कैलाली : कैलालीमा मटर तस्करीका क्रममा मारिएका दुई प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। मङ्गलवार जिल्ला अदालत कैलालीका मुख्य न्यायाधीश जयानन्द पनेरुको इजलासमा सुनाइएको अन्तिम फैसला अनुसार घटनामा संलग्न ९ जनालाई जन्मकैदको फैसला तोकिएको हो। न्यायाधीश पनेरुका अनुसार हत्या अभियोग लागेका धनगढी १० का २३ वर्षीय रोहित राना उर्फ पर्कु, रोहित राना, २० वर्षीय राजेन्द्र राना,…
बलिउड अभिनेता सलमान खान अभिनित फिल्म 'अन्तिमः द फाइनल ट्रुथ’ को ट्रेलर रिलिज भइसकेको छ। एक्सन जनराको यो फिल्ममा सलमान प्रहरीको भूमिकामा देखिएका छन्। आयुष शर्मालाई ग्याङ्स्टारको भूमिकामा देख्न सकिन्छ। आयुष शर्मा सलमानकी बहिनी अर्पिता खानको श्रीमान् हुन्। सलमानले यसअघि पनि आयुषलाई लिएर फिल्म निर्माण गरेका थिए। यस फिल्ममा सलमान खान दोस्रो पटक सरदारको भूमिकामा देखिएका छन्। १३ वर्ष अघि उनी…
काठमाडौं : काठमाडौं प्रहरी प्रमुख (एसएसपी) सरुवा अन्योलमा परेको छ। गृह मन्त्रालयले मंगलवार नै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपीको काज सरुवा गरेको थियो। एसएसपी अशोक सिंहलाई काठमाडौंबाट हटाएर एसएसपी सुदीप गिरीलाई काजमा ल्याउने तय भएको थियो। तर, रातारात एसएसपीको सरुवा रोकिएको प्रहरी स्रोतले जानकारी दिएको छ। 'हिजो गृहबाट सरुवा गर्नु भन्ने थियो। तर, आज केही समयलाई यथावत राख्नुपर्ने निर्दैशन भएको छ,'…
पाकिस्तानी पूर्व क्रिकेटर शोएब अख्तर त्यहाँको सरकारी टेलिभिजनमा प्रसारित 'गेम अन हे' कार्यक्रममा अपमानित भएका छन्। न्युजिल्याण्ड र पाकिस्तानबीचको खेलको विश्लेषण गरिरहँदा अख्तरको विदेशी पाहुनाहरुकाबिच अपमान भएको हो। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा अख्तार पाकिस्तान सुपर लिगका लाहोर कन्दहर्सको तारिफ गर्दै शाहीन शाह अफ्रीदी, हरिस रउफजस्ता क्रिकेटर उत्पादन भएको भन्दै प्रशंसा गरिरहेका थिए। कार्यक्रम होस्ट गरिरहेका नोमान रियाज त्यतिकैमा भड्किए र भने,…
इक्वेडरमा आदिवासी समुदायले 'पारो नेसिवनल' (देशव्यापी सटडाउन) घोषणा गरेका छन्। इन्धनमा भएको मूल्यवृद्धीको विरोधमा उनीहरुले मुख्य सडकमा निस्किएर प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा राष्ट्रपति निवासतर्फ जान खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो। त्यसक्रममा प्रहरीले ३० भन्दा बढी व्यक्तिलाई पक्राउ समेत गरेको छ। आदिवासी समुदाय र नागरिक समाजले राष्ट्रपति गुइलेरोमो लास्सोले इन्धनमा बढाएको मूल्य फिर्ता हुनुपर्ने भन्दै विरोध जनाउँदै आएका थिए। प्रदर्शनरत्…
आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डमाथि ५ विकेटको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। यसअघिको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित निकालेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले…
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए नेपाल बार एशोसिएशनले देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार राति अबेरसम्म चलेको बैठकले तत्काल पदबाट राजीनामा दिन जबरालाई आग्रह गरेको छ। राजीनामा नदिए सम्पूर्ण बार इकाईबार्फत आन्दोलन अघि बढाउने निर्णय बारले गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए। न्यायालयको प्रमुख समस्या नै प्रधानन्यायाधीश रहेको भन्दै बारले राजीनामा अनिवार्य शर्त मानेको हो। न्यायलयकाे राजनीतिकरणमा संसदीय…
आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा साउथ अफ्रिकाले वेस्ट इण्डिजमाथि जित निकालेको छ। दुबइ इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा साउथअफ्रिकाले ८ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। १४४ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिकाले २ विकेट गुमाएर १८.२ ओभरमा लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङ गरेको…
चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवहाक विदेशमन्त्री मौलवी अमिर खान मोत्ताकीबिच दोहामा भेट वार्ता भएको छ। मोत्ताकी नेतृत्वको अफगान तालिवान प्रतिनिधि टोलीले वाङ नेतृत्वको टोलीबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुबैपक्षबिच कुटनीतिक सम्बन्ध, द्विपक्षीय व्यापार, अफगानिस्तानका लागि चिनियाँ मानविय सहयोग तथा चीनमा अफगानी विद्यार्थीहरुका लागि उच्च शिक्षाको व्यवस्थाका सम्बन्धमा छलफल भएको अफगानिस्तानको तालिवान नेतृत्वको सरकारका प्रवक्ताले जनाएका छन्। भेटवार्ताका…
काठमाडौं : पछिल्लो २४ घण्टामा ६६६ जना कोभिड १९ संक्रमित थपिएका छन्। १२ हजार २० जनाको परीक्षण गर्दा ६६६ जनामा संक्रमण देखिएको हो। यस्तै, ६२२ जना संक्रमण मुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या १० हजार २९६ पुगेको छ। संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ३७२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। यस्तै,…
भक्तपुर : मध्यपुर थिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ। आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो। आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानो थिमिबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। आगलागीका कारण करिब पाँच लाख…
काठमाडौं: नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन्। सर्बियाको बेलग्रेडमा भइरहेको प्रतियोगिताको ६७ केजीमा इराकका अल ओहाइडीबाट वाक ओभर पाउदै सनिल अन्तिम ३२ मा प्रवेश गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्। सनिलले अक्टोबर २८ तारिखमा आयोजक सर्बियाका अब्बासोभ भाकिडसँग प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा सनिलसहित ४ नेपाली खेलाडी सहभागी छन्।…
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले 'मार्ग प्रशस्त गर्नुपर्ने' पुरानै निष्कर्षमा न्यायाधीशहरु पुगेपछि इजलास नै प्रभावित हुने गरी सर्वोच्च अदालतको नेतृत्व र न्यायाधीशहरु बिचको द्वन्द्व सुल्टिने सम्भावना क्षीण बनेको छ। लगातार दुई प्रधान न्यायाधीश जबराले इजलास तोकेको भए पनि त्यसलाई बहिस्कार गर्दै भेलामा सहभागी भइरहेका न्यायाधीशहरुको पछिल्लो छलफल पनि सकिएको छ। भर्खरै सम्पन्न छलफलले पुरानै निष्कर्षमा रहने निर्णय गरेको…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासको काम गर्न नसक्ने सरकारले कर्मचारीको सरुवा आतंक मच्चाएको आरोप लगाएका छन्। मंगलवार नेकपा एमालेको पालिकास्तरीय अधिवेशनको संयुक्त रुपमा उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। '१४ सय सडक निर्माण गर्न सक्दिन भनेर हात उठाउने अनि कर्मचारीमा सरुवा आतंक मच्चाएको छ। राजदूत फिर्ता लिएको छ,' उनले अगाडि भने, 'समृद्ध नेपाल सुखी नेपाली नेकपा…
काठमाडौं : प्रधान न्यायाधीश र न्यायाधीश बिच देखिएको टकराबका कारण आज दोस्रो दिन पनि सर्वोच्च अदालतको इजलास प्रभावित बनेको छ। आज प्रधान न्यायाधीशले ८ वटा इजलास तोकेका छन्। १५ जना सर्वोच्च अदालतका न्यायाधीशलाई प्रधान न्यायाधीश जबराले इजलास निर्धारण गरेको भए पनि २ बजेसम्म कुनै पनि इजलासमा सुनवाइ भएको छैन। सोमवार पनि प्रधान न्यायाधीश राणाले ७ वटा इजलास तोकेका थिए। जसमा २ सय १६ वटा पेशी…
काठमाडौं : नेपाली निर्देशक राजेश खत्रीद्वारा निर्देशित चलचित्र जुलुङ्गो 'अ स्केरक्रो' ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिवल २०२१ मा युनिसेफ आइरिस ७५ अवार्ड जितेको छ। निर्णायक मण्डलीले 'ए स्केयरक्रो' लाई भिजुअल सिम्बोलिजम र बाल अधिकार सम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्त्वपूर्ण सन्देशको कारण चयन गरेको हो। हिमाली समुदायको परिवेशमा आधारित यो चलचित्रले आफ्नी आमालाई स्केयरक्रो (बुख्याचा) बनाउन सहयोग गर्नका लागि विद्यालय जानबाट…
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए। 'उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना…
काठमाडौं : म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री गरेको अभियोगमा धापासीस्थित एक गोदाममा प्रशासनले छापा मारेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीको सहयोगमा छापा मारेको हो। धापासीको श्री टोलमा रहेको गोल्डेन नेपाल सप्लाएर प्राइभेट लिमिटेडमा छापा मारेको थियो। गोदाममा म्याद गुज्रिएका खाद्य सामाग्रीहरुको नयाँ मिति राखेर बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।प्रहरीले कम्पनीका संचालक…
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई राजीनामा नदिने प्रस्ट्याएका छन्। हिजो इजलास बहिस्कार गरेका न्यायाधीशहरु आज राणालाई भेट्न पुगेका थिए। उनीहरुले राणालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका थिए। सर्वोच्च अदालतमा केही समय अघिमात्र भएको न्यायाधीशहरुको छलफलमा राजीनामा दिने विषयमा जबराले इन्कार गरेको बैठकमा सहभागी एक न्यायाधीशले जानकारी दिए। ती न्यायाधीशका अनुसार प्रधान न्यायाधीश जबराले आफ्नो संवैधानिक दायित्व पूरा…
इण्डियन प्रिमियर लिगमा दुईवटा नयाँ टिम थपिएका छन्। सोमवार आरपी सञ्जीब गोयन्का ग्रुप र सीभीसी क्यापिटल्स पार्टनर इरिलिया कम्पनी लिमिटेडले लखनउ फ्रेन्चाइज र अहमदाबाद फ्रेन्चाइजको स्वामित्व लिन १.६ बिलियन अमेरिकी डलरभन्दा बढी रकम खर्च गरे। गोयन्का ग्रुपले लखनउ फ्रेन्चाइज किन्नका लागि ७ हजार ९० करोड भारतीय रुपैयाँ खर्च गर्दा सीभीसीले अहमदाबाद फ्रेन्चाइज लिन ५ हजार ६२५ करोड भारतीय रुपैयाँ खर्चियो। यसक्रममा गोयन्का ग्रुपले…