काठमाडौं : गणतन्त्रका विरुद्ध बोल्नेहरु सुध्रिए होलान भन्ने सोचिए पनि त्यस्तो नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम तथा मुखपत्र 'पराग'को विमोचन कार्यक्रममा प्रचण्डले कम्युनिष्ट पार्टीकै नेतृत्वबाट पार्टी भित्रैबाट प्रतिक्रान्ति भएको आरोप लगाए। 'नेपालमा आफ्नै मौलिकतासहित प्रतिक्रान्तिका प्रवृत्तिबाट। कम्युनिस्ट पार्टीले बनाएको प्रधानमन्त्रीले संविधानका व्यवस्था च्यात्ने प्रयास भयो,' उनले…
काठमाडौं : नेकपा एमालेका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दक्षिणपन्थी धार सक्रिय रहेको टिप्पणी गरेका छन्। चितवनको भरतपुरमा आयोजित कार्यक्रममा दक्षिणपन्थीलाई पराजित गर्नुपर्ने भन्दै उनले उक्त धारले नेपाली समाजलाई उल्टो दिशामा फर्काउन खोजेको बताए। देउवाको नेतृत्वमा देखिएको राजनीतिक ध्रुब्रिकरणलाई परास्त नगरी एमाले अघि बढन नसक्ने उनको भनाई छ। उनले नेपाली कांग्रेस पुँजीपतिको प्रतिनिधि भएको टिप्पणी गरे।…
इङ्ग्लिस क्लब टोटेनहमले प्रशिक्षक नुनो एस्प्रेटियो सान्तोलाई बर्खास्त गरेको छ। म्यानचेस्टर युनाइटेडसँगको खेलमा ३-० ले पराजय ब्यहोरेसँगै प्रशिक्षकको नियुक्ती पाएको ४ महिनामै पोर्चुगिच प्रशिक्षक नुनोलाई टोटेनहमले बर्खास्त गरेको हो। टोटेनहमले पछिल्ला सात खेलमध्ये पाँच खेलमा पराजय ब्यहोरेको छ। 'मलाई थाहा छ नुनो र उनका कोचिङ स्टाफ सफल हुन चाहन्थे। र, यो निर्णय लिनुपरिरहँदा मलाई दु:ख लागेको छ।' टोटेनहमका मेनेजिङ डिरेक्टर…
काठमाडौंः चर्चित डान्सर सुशान्त खत्रीले आफूलाई बिना कारण नेपाल प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनले आफूलाई नेपाल प्रहरीले झापड हानेको बताएका छन्। फेसबुकमा लाइभ गर्दै डान्सर सुशान्तले प्रहरीले आफूलाई बिना कारण हातपात गरेको आरोप लगाएका हुन्। उनी आइतबार राती ठमेलको सिनेट क्लबमा गएका थिए। क्लबबाट निस्किदा प्रहरीले आफूलाई घिस्राएर बाहिर ल्याएर निकालेको र एक झापड हानेको उनले बताए। 'म क्लबबाट…
काठमाडौं : नेकपा एमालेका नेता प्रभु साहले नेकपा माओवादी केन्द्रले कांग्रेसँग सहकार्य गरिरहेकोमा आपत्ति जनाएका छन्। चितवनको भरतपुरमा आयोजित कार्यक्रममा साहले कम्युनिस्टको भोट लिएर कांग्रेसलाई साथ दिएर माओवादीले गद्दारी गरेको आरोप लगाए। 'कम्युनिस्टको एउटा खेमाको काम गद्दारी गर्ने हो भने अर्कोको काम साचो बोल्ने हो। कम्युनिस्टको भोट लिने कांग्रेसलाई साथ दिने ठगी गर्नेहरु पनि छन्,' उनले भने। साहले एमाले अध्यक्ष केपी शर्मा…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ भ्रमणका क्रममा ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा रहेको स्याउ फार्मको अवलोकनमा पुगेकी छिन्। सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनमा उनी पुगेकी हुन्। यो स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो। एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान…
हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएका छन्। पाण्डेले कात्तिक २२ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका हुन्। त्यसका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र पठाइसकेका छन्। मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। संविधानमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेका मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र…
काठमाडौं : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आउने चैत वा बैशाखमा संघ र प्रदेशको चुनाव हुने दाबी गरेका छन्। चितवनको भरतपुर नगरको अधिवेशनमा पाण्डले नेताहरुलाई चुनावको तयारी गर्न आग्रह गरेका हुन्। उनले चाँडै स्थानीय चुनाव हुने भएकाले महाधिवेशनलाई अबको चुनाव तयारीको रुपमा लिनुपर्ने बताए। 'संघ र प्रदेशको चुनाव चैत बैशाखमा हुने सम्भवना बढ्दै छ। महाधिवेशन सफल पार्नका लागि आजैदेखि जुट्नुपर्छ। महाधिवेशनमा…
काठमाडौं: नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी २० वरीयतामा एक स्थानमाथि उक्लिएको छ। आईसीसीले आज जारी गरेको वरीयता अनुसार नेपाल १३ औं स्थानमा छ। वरीयतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने पाकिस्तान, भारत र न्युजिल्याण्ड दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। पाँचौ स्थानमा साउथ अफ्रिका, छैटौं स्थानमा अस्ट्रेलिया, सातौं स्थानमा अफगानिस्तान र आठौं स्थानमा वेस्ट इण्डिज छन्। त्यस्तै नवौं स्थानमा…
मोरङः नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद राजेन्द्र राईले आफ्नो नेतृत्वमा प्रदेश नम्बर १ को सरकार गठन हुने बताएका छन्। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि सांसद राईले आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्। सांसद राईले तिहार अगाडि नै सरकार गठन हुने दाबी गरे। 'मेरो नेतृत्वमा सरकार बन्छ। सानो मन्त्रिपरिषद् तिहार अगाडि नै गठन हुन्छ,' उनले भने। तर, कसकसलाई…
काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउने युवाहरूको भीड लागेको छ। बिहानैदेखि सेवाग्राही लाइनमा भेटिन्छन्। केही वर्षअघि पासपोर्ट बनाउन यस्तै भिडभाडको सामना गर्नुपर्थ्यो तर पछिल्ला केही वर्षदेखि विभागमा यस्तो चाप छैन। तर केही दिनदेखि भने पहिलेको झैँ भिडभाड बढेको छ। आखिर किन बढिरहेको छ भीड? आइतबार मात्र विभागमा करिब ५ हजार सेवाग्राही पुगेका थिए। पुगेका सबैको काम भएको थिएन। 'यो डिभीको…
भिटेनको 'गल्ली सडक' बोलको गीत युटयुब ट्रन्डिङमा परेको छ। हालसम्म करिब ७ लाखले हेरिसकेको उक्त भिडियो ट्रेन्डिङ नम्बर २ मा परेको छ। भिटेनको गीत प्राय विवादास्पद रहने गर्छ। उनको गीतमा प्रयोग भएका शब्दहरुलाई लिएर निकै बहस हुने गरेको छ। गीतका कारण उनलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। यसबिच भिटेनले नयाँ गीत सार्वजनिक गरेका हुन्। दुईदिन अघि ‘गल्ली सडक’ बोलको गीतमा…
आईसीसी टी २० विश्वकप अन्तर्गत आइतवार भारतले न्युजिल्याण्डसँग ८ विकेटको फराकिलो हार ब्यहोर्यो। पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको भारतको खराब लय कायमै रहे पछि प्रश्न उठ्न थालेको छ : के भारत अझै सेमिफाइनलमा पुग्न सक्छ ? प्रतियोगिता अघिसम्म उपाधिको प्रबल दाबेदार मानिएको भारत दुई खेल खेलेर पनि अंकबिहीन छ। भारत रहेको समूह 'बी'मा पाकिस्तान लगातार तीन जित निकाल्दै…
काठमाडौं : केही दिनदेखि लगातार सर्वोच्च अदालतको इजलास प्रभावित भए पनि सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायाधीशहरुलाई इजलास तोकेका छन्। जबराले आफूलाई भने आज इजलास तोकेका छैनन्। अन्य न्यायाधीशहरुलाई भने बन्दी प्रत्यक्षीकरण मुद्दामा इजलास तोकिएको छ। उनले १० जना न्यायधीशहरुलाई ६ वटा इजलास तोकेका हुन्। प्रत्येक इजलासमा एउटा एउटा बन्दी प्रत्यक्षीकरण मुद्दा तोकिएको छ। अघोषितरुपमा इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरुबिच बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्ने…
आइतवार देखि स्कटल्याण्डको ग्लास्गोस्थित स्कटिस इभेन्ट कलेजमा सुरु भएको राष्ट्र संघीय जलवायु सम्मेलन कोप-२६ मा यसपटक अफगानिस्तानबाट प्रतिनिधित्व 'शून्य' हुने भएको छ। अफगानिस्तानको प्रतिनिधित्व गर्ने गरी ६ जना प्रतिनिधिले दिएको निवेदन आयोजकले अस्वीकार गरेको छ। सम्मेलन सुरु हुनु दुई दिन अगाडि मात्र उनीहरुको निवेदन अस्वीकृत भएको हो। ६ जना वातावरणविद्हरुले सम्मेलनमा सहभागी हुन निवेदन दिएका थिए। अफगानिस्तानबाट ६ जना मध्ये पाँच जना पुरुष…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै दोस्रो दिन पनि कानुन व्यवसायीहरुल प्रर्दशन गरेका छन्। आइतवार बिहान हातमा कालोपट्टी बाँधेर नेपाल बार एसोसिएनका अध्यक्ष चन्डेश्वर श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगानालगायत कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसमा आन्दोलनमा उत्रिएका थिए। त्यसै गरि सोमबार पनि कानुन व्यवसायीहरु विरोधमा उत्रिएका हुन्। प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान राखेपछि बार चरणबद्ध आन्दोलनमा उत्रेको हो। बारले…
सुर्खेत : संकटमा परेका कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिई पद जोगाइदिएर मन्त्री बनेका तीन जना आज सरकारबाट बाहिरिँदै छन्। तत्कालिन अवस्थामा एमालेमा रहेर फ्लोर क्रस गरेर मन्त्री बनेका अमर बहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीको सरकारबाट बाहिरिने भएका हुन्। एमालेबाट निर्वाचित चार जनाले फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि गत बैशाखमै एमालेले…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा आफूले कब्जा गरेको बताएका छन्। कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले तत्कालिन अध्यक्ष केपी शर्मा ओलीसँग २५ प्रतिशत र आफूसँग ७५ शक्ति रहेको बताएका हुन्। 'पार्टी विभाजन भएको होइन, गराइएको हो। पार्टी त हामीले कब्जा गरेका थियौं। ओली २५ प्रतिशत र हामी ७५ प्रतिशत गराएका थियौं नि,'उनले भने।…
दमौलीः तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नम्बरको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ३९२६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको हो। उनलाई दमौली…
विश्वमा सायदै कोही मानिस होला जसलाई दु:ख नहोस्। उसले आफूलाई दु:ख छ भनेर नभनेको बिरैले होला। तर, उसले के दु:खलाई बुझेको छ ? कि उसले आफ्नो सुखलाई पनि दु:ख भन्दै निराश बन्दैछ? यही प्रश्नको उत्तर लिएर आएको छ नेपालभाषाको गीत ‘दु:ख दु:ख सकसितत दु:ख’ (दु:ख दु:ख सबैलाई दु:ख)। मिनर्वादेवी शाक्य बज्राचार्यको स्वर रहेको उक्त गीतको शब्द संघरत्न शाक्यले लेखेका हुन्।…