राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी एजेन्सीले कोप २६ सम्मेलनको सहमतिपत्रको पहिलो मस्यौदा सार्वजनिक गरेको छ। यस मस्यौदालाई सहभागी देशका प्रतिनिधिहरुले शुक्रवारसम्म अन्तिम रुप दिने बताइएको छ। सम्मेलन शुक्रवार सकिँदै छ। अक्टोवर ३१ देखि स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलन अन्तर्गतको विश्वका नेताहरुको सम्मेलनमा सम्बोधन गरेका थिए। कोप २६ मा २०० देशहरुलाई २०३० भित्र कार्वन उत्सर्जन घटाउने योजना…
लखनउ : भारतको लखनउमा नेपाली प्रकृति, संस्कृति तथा सामाजिक जनजीवन झल्किने कलाकृतिको प्रदर्शनी भइरहेको छ। मंगलबारदेखि लखनउको अलिगञ्जस्थित कला स्रोत आर्ट ग्यालरीमा आठ जना नेपाली कलाकारको कला प्रदर्शनी सुरु भएको हो। ‘माउण्टेन स्याडो’शीर्षकमा भएको उक्त प्रदर्शनीको भारतका प्रसिद्ध कलाकार प्रा.जयकृष्ण अग्रवालले उद्घाटन गरेका थिए। उनले नेपाली कलामा मौलिक परम्परासँगै सामाजिक सांस्कृतिक विषय रहेको बताउँदै सांस्कृतिक पहिचान तथा प्रकृतिलाई चिनाउन कलाकृतिहरुले मद्दत…
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। चार दिने भारत भ्रमणका क्रममा मंगलवार दिल्ली पुगेका शर्मालाई आज राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा मानार्थ महारथीको सम्मान प्रदान गरेका हुन्। नेपाल र भारतका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने चलन रहेको छ।
टी २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिस्पर्धामा उत्रिँदैछन्। जायेद क्रिकेट स्टेडियममा आज बेलुकी पौने ८ बजे फाइनल प्रवेशका लागि यी दुई टोली आमनेसामने हुँदैछन्। समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको इङ्ग्ल्याण्डले समूह चरणमा ५ खेलमा ४ जित र १ हार ब्यहोर्दै ८ अंक जोडेर समूहको शीर्षस्थानमा रहेको थियो। समूह चरणको पहिलो खेलमा वेस्ट इण्डिजमाथि…
भारतीय गायक कुमार सानु नेपाल आउने भएका छन्। नेपालको जनकपुरधाममा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिन उनी नेपाल आउन लागेका हुन्। नोभेम्बर २० (मंसिर ४) मा जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा ‘कुमार सानु लाइभ इन कन्सर्ट’ आयोजना हुँदैछ। त्यसैमा आफ्नो प्रस्तुती दिन उनी भारतबाट नेपाल आउन लागेका छन्। सुरुमा कात्तिक २७ गते हुने भनिएको कन्सर्ट प्राविधिक कारणले मंसिर ४ गते…
काठमाडौं : हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। मृत्यु हनेमा हेलम्बु– ३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ। घाइते हुनेमा हेलम्बु…
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन्। बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित कार्यक्रममा सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन्। ‘एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन। सबै मिलेर यसलाई हामीले सफल…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएका छन्। बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न शाहलाई चेतावनी दिएका हुन्। आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा पूर्व राजाले जेलमा हालेको स्मरण गर्दै देउवाले शासन व्यवस्थाविरुद्ध नलाग्न ज्ञानेन्द्र शाहलाई चुनौती दिएका हुन्। ‘प्रजातन्त्रको…
विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वका अवसरमा गर्दै आएको दण्डप्रणामलाई यसपटक पनि निरन्तरता दिएका छन्। विगत १८ वर्षदेखि दण्डप्रणाम गरेर सूर्यअर्घका लागि नदी किनार पुग्दै आएका प्रमुख पराजुलीले आफ्नो कठिन उपासनालाई निरन्तरता दिएका हुन्। दण्डवत् शैलीमा प्रणाम गर्दै नदीकिनारसम्मको यात्रा तय गरिने हुनाले यसलाई दण्डप्रणाम भनिएको हो। नगर प्रमुखका प्रेस संयोजक कौशल निरौलाका अनुसार पराजुलीले आफ्नै निवासनजिक…
हेटौंडा : वाग्मती प्रदेशमा सरकार संचालन समन्वय कार्य समिति गठन गरिएको छ। मंगलवार बसेको सत्तारुढ गठबन्धन दलको बैठकले समन्वय समिति गठन गरिएको हो। बैठकले कार्य समितिमा नेकपा माओवादी केन्द्रका युवराज दुलालको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका तर्फबाट बुद्धिमान माझी, नेपाली कांग्रेसका तर्फबाट प्रभात तामाङ र राधा घले र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल र मिना ज्ञवाली चयन भएका छन्। गठबन्धनबिच न्युतम…
काठमाडौं : सर्वोच्च अदालतले निजी हात्तीलाई दर्ता गर्न निर्देशन दिएपछि चितवनमा हात्ती दर्ता प्रक्रिया सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले निजी हात्ती दर्ता प्रक्रियाका लागि काम अघि बढेको जानकारी दिए। सम्बन्धित क्षेत्रका राष्ट्रिय निकुञ्जमार्फत दर्ता प्रक्रिया अघि बढाइएको उनले बताए। निजी हात्ती धनीमार्फत फाराम भराएर संकलन कार्य भइरहेको छ। उनका अनुसार नियमावली बनेको…
पोल्याण्डका प्रधानमन्त्री माट्युस मोराभियस्कीले बेलारुससँग जोडिएको आफ्नो देशको सीमामा आप्रवासी संकट उत्पन्न हुनुको कारण रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन रहेको आरोप लगाएका छन्। हजारौं आप्रवासीहरु बेलारुससँग जोडिएको पूर्वी सीमाबाट पोल्याण्ड प्रवेशका लागि आएका छन्। उनीहरुलाई रोक्न पोल्याण्डले आफ्नो सीमामा हजारौं संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ। सीमा क्षेत्रलाई फलामे तारले घेरिएको छ। आप्रवासीहरु फलामे तार नाघेर नै पोल्याण्ड तर्फ आउने प्रयासमा समेत छन्।…
काठमाडौं : गायक योगेश्वर अमात्यको जग्गा देखाएर नक्कली लालपुर्जा बनाई बैकबाट ऋण लिएको खुलेको छ। बाराको विश्रामपुरस्थित गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको हो। कुमारी बैकबाट बैंकका कर्मचारीको मिलोमत्तोमा १९ करोड रुपैयाँ लिएको खुलेको छ। कीर्ते गरेको अभियोगमा प्रहरीले वीरगंजको कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश…
काठमाडौँ : सहकर्मी न्यायाधीशबाट घेरिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उनीहरुविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन्। कात्तिक ८ गतेदेखि न्याय सम्पादन ठप्प भइरहँदा दबाबमा रहेका प्रधानन्यायाधीशले सहकर्मीविरुद्ध नै दबाबको नीति बनाउन थालेका हुन्। राजीनामा नदिने विषयमा अडिग रहेका जबरा राजनीतिक दलबाट महाभियोगका प्रक्रिया अघि नबढ्नेमा विश्वस्त छन्। जसकारण उनले आफूविरुद्ध मोर्चा कसिरहेका सहकर्मीमाथि आन्तरिक र बाह्य दुबै दबाब सिर्जना गर्न…
काठमाडौं : पछिल्लो २४ घण्टामा १६ हजार ७३६ जनाको कोरोना भाइरस परीक्षण गर्दा ५३३ जनामा संक्रमण देखिएको छ। यस्तै, ४८४ जना संक्रमण मुक्त भएका छन्। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ६१२ पुगेको छ। संक्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ४५४ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ४३ हजार…
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनाध्यक्ष एमएम नरवणेबिच भेटवार्ता भएको छ। नरवणेको निमन्त्रणामा शर्मा मंगलवार बिहान दिल्ली प्रस्थान गरेका थिए। चारदिने भ्रमणका क्रममा दिल्ली पुगेका शर्मालाई साउथ ब्लकमा भारतीय सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको थियो। त्यसपछि साउथ ब्लकमै शर्मा र नरवणेबिच छलफल भएको हो। दुई देशका सेनाध्यक्षबिच रक्षा मामिलामा सहकार्य गर्ने विषयमा कुराकानी भएको जनाइएको छ। भ्रमणका…
चीनले मरुभूमिमा नक्कली युद्धपोत बनाएर सैनिक प्रशिक्षण गरिरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। स्याटलाइट तस्विरका आधारमा चीनले शिन्जियांग प्रान्तको मरुभूमिमा अमेरिकी युद्धपोतको नक्कली आकृति बनाएर युद्ध अभ्यास गरिरहेको हो। अमेरिकी स्पेस टेक्नोलोजी कम्पनी मैक्सरले प्राप्त गरेको एक तस्विरमा रेल ट्रयाकमा युद्धपोत जस्तै आकृति राखिएको देखिएको हो। अमेरिकी नौसेनाका विशेषज्ञका अनुसार मरुभूमिमा देखिएको आकृति अमेरिकी सेनाको युद्धपोतको आकारमै बनाइएको छ। त्यहाँ अमेरिकी…
विराटनगर : विराटनगर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको आरोप लगाउँदै कैदीबन्दीहरू झडपमा उत्रिँदा ६ जना घाइते भएका छन्। चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेले अनावश्यक र निर्मम यातना दिएको कैदीबन्दीको दुखेसो छ। असन्तुष्ट आन्दोलित कैदीबन्दी प्रदर्शनमा उत्रिएपछि दोहोरो झडप भएको थियो। झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भएको कारागार प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए। अन्य घाइतेमा नाइकेहरु शेखर…
विराटनगर : प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले यही कात्तिक २ गते आएको वर्षा र बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समीक्षा गरेको छ। समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीपहिरोबाट भएको क्षति तथा प्रभावको समीक्षा गरेको हो। मन्त्री कार्कीले क्षतिमा परेका नागरिकको समस्यालाई सरकारले सम्बोधन गर्ने बताए।…
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको कारण अझै पत्ता लाग्न सकेको छैन। यसैबिच उनको मृत्यु प्रकरणमा भारतको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले अनुसन्धानका लागि अमेरिकासँग सहयोग मागेको छ। सुशान्त सिंह राजपूतको सामाजिक सञ्जाल अकाउण्ट र इमेलमा डिलिट गरिएको डाटा पाउनका लागि सीबीआईले अमेरिकी कम्पनी गुगल र फेसबुकसँग सहयोगको लागि आग्रह गरेको हो। भारतीय अंग्रेजी पत्रिका 'हिन्दुस्तान टाइम्स' ले यस सम्बन्धमा…