काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार ९१८ जनाको कोभिड १९ परीक्षण गर्दा १५८ जनामा संक्रमण देखिएको छ। यस्तै, ३४२ जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशधभर ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमणका कारण थप दुईजनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ५२३ पुगेको छ। पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ६११…
काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ 'ओली शेसन' चलिरहेको बताएका छन्। आज नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा 'बन्द शेसन' नभइ 'ओली शेसन' चलिरहेको बताएका हुन्। नेता व्यवस्थापनमा समस्या देखिँदा एमालेको बन्दसत्र सुरु हुन सकेको छैन। त्यसैलाई लक्षित गर्दै उनले भने,‘बन्दसत्र कस्तो भइरहेको रहेछ भनेर…
काठमाडौं: नेपाली महिला क्रिकेट टोली यूएईसँग पराजित भएको छ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो पाँचौं खेलमा नेपाली टोली यूएईसँग ४८ रनले पराजित भएको हो। योसँगै युएई ग्लोबल क्वालिफायर्सका लागि छनोट भएको छ भने नेपालको विश्पकप पुग्ने सपना फेरि अधुरै रहेको छ। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७…
काठमाडौं : नेकपा एमालेमा नेतृत्वमा सहमतिको प्रयासलाई लिएर प्राध्यापक कृष्ण पोखरेलले व्यङ्ग्य गरेका छन्। उनले पञ्चायतकालीन प्रधानमन्त्री तुलसी गिरीको सन्दर्भ उठाउँदै नेकपा एमाले नेतृत्वलाई व्यङ्ग्य गरेका हुन्। 'पञ्चायतकालमा प्राय: चुनाव नलडी पनि मन्त्री प्रधानमन्त्री पडकाउने नेता हुन् - डा. तुल्सी गिरी,' प्राध्यापक पोखरेलले लेखेका छन्, 'उनी साथी-भाइका माझ भन्ने गर्थे - मलाई एक भोट भए पुगिहाल्छ, अनि किन टाउको दुखाउनु?'…
इजरायलले १४ दिनसम्म विदेशीलाई मुलुक प्रवेशमा रोक लगाउने भएको छ। स्थानीय मिडियालाई उदृत गर्दै बीबीसीले जनाएअनुसार कोभिडको नयाँ भेरियन्टबाट बच्नका लागि यस्तो तयारी गरिएको हो। आइतवार रातिदेखि नै मन्त्रिपरिषदले प्रतिबन्ध लगाउन सक्ने बताइएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिकोर्नोको एउटा केस पुष्टि भएएलगत्तै इजरायलले यस्तो तयारी गरेको हो। नयाँ भेरियन्ट पुष्टिसँगै धेरै मुलुकले दक्षिण अफ्रिका र उसका छिमेकी मुलुकहरुसँगको यात्रा कडाई…
चितवन : नेता व्यवस्थापनमा सकस भएपछि नेकपा एमालेको महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सर्वसम्मतिको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आफू निकट नेताहरुसँग हाल छलफलमा छन्। पार्क सफारी रिसोर्टमा भएको छलफलबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बाहिरिएका छन्। रिसोर्टबाट निस्किदा संचारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफूले अध्यक्षलाई छिटो बन्दसत्र स्थलमा आउन भनेको बताए। 'कुरा मिलेको छैन। मिलेको भए बन्दसत्र…
चितवन : नेकपा एमालेको महाधिवेशनको रोकिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सहमतिका लागि हिजोदेखि जारी प्रयासले ठोस रुप लिन नसकेपछि आज बिहान १० बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो। बन्दसत्र सुरु नहुँदा मनोनयनको प्रक्रिया पनि ढिलो हुँदै गएको छ। सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास ओलीको भएपनि अध्यक्षमा उनलाई भिम रावलले चुनौति दिने भएका छन्। यस्तै, पदाधिकारीमा…
काठमाडौं: जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता हुने भएको छ। नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको हो। फिल्मले जातप्रथा र प्रथाद्वारा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जात प्रथा उन्मुलन सम्बन्धी विद्यमान कानुनलाई लागु गर्न प्रेरित गर्ने हुनुपर्ने युएनडीपीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। तर, सामुदायिक भावनालाई चोट पुर्याउने वा आरोपित गर्ने…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजक पदबाट महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले यादवको राजीनामा स्वीकृतथ गर्दै संयोजक पदमा गोपालकृष्ण घिमिरेलाई मनोनित गरेका छन्। अधिवक्ता समेत रहेका घिमिरे यसअघि निर्वाचन समितिमा वरिष्ठ सदस्य थिए। कांग्रेसको जिल्ला अधिवेशनमा भएका केही घटनाहरुलाई लिएर यादवको आलोचना भइरहेको थियो।
काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउन सर्वसाधरणको भिड लागेको छ। आज बिहानै देखिनै पासपोर्ट बनाउन सेवाग्राही लाइनमा बसेका छन्। सेवाग्राहीको भिडभाड हुँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको छ। राहदानी विभागदेखि लैनचौरसम्म सर्वसाधरण लाइनमा बसेका छन्। जसकारण त्यसक्षेत्रमा ट्राफिक जाम भइरहेको छ। यस्तै, पासपोर्ट बनाउन चाहिने कागजातहरु फोटोकपी गर्न केशरमहल र संचयकोष भवनमा रहेको पसलमा पनि सेवाग्राहीको भिड लागेको…
चितवन : विवादास्पद व्यवसायी तथा नेकपा एमालेका नेता दुर्गा प्रसाईले भीम रावललाई टायर बिहीन हवाइजहाज भन्दै टिप्पणी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा माहोल बनाउन हिँडेका प्रसाईले १० वर्षसम्म ओलीको विकल्प नभएको समेत दावी गरे। 'देशको आवश्यकता केपी ओली हो भीम रावल होइन,' प्रसाईले भने, 'भीम रावलले सेफ ल्यान्डिङ गर्नु राम्रो।' केपी ओली बाँचुन्जेल अध्यक्ष हुने बताउँदै उनले…
नयाँ भेरियन्ट फैलनेक्रम सँगै बेलायतले आगामी सातादेखि मुख छोपिनेगरी मास्क लगाउनुपर्ने तथा सुरक्षाका अन्य सावधानीलाई अनिवार्य लागू गराउने भएको छ। बेलायत प्रवेश गर्ने जो कसैको पनि पीसीआर परीक्षण अनिवार्य गरिने भएको छ भने नयाँ भेरियन्ट संक्रमित भएका व्यक्तिसँग सम्पर्कमा पुगेका सबैलाई अनिवार्य रुपमा सेल्फ आइसोलेसनमा जानुपर्ने तय गरिएको छ। ओम्रकानो भेरियन्टको दुई केस बेलायतमा फेला परेसँगै प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमणविरुद्ध…
चितवन : आज बिहान १० बजेका लागि डाकिएको नेकपा एमालेको महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सहमतिका लागि हिजोदेखि जारी प्रयासले ठोस रुप लिन नसकेपछि मनोनयनको प्रकृया ढिलो हुँदै गएको छ। किन महाधिवेशन बन्दसत्र सुरु नभएको भन्ने प्रश्नमा एमाले नेता ठाकुर गैरेले 'खाना खाने समय परेकाले' भन्ने जवाफ दिएका छन्। बैठकअघि पटकपटक पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिबाट नेतृत्व…
काठमाडौंः जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट रुकुम पश्चिमका लागि छुटेको ना ६ ख २७५७ नम्बरको रात्रि बस भेरी नगरपालिकाको बराह चोकनजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र २७ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए। बिहान अन्दाजी २ बजे भएको दुर्घटनाका घाइतेलाई प्रहरीले उद्दार गरेर अस्पताल…
काठमाडौं: नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज यूएईको सामना गर्दैछ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो पाँचौं खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्नेछ। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेलमा नेपाल फराकिलो अन्तरले जित्नु पर्ने दवाबमा हुनेछ। नेपालले यूएईमाथि राम्रो रनरेटका साथ जित निकाल्न सके समूहको शीर्षस्थानमा रहँदै टी २० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सक्नेछ। छनोटका लागि नेपाल,…
पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागलुङ जिल्ला सभापति पदमा उम्मेद्वारको बहुमत नपुग्दा पुन: मतदान हुने भएको छ। शनिबार भएको निर्वाचनमा सभापति पदका लागि तीन जना उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन्। तीन उम्मेद्वार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि आज पुन मतदान हुँदैछ। शनिबार भएको निर्वाचनमा जगदीशचन्द्र उपाध्यायले ७ सय ९०, जीतबहादुर शेरचनले ६…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज एउटा खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्। आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबसँग १-० गोलको साँघुरो हार ब्यहोरेको जावलाखेल आज आफ्नो पहिलो जितको खोजीमा हुनेछ। 'नेपाल पुलिस क्लबसँग खेल्दैछौं। गर कि मर अवस्था हो। ३ अंक चाहिएको छ हामीलाई त्यसका लागि जुनसुकै औजार प्रयोग…
पोखरा : नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन्। शनिबार भएको पुन मतदानमा बरालले आफ्नो प्रतिस्पर्धी सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन्। पुन भएको मतदानमा बरालले ९ सय ९५ र भट्टराईले ९ सय १५ मत प्राप्त गरेका थिए। १ हजार ९ सय २६ मत खसेको थियो। यसअघि शुक्रबार भएको निर्वाचनमा पाँचैजना उम्मेद्वारले ५० प्रतिशत मत कटाउन सकेनन्। कांग्रेसको विधान…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियलमाथि सहज जित निकालेको छ। एल मड्रिडगल स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली भिल्ला रियलमाथि ३-१ गोलअन्तरको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४८ औं मिनेटमा फ्रेन्की डी जोङको गोलमा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। तर ७६ औं मिनेटमा भिल्लारियलका सामुएल चुकवुएजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। यता बार्सिलोनाका…
काठमाडौं: नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र-२ को सभापतिमा आइतमान तामाङ प्यानलसहित विजयी भएका छन्। सभापतिमा तामाङले ५१७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कृष्णकुमार तामाङ समीरले ३३१ मत प्राप्त गरे। यसैगरी सचिवमा केशव श्रेष्ठ ४२६ मतले विजयी भए भने उनका प्रतिद्वन्दी जित थिङले ३३६ मत ल्याए। यसैगरी सचिवमै बिष्णु घोरासईनी ३७० मतले विजयी भए। सहसचिवमा दिपकुमार तामाङ र कृष्ण मुरारी…