PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

  • दिपायलमा देउवा : बाढी पहिरोले गरेको क्षतिका बारेमा लिए जानकारी

    दिपायलमा देउवा : बाढी पहिरोले गरेको क्षतिका बारेमा लिए जानकारी

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन्। बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षणका लागि उनी दिपालय पुगेका हुन्। दिपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन्। सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन्। आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा २८ जनाको मृत्यु भइसकेको छ भने…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ : भारतले २७८ दिनमा पूरा गर्‍यो १०० करोड डोज खोप दिने लक्ष्य

    कोभिड १९ : भारतले २७८ दिनमा पूरा गर्‍यो १०० करोड डोज खोप दिने लक्ष्य

    भारतमा कोरोना भाइरसविरुद्ध १०० करोड डोज खोप नागरिकलाई प्रदान गरिएको छ। भारतले जनवरी १६ देखि खोप दिन सुरु गरेको थियो। २७८ दिनमा नै भारतले १०० करोड डोज खोप दिने लक्ष्य पूरा गरेको हो। भारतमा हालसम्म ३० प्रतिशत अर्थात करिब ३० करोडले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। यस्तै, ७० करोड भन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन्। भारतले सन् २०२१ को…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको हुन्डी अपरेसन: एक युवकको साथमा स्रोत नखुलेको ३० लाख, उनकै कोठामा ५० लाख रुपैयाँ भेटियो

    प्रहरीको हुन्डी अपरेसन: एक युवकको साथमा स्रोत नखुलेको ३० लाख, उनकै कोठामा ५० लाख रुपैयाँ भेटियो

    काठमाडौः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई  पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त ठिमी बाट खटिएको टोलीले बुधवार राति मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई पक्राउ गरेको हो। लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुन्डीको कारोबार भइरहेको भन्ने सूचना पाएको प्रहरीले मगरले चलाएको बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद…

    विस्तृतमा पढ्नुस्

  • गरिब राष्ट्रले खोप नपाउँदा कोरोना महामारीको प्रभाव २०२२ सम्म रहने : डब्लुएचओ

    गरिब राष्ट्रले खोप नपाउँदा कोरोना महामारीको प्रभाव २०२२ सम्म रहने : डब्लुएचओ

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड १९ संक्रमणको प्रभाव सन् २०२२ सम्म रहन सक्ने बताएको छ। गरिब राष्ट्रहरुले आवश्यक संख्यामा कोरोना भाइरसविरुद्धको खोप प्राप्त नगरेकोले कोरोना संक्रमण महामारी १ वर्ष बढी लम्बिने देखिएको हो। डब्लुएचओका डा ब्रुस एलवार्डले भने, 'हामी संक्रमण नियन्त्रणको गतिमा छैनौं। हामीले यसलाई नियन्त्रण गर्न भ्याक्सिन दिने कार्यलाई तिब्रता दिनुपर्छ। यो महामारी समय भन्दा बढी एक वर्षका…

    विस्तृतमा पढ्नुस्

  • देउवाको २८ बुँदे ‘प्रोपागान्डा’ र भुल्न लायक १०० दिन [सम्पादकीय]

    देउवाको २८ बुँदे ‘प्रोपागान्डा’ र भुल्न लायक १०० दिन [सम्पादकीय]

    बालुवाटारको सक्रियतामा आज २८ बुँदे सरकारको सफलताको सूची तयार भयो। सरकारी न्युज एजेन्सीमार्फत् प्रवाह भएको ‘प्रोपागान्डा’लाई विश्वास गर्ने हो भने मुलुक समृद्धिको मार्गमा छ। आफूलाई प्रजातान्त्रिक दावी गर्ने सरकारले साम्यवादी सकारले झै प्रचार पथ नै अंगाल्यो, काम परको कुरा। त्यसैले २८ बुँदामा सबै अटाएका छन् - भौतिक विकासदेखि खेलाडी प्रोत्साहनसम्मका गतिविधि। वेसिजनको बादल र झरीले निम्त्याएको अप्रत्यासित बिजोगसँग सर्वसाधारण जुधिरहँदा…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई २ लाख दिने सरकारको निर्णय

    बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई २ लाख दिने सरकारको निर्णय

    काठमाडौं : सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख राहत उपलब्ध गराउने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरोमा परी एकै परिवारमा एक वा त्यो भन्दा बढी व्यक्तिको निधन भएमा प्रतिव्यक्ति थप एक लाख उपलब्ध गराउने निर्णय गरेको हो। यस्तै, सरकारले अविरल वर्षासँगै खाद्यान्न  बाली र जग्गा जमिन गुमाएका पाँचजनासम्मको परिवारलाई १५ हजार र पाँचजन भन्दा बढी परिवार…

    विस्तृतमा पढ्नुस्

  • देउवाको कामप्रति पौडेलको रोष : बाढी प्रभावितलाई सरकार भएको आभास दिलाउनुस्

    देउवाको कामप्रति पौडेलको रोष : बाढी प्रभावितलाई सरकार भएको आभास दिलाउनुस्

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको ध्यानाकर्षण गराएका छन्। बाढी पहिरो प्रभावितलाई सरकार भएको आभास नभएको भन्दै पौडेलले देउवा सरकारप्रति रोष प्रकट गरेका हुन्। असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति सरकार गम्भीर हुनपर्ने भन्दै पौडेलले देउवाको ध्यानकर्षण गराएका हुन। विपतमा सरकार भएको आभास दिने गरी काम गर्न पौडेलको आग्रह…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

    बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

    काठमाडौं : जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदले बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले अविरल वर्षासँगै देशका विभिन्न भागमा गएको बाढी पहिरो र डुबान पीडितहरुलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो। यस्तै, बैठकले उद्धार र राहत कार्यलाई पनि तिब्रता दिने निर्णय गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • 'ठुला माछा साना माछा' नाटकमाथि कविता लेखन प्रतियोगिता घोषणा

    'ठुला माछा साना माछा' नाटकमाथि कविता लेखन प्रतियोगिता घोषणा

    काठमाडौं : शिल्पी थिएटरले कविता लेखन प्रतियोगिताको घोषणा गरेको छ। थिएटरले नाटक 'ठुला माछा साना माछा' माथि केन्द्रित रहेर कविता प्रतियोगिताको आयोजना गरेको हो। नाटक र कविताको सम्बन्ध बलियो बनाउन नाटकमाथि कविता लेख्ने अभियान सुरु गरेको नाटकका निर्देशक घिमिरे युवराजले बताउँछन्। 'नाटक हेर्न कवि/लेखकहरु आउने गर्छन्। नाटक हेरिसकेपछि उहाँहरुको सोच र विचार केही न केही रुपमा आओस् भन्ने चाहना हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • शाहरुख खानका छोरा आर्यनले पाएनन् जमानत, अभिनेत्रीसँगको ह्वाट्स एप च्याटबारे छानबिन हुँदै

    शाहरुख खानका छोरा आर्यनले पाएनन् जमानत, अभिनेत्रीसँगको ह्वाट्स एप च्याटबारे छानबिन हुँदै

    लागु ‌औषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानको जमानत अदालतले खारेज गरेको छ। अदालतले आर्यन सहित अरबाज मर्चेन्ट र मुनमुन धमीचालाई जमानत दिन अस्विकार गरेको हो। अक्टोबर ३ मा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन्। आर्यनको १४ दिनको न्यायिक हिरासत भोलिबाट सकिदैँछ। यसअघि पनि दुईपटक जमानत आदेश अस्विकार भइसकेको थियो। आज भएको सुनुवाईमा आर्यनलाई अदालतले…

    विस्तृतमा पढ्नुस्

  • शाहरुख खानका छोरा आर्यनले पाएनन् जमानत, अभिनेत्रीसँगको ह्वाट्स एप च्याटबारे छानबिन हुँदै

    शाहरुख खानका छोरा आर्यनले पाएनन् जमानत, अभिनेत्रीसँगको ह्वाट्स एप च्याटबारे छानबिन हुँदै

    लागु ‌औषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानको जमानत अदालतले खारेज गरेको छ। अदालतले आर्यन सहित अरबाज मर्चेन्ट र मुनमुन धमीचालाई जमानत दिन अस्विकार गरेको हो। अक्टोबर ३ मा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन्। आर्यनको १४ दिनको न्यायिक हिरासत भोलिबाट सकिदैँछ। यसअघि पनि दुईपटक जमानत आदेश अस्विकार भइसकेको थियो। आज भएको सुनुवाईमा आर्यनलाई अदालतले…

    विस्तृतमा पढ्नुस्

  • एमालेको बाढीलाई कसैले रोक्न सक्दैन : ओली

    एमालेको बाढीलाई कसैले रोक्न सक्दैन : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो अर्को पार्टी नेपालमा नभएको दाबी गरेका छन। वाग्मती प्रदेश कमिटीलाई सम्बोधन गर्दै ओलीले एमालेको जस्तो नीति तथा कार्यक्रम अरु कुनै पनि पार्टीमा नभएको बताए। उनले एमालेले सहकारी मार्फत आर्थिक सशक्तिकरणको अभियान चलाएको बताए। भने,'नेकपा एमाले जस्तो अर्को पार्टी छैन। यसका उद्धेश्य छन्, कार्यक्रम छन।' उनले नेपालको विकासमा केही पार्टीले धक्का पुर्‍याएको…

    विस्तृतमा पढ्नुस्

  • वडा अधिवेशनको दुई दिन अघि एमालेले बोलायो स्थायी कमिटी बैठक, यी ५ एजेण्डामा हुँदैछ छलफल

    वडा अधिवेशनको दुई दिन अघि एमालेले बोलायो स्थायी कमिटी बैठक, यी ५ एजेण्डामा हुँदैछ छलफल

    काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। कात्तिक ४ गते ललितपुरको च्यासलमा स्थायी कमिटीको बैठक बोलाइएको हो। विधान विधान महाधिवेशनको समीक्षा, वडा अधिवेशन लगायतका एजेण्डामा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेको वडा अधिवेशन कात्तिक ६ गते हुँदैछ। कात्तिक ९ गते हुने पालिका अधिवेशन र मंसिरमा हुने राष्ट्रिय अधिवेशनका बारेमा पनि बैठकमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • मोदीको 'बुद्ध' कूटनीति : नेपालको सीमा नजिकै बनेको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सुरु

    मोदीको 'बुद्ध' कूटनीति : नेपालको सीमा नजिकै बनेको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सुरु

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज उत्तर प्रदेशको कुशीनगरमा निर्माण भएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। सन् २०२० मा मोदी सरकारले कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। केन्द्र र राज्य सरकारले कुशीनगर यात्रामा आउने विदेशी यात्रुहरुलाई लक्षित गर्दै यो विमानस्थल संचालनमा ल्याएका हुन्।   नेपालसँग सीमा जोडिएको यस क्षेत्रमा गौतम बुद्धले निर्वाण प्राप्त गरेको मानिन्छ। गौतम बुद्धको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभाको बैठक सार्न सभामुखलाई एमालेको पत्र !

    वाग्मती प्रदेशसभाको बैठक सार्न सभामुखलाई एमालेको पत्र !

    हेटौंडा : भोलि कात्तिक ४ गते बस्ने वाग्मती प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयसमक्ष प्रस्ताव गरेको छ। लिखित पत्र पठाउँदै एमालेले भोलि हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो। एमालेले बैठक ११ गतेका लागि बोलाउन समेत प्रस्ताव गरेको छ। कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र सो अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन निधिको आग्रह

    बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन निधिको आग्रह

    काठमाडौं : पछिल्लो तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न ठाउँमा भएको मानवीय क्षतिसहित अन्नवाली नष्ट भएको भन्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुःख व्यक्त गरेका छन्। उनले तीनवटै सुरक्षा निकायलाई परिचालन गरी उद्धार र राहतको कार्य अघि बढाउन संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारको ध्यानाकर्षण गराएका छन्। 'बाढीका कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै…

    विस्तृतमा पढ्नुस्

  • चार दिनदेखिको बाढी र पहिरोमा ४८ जनाको ज्यान गयो, इलाममा ११ जनाको मृत्यु

    चार दिनदेखिको बाढी र पहिरोमा ४८ जनाको ज्यान गयो, इलाममा ११ जनाको मृत्यु

    काठमाडौं:आइतवारबाट परेको अविरल वर्षाका कारण बाढी पहिरोले देशभर हालसम्म ४८ जनाको ज्यान गएको छ। असोज ३१ गते आइतबारबाट सुदूरपश्चिम लगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो। गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परेर कालिकोट, बैतडी, डडेलधुरा, डोटी, हुम्ला, प्युठान, धनकुटा लगायत ११ जिल्लामा ४८ जनाको मृत्यु भएको हो। सबैभन्दा धेरै इलाममा ११ जनाको मृत्यु भएको छ। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको माग : कृषि सहायता कोष बनाएर किसानलाई राहत

    प्रचण्डको माग : कृषि सहायता कोष बनाएर किसानलाई राहत

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित किसानलाई राहात दिन सरकारसँग माग गरेका छन्। बुधवार विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रभावितका लागि कृषि सहायता कोष खडा गरेर क्षतिपूर्ति दिन आग्रह गरे। 'बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु,' विज्ञप्तिमा भनिएको…

    विस्तृतमा पढ्नुस्

  • सिरियाको राजधानीमा आतंककारी आक्रमण : सैनिक बसमा विस्फोट हुँदा १३ जना मारिए

    सिरियाको राजधानीमा आतंककारी आक्रमण : सैनिक बसमा विस्फोट हुँदा १३ जना मारिए

    सिरियाको दमस्कसमा सेनाको बसमा विस्फोट भएको छ। आतंकवादीहरुले बसमा दुईवटा विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मध्य दमस्कसको एक पुल मुनिबाट बस गइरहेको बेलामा विस्फोट गराइएको हो। उक्त विस्फोट 'आतंकाकारी आक्रमण' भएको बताइएको छ। सिरिया पछिल्लो एक दशकयता गृहयुद्धमा रहेपछि राजधानी दमस्कसमा कम संख्यामा मात्रै आक्रमण हुने गरेका छन्। राजधानीमा यस्ता आक्रमण 'दुर्लभ घटना' भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले…

    विस्तृतमा पढ्नुस्

  • उत्तराखण्डमा १२४ वर्षमा सबैभन्दा धेरै वर्षा : ४६ जनाको मृत्यु

    उत्तराखण्डमा १२४ वर्षमा सबैभन्दा धेरै वर्षा : ४६ जनाको मृत्यु

    भारतको उत्तराखण्डमा अविरल वर्षासँगै कुमाउँ क्षेत्रमा जनजीवन प्रभावित भएको छ। वर्षाबाट सबैभन्दा बढी असर चर्चित पर्यटकीय स्थल नैनीतालमा परेको बीबीसी हिन्दीले जनाएको छ। मंगलवार नैनीताल वरपरका सबै सडक जलमग्न भएका थिए। अहिले पनि त्यहाँको जलस्तर उच्च विन्दुमा रहेको बताइएको छ। हाल भने सडकहरु संचालनमा आएको छ। भारतको मौसम विभागका अनुसार १२४ वर्षमा उत्तराखण्डको कुमाउँमा हालससम्मकै धेरै वर्षा भएको हो। यस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell