विराटनगर: मोरङमा नेपाली काङ्ग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। सभापति पदमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत पुर्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो। नेपाली काङ्ग्रेसको विधानअनुसार जिल्ला सभापति चुनिन खसेको मतबाट ५० प्रतिशत नघाउनु पर्छ। आइतबार भएको निर्वाचनमा मोरङका ३ हजार ५ सय ४९ क्षेत्रीय प्रतिनिधिमध्ये जिल्ला समितिका लागि ३ हजार ४ सय १४…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुँदैछन्। ब्रिगेड ब्वाइजले यसअघिको खेलमा विभागीय टोली एपीएफमाथि ३-२ गोलअन्तरले जित निकालेको थियो भने साविक विजेता मछिन्द्र क्लबलाई कडा चुनौती दिएको एनआरटी २-१ गोलअन्तरले पराजित भएको थियो। ब्रिगेड बोइज र एनआरटीबीचको खेल दिउँसो १ बजे दशरथ…
काठमाडौं: नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। सभापतिका अर्का आकांक्षी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी धादिङ जिल्ला सभापति बनेका हुन्। अधिकारीले १०८६ मत प्राप्त गर्दा ढुंगानाले १०४६ मत प्राप्त गरे। त्यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र विकास श्रेष्ठ निर्वाचित भएका छन्।
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा युनाइटेडले खेलमा अग्रता बनायो। जसका लागि खेलको ५० औं मिनेटमा जोडन साञ्चोले गोल गरे। तर ६९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै चेल्सीले बराबरी…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्टहममाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले वेस्टहममाथि २-१ गोलअन्तरले जित निकालेको हो। हिमपातको बीच भएको खेलको ३३ औं मिनेटमा इल्के गुण्डोगनको गोलमा अग्रता बनाएको सिटी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा फर्मान्डिन्होले सिटीको अग्रता दोब्बर बनाए। उनले खेलको ९० औं मिनेटमा गुण्डोगनको पासमा गोल…
सौराह : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र अहिले सौराहमा भइरहेको छ। बिहानै बोलाइएको बैठक नेता व्यवस्थापनमा अध्यक्ष केपी शर्मा ओलीलाई सकस हुँदा मध्यरातमा सुरु भएको हो। बन्दसत्रमा ओलीले ३०१ केन्द्रीय कमिटीमा रहने सदस्यको नाम पेश गरिसकेका छन। बन्दसत्रमा सहभागीहरुले सूचीलाई अनुमोदन पनि गरेका छन्। ओलीले सूची पेश गर्दै चित्त नबुझे मनोनयन दर्ता गर्न सकिने बताएका छन्। तर ओलीले सोमवारबाट…
नेत्र तामाङ/प्रकाश भण्डारी- चितवनः नेकपा (एमाले) ले ३०१ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको छ। आइतबार दिनभरको लामो प्रयासपछि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतका लागि नामावली पेस गरेका थिए। हलले कुनै संशोधन बिना नै ध्वनि मतले स्वीकार गरेको थियो। पेस भएका नामावलीमा केही दोहोरिएका समेत छन्। अध्यक्ष ओलीले त्यसलाई संशोधन हुने हलमा बताएका छन्। कूल ३०१ मा पुरुष २०० र…
चितवनः नेकपा (एमाले) को महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अनुशासन आयोग गठनको प्रस्ताव पेस गरेका छन्। साथै लेखा आयोग गठनको प्रस्ताव पनि ओलीले पेस गरेका छन्। केशव बडालको संयोजकत्वमा अनुशासन आयोग गठनको प्रस्ताव भएको हो। मध्यरातमा सुरु भएको बन्दसत्रमा केन्द्रीय कमिटीको नामावलीलाई हलले अनुमोदन दिइसकेको छ। आजै ओलीले पदाधिकारीको नामावली पनि पेस गर्नेछन्। स्थायी समिति गठनको नामावली पनि…
चितवनः दिनभरको पर्खाइपछि नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ। दिनभर होटल सफारीमा पदाधिकारी चयनबारे छलफलमा बसेका अध्यक्ष केपी शर्मा ओली पनि होटल सेभेन स्टारतर्फ लागेका छन्। बन्दसत्र स्थलतर्फ ओली लाग्दा उनका समर्थकले नाराबाजी गरेका छन्। ओली निकटका युवाहरुले ओलीको समर्थन र भीम रावलको विरोधमा नारबाजी गरेका हुन्। रावलले अध्यक्षमा उम्मेदवार दिने अडान कायम राखिरहँदा ओली समर्थकले आलोचना गरेका…
चितवनः रातिसम्म पनि पदाधिकारी विवादमा पूर्ण सहमति हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले होटलबाट बाहिरिएका छन्। होटल सफारीबाट ओली अहिले बन्दसत्र हुने होटल सेभेन स्टारतर्फ हिँडेका छन्। आइतबार बिहानैदेखि ओली छलफलमा थिए। अध्यक्षमा आफ्नो नाम सिफारिस गरेर अन्य पदाधिकारी सूची खाली नै राखेर ओली बन्दसत्रमा हिँडेका हुन्। बन्दसत्रमा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नेछन्। ओलीको प्रस्तावमा सहमति…
फ्रेन्च लिग वान अन्तर्गत आज सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सेन्टइटिएनमाथि पुनरागमन जित निकालेको छ। जोफ्रोए गुइचार्ड स्टेडियममा सम्पन्न खेलमा पीएसजीले घरेलु टोलीमाथि ३-१ गोल अन्तरले जित निकालेको हो। रियल मड्रिडका पूर्वकप्तान तथा डिफेन्डर सर्जियो रामोसले यो खेलबाट पीएसजीको जर्सीमा मैदान उत्रिएका थिए। खेलको २३ औं मिनेटमा घरेलु टोलीलाई डेनिस बोउअन्गाले गोल गर्दै अग्रता दिलाएका थिए। यद्यपि पहिलो हाफको…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलि क्लबले जावलाखेल युथ क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले जावलाखेलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पुलिसले निर्णायक गोल गर्यो। जसका लागि सुमन लामाले ७० औं मिनेटमा गोल गरे। सब्स्टिच्युट खेलाडीका रुपमा ५१ औं मिनेटमा…
काठमाडौँः उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंसिर १९ गतेसम्म उक्त निर्देशन कार्यान्वयन नगर्न आदेश जारी गरेको हो। इजलासले विपक्षी परराष्ट्र मन्त्रालय र एनआरएनएलाई मंसिर १९ मा छलफलका लागि समेत बोलाएको छ। मंसिर १९ मा दुबै पक्षको छलफलपछि…
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवन नजिकै करेन्ट लागेर विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ। करेन्ट लागेर अन्य दुई मजदुर घाइते भएका छन्। आइतबार दिउसो उपमहानगरको निर्माणाधीन भवनमा थ्री फेज लाइन जडान गर्ने क्रममा विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत कर्मचारी ४३ वर्षीय बसन्त भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए। घाइते हुनेहरुमा…
काठमाडौं : नेपालका लागि टर्कीका गैरआवासीय राजदूत फिरात सुनेलले परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा नेपालमा टर्कीको दूतावास खोल्ने विषयमा दुई देश सहमतिमा पुगेको छ। अर्को वर्ष नेपाल र टर्कीबिच कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुग्दैछ। सो अवसरमा टर्कीले नेपालमा आवासीय दूतावास खोल्ने निर्णय गरेको छ। भेटका क्रममा राजदूत सुनेलले यस विषयमा परराष्ट्रमन्त्री खड्कालाई जानकारी गराएका थिए।…
चितवन : नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुन सकेको छैन। नेता व्यवस्थापनको किचलोका कारण आज बिहान १० बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो। सफारी रिसोर्टमा एमाले अध्यक्ष ओलीले सर्वसम्मतिको प्रयास गरिरहेका छन्। ओली आफू निकट नेताहरुसँग हाल छलफलमा छन्। विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङको समूहले उनलाई केन्द्रिय कमिटीमा रहने सदस्यहरुको…
चितवन : नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुन सकेको छैन। नेता व्यवस्थापनको किचलोका कारण आज बिहान १० बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी बनेपछि नेताहरु हिजोदेखि छलफलमा छन्। आज पनि नेताहरु बिहानैदेखि छलफलमा जुट्दा बन्दसत्र सुरु हुन सकेको छैन। यता, पार्क सफारी रिसोर्टमा एमाले अध्यक्ष ओलीले सर्वसम्मतिको प्रयास…
चितवन : नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशन नेता व्यवस्थापनको किचलोका कारण लम्बिने देखिएको छ। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी बनेपछि नेताहरु हिजोदेखि छलफलमा छन्। आज पनि नेताहरु बिहानैदेखि छलफलमा जुट्दा बन्दसत्र सुरु हुन सकेको छैन। पार्क सफारी रिसोर्टमा एमाले अध्यक्ष ओलीले सर्वसम्मतिको प्रयास गरिरहेका छन्। ओली आफू निकट नेताहरुसँग हाल छलफलमा छन्। सहमतिका लागि हिजोदेखि जारी प्रयासले ठोस रुप…
काठमाडौं: 'तेस्रो एपिक नेपाल म्युजिक अवार्ड' सम्पन्न भएको छ। नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका कलाकार तथा प्राविधिकहरुलाई दिइने यो अवार्ड समारोह शनिबार सम्पन्न भएको हो। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको सहकार्य रहेको यसवर्षको संस्करणमा ३२ विधा सहित विभिन्न ४० वटा सम्मान प्रदान गरिएको थियो। समारोहमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई १ लाख १ हजार रुपैंयासहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान…
बलिउड अभिनेता सलमान खान अभिनित फिल्म 'अन्तिमः द फाइनल ट्रुथ’ गत शुक्रवारदेखि रिलिज भयो। महेश मान्जरेकरको निर्देशन रहेको यस फिल्ममा सलमान खानकै लगानी रहेको छ। एक्सन जनराको यो फिल्मलाई समीक्षक तथा दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलिरहेको छ। रिलिज भएको पहिलो दिनमा फिल्मले करिब साढे ४ करोडको व्यापार गरेको थियो। यस साता पनि फिल्मले बक्स अफिममा राम्रो व्यापार गर्ने अनुमान छ। यसैबिच फिल्मसँग…