चितवन: नेकपा एमालेमा नयाँ नेतृत्य चयनका लागि मंगलवार बिहानबाट मतदान शुरु भएको छ। मतदानका लागि बिहानैबाट महाधिवेशन प्रतिनिधिहरु लाईनमा लागेका छन्। सहमति नभएपछि एमालेको महाधिवेशन निर्वाचनतर्फ धकेलिएको हो। एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरी १० क्लस्टरमा चुनाव शुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरु बिहानैबाट मतदानका लागि सेभेनस्टार होटलमा पुगेर लामबद्ध छन्। चुनाव हुने दश क्लष्टरबाट १५३ जना उम्मेद्वार छन्
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले वर्षको उत्कृष्ट खेलाडी बन्दै सातौं पटक बालोन डिओर पुरस्कार जितेका छन्। ३४ वर्षे मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन सफल भएका थिए भने २०२१ मा कुल ४० गोल गरे। जसमध्ये २८ बार्सिलोनाबाट, चार पेरिस सेन्ट जर्मेनबाट र ८ अर्जेन्टिनाबाट गरे। बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो नम्बरमा आउँदा इटलीका मिडफिल्डर तेस्रो र रियल मड्रिडका…
म्याग्दीः म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो। प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा छन्। उनीहरु सवै बेगका बासिन्दा हुन्…
चितवनः उम्मेद्वारबीच सहमतिको प्रयास जारी रहँदा नेकपा (एमाले) को जारी निर्वाचन प्रक्रियामा अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ भएको छ। निर्वाचन आयोग प्रमुख डा. विजय सुब्बाका अनुसार अहिलेसम्मको अवस्थामा दश क्लष्टरमा चुनाव गराउनुपर्ने अवस्था छ। त्यसमा पनि सहमतिको प्रयास भइरहेको सुब्बाले बताए। पदाधिकारी बाहेकका अन्यमा सहमतिको प्रयास जारी छ। हालसम्म अध्यक्ष, उपाध्यक्ष, सचिवमा निर्वाचित निश्चित छ। केन्द्रीय सदस्यको खुला र महिलामा…
काठमाडौँः नेपाली कांग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका सामान्य संशोधन भएको छ। केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमिति चयनको कार्यतालिका संशोधन गरेको हो। दुबै कार्यसमिति चयनको यसअघि निर्धारित समयसीमा एक दिन बढाइएको छ। यसअघि प्रदेश कार्यसमिति चयनका लागि मंसिर १६ र १७ गतेको समय तोकिएको थियो। उक्त अवधि एक दिन थप गरिएको छ। मंसिर १८ गतेसम्म समय तोकिएको छ। मंसिर १८…
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्ने बारे अध्ययन भइरहेको बताएका छन्। उनले डब्लुएचओले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको समेत बताए। यो भेरियन्टविरुद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको…
जनकपुरधामः नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीमा झडप भएको छ। झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका छन्। सर्लाहीको निर्वाचन क्षेत्र ४ बलरा नगरपालिका ८ मा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँगको झडपमा ५ जना घाइते भएका हुन्। वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला…
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आगमी महाधिवेशनमा पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। थापाले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताए। थापाले भने, ‘यो पृष्ठभूमिमा म तपाईंंहरु समक्ष…
काठमाडौँः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन एमालेमा आफूहरुले गरेको विद्रोहको पुष्टि चितवन महाधिवेशनले गरेको बताएका छन्। सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा पर्याप्त रहेको बताए। नेपालले एमालेभित्र फरक मत राख्नेको अपमान भइरहेको पनि बताए। जनताको बहुदलीय जनवादलाई एमालेले गफमात्रै बनाएको उनको आरोप छ। एमालेमा कुनै पनि जनवादी अधिकार प्रदान नगर्ने,…
काठमाडौँः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पाण्डेले उम्मेद्वारी घोषणा गरेका हुन्। उनले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर भएको बताए। पाण्डेले विचारमा एकरुपता र स्पष्टता, विधानको अक्षरशः पालना आफ्नो एजेण्डा भएको बताए। पुराना पुस्ताको योगदान र बलिदानलाई स्मरण गर्दै नयाँ…
वीरगंजः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पर्सामा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भइरहेको छ। समय अभावको कारण गाउँ-नगर अधिवेशन नगरी सिधै प्रदेश र त्यसपछि संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो। निर्वाचन संयोजक नरेन्द्र केसीका अनुसार पर्साका ८ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ६ वटाको अधिवेशन सम्पन्न भइसकेको छ। दुई वटाको बाँकी छ। पर्सा १ को (क) र (ख) को मंगलबार चुनाव…
चितवनः सर्वसम्मत रुपमा केन्द्रीय सदस्य चुनिएका एमाले नेता लालबाबु पण्डितले पद अस्वीकार गरेका छन्। पण्डितले केन्द्रीय समितिमा नबस्ने जनाएका छन्। निर्वाचन आयोगले तोकेको समयसीमाभित्र उनले मनोनयन समेत दर्ता गरेनन्। पण्डितले भने, ‘मैले उम्मेद्वारी नै नदिएपछि केन्द्रीय सदस्यमा बस्ने कुरै भएन नि।’ उनले आफूले पार्टीका सम्पूर्ण कार्यकारी पदबाट अलग रहेको पनि जनाएका छन्। पण्डितले सचिव पदमा दाबी गर्दै आएका थिए। अध्यक्ष…
काठमाडौँ: नेकपा (एमाले) को १०औँ महाधिवेशन सौराहामा जारी छ। नेतृत्व चयनका सकसका बीच सोमबार नै सम्पन्न हुनुपर्ने महाधिवेशन लम्बिएको छ। सोमबार रातिसम्म मतदान प्रक्रिया प्रारम्भ हुँदैछ। एमालेको अघिल्लाभन्दा यो महाधिवेशन फरक देखिएको छ। पुराना अनुहार यसपटक देखिएका छैनन्। पूर्वप्रमुख झलनाथ खनाल र माधवकुमार नेपाल एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) क्रमशः सम्मानित नेता र अध्यक्ष भएका छन्। अर्कोतर्फ एमालेका उपाध्यक्ष तथा…
बुटवलः नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पन्थीसहित प्यानल नै विजयी भएको छ। अधिवेशनमा पन्थीले एक हजार २७१ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत प्राप्त गरेका छन्। त्यस्तै, उपाध्यक्षमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन्। केसीले एक हजार ३२ र पौडेलले एक हजार १८७…
चितवनः नेकपा (एमाले) को सचिव पदमा नेता टंक कार्कीले पनि उम्मेद्वारी दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको सर्वसम्मतिको सूचीमा असन्तुष्टि जनाउँदै कार्कीले उम्मेद्वारी दिएका हुन्। सचिवमा भीम आचार्यले पनि उम्मेद्वारी दिएका छन्। ओलीले प्रस्ताव गरेको सूचीमा योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराव भट्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरेका छन्। सबैको मनोनयन दर्ता भइसकेको…
चितवनः नेकपा (एमाले) को उपाध्यक्ष पदका उम्मेदवार सुवास नेम्वाङले आफू बार्गेनिङमा विश्वास नराख्ने बताएका छन्। मनोनयनपछि कुरा गर्दै नेम्वाङले पार्टीको विवाद सडकमा राख्ने विषय नभएको पनि टिप्पणी गरेका छन्। पार्टीले उपाध्यक्षमा नै बस्न भनेकाले सोही पदमा मनोनयन गरेको उनले बताए। उनले भने, ‘सुवास नेम्वाङ बार्गेनिङमा विश्वास राख्दैन। केपी ओलीलाई अध्यक्षमा राखेर म निर्वाचनमा जान्छु भनेको थिएँ। पार्टीले मलाई उपाध्यक्षमै लड…
चितवनः नेकपा (एमाले) को उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसालले दलाल पुँजीवादविरुद्ध आफ्नो उम्मेद्वारी भएका बताएका छन्। मनोनयनपछि कुरा गर्दै भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्न खोजे दुई दिनको मात्र हुने चेतावनी समेत दिए। उनले ९ औँ महाधिवेशनको उम्मेद्वार प्यानलको समेत आफू विरोध भएको बताउँदै यसपटक सम्बोधन भएको बताए। कुराकानीमा भुसालले भने, ‘क्रान्ति दलाल पुँजीवादले हाइज्याक ग¥यो। एमालेलाई पनि…
नेकपा (एमाले) को महाधिवेशन अन्तर्गत आज पदाधिकारी चयनका लागि मनोनयन सम्पन्न भएको छ। आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमा सहमति नभएपछि आज निर्वाचन हुन लागेको हो। अध्यक्षसहितका केही पदाधिकारीमा निर्वाचन हुँदैछ। अध्यक्षमा ओली र भीम रावल भिड्दै छन्। यस्तै, ओलीले प्रस्ताव गरेको सूचीमा असन्तुष्टि जनाउँदै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीमप्रसाद आचार्यले उम्मेद्वारी दिएका छन्। बन्दसत्र भइरहेको…
चितवनः नेकपा (एमाले) को भावी अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गरेका छन्। सर्वसम्मत प्रस्ताव पारित हुन नसकेपछि निर्वाचन प्रक्रियामा ओली सामेल भएका हुन्। अध्यक्षमा भीम रावलले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्। ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन्। ओलीले आइतबार राति आफूहित १९ पदाधिकारीको नाम प्रस्ताव गरेका थिए। उक्त सूचीमा नअटाएका रावल,…
काठमाडौं: एमाले उपमहाचिव घनश्याम भुसालले उपाध्यक्षको लागि उमेद्वारी दिने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जारी महाधिवेशको बन्द सत्रमा पदाधिकारीको घोषणा गर्दा भुषालको नाम प्रस्ताव नगरेपछि उनले उपाध्यक्षमा उम्मेद्वारी दिएका हुन्। उनले महाधिवेसन प्रतिनिधिहरुलाई पाँचवटा मुख्यबुँदामा अपिल गरेका छन् जसमा संकट गहिरिँदै गएको, सिद्धान्तको अवमुल्यन, समस्यालगायतका विषयहरु छन्। भुषालसँगै भीम रावलको नाम पनि अध्यक्ष ओलीले प्रस्ताव गरेको पदाधिकारीको…