काठमाडौं : कीर्तिपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका-५ चारधारे नजिकैको पोखरीमा डुबेर सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका-३ घर भएका सुजन लामाको छोरा ५ वर्षीय सुदिन लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बिहीबार पोखरीमा डुबेर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : नेपाल पर्वतारोहण संघ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये चार विदेशी र एक जना नेपाली गाइडलाई उद्धार गरी काठमाडौँ ल्याएको जनाएको छ। एनएमएका अध्यक्ष सन्तवीर लामाले एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनको खराब मौसमका कारण मेरा पिक आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये स्वदेशी आरोही तथा स्वदेशी पथप्रदर्शकलाई सम्बन्धित कम्पनीको पहलमा उद्धार…
अमेरिकी राष्ट्र जो बाइडेनले चीनले आक्रमण गरे आफूहरु ताइवानको साथमा रहने बताएका छन्। टाउनहलमा आयोजित एक कार्यक्रममा उनले चीनले ताइनवानमाथि कब्जा गरे अमेरिका ताइवानको साथमा खडा हुने बताएका हुन्। ताइवान र चीनबिच पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ। चीनले दर्जनौं विमानहरु ताइवानी आकाशमा उडाएपछि विवाद बढेको हो। ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ। चीनले भने ताइवान आफ्नै देशको…
काठमाडौं : शोभित बस्नेतको निर्देशन रहेको फिल्म 'डाँडाको वरपीपल' असोज २६ गते देशभर रिलिज भएको थियो। दशैँको छेकोमा रिलिज भएको यो फिल्म कोरोना कहरपछिको निषेधाज्ञापछि रिलिज भएको पहिलो नेपाली फिल्म हो। लामो समयसम्म ठप्प रहेको मनोरञ्जन क्षेत्रलाई कसरी ब्युताउँने भन्ने विषयमा छलफल भइरहँदा मल्टिस्टार फिल्म 'डाँडाको वरपीपल' रिलिज भएको थियो। फिल्मले हलमा दर्शकहरुलाई तान्ने अपेक्षा राखिएको थियो। फिल्ममा कलाकारहरु शिव…
काठमाडौः नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नु पर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन्। मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख…
काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाली फुटबल टोलीले आज इन्डोनेसिया यू २३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल पौने छ बजे ताजकिस्तानको गास सेन्ट्रल स्टेडियममा सुरु हुनेछ। खेलका लागि नेपाली टोली अक्टोबर १९ मा ताजकिस्तान प्रस्थान गरेको थियो। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्। नेपालले अक्टोबर २५ मा इरानसँग,…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) पास गर्ने बताएका छन्। प्रेस युनियन कैलालीले शुक्रवार बिहान धनगढीमा आयोजना गरेको प्रेस मिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। एमसीसी के हुन्छ प्रधानमन्त्रीज्यू? सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा देउवाले भने, 'एमसीसी पास गर्ने हो।' संशोधन हुन्छ कि हुबहु? भन्ने प्रश्नमा देउवाले अनुदानजस्तो कुरामा अलमल गर्न नहुने उल्लेख गरे। 'वर्ल्ड बैंक…
हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा बसाइँसराई गरी आउनेको संख्या बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ। भूमि आयोगले जग्गा विहिनलाई भूमिहीनको नामबाट र लामो समयदेखि जोतभोग गर्दै आएकलाई अव्यवस्थित बसोबासीका नामबाट पुर्जा वितरण गर्ने तयारी गरेसँगै बसाइसराई गरि आउने संख्या बढ्दो देखिएको हो। यता, शहरमा विभिन्न खालको सुविधा सहजै प्राप्त हुने भएकाले नगर क्षेत्रमा बसाइँसरी आउनेको संख्या बढेको हेटौंडा उपमहानगरपालिकाको कार्यालयको तथ्यांकमा…
काठमाडौँः नेकपा (एमाले) को १०औँ महाधिवेशन चितवनमा हुने भएको छ। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो। यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका थिए। १०औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले…
काठमाडौं: सिभिल ग्रुपका अध्यक्ष तथा सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङविरुद्ध अनुसन्धान गर्न अदालतले थप १८ दिनको समय दिएको छ। जिल्ला अदालत काठमाडौंबाट १८ दिनको म्याद थप गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी श्याम महतोले जानकारी दिए। यसअघि पहिलोपटक अदालतबाट ५ दिनको म्याद थप गरिएको थियो। प्रहरीले अदालतबाट संगठित अपराधमा म्याद थप गरेको हो। यसअघि तामाङलगायत अन्य १२ जनाविरुद्ध सहकारी ठगीमा म्याद थप गरिएको थियो।…
काठमाडौं : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छिन्। भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन्। अल्पमतमा परेकी शाक्यले आज प्रदेशसभामा विश्वासको मत मागेकी हुन्। उनले विश्वासको मत माग्दै सरकारको उपलब्धीबारे जानकारी दिइन्। विश्वासको मत माग्दै शाक्यले सबै दललाई सरकारलाई सघाउन र सरकारको व्यवस्थापनमा सहयोग गर्न आग्र…
काठमाडौः पछिल्लो २४ घण्टामा थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। ८ हजार ५ सय ४९ जनाको परीक्षण गर्दा ५ सय ४५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै सोही समयमा ७ सय २६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ३ सय १५ रहेको छ। २४…
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा सुरु भएको छ। आजको बैठकमा वडा अधिवेशन, पालिका अधिवेशन र राष्ट्रिय अधिवेशनका बारेमा छलफल गर्ने एजेण्डा छ। विधान महाधिवेशनको समीक्षा गर्नका लागि बोलाइएको बैठकमा कात्तिक ६ गतेका लागि तोकिएको वडा अधिवेशन र ९ गतेका लागि तोकिएको पालिका अधिवेशनको मिति हेरफेर गर्नेबारेमा छलफल हुने स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। बाढी…
हेटौंडा : नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्री पद आधा–आधा कार्यकाल चलाउने सहमति गरेका छन्। नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रवक्ता प्रभात तामाङका अनुसार बिहीबार बिहान हेटौंडामा बसेको केन्द्रीय सत्तारुढ गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको हो। आज बसिरहेको प्रदेशसभा बैठकमा वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने…
हेटौंडा : वाग्मती प्रदेशको बैठक सुरु भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वाग्मती प्रदेशको बैठकमा विश्वासको मत लिदैंछिन्। केही समयअघि मात्र प्रदेशको बैठक सुरु भएको छ। भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन्। त्यसपछि मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा…
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको हो। आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धि सम्बन्धी फाइल स्वीकृत गरेका हुन्। उनले…
काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर यतिखेर नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका कारण चर्चामा छिन्। केही समयअघि भएको कक्षा १२ को परीक्षामा सहभागी भएकी करिश्मालाई ओलीले फोन गरेर शुभकामना दिएका थिए। त्यही बेला दुवैबिच समय मिलाएर भेट्ने कुरा भएको थियो। दशैंको अन्तिम दिन भने करिश्मा ओली निवास बालकोट पुगेकी हुन्। उनीसँगै एमाले सांसद कोमल वली र…
काठमाडौं : बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ खुवाइने भएको छ। ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दशैं परेकाले कात्तिक ७ र ८ गते खुवाउने मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभागका पोषण…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। जस अनुसार अर्थ तथा योजना विभागका प्रमुखमा वर्षमान पुनलाई तोकिएको छ। त्यस्तै, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागका प्रमुखमा मातृकाप्रसाद यादव, कृषि तथा भूमि…
डिसी कमिक्समा आधारित एनिमेटेड फिल्म 'इन्जस्टिज' को अहिले भारतमा निकै आलोचना भइरहेको छ। उक्त फिल्मको भनिएको भिडियो क्लिपमा कश्मीरलाई एक विवादित क्षेत्रको रुपमा देखाइएको र सुपरम्यान र वान्डर वुमनले कश्मीरको सैन्य क्षेत्र र त्यहाँका सैनिक उपकरणहरु नष्ट गरेको देखाइएको भन्दै विरोध भएको हो। उक्त क्लिपमा कश्मीर क्षेत्रलाई हतियार मुक्त क्षेत्रको रुपमा घोषणा गरिएको देखाइएको छ। यो भिडियो भाइरल भएसँगै सुपरम्यानसहित अन्य सुपरहिरो र…