PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

  • बेन्जेमाको दोहोरो गोलमा रियल मड्रिडको जित

    बेन्जेमाको दोहोरो गोलमा रियल मड्रिडको जित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'डी'को खेलमा स्पेनिस क्लब रियल मड्रिडले युक्रेनी क्लब शख्तर डोनेस्कमाथि जित निकालेको छ। सान्टिआगो बर्नेभेउमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले शख्तरमाथि २-१ गोल अन्तरले जित निकालेको हो। मड्रिडको जितमा करिम बेन्जेमाले दोहोरो गोल गरे। खेलको १४ औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै बेन्जेमाले खेलमा अग्रता दिलाएका थिए। यद्यपि ३९ औं मिनेटमा शख्तरका…

    विस्तृतमा पढ्नुस्

  • एट्लेटिको मड्रिडलाई हराउँदै लिभरपुल अन्तिम १६ मा

    एट्लेटिको मड्रिडलाई हराउँदै लिभरपुल अन्तिम १६ मा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा समूह 'बी' को खेलमा इङ्ग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो। खेलको १३ औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डको पासमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। फेरि, २१ औं मिनेटमा आर्नोल्डकै पासमा साडियो मानेले गोल गर्दै अग्रता…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशविरुद्धको बारको आन्दोलनलाई दल निकट संठगनले किन गरे असहयोग?

    प्रधानन्यायाधीशविरुद्धको बारको आन्दोलनलाई दल निकट संठगनले किन गरे असहयोग?

    काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा राजनीतिक दलहरुले संवैधानिक दायित्वबारे कुनै छलफल प्रारम्भ नै गरेका छैनन्। सहकर्मी न्यायाधीश, नेपाल बार एशोसिएशन लगायतले राजीनामा माग गरे पनि प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रिया फेस गर्न तयार रहेको बताउँदै आएका छन्। तर, संवैधानिक रुपमा जबरामाथि महाभियोग ल्याउन सक्ने दलहरु मौन छन्। सत्तापक्ष र प्रतिपक्ष कुनै पनि दलले महाभियोगको विषयमा परामर्श नै गरेको छैन। राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक निकायको नियुक्तिविरुद्धको मुद्दा सुनुवाइ रोक्ने रिट प्रधानन्यायाधीशले पठाए संवैधानिक इजलासमा

    संवैधानिक निकायको नियुक्तिविरुद्धको मुद्दा सुनुवाइ रोक्ने रिट प्रधानन्यायाधीशले पठाए संवैधानिक इजलासमा

    काठमाडौँः प्रधानन्यायाधीशको अनुपस्थितिमा संवैधानिक इजलास गठन हुनसक्ने वा नसक्ने भन्ने विवाद संवैधानिक इजलासमा नै पठाइएको छ। संयुक्त इजलासमा विचाराधीन उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेका हुन्। उक्त मुद्दामा यसअघि न्यायाधीश हरि फुयालको इजलासबाट अन्तरिम आदेश जारी भई संयुक्त इजलासमा पठाइएको थियो।  फुयालको इजलासले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुने वा नहुने निक्र्यौल नभएसम्म संवैधानिक निकायमा…

    विस्तृतमा पढ्नुस्

  • तिहारको छेकोमा अभ्यासमा व्यस्त नेपाली क्रिकेट टिम

    तिहारको छेकोमा अभ्यासमा व्यस्त नेपाली क्रिकेट टिम

    काठमाडौं : १५ दिनयता नेपाली महिला क्रिकेट टोलीका खेलाडीहरु कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा अभ्यासरत छन्। यूएईमा हुने महिला विश्वकप छनोटको तयारीमा रहेका खेलाडीहरु बन्द प्रशिक्षणमा जुटेका हुन्। नेपाली टोलीले पछिल्लो समय दक्षिण एसियाली खेलकुदयता अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन। यद्यपि यसबीचमा राष्ट्रिय प्रतियोगिताका रुपमा प्रधानमन्त्री कप र मेयर्स कप भने खेलेका छ्न्। टोलीको प्रशिक्षण तिहारमा पनि जारी रहने नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले…

    विस्तृतमा पढ्नुस्

  • अवैधानिक तरिकाले बनेको एकीकृत समाजवादी पार्टीलाई महाधिवेशनमा निम्तो छैन : योगेश भट्टराई

    अवैधानिक तरिकाले बनेको एकीकृत समाजवादी पार्टीलाई महाधिवेशनमा निम्तो छैन : योगेश भट्टराई

    काठमाडौं : नेकपा एमालेले आफूबाट फुटेर गएको नेकपा एकीकृत समाजवालीलाई अवैधानिक पार्टीको संज्ञा दिइएको छ। पार्टीको दशौं महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई अवैधानिक पार्टी भनेका हुन्। महाधिवेशनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीललाई निम्तोको बारेमा सोधिएको प्रश्नमा योगेशले समाजवादीलाई निमन्त्रणा नहुने बताएका हुन्। 'कतिपय राजनीतिक दलको पहिचान स्पष्ट छैन। अवैध तरिकाबाट बनेका पार्टी छन्।…

    विस्तृतमा पढ्नुस्

  • सरकारले स्थायित्व धराशायी बनाएको एमालेको आरोप, तीनै तहको चुनावमा गइहाल्नुपर्ने माग

    सरकारले स्थायित्व धराशायी बनाएको एमालेको आरोप, तीनै तहको चुनावमा गइहाल्नुपर्ने माग

    काठमाडौं : सरकारले मुलुकको राजनीतिक स्थायित्वलाई धराशायी बनाएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगाएको छ। पार्टीको दशौं महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाइएको हो। एमालेले तत्काल ताजा जनादेशमा जानुको विकल्प नरहेको समेत प्रष्ट्याएको छ। साथै दावी गरेको छ - तीनवटै तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्छ। संसदमा भएका विधेयकलाई फिर्ता गरेर अध्यादेशमार्फत् मुलुक चलाउन खोजेको आरोप…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशहरुबाट न्यायापालिका प्रतिको जनआस्थामा खलल पुग्ने कार्य तत्काल बन्द होस् : डिएलए

    न्यायाधीशहरुबाट न्यायापालिका प्रतिको जनआस्थामा खलल पुग्ने कार्य तत्काल बन्द होस् : डिएलए

    काठमाडौं : नेपाल डमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले जनताको न्याय पाउने हकको पक्षमा र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुट भएर उभिन आह्वान गरेको छ। डिएलएले आज प्रेस विज्ञप्ति जारी गर्दै संविधानप्रदत्त जनताको न्याय पाउने हक र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुट हुन आह्वान गरेको हो। 'अन्तर्राष्ट्रिय तहमा हाम्रो न्यायलयको साख, विश्वास र प्रतिष्ठाको उचाइ आज पर्यन्त गौरवपूर्णरुपमा छ। सो साख…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु

    सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु

    काठमाडौं : सर्वोच्च अदालतको ९ वटा इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ। एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर मंगललबार बन्दीका मुद्दामा पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणको मद्दा हेर्ने गरी ९ वटा इजलास तोकेका हुन्। ती मध्ये ६ वटा संयुक्त र दुईवटा एकल छन्। इजलासमा सुनुवाइसमेत सुरु भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा छठपछि कांग्रेसको वडा अधिवेशन, बाराको सभापतिमा चौरसिया र यादवबिच प्रतिस्पर्धा

    प्रदेश २ मा छठपछि कांग्रेसको वडा अधिवेशन, बाराको सभापतिमा चौरसिया र यादवबिच प्रतिस्पर्धा

    वीरगंज : प्रदेश २ मा छठपछि कांग्रेसको वडा अधिवेशन हुने भएको छ। पटकपटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसले आगामी मंसिर २७ गतेदेखि ३० गते सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशन अघि वडादेखि जिल्ला अधिवेशन हुन नसकेको ठाउँमा पनि निर्वाचनको लागि मिति तय भइसेको छ। जसअनुसार अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने कार्यतालिका छ। त्यसैगरी,कात्तिक…

    विस्तृतमा पढ्नुस्

  • कुकुरलाई भत्ता मासिक एक लाख रुपैयाँ भन्दा धेरै ! काम सुरक्षा गार्डको, मिसन चाहिँ शान्ति सेनाको

    कुकुरलाई भत्ता मासिक एक लाख रुपैयाँ भन्दा धेरै ! काम सुरक्षा गार्डको, मिसन चाहिँ शान्ति सेनाको

    काठमाडौं : तिहारका क्रममा आज धेरैले कुकुरको पूजा गरे, ढोगे पनि। अरु दिन दुत्कार्नेहरु पनि आज कुकुरको पूजा गर्न तल्लिन रहे। मानिससँग सबैभन्दा धेरै नजिकिने प्राणी कुकुर सुरक्षाका लागि पनि उत्तिकै परिचालन हुँदै आएको छ। अपराध अनुसन्धानमा मात्र होइन देशको सुरक्षा र सेनाको शान्ति मिसनमा समेत कुकुरको सहयोग लिइँदै आएको छ।  हो, नेपालबाट खटिने शान्ति मिसनमा नेपाली तालिम प्राप्त कुकर प्रयोग हुँदै आएका…

    विस्तृतमा पढ्नुस्

  • समाजवादीलाई एमालेजस्तो बन्न दिनुहुन्न : मुख्यमन्त्री पाण्डे

    समाजवादीलाई एमालेजस्तो बन्न दिनुहुन्न : मुख्यमन्त्री पाण्डे

    काठमाडौं : वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विकासका लागि युवाहरुलाई अगाडि बढाउनुपर्ने बताएका छन्। पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित कार्यक्रममा भर्खरै प्रदेशको कमान सम्हालेको पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताए। मुख्यमन्त्री पाण्डेले नेपालमा आय आर्जनको श्रोत पर्याप्त रहेको दावी पनि गरे। विश्वका २ सय भन्दा बढी देशहरुमा उत्पादन हुने वस्तु नेपालमा पनि बनाउन…

    विस्तृतमा पढ्नुस्

  • कोप२६ मा नआएको भन्दै बाइडेनद्वारा चीन र रसियाका राष्ट्रपतिको आलोचना

    कोप२६ मा नआएको भन्दै बाइडेनद्वारा चीन र रसियाका राष्ट्रपतिको आलोचना

    अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रसियाको आलोचना गरेका छन्। स्कटल्याण्डमा जलवायुसम्बन्धी कोप२६ सम्मेलनमा सहभागी नभएको प्रति इंगित गर्दै बाइडेनले चीन र रसियाको आलोचना गरेका हुन्। कोप२६ सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन विश्वका लागि ठूलो मुद्दा भएको तर चीन र रसिया त्यसबाट टाढिएको आरोप लगाएका हुन्। स्कटल्याण्डको ग्लास्गोमा आयोजित कोप२६ सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रसियाली राष्ट्रपति भ्लादमीर…

    विस्तृतमा पढ्नुस्

  • टी २० विश्वकपमा आज दुई खेल : जितविहीन भारतलाई अफगानिस्तानको चुनौती

    टी २० विश्वकपमा आज दुई खेल : जितविहीन भारतलाई अफगानिस्तानको चुनौती

    आईसीसी टी २० विश्वकप अन्तर्गत आज दुईवटा खेल हुँदैछन्। पहिलो खेलमा समूह 'बी' मा रहेका न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन्। दिउँसो पौने ४ बजे हुने खेलमा जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलको समीकरणमा कायम रहन चाहन्छ भने स्कटल्याण्ड प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा रहनेछ। त्यस्तै, आजै हुने दोस्रो खेलमा भारत र अफगानिस्तान आमनेसामने हुनेछन्। पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्याण्डसँग ८…

    विस्तृतमा पढ्नुस्

  • तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोगमा रोक

    तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोगमा रोक

    तालिवानले अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा रोक लगाएको छ। तालिवानले आर्थिक अवस्था र राष्ट्रिय हितलाई मध्यनजर गर्दै सबैलाई अफगानी मुद्रा प्रयोग गर्न निर्देशन दिएको हो। अफगानिस्तानमा धेरै संख्यामा अमेरिकी डलरको प्रयोग हुँदै आएको थियो। पाकिस्तानसहित सीमावर्ती क्षेत्रमा समेत अफगानीहरुले डलरको प्रयोग गर्थे। विदेशी मुद्राको प्रयोग गर्नेलाई कारवाही गर्ने चेतावनी तालिवानले दिएको छ। तालिवानको उक्त कदमले अफगानिस्तानमा थप आर्थिक संकट आउन सक्ने बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री निवासमा कुकुरको दरबन्दी तर छैन खटाइएको : 'ब्लड हाउन्ड'को अनुसन्धान प्रभावकारी

    प्रधानमन्त्री निवासमा कुकुरको दरबन्दी तर छैन खटाइएको : 'ब्लड हाउन्ड'को अनुसन्धान प्रभावकारी

    काठमाडौं : प्रहरीको अनुसन्धानमा पछिल्लो समय तालिम प्राप्त कुकुर सहयोगी बन्दै आएको छ। कुकुरले दिएको 'क्लु'का अनुसार प्रहरीका अनुसन्धान टुंगोमा पुगेका धेरै घटनाहरु छन्। अनुसन्धानमा मात्र होइन अन्य पक्षहरुमा पनि प्रहरीको तालिम प्राप्त कुकुरको प्रयोग हुँदै आएको छ। भिआइपीको सुरक्षादेखि नाकामा हुने विस्फोटक र लागूऔषध सम्बन्धी घटनाको ट्र्याक गर्नसमेत प्रहरीको तालिम प्राप्त कुकुर प्रयोग भइरहेको छ। तर सुरक्षाको हिसाबले संवेदनशिल…

    विस्तृतमा पढ्नुस्

  • लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित, बार्सिलोना दोस्रो स्थानमा

    लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित, बार्सिलोना दोस्रो स्थानमा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ई' को खेलमा जर्मन क्बल बायर्न म्युनिखले पोर्चुगिच क्लब बेनफिकामाथि सहज जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली बायर्नले बेनफिकामाथि ५-२ गोलअन्तरले जित निकालेको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दा सर्ज गनब्री र लेरोए सानेले १/१ गोल गरे। खेलको २६ औं मिनेटमा लेवान्डोस्कीको गोलमा अग्रता बनाएको बायर्नका लागि ३२ औं…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, भिल्ला रियलको सहज जित

    म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, भिल्ला रियलको सहज जित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एफ'को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एटलान्टा बराबरीमा रोकिएका छन्। एटलेटी अज्युरी डी'इटालिया स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोली एटलान्टासँग २-२ को बराबरीमा रोकिएको हो। खेलको १२ औं मिनेटमा जोसिप इलिकको गोलमा एटलान्टाले अग्रता बनाएको थियो। यद्यपि पहिलो हाफको इन्ज्युरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल फर्काउँदा पहिलो हाफमा १-१ को बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • तिहारमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने, यस्तो छ स्थानीय प्रशासनको निर्देशन

    तिहारमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने, यस्तो छ स्थानीय प्रशासनको निर्देशन

    काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिहारमा राति ९ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको छ। कोभिड–१९ को संक्रमण बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले देउसी भैलो तथा नाचगान कार्यक्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ।  मंगलबार सूचना जारी गर्दै स्थानीय प्रशासनले सार्वजनिक यातायात र जनजीवनलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न पनि आग्रह गरेको छ।  यस्तै, मठ,…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशको लगातार चौथो पराजय

    बंगलादेशको लगातार चौथो पराजय

    आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ। जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बंगलादेशले १८.२ ओभरमा अलआउट हुँदै ८४ रन बनायो। ८५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङमा उत्रिएको बंगलादेशका लिन्टन दास…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell