काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशन 'झेली' भएको बताएका छन्। आज राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी फुटाएर बनेको एमालेले महाधिवेशनको नाम एकता महाधिवेशन राखेको भन्दै आलोचना गरेका हुन्। 'तपाईंहरु तीनवटा पार्टी मिलेर एउटा बन्नु भयो। महाधिवेशनको नाम एकता महाधिवेशन राख्नु भयो। जे हो त्यही…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनाली राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्ने लागेको भन्दै व्यङ्ग्य गरेका छन्। भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले मैनाली राप्रपाको 'राजावादी' लाइनमा आएको बताएका हुन्। प्रचण्ड अघि उद्घाटनसत्रलाई सम्बोधन गरेका मैनालीले राजा महेन्द्रको प्रशंसा गरेका थिए। महेन्द्रको राष्ट्रभक्तिमाथि मैनालीको प्रशंसा सुनेपछि प्रचण्डले राप्रपाकै कार्यक्रममा…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन राजधानीमा सुरु भएको छ। भृकुटीमण्डपमा अहिले महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ। अहिले राप्रपाको महाधिवेशनलाई विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरु महाधिवेशनस्थल पुगेका छन्। मंसिर १७ गतेसम्म चल्ने राप्रपाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका लागि…
अमेरिकाको मिसिगनमा रहेको एक हाइ स्कुलमा १५ वर्षीय किशोरले सेमी अटोमेटिक पेस्तोल चलाउँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। केही दिन अघिमात्रै आफ्नो बाबुले किनेको पेस्तोल स्कुलमा चलाएका थिए ती किशोरले। प्रहरीले ती किशोरलाई नियन्यत्रणमा लिइसकेको छ। ओकल्यान्ड काउन्टीका सेरिफ माइकल बुचार्डले घटनाबारे जानकारी दिँदै अक्सफोर्ड हाइस्कुलमा भएको घटना अक्षम्य र अकल्पनीय बताए। गोली…
बुटवल : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट पुनः केपी शर्मा ओलीकै नेतृत्वमा बनेको नयाँ टिममा लुम्बिनी प्रदेशबाट मात्रै नेतृत्व तहमा ७ जना नेता पुगेका छन्। महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये लुम्बिनीबाट २ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ३ सचिव गरी ७ जना निर्वाचित भएका हुन्। पदाधिकारीमा निर्वाचितहरू मध्ये दाङ, रुपन्देही र गुल्मीका २-२ जना र अर्घाखाँचीबाट एकजना नेता परेका छन्…
इण्डियन प्रिमियर लिग (आईपीएल) का सबै फ्रेन्चाइज टोलीले आफ्नो रिटेन गरिएका खेलाडीहरुको नाम सार्वजनिक गरिसकेका छन्। केही टिमले आफ्ना चर्चित खेलाडीलाई साथमा राखेका छन् भने केहीले स्टार खेलाडीहरुलाई पनि मेघा अक्सनका लागि रिलिज गरिदिएका छन्। दिल्ली क्यापिटल्सले सबैभन्दा पहिला रिटेन गरिएका ४ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो। रिलिज भएका ठूला नाम यसपटक रिलिज हुने खेलाडीको सूचीमा स्टार खेलाडीको नामहरु पनि…
काठमाडौं : दक्षिण कोरियामा हालसम्मकै बढी कोभिड १९ संक्रमित पहिचान भएको छ। कोरिया डिजिज क्नट्रोल एन्ड प्रिभेन्सन एजेन्सीका अनुसार मंगलवार ५ हजार १२३ जनामा संक्रमण पुष्टि भएको हो। एजेन्सीका अनुसार ५ हजार ७५ जना 'लोकल ट्रान्समिन' केस फेला परेको छ। सिओल महानगरमा मात्रै ४ हजार ११० जनामा संक्रमण देखिएको छ। यस्तै, संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएको छ। हालसम्म…
काठमाडौं : यात्रु सहजतालाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा हुँदै आएको सुरक्षा चेकिङमा सबै यात्रुले जुत्ता खोल्न नपर्ने भएको छ। आन्तरिक विमानस्थलहुँदै उपत्यका बाहिर सुन तस्करी बढेपछि यात्रुको जुत्ता खोलेर चेकिङ हुँदै आएको थियो। जसकारण विमानस्थलमा भिडभाड बढेको र फ्लाइट समेत डिले हुन थालेपछि यो प्रक्रिया हटाउन लागिएको हो। यात्रुको सहजताका लागि विमानस्थल कार्यालयले नेपाल प्रहरीसँग छलफल…
लैंगिक हिंसाको मुद्दा खेपिरहेका आफ्ना दाजुलाई बचाउन सहयोग गरेको भेटिएपछि सीएनएनका स्टार क्रिस कुमोलाई अनिश्चितकालका लागि निलम्बन गरिएको छ। सीएनएनमा कार्यरत उनले न्युयोर्कका पूर्व गभर्नर रहेका दाजुलाई सघाएको पुष्टि भएसँगै सीएनएनले निलम्बन गरेको हो। न्युयोर्कका महान्यायाधीवक्ताले जारी गरेको प्रतिवेदनमा उनका जेठा दाजु एन्ड्रु कुमोलाई सीएनएनमा रहेरै सघाएको देखिएको उल्लेख छ। उक्त प्रतिवेदनले एन्ड्रुलाई उच्चस्तरबाटै सहयोग गरेको खुलेको र उक्त विषय…
काठमाडौं: नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो। कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए। 'सर्लाहीको चार निर्वाचन क्षेत्रको…
काठमाडौं: नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। कांग्रेसको महाधिवेसन नजिकिँदै गर्दा भट्टाईले केन्द्रीय सदस्यमा दाबि गरेका हुन्। 'युवाको नेतृत्वका लागि उम्मेद्वारी दिएको हुँ।' उनले भने। नेपाली कांग्रेसको महाधिवेसन यही मंशीर २४ गतेबाट सुरु हुँदैछ।
काठमाडौँ: सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट पेसी तोकिँदैछ। मंसिर ८ गतेको न्यायाधीशहरुको बैठकले आजदेखि गोला प्रणाली लागूको निर्णय गरेको थियो। उक्त व्यवस्था लागू गर्नेगरि गरिएको सर्वोच्च अदालत नियमावली संशोधन कार्यान्वयनको निर्णय सोमवार नै राजपत्रमा प्रकाशित भइसकेको छ। प्रधानन्यायाधीशको अधिकार कटौती गरेर पहिलोपटक गोला प्रणालीबाट पेसी ताकिने लागिएको थियो। पेसी प्रधानन्यायाधीशको विशेषाधिकार भए पनि सर्वोच्च न्यायालय गठनको ७० वर्षपछि पेसी व्यवस्थापनमा नयाँ…
विराटनगर: नेपाली काङ्ग्रेस मोरङ जिल्लाको सभापति पदमा डा. शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू दोस्रो पटक विजयी भएका छन्। देउवा क्याम्पका प्रत्याशी दिलीप गच्छदारलाई ४ सय ८१ मतले पछि पार्दै लिम्बू दोस्रो पटक जिल्ला सभापतिका पदमा निर्वाचित भएका हुन्। निर्वाचन परिणामअनुसार लिम्बूले १ हजार ९ सय ६ मत र प्रतिद्वन्द्वी गच्छदारले १ हजार ४ सय २५ मत प्राप्त गरेका छन्। मङ्गलबार दोस्रो…
रसुवा: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रसुवामा भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। सोमवारदेखि सुरु भएको प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। नेपाली कांग्रेस रसुवाको सभापतीमा पेम्बाछिरिङ तामाङ पुन दोहोरिएका छन्। उनी सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका हुन्। त्यसैगरि उपसभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिबमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिबमा पासाङ तितुङ र…
काठमाडौँः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। सुवर्ण शमशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन्। उनले विगतका दिनमा पार्टीभित्रै अन्तर्घात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढ्नुपर्ने बताए। प्रधानमन्त्री देउवाले अरुको पार्टीमा आँखा…
काठमाडौँः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथसँगै घिसिङले पदभार ग्रहण गरेका छन्। सो क्रममा उनले खेलाडीको बिमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताए। उनले राष्ट्रिय टिम तयारी र आवश्यक छनोट प्रक्रियालाई आगाडि बढाउने तथा ग्रासरुटदेखिनै खेलकुद विकासमा जोड दिने बताए। चुनौतीलाई अवसरमा बदल्दै कार्ययोजना अनुसार अघि बढ्ने उनले बताए।…
काठमाडौँः गाउँपालिका अधिवेश पुनः गर्न माग गर्दै अनशनमा बसेका नेपाली कांग्रेस डडेल्धुरामा नेता तथा कार्यकर्ताले अनशन स्थगित गरेका छन्। मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरेका हुन्। जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, वडा÷पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै मंसिर १ गतेदेखि अनशन…
वीरगंजः नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को सभापतिमा श्रीकान्त यादव सर्वसम्मत चयन भएका छन्। पर्साका अन्य दुई निर्वाचन क्षेत्रमा प्रक्रिया जारी छ। यादवको सभापतित्वमा २१ सदस्यीय समिति गठन भएको हो। यस्तै १७ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। छनोट भएका प्रतिनिधिमा शोभा शर्मा, गोमाकुमारी उपाध्याय, कमलाकुमारी श्रेष्ठ, वशिष्ठ नारायण कुर्मी, वृहस्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डे, नवीन सिंह, किशोरी कानु,…
चितवनः दुई दिन लम्बिएर सकिएको नेकपा (एमाले) का निर्वाचति पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्वाचित १९ पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका हुन्। केन्द्रीय सदस्यमा निर्वाचित भीम रावलले भने शपथ अस्वीकार गरे। शपथपछि पहिलो केन्द्रीय कमिटी बैठक पनि सौराहामा नै बस्दैछ। शपथका तस्विर
काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन्। गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो। त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा आज उनले भने , 'प्रतिस्पर्धामा सफल हुन नसक्नेका लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु।' शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडि…