भारतमा केरलामा बाढीका कारण जनजीवन प्रभावित भएको छ। शुक्रवारदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण हालसम्म २७ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। बाढीसँगै आएको पहिरोका कारण कतिपय स्थानमा सडकमार्ग अवरुद्ध भएका छन्। बाढीमा परी धेरैजना घाइते भएको र दर्जनौं व्यक्ति हराइरहेका छन्। प्रहरीले सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धारकार्यका साथै बेपत्ताहरुको खोजीका लागि 'सर्च अपरेशन' संचालन गरिरहेको छ।…
भारतको केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा गत सोमवारदेखि सेना र चरमपन्थी विद्रोहीहरुबिच मुठभेड चल्दैछ। सीमावर्ती क्षेत्र पुंछमा सात दिनदेखि भइरहेको मुठभेडमा ९ जनाको सैनिकको मृत्यु भइसकेको छ। सेनाले गत सोमवारदेखि पुंछभन्दा केही टाढा रहेको सरनकोटबाट चरमपन्थीविरुद्ध कारवाही सुरु गरेको थियो। अभियानको पहिलो दिन नै सेनाको पाँच जवानको मृत्यु भएको थियो। दुई दिनपछि भएको झडपमा थप दुई सैनिकको मृत्यु भएको बताइएको…
काठमाडौंः गृहमन्त्री बालकृष्ण खाण आज गृह जिल्ला रुपन्देही जाने भएका छन्। २९ असारमा गृहमन्त्री भएपछि खाण पहिलो पटक गृह जिल्ला जान लागेका हुन्। बिहान ९ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट भैरहवा जाने निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । आजै साँझ पाँच बजेर ५० मिनेटमा भैरहवाबाट काठमाडौँ फर्कनु अगाडि गृहमन्त्री खाणले जिल्लाका विभिन्न स्थानमा आयोजित चार कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यस्तै आफ्नो…
काठमाडौंः गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ। आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो। निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ। यस्तै अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङजाका प्रजिअ दिपकराज…
काठमाडौं : घटना भएको तीन महिना बितिसक्यो तर प्रहरीको अनुसन्धान अझै अलमलमा नै छ। अर्थात् प्रहरीले घटनामा अहिलेसम्म कुनै 'क्लु' हात पार्न सकेको छैन। घटना असार २० गते ललितपुर महानगरपालिका २ सानेपास्थित राम मन्दिर नजिकै आफ्नै कोठामा मृत भेटिएका ५९ वर्षीय सत्यनारायण पारिखको हो। यस घटनालाई लिएर महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, ललितपुरको टोली अनुसन्धानमा लागिरहेको छ। तर,…
काठमाडौं : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला र बान्ताको संक्रमण नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। असोज १८ गतेदेखि आजसम्म ८८५ जना संक्रमित पहिचान भएको र फेला परेका संक्रमित भएका मध्ये ८१९ जना संक्रमण निको भइ अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कृष्णनगर नगरपालिकाको वडा नम्बर ७,८ र ९ मा संक्रमण देखिएको जनाएको हो। मन्त्रालयका अनुसार झाडापखाला र बान्ताका कारण…
काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार ७७ जनाको कोभिड १९ परीक्षण गर्दा ३९१ जनामा संक्रमण देखिएको छ। यस्तै, ६८० जना संक्रमण मुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ पुगेको छ। संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार २८४ जना संक्रमितको मृत्यु भइसकेको छ।
काठमाडौं : दोलखाबाट काठमाडौं आउँदै गरेको बस लामोसाँघु जिरी सडक खण्डमा दुर्घटना भएको छ। बसको ब्रेक फेल भएर ६ किलो नजिकै बस दुर्घटना भएको बताइएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको हाल अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौं : दशैंको लागि सरकारले दिएको सार्वजनिक विदा आजबाट सकिएको छ। सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेका छन्। त्यसैले पनि काठमाडौं उपत्यकाभित्र बसेर कामकाजी रहेका र दशैं मनाउन घर गएकाहरु फर्किन थालेका छन्। काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा अहिले घरबाट काठमाडौं फर्किनेहरुको चहलपहल देखिन्छ। जसरी घर जाँदा ठूला ठूला झोलाहरु लिएर गएका थिए उसै गरी उनीहरु फर्किएका दृश्य देख्न सकिन्छ। निधारको…
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ। एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो। यथाशीघ्र ६ महिनाभित्र अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए। विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै ६ महिना अवधि थप्न सकिने व्यवस्था छ। बैठकले एनआरएनएको…
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागू औषध मुद्दामा अहिले मुम्बईको आर्थर रोड जेलमा बन्द छन्। क्रज ड्रग्स पार्टीमा संलग्न रहेको आरोपमा उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको थियो। उनको साथमा लागू औषध नपाइए पनि उनी ड्रग्स कारोवासमा संलग्न रहेको र अन्तर्राष्ट्रिय गिरोहसँग समेत उनको पहुँच रहेको अभियोग एनसीबीले लगाएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। आर्यन खानको…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गरेका छन्। सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा उनले आज कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृह सचिव टेकनारायण पाण्डेसँग छलफल गरेका हुन्। बैठकमा अहिलेसम्म सहमति कार्यान्वयनका…
काठमाडौं : भारतको आन्ध्र प्रदेश तथा ओडिशाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ। उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज…
काठमाडौं : दशैं सुरु हुनुभन्दा अघि नै प्रहरीले काठमाडौं उपत्यकाभित्र सुरक्षा योजना लागू गरेको थियो। महानगरीय ट्राफिक प्रहरीले पनि दशैंमा हुने सडक दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा योजना लागू गर्यो। दिउँसोदेखि रातिसम्म सडकमा ट्राफिक प्रहरी लगातार खटिए। चोक चोकमा चेकिङ प्वाइन्ट थापेर ट्राफिक प्रहरीले सक्रियता देखायो। त्यसैको परिणाम शून्य दुर्घटना भएको प्रहरीको दावी छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले उपत्यकाभित्र दशैंमा कुनै पनि…
काठमाडौंः तेह्रथुम एक महिला मृत फेला परेकी छिन्। तेह्रथुमको म्याङलुङ नगरपालिका-९ पाट्टीगाउँ बस्ने ५५ वर्षीया दिल कुमारी लिम्बु मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। शनिवार उनी आफ्नै घरदेखि करिब २० मिटर टाढा पानीको खाल्टोमा मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनका श्रीमानलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको…
भारतमा केरलामा बाढीका कारण जनजीवन प्रभावित भएको छ। शुक्रवारदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। बाढीसँगै आएको पहिरोका कारण कतिपय स्थानमा सडकमार्ग अवरुद्ध भएका छन्। बाढीमा परी धेरैजना घाइते भएको र दर्जनौं व्यक्ति हराइरहेका छन्। प्रहरीले सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धारकार्यका साथै बेपत्ताहरुको खोजीका लागि 'सर्च अपरेशन' संचालन गरिरहेको छ।
काठमाडौँः काठमाडौंको सिनामंगलमा एक जन मानिस मृत अवस्थामा फेला परेका छन्। आज बिहान साढे ४ बजेतिर एक मानिस मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए। मृतकको सनाखत भने हुन सकेको छैन। 'कुनै सवारीले ठक्कर दिएर मृत्यु भएको हो की भन्ने आशङ्कामा अनुसन्धान गरिरहेका छौँ,' एसएसपी सिंहले भने। शरीरमा भने ठुलो चोट भने देखिएको छैन। प्रहरीले दुर्घटना…
काठमाडौंः सिभिल ग्रुप अध्यक्ष तथा सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङको यस पटकको दशैं प्रहरी हिरासतमा नै बितेको छ। सिभिल ग्रुप मातहतका २० भन्दा धेरै कम्पनीहरूका सञ्चालक तामाङलाई प्रहरीले असोज १९ गते ठगी गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो। उनी मात्र होइन, अन्य ११ जनालाई समेत पक्राउ परेका थिए। पक्राउ पर्नेहरूमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायानानी महर्जन,…
काठमाडौं : असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु भएको छ। दशैंको समयमा भएको दुर्घटनामा १७ गम्भीर घाइते भए भने ६ जना सामान्य घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन्। दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल…
सुडानमा वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्ट रहेको विपक्षी समूहले सेनालाई 'कू' गर्दै सत्ता हातमा लिन आग्रह गरेको छ। सेनालाई सत्ता नियन्त्रणमा लिन भन्दै उनीहरुले प्रदर्शन समेत गरेका छन्। सुडानमा राजनीतिक संकट बढ्दै जाँदा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले राष्ट्रपति निवास बाहिर पुगेर प्रदर्शन गरेका हुन्। सन् २०१९ मा ओमर अल बसिरलाई अपदस्त गरेपछि सुडानमा सेना र राजनीतिक दलको संयुक्त सरकार रहेको छ। तर,…