काठमाडौं : पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धनले सरकारका काम कारबाहीमा सहयोग गर्न समन्वय समिति बनाएपछि माओवादी केन्द्रको बैठक बसेको हो। उक्त समितिमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ छन्। आजको स्थायी कमिटी बैठकमा प्रचण्डले सदस्यहरुलाई समन्वय समितिबारे जानकारी दिँदैछन्। साथै, एमसीसीलाई पठाइएको भनिएको पत्रका बारेमा पनि छलफल…
आइतवार अफगानिस्तान न्युजिल्याण्डसँग पराजित भएसँगै भारत टी २० विश्वकप बाट बाहिरियो। सन् १९९२ पछि पहिलो पटक एक खेल बाँकी रहँदै सेमिफाइनल पुग्नबाट भारत चुकेको हो। भलै प्रतिष्ठा को खेल मानिएको नामिबियासँगको अन्तिम खेलमा भारत विजयी भयो। भारतका लागि विश्वकप त सकियो तर योसँगसँगै भारतीय टोलीमा परिवर्तन भने हुँदैछ। अब भारतीय टोलीमा कप्तानका रुपमा विराट कोहली र प्रशिक्षकका रुपमा रवि शास्त्रीको जोडी देखिने छैन।…
पोल्याण्डले बेलारुसबाट शरण लिन आउन लागेका आप्रवासीलाई प्रवेशमा रोक लगाएको छ। हजारौं आप्रवासीहरु बेलारुससँग जोडिएको पूर्वी सीमाबाट पोल्याण्ड प्रवेशका लागि आइरहेको बीबीसीले जनाएको छ। त्यसैले पोल्याण्डले आफ्नो पूर्वी सीमाबाट आप्रवासीलाज्ञ रोक्न हजारौं संख्यामा सुरक्षाकर्मी प्रयोग गरेको छ। यस्तै, सीमा क्षेत्रमान फलामे तारले घेरिएको छ। आप्रवासीहरु फलामे तार नाघेर नै पोल्याण्ड तर्फ आउने प्रयासमा समेत छन्। बेलारुसले आप्रवासीहरुलाई आफ्नो भूमिमा पठाएको…
काठमाडौँः नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा चाँडो निर्णय दिन आग्रह गर्दै दलहरुलाई ध्यानकर्षणपत्र बुझाउने भएको छ। मातहतका बार इकाईका अध्यक्ष र सचिवसँगको परामर्शपछि बारले दलहरुलाई विवादमा चाँडो निकास दिन आग्रह गर्ने निर्णय बार पदाधिकारी बैठकले गरेको हो। ‘प्रधानमन्त्री तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई अहिलेको कदमलाई चाँडो निष्कर्षमा पुर्याउन ज्ञापनपत्र बुझाउने निर्णय भएको छ’, बार महासचिव लीलामणि पौडेलले भने। …
काठमाडौँः सत्तारुढ पाँच दलीय गठबन्धनले सरकारका काम कारबाहीमा सहयोग गर्न समन्वय समिति बनाएको छ। सोमबार साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। हाल गठबन्धनको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तोकिएको छ। गठबन्धनमा दलहरुका तर्फबाट दुई दुई सदस्य रहने छन्। यस्तै, सरकारका तर्फबाट प्रवक्ता कार्की रहने समझदारी बनेको छ। समन्वय…
उहिले जेल बस्दा जेलभित्र नसिब लाल नामका एक खलिफा थिए। साह्रै बलिया, जिउ पनि हेर्दै अजङ्गको। उनलाई देख्नेबित्तिकै जेलभित्रका सबै थुर्थुर हुन्थे। त्यसपछि जेल प्रशासनले यी नसिब लाललाई तह लगाउन पर्यो भन्ने सोचेछ। जेलभित्र आफ्नै प्रकारको प्रशासन हुन्छ। अनि जेल प्रशासनका तर्फबाट नसिब लाललाई कुटपिट गरेर मुर्छा पारेर तह लगाउन मान्छे खटिए। नसिब लाल त के तह लाग्थ्यो, उल्टै ३८ जना…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनाल पार्टीको काममा फर्किएका छन्। स्वास्थ्य उपचारपछि खनाल सोमवारदेखि काममा फर्किएका हुन्। नेकपा एमालेमा वरिष्ठ नेताका रुपमा रहेका खनाल पार्टी विभाजनसँगै एकीकृत समाजवादीको 'सम्मानित नेता' बनेका हुन्। आज पार्टी केन्द्रीय कार्यालय मीनभवनमा बसेको विदेश विभागको बैठकमा खनाल सहभागी भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा खनाल नै…
काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको भ्रमण सकेर नेपाल आएपछि पहिलोपटक गठबन्धनको बैठक बस्न लागेको हो। राष्ट्रिय सभाको रिक्त पदको निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचनको तयारीबारे गठबन्धनले छलफल अघि बढाएको हो। यस्तै, विदेश भ्रमणबाट फर्कने क्रममा देउवाले एमसीसी पास गर्न माओणवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूले पत्र पठाएको भन्दै दिएको अभिव्यक्तिबारे…
काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार २६ जनाको कोभिड १९ परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको छ। पीसीआर परीक्षणका क्रममा ३७१ जनामा र १९ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो। यस्तै, ४२५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ६५४ पुगेको छ। संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। यससँगै…
चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ। प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले खोप हस्तान्तरण गरेकी हुन्। खोपसँगै राजदूत यान्छीले १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरेकी थिइन्। उक्त अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन र…
काठमाडौं : फेसबुकले आफ्नो ब्राण्डिङ नाम 'मेटा' राखेपछि सिकागोको अर्को टेक कम्पनी 'मेटा कम्पनी' अदालत जाने भएको छ। आफ्नो कम्पनीको नाम चोरेको भन्दै मेटा कम्पनी फेसबुकविरुद्ध मुद्दा दायर गर्ने तयारीमा जुटेको हो। मेटा कम्पनीका संस्थापक नेट स्कुलिकले फेसबुकले आफ्नो कम्पनी खरिद गर्न नसकेको तर, मिडियाको बलमा आफ्नो कम्पनीको अस्तित्व मेटाउन खोजेको आरोप समेत लगाएका छन्। गत कात्तिक ११ मा मेटा…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका भन्सारका नायव सुब्बालाई कुटपिटको आरोप लगेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीसँग संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जानकारी लिएको छ। सीईओ रेग्मीले कर्मचारीलाई कुटपिट गरेको समाचार बाहिरिएपछि आज दिउँसो मन्त्रालयले सोधपुछका डाकेको थियो। सीईओ रेग्मीले आफूले मन्त्रीलाई घटनाबारे सबैकुरा जानकारी गराएको बताए। शनिवार ९ बजे सीईओ रेग्मीले विदेशबाट फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय…
जनकपुधाम : गृहमन्त्री बालकृष्ण खाण कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुनका लागि जनकपुर आइपुगेका छन्। जनकपुरमा आयोजित एक अर्को कार्यक्रममा खाणले न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको बताउँदै न्यायपालिकामा देखिएको समस्या छिटो समाधान हुने विश्वास प्रकट गरे। 'न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको छ र स्वतन्त्रतापूर्वक काम गरिरहेको छ। हाल न्यायपालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको…
काठमाडौं : कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा सोमबार आयोजना गरेको धर्ना कार्यक्रममा कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताएका हुन्। नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले भने, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो। कुनै पनि हालतमा…
विराटनगर : पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सरकारका सबै मन्त्री र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्चका अन्य न्यायाधीशहरु राजीनामा दिनुपर्ने खालका भएको बताएका छन्। सोमवार दिउँसो विराटनगर आइपुगेका ओलीले विमानस्थलमा स्थानीय संवाददातासँग सरकारका सबै र प्रधान न्यायाधीश लगायतका अन्य न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन्। ‘जुन दिन असंवैधानिक फैसला गरियो र त्यही फैसलाका…
काठमाडौं : हाल अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि आकास खुला भएकाले बढी चिसो महसुस गरिएको छ। अहिले प्रदेश…
काठमाडौं : भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन जाँच कक्षमा थिए। एक जना यात्रु केही मातेका मात्रै थिएनन्, उनले ब्यागेजमा ६ बोतल ड्युटी फ्रीमा किनेको मदिरा पनि सँगै ल्याएका थिए। भन्सार जाँचपासमा खटिएका विमानस्थल भन्सारका नायव सुब्बा सुमन थापाले ६ बोतल मदिरा देखेपछि ती यात्रुलाई सोधे- 'साथमा कतिजना हुनुहुन्छ?' प्रश्न सुन्नेबित्तिकै ती यात्रुले थापाको गालामा एक थप्पड…
भारतको राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको तथ्यांक अनुसार सन् २०२० मा कोरोना भाइरस महामारीको संक्रमणका कारण उत्पन्न आर्थिक संकटबिच आत्महत्या गर्ने व्यापारीहरुको संख्या ५० प्रतिशत बढेको छ। सन् २०१९ को तुलनामा २०२० मा सबैभन्दा बढी आत्महत्या गर्नेमा व्यापार/व्यवसाय गर्दै आएका व्यक्ति छन्। भारतमा किसानको आत्महत्याका समाचार धेरै आउने गर्छन्। सबैभन्दा आत्महत्या पनि किसानले नै गर्दै आएको यसअघिका तथ्यांकहरुले देखाएको छ। तर,…
दिवालीको अवसरमा तमिल फिल्म 'जय भीम' ओटीटीमा रिलिज भएको थियो। यस फिल्ममा अभिनेता सूर्याको मुख्य भूमिका देख्न सकिन्छ। रिलिज भएसँगै फिल्मको चर्चा त भएकै छ, साथै फिल्म विवाद समेत फसेको छ। दर्शकले फिल्मको एक दृश्यलाई लिएर आप्पति जनाएका छन्। त्यो दृश्यलाई हटाउन समेत माग गरिरहेका छन्। उक्त दृश्यमा अभिनेता प्रकाश राजद्वारा निभाइएको प्रहरी पात्रले एकजना हिन्दी बोल्ने व्यक्तिलाई थप्पड हान्छन्।…
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा रहेको नेपाल बार एशोसिएशनलाई आन्दोलनको स्वरुप बदल्न मातहतका बार इकाईहरुले सुझाव दिएका छन्। पहिलो चरणमो आन्दोलन सकिएपछि बारले मातहतका इकाई पदाधिकारीसँग आइतबारदेखि भर्चुअल रुपमा छलफल गरेको हो। ९० बार इकाईमध्ये आइतबार २५ इकाईका २९ पदाधिकारीले धारणा राखेका छन्। इकाईका अध्यक्ष र सचिवसँग बारले परामर्श गरेको हो। छलफलमा अधिकांश पदाधिकारीले आन्दोलनको स्वरुप बदल्न सुझाव…