PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • १० औं महाधिवेशन कम्युनिस्ट एकता र निरन्तरताको आन्दोलन : बादल

    १० औं महाधिवेशन कम्युनिस्ट एकता र निरन्तरताको आन्दोलन : बादल

    चितवन : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डोत्तलन गरी सुरु गरेका छन्।  कार्यक्रममा उद्घाटनसत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै महाधिवेशन मुल आयोजक समितिका संयोजक रामबहादुर थापा 'वादल'ले देशको राजनीति दुई ध्रुबमा विभाजन भएको भन्दै एउटा ध्रुब अग्रगमन पक्षधर रहेको र त्यसको नेतृत्व नेकपा एमालेले गरेको…

    विस्तृतमा पढ्नुस्

  • नारायणी नदी किनारमा 'ओली छाप मास्क' किन्नेको घुइँचो

    नारायणी नदी किनारमा 'ओली छाप मास्क' किन्नेको घुइँचो

    काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन अहिले चितवनस्थित नारायणी नदी किनारमा हुँदैछ। उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु नदी किनारमा पुगिसकेका छन्। एमाले महाधिवेशनमा हेर्न हजारौंको संख्यामा मानिसहरु कार्यक्रमस्थल पुगेका छन्। एमाले नेता कार्यकर्ताहरु पार्टीको झण्डा र अध्यक्ष ओलीको तस्विर भएको मास्क लगाएर  उद्घाटनस्थल प्रवेश गरिरहेका छन्। प्रवेश गेटमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा तुवाँलो, 'मौसम सफा हुन वर्षा हुनुपर्छ'

    काठमाडौंमा तुवाँलो, 'मौसम सफा हुन वर्षा हुनुपर्छ'

    काठमाडौं : पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ। स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताए। 'अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन',…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीशबारे छिट्टै निकास दिने देउवाको भनाइ, बारले भन्यो : महाअभियोगको पर्याप्त आधार छ

    प्रधान न्यायाधीशबारे छिट्टै निकास दिने देउवाको भनाइ, बारले भन्यो : महाअभियोगको पर्याप्त आधार छ

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको विषयमा गठबन्धनमा छलफल गरेर छिट्टै निकास दिने बताएका छन्।  आज बार एशोसिएशनका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले छिट्टै निकास दिने बताएका हुन्। प्रधानमन्त्रीसँगको छलफलमा बारले महाअभियोग लगाउने पर्याप्त आधार रहेको जनाएको थियो।  बारका महासचिव लीलामणि पौडैलका अनुसार बार पदाधिकारी र प्रधान मन्त्री बिचको छलफलमा देउवाले गठबन्धनभित्र छलफल गर्ने बताएका थिए। उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ लाई रोट्रेड्याम ल्याब अवार्ड

    नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ लाई रोट्रेड्याम ल्याब अवार्ड

    नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ ले भारतको नेशनल फिल्म डेभलपमेन्ट कर्पोरेशन (एनएफडीसी) मा रोट्रेड्याम अवार्ड पाउन सफल भएको छ। सहारा शर्माको निर्देशन रहने फिल्म ‘एक मुठ्ठी बादल’ले नेदरल्यान्डको रोट्रेड्याम ल्याबमा जाने मौका पाएको हो। फिल्म बजारको को-प्रोडक्सन मार्केटको कार्यक्रम २० देखि २५ नोभेम्बर सम्म भर्चुअल रुपमा चलेको थियो। फिल्म ‘एक मुठ्ठी बादल’ का निर्माता अभिमन्यु दीक्षितलाई यो अवसर प्रदान गरेको…

    विस्तृतमा पढ्नुस्

  • भएन व्यवस्थित : ५० लाख खर्चेको स्टेज पछाडि खुलामै शौच !

    भएन व्यवस्थित : ५० लाख खर्चेको स्टेज पछाडि खुलामै शौच !

    चितवन : नेकपा एमालेको महाधिवेशनको उद्घाटन अहिले नारायणी नदी किनारमा हुँदैछ। उद्घाटन सत्रका लागि एमालेको नेतृत्व तहका साथै विभिन्न राजनीतिक दलका प्रमुख र नेताहरु कार्यक्रमस्थल पुगिरहेका छन्। उद्घाटन सत्रमा एमालेले ५ लाख मानिस उतार्ने भन्दै त्यही अनुसार व्यवस्थापन गरेको दाबी गरेको छ। एमालेले उद्घाटनमा सयौं अतिथि अट्ने गरी स्टेज बनाएको छ। एमालेले नदी किनारमा बनाएको स्टेजको चर्चा केही दिन देखि…

    विस्तृतमा पढ्नुस्

  • भारतीय फुटबल टोली ब्राजिलसँग ६-१ गोलअन्तरले पराजित

    भारतीय फुटबल टोली ब्राजिलसँग ६-१ गोलअन्तरले पराजित

    भारतीय महिला राष्ट्रिय फुटबल टोली ब्राजिलसँग पराजित भएको छ। फोरनेशन्स टुर्नामेन्ट अन्तर्गत ब्राजिलस्थित एरेना डा एमाजोनियामा सम्पन्न खेलमा भारतीय टोली ब्राजिलसँग ६-१ गोलअन्तरले पराजित भएको हो। भारतीय सिनियर राष्ट्रिय टोलीले पहिलो पटक ब्राजिलसँग खेलेको हो। पहिलो हाफमा राम्रो प्रदर्शन गरेको भारतीय टोलीको प्रदर्शन दोस्रो हाफमा भने फितलो देखिएको थियो। खेलको पहिलो मिनेटमा नै डेबोरा ओलिभेराले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएकी…

    विस्तृतमा पढ्नुस्

  • नारायणी नदीमा मोटर बोटबाट सफर गरेर कार्यक्रमस्थल पुग्ने ओली र देउवाको योजना रद्द

    नारायणी नदीमा मोटर बोटबाट सफर गरेर कार्यक्रमस्थल पुग्ने ओली र देउवाको योजना रद्द

    चितवन : चितवनको नारायणी नदी किनारमा आज नेकपा एमालेको १० ‍औं महाधिवेशन सुरु हुँदैछ। भिभिआइपी मुभमेन्टलाई मध्यनजर गर्दै अहिले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली बिहीवार नै चितवन पुगिसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवापनि हेलिकप्टरबाट चितवन पुगिसकेका छन्। दिउँसो हुने उद्घाटन सत्रमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई नारायणी नदी…

    विस्तृतमा पढ्नुस्

  • भारत म्यानमार सीमामा ६.१ रेक्टर स्केलको भूकम्प, नेपालको पूर्वी भागमा पनि धक्का महसुस

    भारत म्यानमार सीमामा ६.१ रेक्टर स्केलको भूकम्प, नेपालको पूर्वी भागमा पनि धक्का महसुस

    भारत-म्यानमार सीमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण नआएको बीबीसी हिन्दीले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भारतको राष्ट्रिय भुकम्प मापन केन्द्रले ६.१ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ। भूकम्पको प्रभाव बंगलादेशको चिटगाउ, कोलकता लगायत नेपालको पनि पूर्वी क्षेत्रमा महसुस गरिएको जनाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशनः स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

    एमाले महाधिवेशनः स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

    भरतपुरः नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ। स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो। एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए। 'कोभिडको समय भएकाले सबै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको जिल्ला अधिवेशन आज

    कांग्रेसको जिल्ला अधिवेशन आज

    काठमाडौँः नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो। कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन आजदेखि सुरु हुन लागेको जानकारी दिए। रसुवाबाहेक हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशनको उद्घाटन हुँदै, 'हुस्सु'मा पनि सौराहा किनार हेर्न कार्यकर्ताको भीड

    एमाले महाधिवेशनको उद्घाटन हुँदै, 'हुस्सु'मा पनि सौराहा किनार हेर्न कार्यकर्ताको भीड

    चितवन: नेकपा (एमाले) को १०औं महाधिवेशन उद्घाटन आज हुँदैछ। एमालेका नेता कार्यकर्ता सौराहामा छन्। यतिबेला सौराहा र महाधिवेशन स्थल नारायणगढमा बाक्लो हुस्सु लागेको छ। हुस्सुका बीच नेता कार्यकर्ताहरु सौराहा किनार पुगेका छन्। उद्घाटनका लागि सबै तयारी पूरा भएको र पाँच लाखभन्दा बढी जनसहभागिता हुने  एमालेले जनाएको छ। महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन्। ‘जनताको बहुदलीय जनवादलाई…

    विस्तृतमा पढ्नुस्

  • सर्वसम्मत हुनबाट रोक्नमात्र मेरो उम्मेद्वारी भन्नु हाँसउठ्दो कुरा : भीम रावल, ‘ओलीले स्नेह देखाउनुभयो’

    सर्वसम्मत हुनबाट रोक्नमात्र मेरो उम्मेद्वारी भन्नु हाँसउठ्दो कुरा : भीम रावल, ‘ओलीले स्नेह देखाउनुभयो’

    चितवन: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेको अध्यक्ष पदमा उम्मेद्वारी दिएपछि अध्यक्ष केपी ओलीको सर्वसम्मत हुने इच्छामा ब्रेक लागेको छ। रावलको उम्मेद्वारीपछि पनि एमालेको १० औं महाधिवेशनमा पदाधिकारी चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेको छ। यद्यपि महासचिव लगायतका पदमा एमालेका नेताहरुले उम्मेद्वारी घोषणा गरिरहका छन्। पदाधिकारी चयनमा एमालेले अधिकांश ठाउँमा सर्वसम्मत विधि अपनाएको थियो। रावल लगायतका नेताहरुले उम्मेद्वारी फिर्ता नलिने अडान…

    विस्तृतमा पढ्नुस्

  • नेपालले आज मलेसियाको सामना गर्दै

    नेपालले आज मलेसियाको सामना गर्दै

    काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले आज मलेसियाको सामना गर्दैछ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो चौथो खेलमा नेपाली टोलीले आज मलेशियासँग प्रतिस्पर्धा गर्न लागेको हो। आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ। यसअघिका खेलमा पहिलो खेलमा हङकङसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो भने तेस्रो खेलमा कुवेतमाथि फराकिलो जित निकालेको थियो। शीर्षस्थानमा रहँदै…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टार भर्सेस सातदोबाटो, 'त्यति साह्रो थ्री स्टार भन्नुपर्ने स्थिति छ जस्तो मलाई लाग्दैन': मेघराज केसी

    थ्री स्टार भर्सेस सातदोबाटो, 'त्यति साह्रो थ्री स्टार भन्नुपर्ने स्थिति छ जस्तो मलाई लाग्दैन': मेघराज केसी

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगको आज हुने पहिलो खेलमा थ्री स्टार क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुँदैछन्। अघिल्लो सिजन थ्री स्टारको प्रशिक्षण सम्हालेका मेघराज केसी अहिले नवप्रवेशी सातदोबाटोको प्रशिक्षक छन्। प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको सातदोबाटो आफ्नो दोस्रो खेलमा थ्री स्टार क्लबसँग खेल्दैछ। पहिलो खेलमा च्यासल युथ क्लबमाथि ३-० को सानदार जित निकालेको थ्री स्टार…

    विस्तृतमा पढ्नुस्

  • ब्राउन सुगरसहित सात जना पक्राउ

    ब्राउन सुगरसहित सात जना पक्राउ

    झापा:  भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा दोस्रो चरणको खेल सुरु हुँदै, आज दुई खेल

    ए डिभिजन लिगमा दोस्रो चरणको खेल सुरु हुँदै, आज दुई खेल

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ए डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युथ क्लब र लिगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको थ्री स्टार क्लब आमनेसामने हुँदैछन्। आफ्नो पहिलो खेलमा सातदोबाटो युथ क्लब फ्रेन्डस् क्लबसँग गोलरहित बराबरी खेलेको थियो। 'पहिलो म्याचमा हामीले खेल्दा ५/६ वटा अवसर बनाएर पनि गोल गर्न सकेनौं। त्यसलाई…

    विस्तृतमा पढ्नुस्

  • अदालत ठप्प भएको एक महिनापछि बारले पायो प्रधानमन्त्रीको समय, निस्केला निकास?

    अदालत ठप्प भएको एक महिनापछि बारले पायो प्रधानमन्त्रीको समय, निस्केला निकास?

    काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीच छलफल हुने भएको छ। बारले न्यायालय अवरुद्ध भएको एक महिनापछि प्रधानमन्त्रीको समय पाएको हो।  बार एशोसिएशनका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानमन्त्री देउवाले शुक्रबार बिहान १०ः३० बजेका लागि समय दिएका छन्।  देउवाले न्यायपालिकाभित्रको समस्या आन्तरिक रुपमै सम्बोधन हुनुपर्ने बताउँदै आएका छन्।  न्यायालयको समस्याबारे यसअघि…

    विस्तृतमा पढ्नुस्

  • शेखर कोइरालाका प्रचार प्रमुख आचार्य महाधिवेशन प्रतिनिधिमै पराजित

    शेखर कोइरालाका प्रचार प्रमुख आचार्य महाधिवेशन प्रतिनिधिमै पराजित

    काठमाडौंः सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेको शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। मोरङ क्षेत्र नम्वर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा  लज्जास्पद रुपमा पराजित भएका छन्। उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन्। कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन्। बिहीबार बिहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा उनी २०औँ नम्बरमा…

    विस्तृतमा पढ्नुस्

  • उद्घाटन अघि नै ढल्यो एमाले महाधिवेशनको स्वागतद्वार

    उद्घाटन अघि नै ढल्यो एमाले महाधिवेशनको स्वागतद्वार

    चितवनः औपचारिक रुपमा उद्घाटन हुनुअघि नै नेकपा (एमाले) को महाधिवेशनका लागि बनाइएको स्वागतद्वार भत्किएको छ। सौराहको हातीचोकमा बनाइएको सहायक स्वागतद्वार भत्किएको हो।  एमाले महाधिवेशनका लागि चितवनमा मुख्य र सहायक गरी ४५ गेट बनाइएका छन्। जसमध्ये एक स्वागतद्वार भत्किएको हो।  एमाले महाधिवेशन शुक्रबार औपचारिक रुपमा उद्घाटन हुँदैछ। एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु चितवन पुगिसकेका छन्। 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell