काठमाडौं : नेकपा एकीकृत समाजवादीका वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको सपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा पाण्डेसहित ३ जना मन्त्रीले सपथ लिएका हुन्। बुधवार नेकपा एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनका लागि प्रक्रिया सुरु भएको थियो। विपक्षी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले सरकार गठन गरेको हो। जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता…
काठमाडौं : प्रतिनिधि सभाको बिहीवारको बैठकलाई पनि नेकपा (एमाले)ले अवरोध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए। सभामुख सापकोटाको राजीनामा मागेर बैठक अवरोध गरिरहेको एमालेले आफ्नो अडानलाई कायमै राखेको हो। सभामुख सापकोटाले नेकपा एमालेले कारवाही गरेका सांसदहरुको सूचना सभामुख सापकोटाले नटाँसेको भन्दै विरोध जनाइरहेको छ। बिहीवारको बैठकमा सभामुख सापकोटाले एमालेलाई…
भक्तपुर : भक्तपुरको विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन्। जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका अवशेषहरु भेटिएका हुन्। अवशेषहरु फेला परेपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी नेतृत्वको टोलीले बुधाबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। फेला परेको अवशेष…
काठमाडौं : नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने बारेमा गठबन्धनमा छलफल नभएको बताएका छन्। बिहीवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महाभियोग लगाउनेबारे गठबन्धनमा छलफल नभएको नेपालले बताएका हुन्। उनले गठबन्धनका नेताहरुको व्यस्तताका कारण अहिले बैठक बस्न नसकेको जानकारी दिए। ‘हामीले त छलफल नै गरेका छैनौँ। महाभियोग बारेमा केही प्रवेश नै गरेको छैन।अहिले हाम्रो पाँच दलको बैठक नै…
काठमाडौं : अफगानिस्तानमा मानवीय संकट समाधानका लागि इरानले प्रस्ताव राखेको छ। तेहरानमा आयोजित अफगानिस्तानका छिमेकी देशहरुको दोस्रो विदेश मन्त्रीस्तरीय सम्मेलनमा इरानका विदेशमन्त्री होसेन अमिर अबदोल्लाहिआनले अफगान जनताको समस्या समाधान र अफगानबाट हुने चुनौती समाधानका लागि इरानको प्रस्ताव राखेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। उनले अफगानिस्तानका कुनै पनि छिमेकीको चाहना अफगानिस्तान फेरि नयाँ गृहयुद्धमा प्रवेश गरोस् भन्ने नभएको बताए। उनले अफगानिस्तानमा स्थायी विकास आवश्यक…
काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्समा नेपालले आज ताजकिस्तानको सामना गर्दैछ। ताजकिस्तानस्थित रिपब्लिक सेन्ट्रल स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल इरानसँग ४-० ले पराजित भएको थियो भने ताजकिस्तानले लेबनानलाई १-० ले हराएको थियो। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्। नेपाली टोलीका कप्तान अर्पण कार्कीले…
स्पेनिस क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ। गएराति सम्पन्न रायो भालेकानोसँगको खेलमा बार्सिलोनाले पराजय ब्यहोरेसँगै कोम्यान बर्खास्त भएका हुन्। बार्सिलोनाले जारी सिजन १० खेलबाट मात्र १५ अंक जोडेर तालिकाको ९ औं स्थानमा छ भने च्याम्पियन्स लिगमा पनि दुईवटा खेलमा पराजय ब्यहोरिसकेको छ। 'क्लबका अध्यक्ष जोआन लापोर्टाले भालोकानोसँगको पराजयपछि कोम्यानलाई निर्णयबारे जानकारी दिएका थिए,' बार्सिलोनाको विज्ञप्तिमा भनिएको छ,…
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने सर्वोच्चको फैसलाप्रति एक पूर्व प्रधानन्यायाधीशले प्रश्न उठाएका छन्। कार्की पदमुक्त भएको पाँच वर्षपछि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले फैसला विधिसम्मत रुपमा नभएको प्रश्न उठाएका हुन्। उनले न्यायाधीशले गरेका काम विधिसम्मत थिए भन्ने प्रश्न समेत गरेका छन्। न्यायालयको वर्तमान विवादबारे न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा पराजुलीले कार्कीलाई हटाउने फैसला कानुनसम्मत नभएको र फैसला गर्ने…
काठमाडौं : नेपालका तीन जिल्लामा कोभिड-१९ विरुद्धको पूर्ण रुपमा खोप प्रदान गरिएको छ। रुकुम पूर्व, मनाङ र मुस्ताङ जिल्लामा कोभिड-१९ विरुद्ध लक्षित समूहका शत प्रतिशतले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा एक करोड ५४ लाख १९ हजार चार सय ५ मात्र खोप वितरण भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये ८६ लाख ४९ हजार दुई सय ५१ जनाले…
काठमाडौंः सिंहदरबारभित्र गोली चलेको छ। बुधवार दिउँसो राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले जनाएको छ। गोली कसैलाई नलागेकाले क्षति भएन। गोली कसरी चल्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 'प्राविधिक त्रुटिले गर्दा पेस्तोलबाट फायर भएको देखिएको छ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले भने, 'अरु कुरा अनुसन्धानपछि खुल्नेछ।'
काठमाडौं : नेकपा एकीकृत समाजवादीले कलम चुनाव चिन्ह पाएको छ। कलम चुनाव चिह्न लिनका लागि लागि नेकपा एकीकृत पार्टीसँग समाजवादीले एकता गरेको थियो। जीवन राईको पार्टी नेकपा एकीकृतको चुनाव चिन्ह कलम रहेकोमा एकतापछि एकीकृत समाजवादीले कलम चुनाव चिन्ह पाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। असोज २२ गते नेकपा एकीकृत र एकीकृत समाजवादीले एकता भएको औपचारिक जानकारी निर्वाचन…
काठमाडौं : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुखको कार्यालयले बहुमत पुग्ने दललाई मुख्यमन्त्री पदका लागि दाबी गर्न आह्वान गरेको छ। त्यसका लागि बिहीवार ३ बजेसम्म समय तोकिएको छ। भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्यले अल्पमतमा परेपछि पदमा नियुक्त भएको ७१ दिनमा बुधबार पदबाट राजीनामा दिएकी हुन्। वाग्मतीमा विपक्षी गठबन्धनका तर्फबाट नेकपा एकीकृत…
काठमाडौं : चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए। खोपलाई हाल टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो।
काठमाडौं : अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अझै दुई वर्ष नेपाली फुटबल टिमको प्रशिक्षक रहने बताएका छन्। आज नेपाली कांग्रेसको तरुण विभागले साफ च्याम्पियनसिप २०२१ मा सहभागी खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले प्रशिक्षक अलमुताइरी अझै दुई वर्ष नेपालमै रहने बताएका हुन्। 'कोचको समाधान गरेर आएको छु। कोच अब्दुल्लाह अझै दुई वर्षसम्म नेपालमा नै…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा देखिएको विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्। सिंहदरवारमा भएको काँग्रेस पदाधिकारी बैठकपछि पौडेलले न्यायलयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउएका हुन्। उनले अदालतमा उत्पन्न असहज परिस्थितीलाई 'न्यायलयको आन्तरिक मामिला' भन्दै प्रतिक्रिया दिन नमिल्ने समेत बताए। ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ। न्यायलयमा असहज परिस्थिती बनेको छ। न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त…
काठमाडौं: शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपीपल’ बिहिबारबाट डिसहोममा प्रदर्शन हुने भएको छ। यो फिल्म बिहीवारबाट डिस होमको च्यानल नम्बर ८८८ मा रिलिज हुने भएको छ। असोज २६ गते फुलपातीको दिनबाट सिनेमाहलमा प्रदर्शन भएको यो फिल्मले 'महानायक' विवादकाबिच व्यापार गर्न सकेन। जसकारण फिल्म सिनेमाहलबाट नै हटिसकेको छ। शोभितले भने फिल्म हलको लागि नभएर ओटीटी प्याल्टफर्मको लागि निर्माण गरेको दाबी…
हेटौँडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। प्रदेशसभाको आजको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेकी हुन्। शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएकी थिइन्। सँगै उनले राजिनामा दिने घोषणा गरिन्। एमालेले अल्पमतकै भए पनि सरकार चलाएको भन्दै विपक्षीको सहयोगप्रति उनले आभार व्यक्त गरिन्। 'छोटै…
काठमाडौं : पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायलयमा देखिएको समस्या समाधान गर्न निकास दिन जरुरी भएको बताएका छन्। अवाञ्छित लाञ्छना लागेकोले जबराले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन इजलासबाट पन्छिएर जवाफ दिनुपर्ने पराजुलीले बताएका छन्। जबराले अनुसन्धान अवधिभर इजलासमा आउँदिन र आफूमाथि लागेका आरोपहरुको स्वतन्त्र छानबिन होस् भनेर बिदामा बस्नुपर्ने उनले सुझाव समेत दिएका छन्। पराजुलीले भने, 'हुल र…
हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने भएकी छिन्। शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। उक्त बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेशसभा सचेतक दिपक निरौलाले जानकारी दिए। यसपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामापत्र बुझाउने उनले बताए। आज बस्ने प्रदेशसभामा मुख्यमन्त्री…
काठमाडौँ: प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो इजलास बसेको छ। उनले आफ्नो इजलासबाट ५ वटा आदेश समेत जारी गरेका छन्। बुधबार आफैसँग विद्रोह गरिरहेका न्यायाधीशसँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संयुक्त इजलास तोकेका थिए। यसअघि सोमबार र मंगलबार जबराले आफूलाई इजलास तोकेका थिएनन्। बुधबार आफू समेतलाई इजलास तोकेका छन्। बुधवार आफ्नो इजलासबाट पाँच वटा आदेश जारी गरेका हुन्। बन्दी प्रत्यक्षीकरण दुई, अदालतको…