PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

  • वाग्मतीमा मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

    वाग्मतीमा मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

    हेटौँडाः वाग्मती प्रदेश सभाको बैठक भोलि बस्ने भएको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको सभामुख सानुकुमार श्रेष्ठले बताए। सोमबार ३ बजेका लागि बैठक बोलाइएको छ।   बैठक सोमबार सुरुवात भए पनि समय अभाव भएमा मंगलबार विश्वासको मत लिने सभामुख श्रेष्ठले बताए। मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत लामिछानेले सोमबार नै विश्वासको मत लिने तयारी गरिएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, भारत समूह चरणबाटै बाहिरियो

    टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, भारत समूह चरणबाटै बाहिरियो

    टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह २ अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। जारी संस्करणमा उपाधिकै दाबेदार मानिएका भारत, वेस्ट इन्डिज जस्ता टोली समूह चरणबाटै बाहिरिएका छन्।  समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो। खेलमा न्युजिल्याण्ड आठ विकेटले विजयी भयो।  प्रतियोगितामा समूह १ बाट इंग्ल्याण्ड र…

    विस्तृतमा पढ्नुस्

  • दिमाग घरमै छोड्नुस्, हलमा जानुस् र सूर्यवंशीको मनोरञ्जन लिनुस्

    दिमाग घरमै छोड्नुस्, हलमा जानुस् र सूर्यवंशीको मनोरञ्जन लिनुस्

    रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म सूर्यवंशी कस्तो छ? गत साता रिलिज भएको फिल्ममा अक्षय कुमार लिड रोलमा छन्। कोभिड १९ का कारण धरापमा परेको फिल्म उद्योग पुन: सक्रिय गराउने अपेक्षाका कारण सूर्यवंशी बहुप्रतिक्षित सूचीमा सबैभन्दा बलियो स्थानमा रहँदै आएको छ। भारतमा ३ हजार ५ सयभन्दा धेरै स्क्रिनमा एकैसाथ फिल्म रिलिज भएको छ। नेपालमा पनि यो फिल्म मल्टिप्लेक्सहरुमा प्रदर्शन जारी छ।…

    विस्तृतमा पढ्नुस्

  • सल्यानमा बस दुर्घटना : ९ जनाको मृत्यु, १७ जना घाइते

    सल्यानमा बस दुर्घटना : ९ जनाको मृत्यु, १७ जना घाइते

    काठमाडौं : सल्यानमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। बसमा सवार अन्य १७  जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। सल्यानबाट जैतपानीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ स्थित थारखोलामा दुर्घटना भएको थियो। '९ जनाको मृत्यु भइसकेको छ। हामी घटनास्थलमा नै छौं। तीब्र गतिको कारण दुर्घटना भएको प्ररम्भिक रुपमा बुझिएको छ। थप…

    विस्तृतमा पढ्नुस्

  • सुपर सन्डे : भारत किन अफगानिस्तानको जितको प्रार्थना गर्दैछ?

    सुपर सन्डे : भारत किन अफगानिस्तानको जितको प्रार्थना गर्दैछ?

    आज टी ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत अफगानिस्तान र न्यूजिल्याण्ड बिच प्रतिस्पर्धा हुँदैछ। ग्रुप 'बी'मा रहेका यी दुई टोलीको लक्ष्य सेमिफाइनल प्रवेश हो। तर, यी दुई टीम भन्दा खेलको चिन्ता लागेको छ भारतलाई। भर्खरै दिवाली सकाएका भारतीयहरु आज सुपर सन्डेमा हुने खेलमा अफगानिस्तानको जितका लागि प्रार्थना गरिरहेका छन्। केही दिन अघि भएको अफगानिस्तानसँगको खेलमा भारतले जित निकाल्दै सेमिफाइनलमा पुग्ने समीकरणमा आफूलाई…

    विस्तृतमा पढ्नुस्

  • चीनले बढायो कोइलाको उत्पादन, कोप२६ मा कोइलाको प्रयोग रोक्ने सहमतिमा गरेको थिएन हस्ताक्षर

    चीनले बढायो कोइलाको उत्पादन, कोप२६ मा कोइलाको प्रयोग रोक्ने सहमतिमा गरेको थिएन हस्ताक्षर

    स्कटल्याण्डमा भएको कोप२६ सम्मेलनमा विश्वका १९० राष्ट्र तथा संस्थाहरुले कोइला प्रयोग रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पोल्याण्ड, भियतनाम चिलीजस्ता कोइलाको धेरै प्रयोग गर्ने राष्ट्र लगायतले कोइलाको प्रयोग घटाउने सहमति जनाएका थिए। ती राष्ट्रहरुले सन् २०३० सम्म धनी राष्ट्र र २०४० सम्ममा कोइलामा आधारित उर्जाको प्रयोग अन्त्य गर्ने र कोइला प्रयोग हुने उत्पादनमा भइरहेको लगानी अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपिए १० हजार बढी संक्रमित, सक्रिय संक्रमितको संख्या २६० दिनपछि सबैभन्दा कम

    भारतमा थपिए १० हजार बढी संक्रमित, सक्रिय संक्रमितको संख्या २६० दिनपछि सबैभन्दा कम

    भारतमा पछिल्लो २४ घण्टामा १० हजार भन्दा बढी कोरोना संक्रमित पहिचान भएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार थप १० हजार ८५३ जनामा संक्रमण देखिएको हो। १२ हजार ४३२ जना संक्रमण मुक्त हुँदा हाल भारतभर कूल सक्रिय संक्रमितको संख्या १ लाख ४४ हजार ८४५ पुगेको छ। २६० दिनपछि भारतमा सक्रिय संक्रमितको संख्या सबैभन्दा कम भएको हो। भारतमा संक्रमणबाट थप ५२६ जनाको…

    विस्तृतमा पढ्नुस्

  • राहुल गान्धी भारतको प्रधानमन्त्री बने उनको पहिलो काम के होला ?

    राहुल गान्धी भारतको प्रधानमन्त्री बने उनको पहिलो काम के होला ?

    भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई धेरैले गान्धी/नेहरु परिवारको उत्तराधिकारीका रुपमा लिने गर्छन्। पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका नाति, पूर्व प्रधानमन्त्री राहुल गान्धी र कांग्रेस अध्यक्ष सोनिया गान्धीका छोरालाई नै गएको लोकसभा चुनावमा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। तर उनी गान्धी परिवारको गढ मानिएको अमेठी क्षेत्रबाटै पराजित भए। अमेठीबाट पराजित भएपनि उनी केरलाको वयानडबाट विजय भए। राहुल गान्धीलाई भारतीय जनता…

    विस्तृतमा पढ्नुस्

  • कलाकारहरुले यसरी मनाए भाइटीका, लक्ष्मीले बहिनीलाई लगाइन् टीका

    कलाकारहरुले यसरी मनाए भाइटीका, लक्ष्मीले बहिनीलाई लगाइन् टीका

    काठमाडौं: यमपञ्चकको आज अन्तिम दिन दाजुभाईहरुको दीर्घायूको कामना गर्दै भाइटिका मनाउने गरिन्छ। कलाकारहरुले पनि दिदीबहिनी तथा दाजुभाईसँग टिका लगाएर हर्षोल्लासका साथ भाइटिका मनाएका छन्। गायिका इन्दिरा जोशीले धर्म दाई अशोक श्रेष्ठलाई टिका लगाएर भाइटिका मनाएकी छिन्। बाल्यकालदेखि अशोकसँग इन्दिराको चिनजान छ। इन्दिरालाई अशोकले नै सुरुमा हार्मोनियम बजाउन सिकाएका हुन्। जसकारण उनी अशोकलाई संगीतको पहिलो गुरु मान्छिन्। इन्दिराको एक भाइ भए…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियाद्वारा वेस्ट इन्डिज ८ विकेटले पराजित, सेमिफाइनल प्रवेशको सम्भावना बलियो

    अष्ट्रेलियाद्वारा वेस्ट इन्डिज ८ विकेटले पराजित, सेमिफाइनल प्रवेशको सम्भावना बलियो

    टी-२० विश्वकप अन्तर्गत शनिबारको पहिलो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ। अष्ट्रेलियाले ५ खेलबाट ८ अंक जोड्दै सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ। वेस्ट इन्डिजले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले २२ बल अगावै दुई विकेटको क्षतिमा पूरा गरेको थियो। अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले नटआउट ८९ रन बनाए। कप्तान आरोन फिन्च ९ रनमा आउट हुँदा मिचेल मार्सले ५३…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग पराजित

    म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि जित निकालेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड सिटीसँग २-० ले पराजित भएको हो। खेलको ७ औं मिनेटमै एरिक बेलीको आत्मघाती गोलमा अग्रता बनाएको सिटीले खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। खेलको ४५ औं मिनेटमा सिटीका बर्नान्डो सिल्भाले गोल थप्दा पहिलो हाफमै सिटी दुई गोलले…

    विस्तृतमा पढ्नुस्

  • एमालेको दशौँ महाधिवेशन, यसरी हुँदैछ समावेशी प्रतिनिधित्व

    एमालेको दशौँ महाधिवेशन, यसरी हुँदैछ समावेशी प्रतिनिधित्व

    प्रकाश सिलवाल- काठमाडौँः नेकपा (एमाले) ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ। एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एक तिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको छ। सो पार्टीले आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका…

    विस्तृतमा पढ्नुस्

  • बेनीस्थित बालगृहमा सामूहिक भाइटीका

    बेनीस्थित बालगृहमा सामूहिक भाइटीका

    म्याग्दी : बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन्। नेपाल बाल संगठन म्याग्दीले संचालन गरेको बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका मनाएका हुन्। अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरिएको हो। बालगृहका बालबालिकालाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर…

    विस्तृतमा पढ्नुस्

  • टेक्ससमा सांगीतिक महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु, ३०० बढी घाइते

    टेक्ससमा सांगीतिक महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु, ३०० बढी घाइते

    अमेरिकामा एक सांगीतिक महोत्सव हुँदै गर्दा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ। टेक्ससमा शुक्रवार आयोजित ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा रातिको समयमा भागाभाग हुँदा ३०० जनाभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेका छ। महोत्सवमा आएका दर्शकहरु स्टेज अघि जाने क्रममा भागदौड मच्चिएको बताइएको छ। त्यसक्रममा ११ जनालाई हृदयाघात भएको प्रहरीले जनाएको छ। मानिसहरु स्टेज अघि जाने क्रममा स्टेजको अघिल्लो भागमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका

    राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका

    काठमाडौं : आज भाइटीका। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भाइ डेगेन्द्र पाण्डेलाई भाडटीका लगाइदिएकी छिन्। उनले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइलाई सप्तरंगी टीका र माला लगाइदिएकी हुन्। राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति निवासमा पाण्डेको हातबाट भाईटीका…

    विस्तृतमा पढ्नुस्

  • डा सङ्ज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

    डा सङ्ज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

    काठमाडौं : प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने जनाएको हो।  डा मल्ल कंगोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुखका रुपमा कार्यरत छिन्।…

    विस्तृतमा पढ्नुस्

  • मिथिला क्षेत्रमा भैयादूज मनाइँदै

    मिथिला क्षेत्रमा भैयादूज मनाइँदै

    मिथिला क्षेत्रमा आज भैयादुज पर्व मनाइँदै छ। दीपावलीको पाँचौँ दिन आज दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने परम्परा छ। यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन्। अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ। सत्ययुगमा राजा वलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै…

    विस्तृतमा पढ्नुस्

  • कुइरेनी मिस (कथा)

    कुइरेनी मिस (कथा)

    तेजेन भट्टराई –   स्कूलमा कुइरेनी मिस आउने गाँइगुँइ हल्ला चल्यो। हाम्रो स्कूलमा पहिले कहिल्यै विदेशी सर मिस नभएकोले पूरा विश्वास चाँहि लागेको थिएन। तर, सत्य रहेछ। हेडसरले नै कक्षामा आएर अमेरिकाकी नयाँ मिस आउने जानकारी दिँदै स्वागतको लागि विद्यार्थीहरुले फूल ल्याउन सूचना गर्नुभयो। सरको सूचनाले हामी विद्यार्थीहरु बिचमा झनै खैलावैला मच्चायो। कस्ती हुनुहोला कुइरेनी मिस? कसरी पढाउनुहोला? नेपाली बोल्न…

    विस्तृतमा पढ्नुस्

  • वेलकम ब्याक होम : कोच बनेर बार्सिलोना फर्किए जाभी

    वेलकम ब्याक होम : कोच बनेर बार्सिलोना फर्किए जाभी

    जाभी हर्नानडेज एफसी बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोनाबाटै क्लब फुटबल खेलेका जाभीलाई जारी सिजनसँगै अन्य दुई सिजनका लागि नियुक्त गरिएको क्लबले जनाएको छ। बार्सिलोनाकै युथ टिम प्रोडक्ट जाभी कतारको अल सद क्लब छाडेर पुरानै क्लबमा आएका हुन्। बार्सिलोनामा नयाँ भूमिकामा फर्किन उनी केहीदिन देखि क्लब मालिकहरुसँग छलफलमा थिए। क्याम्प नउमा नोभेम्बर ८ मा उनको औपचारिक स्वागत गरिनेछ। जाभीले बार्सिलोनाबाट…

    विस्तृतमा पढ्नुस्

  • कोप२६ सम्मेलन असफल भयो : ग्रेटा टुनबर्ग

    कोप२६ सम्मेलन असफल भयो : ग्रेटा टुनबर्ग

    वातावरण अभियन्ता ग्रेटा टुनबर्गले स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी कोप२६ सम्मेलन असफल भएको बताएकी छिन्। ग्लासगोमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै ग्रेटाले कोप२६ असफल भएको भन्दै जलवायु परिवर्तनको असर रोक्न तत्काल धेरै काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएकी हुन्। जलवायु परिवर्तनका कारण विश्व नै जलिरहेको भन्दै उनले शक्तिमा रहेका मानिसहरु भने आलिशान जीवन बिताइरहेको टिप्पणी गरिन्। प्रदर्शन अघि विद्यार्थीसहित हजारौंको संख्यामा मानिसहरुले मार्चपास…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell