चितवनः नेकपा (एमाले) ले पोलिब्यूरोको संरचना ब्युँताउने प्रस्ताव गरेको छ। चितवनमा जारी केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए। यसअघि उक्त संरचना हटाइएको थियो। यस्तै जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य पनि थप गर्न प्रस्ताव गरिएको छ। २२५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ पुर्याउन प्रस्ताव गरिएको छ।
काठमाडौं : पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४६ जनाको परीक्षण गर्दा थप २७० जनामा संक्रमण देखिएको छ। यस्तै थप दुई संक्रमितको मृत्यु भएको छ। यस्तै, ३०२ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोभिड १९ संक्रमितको संख्या ७ हजार २८७ पुगेको छ।
काठमाडौँ : सरला गौतमको निबन्ध संग्रह 'पिँजडाको मान्छे' सार्वजनिक भएको छ। नेपालयले आज पुस्तक सार्वजनिक गरेको हो। पिँजडाको मान्छे यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई-बुक हो। यसअघि सुजीव शाक्यको 'अर्थात्परिवर्तन' प्राइमरी ई-बुकका रुपमा प्रकाशित गरिएको थियो। गौतमको निबन्धहरूले आधुनिक मनुष्यको एकांकीपन, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दामा गहन दृष्टि राखेको नेपालयले जनाएको छ। 'महामारीले संसारलाई दुईवटा फरक धारमा विभाजन गरिदियो…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ए डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबमाथि जित निकाल्यो। पहिलो खेलमा च्यासल युथ क्लबमाथि ३-० गोलअन्तरको सानदार जित निकालेको उपाधिको दाबेदार थ्री स्टार दोस्रो खेलमै सातदोबाटोसँग १-० गोलअन्तरले पराजित हुन पुग्यो। पराजय पछि प्रतिक्रिया दिँदै थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले स्ट्राइकिङमा समस्या हुँदा ३ अंक गुमाउनु…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले थ्री स्टारमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो। लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबसँग बराबरी खेलेको सातदोबाटोको ए डिभिजन लिगमा यो पहिलो जित हो। सातदोबाटोका मिडफिल्डर सुदिप गुरुङले अजयी मार्टिन्सको पासमा पेनाल्टी बक्स बाहिरबाट २९ औं…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको उपस्थिति आफ्नो पालामा अन्तरिक्षसम्म पुर्याएको दाबी गरेका छन्। एमालेको १० औं महाधिवेशनको उद्घाटन गर्दै उनले भने, 'धर्तीको अर्विट छेडेर सानो भए पनि भूउपग्रह पठाएका छौँ। अब ठूलो पठाउने छौँ।' उनले आफ्नो पालामा अन्तरिक्षमा अरुले ओगटेको नेपालको बाटो फिर्ता लिएको दाबी गरे। 'स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ। अरुले ओगटेको हाम्रो मार्ग फिर्ता लिएका…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विरुद्ध प्रधानमन्त्रीलाई मञ्चमै राखेर दक्षिणपन्थीको आरोप लगाएका छन्। एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर 'परमादेशको सरकार' भन्दै दक्षिणपन्थीको संज्ञा दिए। 'अहिले केहीले हसिया हतौडाको झण्डा बोकेर कम्युनिस्ट सरकार ढालेर दक्षिण पन्थी सरकार बनाउनेले पनि हसिया हतौडा बोकेका छन्,' उनले भने। सरकारको विषयमा टिप्पणी…
चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी ९ वर्ष भित्र दिगो विकास लक्ष्य हासिल गर्ने बताएका छन्। एमालेको १० औं महाधिवेशनको उद्घाटन गर्दै ओलीले नेपाललाई अल्पविकशील राष्ट्रवाट विकासशील राष्ट्रमा स्तरोन्नती गराएको दावी गर्दै भने - 'हामी देशलाई छोटो समयमै एउटा समृद्ध राष्ट्र बनाउनु छ।' एमाले जाति, भाषाका नाममा जनता भिडाएर सद्भाव भाड्ने कुराको विरोधमा रहेको भन्दै सामाजिक सद्भावको पक्षमा…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफूहरु चुनाव केन्द्रित हुने उद्घोष गरेका छन्। चितवनस्थित नारायणी नदी किनारमा आयोजित १० औं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओलीले अब आफूहरु निर्वाचनको तयारीमा जुट्ने बताएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नै उनले देउवा सरकार परामादेशबाट बनेको भन्दै ओलीले महाधिवेशनपछि एमाले जनमतको सरकार बनाउन लाग्ने बताएका हुन्। 'मैले परामादेशबाट सरकार नबनाउँ भनेको हो।…
कैलाली : नेपाली काँग्रेस दार्चुलाको १४औँ महाधिवेशनका लागि भएको निर्वाचनपछि मतगणनामा झडप भएको छ। दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबिच झडप भएको हो। झडपमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउदलगायत घाइते भएका छन्। घाइते सबै धामी पक्षका कार्यकर्ता रहेको बताइएको छ। घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति…
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दार्चुलामा भएको जिल्ला निर्वाचनको मतगणना गर्ने क्रममा दुई पक्षबिच झडप भएको छ। दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबिच झडप भएको हो। झडपमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउँदलगायत घाइते भएका छन्। घाइते सबै धामी पक्षका कार्यकर्ताहरु रहेको बताइएको छ। घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको…
चितवन : नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा चलिरहेको छ। उद्घाटन कार्यक्रमलाई विभिन्न राजनीतिक दलका अध्यक्षहरुले सम्बोधन गरेका छन्। ओली सरकार ढालेर प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एमाले महाधिवेशनमा पुगेर सम्बोधन गरेका छन्। संविधान कार्यान्वयनमा जोड दिँदै देउवाले सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताएका थिए। देउवाले एमालेलाई महाधिवेशनको शुभकामना दिँदैगर्दा एमाले कार्यकर्ताहरुले होहल्ला गरेका थिए।…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभामार्फत् ल्याएको संविधानलाई संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरुको रहेको बताएका छन्। एमालेको महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना व्यक्त गर्दै देउवाले एमालेलाई संविधान कार्यान्वयन गर्न जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे। 'हाम्रा विचारहरु फरक फरक छन्। त्यसैले त हामी फरक फरक दलमा छौँ,' उनले भने, 'हाम्रा मतभिन्नताहरुलाई थाँती राखेर राष्ट्रिय मुद्दामा एक भएर अगाडि बढ्नुको विकल्प छैन।' उनले…
काठमाडौं : नेपालमा बाम शक्तिहरुमा टुटफुटको अवस्थाबाट गुज्रिरहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन्। एमालेको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै अध्यक्ष केसीले राजनीतिक दलहरुमा जिम्मेवारी लिन नसक्ने बताए। प्रजातन्त्रमा भएको प्रगति आफ्नो कारणले भएको भन्ने गलत हुँदा हाम्रो कारणले भएको भनेर स्वीकार गर्न नसक्ने समस्या राजनीतिक दलमा रहेको बताए। 'अहिले संसद अस्तव्यस्त छ। न्यायालय अस्तव्यस्त छ। हामीले अर्कालाई गाली…
चितवन : नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य लिलामणि पोखरेलले कम्युनिस्टहरु प्रति नेपाली जनताको अपार विश्वास रहेको बताएका छन्। एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ चुनौती देखिए पनि नयाँ सम्भावनाहरु पनि रहेको बताए। 'समाजमा अन्तरविरोधहरु स्थिर हुँदैन सामाजिक परिवेश पनि बदलिन्छन्। द्वन्द तथा अन्तर विरोध रहिरहँदैन्। यो नियम मार्स्कवादीहरुले मात्र विश्लेषण गर्छन्,' उनले…
काठमाडौं: आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो चौथो खेलमा नेपाली टोलीले मलेशियामाथि जित निकालेको छ। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा सम्पन्न खेलमा नेपालले ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मलेशियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनाएको थियो। जसका लागि एल्सा हन्टरले अभिजित सर्वाधिक ३९ रन बनाउँदा मास एलिसाले १४ र युसरिना याकोपले १२…
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले सरकारले मधेशका आन्दोलनकारी शक्तिसँग भएका सम्झौता पूरा नगरेकोमा दु:ख व्यक्त गरेका छन्। एमालेको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै गर्दा उनले मञ्चमा रहेका प्रधानमन्त्रीसँग आफ्ना माग राखे। 'संविधानमा अझै त्रुटि छ। यसलाई संशोधनको माग हाम्रो छ,' उनले भने, 'हाम्रा माग, मुद्दा छन्। नागरिकता सम्बन्धि। जो जेलमा बसेका छन्- तिनीहरु रिहाइ गर्ने र मुद्दा फिर्ता…
काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको जिल्ला अधिवेशनमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबिच प्रतिस्पर्धा हुने भएको छ। थापा र कवेँले प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघिको भक्तपुरको जिल्ला अधिवेशनमा पनि थापा र कवेँबिच सभापतिका लागि प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेँलाई दोस्रो चरणमा झिनो मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित भएका थिए।…
बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा फेरि मुस्किलमा परेका छन्। बम्बई उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। अदालतले उनीसहित सातजनाको धरौटीमा रिहाको निवेदन खारेज गरेको हो। जसमा अभिनेत्री शर्लिन चोपडा र मोडल पुनम पाण्डेको नाम पनि समावेश छ। कुन्द्राका तर्फबाट अधिवक्ता प्रशान्त पाटिलले अदालतमा रिहाका लागि निवेदन दर्ता गरेका थिए। कुन्द्राले अदालतमा पेश गरेको निवेदनमा उक्त भिडियो…
चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६३ सालको राजनीतिक परिवर्तनको समीक्षा गर्नुपर्ने बताएका छन्। नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। '२०६३ सालको राजनीतिक परिवर्तन पश्चात दिगो शान्ति र समृद्धिको लक्ष्य बोकेर हामीले यात्रा प्रारम्भर गरेका थियौँ। हामी कहाँ जान हिँडेका थियौँ, हामी कहाँ आइपुगेका छौँ,' उनले भने, 'यसलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने…