो गीत गाउँछु २' को रिलिज, माघ १९ मा प्रदर्शन हुने

    डेढ वर्षपछि जुर्‍यो 'म यस्तो गीत गाउँछु २' को रिलिज, माघ १९ मा प्रदर्शन हुने

    बलिउड फिल्म 'सूर्यवंशी' ले नेपाली सिनेमाहलमा कोरोनाअघिको माहोल फर्काइदिएको छ। सिनेमाहल हाउसफूल हुन थालेपछि नेपाली फिल्म निर्माता पनि आफ्ना फिल्मको प्रदर्शन मिति तोक्न कस्सिएका छन्। निर्देशक सुर्दशन थापाले पनि फिल्म 'म यस्तो गीत गाउँछु २' को रिलिज मिति तय गरेका छन्। 'म यस्तो गीत गाउँछु २' आगामी माघ १९ गते रिलिज हुने भएको छ। यो फिल्म २०७६ फागुन ३० गते…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीशको राजीनामा माग्दै जब अधिवक्ताहरु प्रहरीसँग भिडे

    प्रधान न्यायाधीशको राजीनामा माग्दै जब अधिवक्ताहरु प्रहरीसँग भिडे

    काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्च अदालतमा न्यायाधीश र अधिवक्ताहरुले इजलास बहिष्कार गर्दै आइरहेका छन्। प्रधान न्यायाधीश जबराले सरकारसहित संवैधानिक अंगहरुमा भाग खोजेको भन्दै सर्वोच्चमा दिनहुँ विरोध प्रदर्शन भइरहेको छ। जबराले अवस्थालाई 'सेटल' गराउन खोजे पनि न्यायाधीश र अधिवक्ताहरु पनि उनको राजीनामाको अडान कायम राखेका छन्। यस बिच आज सर्वोच्च अदालतमा प्रहरी र अधिवक्ता बिच घक्कामुक्की…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आजैदेखि विप्लवको संघर्षका कार्यक्रम

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आजैदेखि विप्लवको संघर्षका कार्यक्रम

    काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टीका महासचिव विप्लवले वक्तव्य जारी गर्दै कार्तिक २५ गते (बिहीवार) देखि ३० गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। 'जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा प्रहरीसँग घम्साघम्सीपछि बार थप आक्रमक : प्रधान न्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन रोकिन्न

    सर्वोच्चमा प्रहरीसँग घम्साघम्सीपछि बार थप आक्रमक : प्रधान न्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन रोकिन्न

    काठमाडौं : सर्वोच्च अदालत परिसरमा प्रहरी र अधिवक्ताहरु बिच धक्कामुक्की भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रश शमशेर जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको अधिवक्ता र प्रहरी बिच सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा घम्साघम्सी भएको हो। नेपाल बार एशोसिएनको अगुवाइमा भएको प्रदर्शनमा अधिवक्ताहरु हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा ओर्लिएका छन्। सर्वोच्चको मूल ढोकामा जान खोज्दा प्रहरीले अधिवक्ताहरुलाई रोकेको थियो। त्यस क्रममा प्रहरीले लाठी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण लिएर सुरु भयो जनगणना २०७८

    राष्ट्रपति भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण लिएर सुरु भयो जनगणना २०७८

    काठमाडौं : राष्ट्रिय जनगणना २०७८  आजबाट सुरु भएको छ।  शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो व्यक्तिगत पारिवारिक विवरण भराएर जनगणनाको औपचारिक सुरुवात गरेकी हुन्। विभागका महानिर्देशकले राष्ट्रपति भण्डारीको लगत लिएर जनगणना सुरु गरेका हुन्। आफ्नो विवरण दिएपछि राष्ट्रपति भण्डारीले जनगणनालाई सफल बनाउन सबैमा आह्वान गरेकी छिन। नेपालमा विसं १९६८ देखि जनगणना कार्यक्रम सञ्चालन हुँदै आएको छ। 'केन्द्रीय तथ्याङ्क विभागले हरेक…

    विस्तृतमा पढ्नुस्

  • ट्वीटर सर्वेक्षणपछि इलोन मस्कले बेचे टेस्लाको शेयर

    ट्वीटर सर्वेक्षणपछि इलोन मस्कले बेचे टेस्लाको शेयर

    विश्वकै धनी व्यक्ति इलोन मस्कले टेस्लाको शेयर बेचेका छन्। उनले इलेक्ट्रोनिक कार कम्पनी टेस्लाको पाँच अर्ब अमेरिकी डलर बराबरको शेयर बेचेका हुन्। उनले टेस्लाको करिब ४ बिलियन अमेरिकी डलरको शेयरसहित करिब १ बिलियन अमेरिकी डलरको अन्य शेयर पनि बेचेको बीबीसीले उल्लेख गरेको छ। ट्वीटरमा शेयर बेच्ने कि नबेच्ने भनि गरिएको सर्वेक्षणमा करिब ५७.९ प्रतिशतले शेयर बेच्ने भनि मत जनाएका थिए। उनले…

    विस्तृतमा पढ्नुस्

  • ९५ जना डीएसपीको सरुवा : काठमाडौंको वृत्तदेखि जिल्लाका प्रहरी प्रमुख समेत फेरिए

    ९५ जना डीएसपीको सरुवा : काठमाडौंको वृत्तदेखि जिल्लाका प्रहरी प्रमुख समेत फेरिए

    काठमाडौं : प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। बिहीवार बिहान सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो। डीएसपी प्रमुख रहने जिल्लादेखि काठमाडौं वृत्तका डीएसपीहरुको समेत सरुवा गरिएको छ। निर्मला पन्त प्रकरणमा चर्चामा आएका डीएसपी अंगुर जिसीलाई समेत करिब दुई वर्षपछि पोस्टिङ दिइएको छ। डीएसपी जीसीलाई वाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • देउवालाई कमल थापाको चुनौती, 'राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस्'

    देउवालाई कमल थापाको चुनौती, 'राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस्'

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाविरुद्ध आक्रोश व्यक्त गर्नुभन्दा सुशासन दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन्। थापाले न्यायालय हड्तालमा रहेको, संसद् अवरुद्ध रहेको अवस्थामा राजालाई चुनौती दिनुभन्दा सुशासन दिन चुनौती दिएका हुन्।   ट्वीटरमा उनले भनेका छन् - राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस्। न्यायालय हड्तालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार र सर्वसत्तावादमा लिप्त छ, धर्म परिवर्तन…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल, डिजेल तथा ग्यासको मूल्य पुनः बढ्यो, दुई साताको अन्तरालमा दोस्रो पटक बढाइयो भाउ

    पेट्रोल, डिजेल तथा ग्यासको मूल्य पुनः बढ्यो, दुई साताको अन्तरालमा दोस्रो पटक बढाइयो भाउ

    काठमाडौँः नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। यसअघि मूल्य समायोजन गरेको दुई साता नपुग्दै निगमले पुनः मूल्य बढाएको हो। कात्तिक १२ गते निगमले मूल्य समायोजन गरेको थियो।  निगम सञ्चालक समितिको निर्णय अनुसार बुधबार रातिबाट लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो। साविकको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाइएको हो। यस्तै, हवाइ इन्धन र ग्यासमा पनि मूल्य बढाइएको छ।  बढेको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनका लागि प्रत्येक पार्टी सदस्यले एमालेलाई एक सय रुपैयाँ दिनुपर्ने, साढे ७ करोड उठ्ने

    महाधिवेशनका लागि प्रत्येक पार्टी सदस्यले एमालेलाई एक सय रुपैयाँ दिनुपर्ने, साढे ७ करोड उठ्ने

    काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन आयोजनका लागि पार्टी सदस्यले १०० रुपैयाँ दिनुपर्ने भएको छ। महाधिवेशन मूल व्यवस्थापन समितिको बुधवार च्यासलमा बसेको बैठकले पार्टी सदस्यबाट १०० रुपैयाँ संकलन गर्ने निर्णय गरेको समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए। हरेक पार्टी सदस्यले सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्नुपर्ने उनले बताए। 'आजै देखि सुरु भइसकेको छ। सय रुपैयाँ जम्मा गर्नका लागि खाताको व्यवस्था गरेका…

    विस्तृतमा पढ्नुस्

  • अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड

    अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड

    अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको छ। ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ५ दिनमा सय करोड भारतीय रुपैयाँ कमाउन सफल भएको हो। फिल्म समिक्षक तरण आदर्शले फिल्म 'सूर्यवंशी' ले राम्रो व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको ट्वीटर मार्फत जानकारी दिएका हुन्। दिवालीको अवसरमा रिलिज भएको यस फिल्मले शुक्रवार पहिलो दिनमा २६.२९ करोड भारतीय रुपैयाँको…

    विस्तृतमा पढ्नुस्

  • ६ हजार ८१४ जनाको परीक्षण गर्दा ४४० जनामा देखियो कोरोना संक्रमण

     ६ हजार ८१४ जनाको परीक्षण गर्दा ४४० जनामा देखियो कोरोना संक्रमण

    काठमाडौं : देशभर थप ४४० जना कोभिड १९ संक्रमित थपिएका छन्। ६ हजार ८१४ जनाको परीक्षण गर्दा ४४० जनामा संक्रमण देखिएको हो। यस्तै, ४७४ जना संक्रमण मुक्त हुँदा हाल देशभर कूल सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ पुगेको छ। संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। कोराना भाइरस संक्रमणका कारण हालसम्म ११ हजार ४६० जनाको मृत्यु भइसकेको छ। पछिल्लो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell