काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टी भित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुगेको समेत बताए। पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै उनले आफुहरू नै पार्टी सुधारमा…
काठमाडौं : सवारीचालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली अझै पूर्णरूपमा संचालनमा आएको छैन। कहिलेदेखि सिस्टम सहज हुन्छ भन्नेमा यातायातका कर्मचारीसँग जवाफ छैन। उनीहरु पदाधिकारी अरुलाई दोष देखाएर पन्छिने गरेका छन्। पछिल्लोपटक कात्तिक ८ गतेबाट संचालनमा आएको अनलाइन प्रणाली चार दिनपछि नै प्राविधिक समस्या आएको थियो। त्यसपछि मर्मतका लागि बन्द गरिएको थियो। बन्द गरिएको करिब पाँच घण्टापछि आंशिक रूपमा संचालनमा…
काठमाडौं : नेपाल बार एसोसिएसनमा आज बिहान १० बजेपछि कानुन व्यवसायीहरु हातमा पट्टी बाँधेर उत्रिए। कालो कोटमा विरोधमा उत्रिएका कानुन व्यवसायीहरुको पट्टीमा भने समनता देखिएन। बार परिसरमा उत्रिएकाहरु कसैले कालोपट्टी बाँधेका थिए त कोहीले सेतो पट्टी। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजिनामा माग्दै आएका कानुन व्यवसायीहरु कालो पट्टी बाँधेर उत्रिए। हातमा कालोपट्टी बाँधेर बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगानालगायत…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाने कार्यक्रम तय भएको छ। बुद्धजन्मस्थल लुम्बिनीमा उनले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए। कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी हुने बताइएको छ। लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपतिद्वारा…
क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले भारत भ्रमणको निम्तो स्वीकार गरेका छन्। शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पोपबिच भेटवार्ता भएको थियो। त्यसक्रममा मोदीले पोपलाई भारत भ्रमणको निम्तो दिएका थिए। पोपले मोदीको निमन्त्रणालाई 'सबैभन्दा राम्रो उपहार' भनेको भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। मोदी र पोपबिच २० मिनेटको छलफल हुने बताइएपनि दुईजनाले करिब एक घण्टा छलफल…
काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध गर्दैछ। बारले आजबाट सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रम गर्न लागेको हो। बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गरेको छ। 'मिति २०७८ कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध…
आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियामाथि सहज जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियामाथि ८ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाए। १२६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले ११.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। सुरुवाती ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान आरोन…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले न्युक्यासलमाथि जित निकालेको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा चेल्सीले न्युक्यासलमाथि ३-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा चेल्सीले ६५ औं मिनेटमा अग्रता बनाएको थियो। चेल्सीलाई अग्रता दिलाएका रिस जेम्सले खेलको ७७ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसबाहेक पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै जोर्गिन्होले ८१…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी क्रिस्टल प्यालेससँग २-० गोलअन्तरले पराजित भएको हो। विलफ्राइड जाहाको गोलमा खेलको दोस्रो मिनेटमा नै क्रिस्टल प्यालेसले खेलमा अग्रता बनाएको थियो। अर्कोतर्फ पहिलो हाफको इन्ज्युरी समयमा सिटीका एमेरिक लापोर्टे रेड कार्ड खाँदै बाहिरिँदा सिटी १० खेलाडीमा सीमित भयो। दवाबमा आएको…
स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा रियल मड्रिडले एल्चेमाथि जित निकालेको छ। म्यानुअल मार्टिनेज स्टेडियममा सम्पन्न खेलमा मड्रिडले १० खेलाडीमा सीमित घरेलु टोली एल्चेमाथि २-१ गोलअन्तरले जित निकालेको हो। मड्रिडको जितमा भिनिसियस जुनियरले दोहोरो गोल गरे। खेलको २२ औं मिनेटमा भिनिसियको गोलमा अग्रता बनाएको मड्रिड पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोली १० खेलाडीमा समेटियो। खेलको…
दोलखा: पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि चट्टानले जितेका छन्। दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन्। आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे। बेल्टसहित उनले १ लाख ५० हजार रुपैयाँ हात पारे। प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा घरेलु टोली लेस्टर सिटीमाथि आर्सनलले २-० को जित निकालेको हो। खेलको पाँचौं मिनेटमै गाब्रियलको गोलमा अग्रता बनाएको आर्सनलका लागि दोस्रो १८ औं मिनेटमा इमिल स्मिथले गोल गरेका थियो। खेलको पहिलो हाफमै आर्सनल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा आर्सनलले…
काठमाडौं : कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आफूले काँग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवालाई देख्न चाहेको बताएका छन्। शनिवार गृह मन्त्रालयमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री खाँणले सभापति देउवालाई पुन सभापति बन्ने शुभेच्छा रहेको बताएका हुन्।प्रहरीको सरुवा तथा बढुवामा गृहमन्त्री र प्रधानमन्त्रीबिच असमझदारी देखिएको भन्ने विषयमाथि खण्डन गर्दै मन्त्री खाँणले कुनै पनि असमझदारी नभएको प्रस्ट पारेका हुन्। 'प्रधानमन्त्री र गृह मन्त्रालयबिच कुनै पनि असमझदारी…
काठमाडौंः नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन्। संघका नौ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जबरा सर्वोच्चको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा मागेका हुन्। राजीनामा माग गर्नेमा प्रा.डा. कमलकृष्ण जोशी, प्रा. केशवानन्द गिरी, प्रा. भूपति ढकाल, प्रा. कपिल श्रेष्ठ, प्रा. भीमसेनदास प्रधान, प्रा. रामेश्वर उपाध्याय, प्रा.डा. विनोदकुमार श्रेष्ठ, प्रा. खगेन्द्र भट्टराई…
दोलखा: दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक प्रदेश खेलकुद विकास परिषद् वाग्मती र नेपाल रिङ रेस्लिङ एसोसिएशनले शुक्रबार पत्रकार भेटघाट गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। प्रतियोगितामा सहभागी हुन खेलाडी शुक्रबार आयोजनास्थल पुगेका छन्। सम्पूर्ण खेलाडीलाई पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसहितका जिल्लाका अधिकारीले फूलमालासहित स्वागत गरेका थिए। स्वागत कार्यक्रममा…
आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वेस्टइण्डिजले बंगलादेशमाथि जित निकालेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा वेस्टइण्डिजले बंगलादेशमाथि ३ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। १४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो। सुरुवाती ब्याटिङ गरेको…
काठमाडौं : नेकपा (एमाले)ले १० औँ महाधिवेशनका लागि प्रतिनिधि संख्या बढाउने निर्णय गरेको छ। ललितपुरको च्यासलमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि संख्या बढाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार केन्द्रीय कमिटी सदस्यहरुले महाधिवेशन प्रतिनिधिको संख्याबारे प्रश्न उठाएपछि प्रतिनिधिको संख्या बढाइएको हो। बिहीवार बसेको स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको थियो।…
काठमाडौं: कात्तिक २९ गतेबाट सुरु हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब प्रतिस्पर्धामा उत्रने भएका छन्। आज सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रतियोगिताको टाइसिट ड्र गरिएको थियो। प्रतियोगिताको उद्घाटन खेल २९ गते साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। लिग फागुन १४ गतेसम्म तीनवटा मैदानमा हुनेछन्, जसमा दशरथ रंगशाला, एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल स्टेडियम रहेका…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ७ सय ४६ जनाको परीक्षण गर्दा ५ सय ४९ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा ५ सय ६९ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १० हजार १ सय ५१ रहेको मन्त्रालयले जानकारी दिएको छ।…
काठमाडौं : सर्वोच्च अदालतमा १५ जना न्यायाधीशविरुद्ध रिट परेको छ। विगत चार दिनदेखि न्यायधीशको अघोषित हड्तालको कारण कामकारबाही प्रभावित भएको भन्दै अधिवक्ताहरुले रिट निवेदन लिएर अदालत पुगेका हुन्। रिट दर्ता हुने प्रकृयामा रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। 'अदालतको काम प्रभावित नगर्नु नगराउनु भन्दै तीन वटा रिटहरु विभिन्न न्यायाधीशविरुद्ध आएका छन्,' प्रवक्ता दाहालले भने। न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण लगातार…