PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

  • साफ च्याम्पियनसीप फाइनल : भारतसँग ३-० गोल अन्तरले नेपाल पराजित

    साफ च्याम्पियनसीप फाइनल : भारतसँग ३-० गोल अन्तरले नेपाल पराजित

    काठमाडौं : साफ च्याम्पियनसीपको उपाधि भारतले जितेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको फाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारतले उपाधि जितेको हो। यससँगै भारतले ८ पटक साफ उपाधि जितेको छ। मुसलधारे वर्षाबिच भएको खेलको पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन। दोस्रो हाफको ४९ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। उनको गोल लगत्तै ५० औं…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसीप : उपाधिका लागि भिड्दै नेपाल र भारत

    साफ च्याम्पियनसीप : उपाधिका लागि भिड्दै नेपाल र भारत

    काठमाडौं : साफ च्याम्पियनसीपको फाइनल खेल सुरु भएको छ। उपाधिका लागि अहिले नेपाल र भारत माल्दिभ्समा भिड्दैछन्। मुसलधारे वर्षाबिच अहिले खेलाडीहरु मैदानमा प्रतिष्पर्धा गरिरहेका छन्। दुवै टोली आक्रमक शैलीमा प्रस्तुत भएका छन्। खेलको पहिलो हाफसम्म दुवै टोलीेले गोल गर्न सकेनन्। दुवै टोलीले पोस्टमा धेरैपटक गोल गर्ने प्रयास गरेका थिए। तर, उनीहरु गोल गर्न असफल रहे। दोस्रो हाफमा भने भारतले अग्रता…

    विस्तृतमा पढ्नुस्

  • भारतको सबैभन्दा ठूलो 'ट्रेडिङ पार्टनर' बन्यो अमेरिका

    भारतको सबैभन्दा ठूलो 'ट्रेडिङ पार्टनर' बन्यो अमेरिका

    अमेरिका भारतको सबैभन्दा ठूलो 'ट्रेडिङ पार्टनर' बनेको छ। भारतको वाणिज्य विभागको तथ्यांक अनुसार सन् २०२१ को जनवरीदेखि सेप्टेम्बर महिनासम्म भारत र अमेरिकाबिचको द्विपक्षीय व्यापारमा ५० प्रतिशतले वृद्धि भएको छ। दुई देशबिच यस अवधिमा २८ अर्ब डलरको कारोबार भएको छ। यसै अवधिमा चीनसँग भारतको व्यापार ४६ प्रतिशत बढेको छ। यति वृद्धि हुँदा पनि चीनसँगको कारोबार जम्मा २५.३ अर्ब डलर रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • अन्धविश्वासको जालोमा जेलिनेहरु बन्दै 'हत्यारा'

    अन्धविश्वासको जालोमा जेलिनेहरु बन्दै 'हत्यारा'

    काठमाडौं : अपराध किन हुन्छ? मानिसले मानिसलाई किन मार्छ? यी दुई कुराको जवाफ घटना र घटना गराउने व्यक्ति समातिएपछि फरकफरक उत्तर भेटिन्छ। तर, सामान्यतया अपराध र हत्याका घटनामा केही 'समान कारण' भेटिन्छन्। आर्थिक लेनदेन, आवेग,  रिसइवी, मदिरा धेरैजसो घटनामा जोडिने गर्छ। धेरै अपराध त आर्थिक पाटोसँगै जोडिएर आउँछ। अन्धविश्वासका कारण पनि हत्या र अरुखाले अपराधका घटना हुने गर्छन्। बोक्सी, धामी,…

    विस्तृतमा पढ्नुस्

  • मल्लकालीन युद्धको झल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा

    मल्लकालीन युद्धको झल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा

    भक्तपुर : मध्यपुर थिमिमा मल्लकालीन युद्धको झझल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा सम्पन्न भएको छ।  विजया दशमीको भोलिपल्ट एकादशीको दिन थिमिमा मनाइने यो जात्रामा हातमा खड्ग बोकेका व्यक्तिहरुलाई नगर परिक्रमा गराउने गरिन्छ । मल्लकालदेखि चल्दै आएको विश्वास गरिने खाँ पिहाँवइगु जात्रामा खड्ग, तरबार ढाल सहित युद्ध कला प्रदर्शन गरिन्छ। खड्ग बोकेकाहरुले बालकुमारीमा गएर दैत्य आकृतिको कुभिन्डो माथि प्रहार गरेका थिए। सबै तस्विर : रासस

    विस्तृतमा पढ्नुस्

  • टीकाको दिन बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका युवकको मृत्यु

    टीकाको दिन बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका युवकको मृत्यु

    काठमाडौं : सप्तरीमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। शुक्रवार दिउँसो सवा ३ बजेतिर सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ८ मिलन चौक स्थित पुर्व पश्चिम लोकमार्गमा दुई वटा सवारी ठक्कर खाँदा सप्तरी बलानबिहुल गाउँपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सप्तरी बलानबिहुलका ३२ वर्षीय अमरनाथ यादवले चलाएको स २ प ३३३३…

    विस्तृतमा पढ्नुस्

  • महाकाली किनारमा पुरुषको शव भेटियो, सनाखत हुन सकेन

    महाकाली किनारमा पुरुषको शव भेटियो, सनाखत हुन सकेन

    बैतडीः महाकाली किनारमा आज बिहान एक शव फेला परेको छ। बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव फेला परेको हो। आज बिहान ७ बजेतिर स्थानीय बासिन्दाले अन्दाजी ३५ वर्षीय पुरुष मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।  शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।  बैतडी जिल्लाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मौसम पुर्वानुमान महाशाखाको पुर्वानुमान आजदेखि बदली र वर्षा

    मौसम पुर्वानुमान महाशाखाको पुर्वानुमान आजदेखि बदली र वर्षा

    काठमाडौः भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी…

    विस्तृतमा पढ्नुस्

  • रुद्रायणी देवगणले दिए प्रधानमन्त्री देउवालाई प्रसाद, स्थानीयले दिए तोरीको तेल

    रुद्रायणी देवगणले दिए प्रधानमन्त्री देउवालाई प्रसाद, स्थानीयले दिए तोरीको तेल

    काठमाडौं : खोकनाको सिकाली जात्रा सम्पन्न भएपछि रुद्रायणी देवगणको तर्फबाट रुद्रायणीको प्रसाद र सगुन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर देवगणहरुले प्रधानमन्त्रीलाई प्रसाद दिएका हुन्। त्यसक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायत स्थानीयको पनि उपस्थिति थियो। सिकाली जात्रा सकिएपछि रुद्रायणी देवीको प्रसाद राष्ट्र प्रमुख र सरकार प्रमुखलाई दिने प्रचलन रहँदै आएको छ। त्यसक्रममा नेपाली कांग्रेस खोकना इकाईका…

    विस्तृतमा पढ्नुस्

  • अक्षय कुमारको फिल्म 'गोर्खा'को पोस्टर रिलिज, 'गोर्खा राइफल्स'को कथा पर्दामा आउँदै

    अक्षय कुमारको फिल्म 'गोर्खा'को पोस्टर रिलिज, 'गोर्खा राइफल्स'को कथा पर्दामा आउँदै

    बलिउड अभिनेता अक्षय कुमार र फिल्म निर्माता आनन्द एल रायले शुक्रवार फिल्म गोर्खाको घोषणा गरेका छन्। भारतीय सेनाको पाचौं गोर्खा राइफल्सका मेजर जनरल इयान कार्डोको जीवनीमा फिल्म आधारित हुनेछ। सन् १९६२ र १९६५ को इन्डो-पाकिस्तान युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कार्डेको जीवनीमाथि बन्ने फिल्मलाई भारतको नेशनल अवार्ड बिजेता निर्देशक सञ्जय सिंह चौहानले निर्देशन गर्नेछन्।  फिल्मलाई लिएर अक्षय कुमार निक्कै उत्साहित…

    विस्तृतमा पढ्नुस्

  • साफले 'नियम विपरीत' अलमुताइरीलाई फाइनल खेलमा निलम्बन गरेको आरोप, भने : साफ नेपाल फाइनल पुगेकोप्रति खुशी देखिएन

    साफले 'नियम विपरीत' अलमुताइरीलाई फाइनल खेलमा निलम्बन गरेको आरोप, भने : साफ नेपाल फाइनल पुगेकोप्रति खुशी देखिएन

    काठमाडौं : दक्षिण एसियाली फुटबल फेडरेसनले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई निलम्बन गरेको छ। साफले अलमुताइरीलाई आज नेपाल र भारत बिच हुने फाइनल खेलका लागि प्रतिबन्ध लगाएको हो। अलमुताइरीले भने आफूलाई साफले नियतवश निलम्बन गरेको प्रतिक्रिया दिएका छन्। साफले नियम विपरीत आफूलाई कारवाही गरेको उनले बताएका छन्। 'साफ नेपाल फाइनल पुगेकोप्रति खुशी देखिएन। उनीहरु नेपाल नजितोस् भन्ने चाहन्छन्।…

    विस्तृतमा पढ्नुस्

  • ५० हजार रुपैयाँ दिएर श्रीमानको हत्या !

    ५० हजार रुपैयाँ दिएर श्रीमानको हत्या !

    काठमाडौं : केही दिनअघि ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ७ देवीचौर सलेनी खोल्सामा मृत भेटिएका एक पुरुषको हत्यामा उनकै श्रीमती संलग्न रहेको देखिएको छ। उनले पैसा दिएर हत्या गराएको खुलेको हो। असोज ११ गते राति साढे ७ बजेतिर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ७ देवचौर सलेनी खोल्सामा वाग्मती गाउँपालिका प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको शव फेला परेको थियो। टाउको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी निरीक्षक भोजराज पाण्डेयले गीत मार्फत् देखाए प्रहरीका काम

    प्रहरी निरीक्षक भोजराज पाण्डेयले गीत मार्फत् देखाए प्रहरीका काम

    काठमाडौं : नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयले 'आँधी हुरी प्रचण्ड गर्मी भन्दैन केही गरी' नामक प्रहरी गीत बजारमा ल्याएका छन्। देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता सहित नेपाल प्रहरी सेवामा प्रवेश गर्ने प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरूले तालिमदेखि कार्यक्षेत्रमा गर्नु पर्ने काम र चुनौतीको बारेमा गीतमा उतारिएको छ। गीतमा निरीक्षक पाण्डेयले प्रहरी कार्य, अपराध अनुसन्धान, विशेष व्यक्तिको…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा सांसदको हत्या : आतंककारी हमला भएको प्रहरीको दाबी

    बेलायतमा सांसदको हत्या : आतंककारी हमला भएको प्रहरीको दाबी

    बेलायतमा एक सांसदको छुरा प्रहार गरी हत्या गरिएको छ। बीबीसीका अनुसार सांसद सर डेभिड एमेसको हत्या भएको छ। उनको हत्यालाई प्रहरीले आतंककारी आक्रमणको संज्ञा दिएको छ। निर्वाचन क्षेत्रमा एक कार्यक्रममा सहभागी हुँदै गर्दा उनीमाथि २५ वर्षीय युवाले छुरा प्रहार गरेको बताइएको छ। ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 'इस्लामिक कट्टरपन्थ' को संलग्नता हुन सक्ने भनिएको घटनाको अनुसन्धानका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा झिझिया नाच हेर्न गएका युवक इनारभित्र मृत भेटिए

    सिरहामा झिझिया नाच हेर्न गएका युवक इनारभित्र मृत भेटिए

    काठमाडौः सिरहामा एक युवक मृत अवस्थामा फेला परेका छन्। आज बिहान नरहा गाउँपालिका ३ स्थित इनारभित्र युवकको शव भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए। गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो मृत अवस्थामा फेला परेका हुन्। शुक्रवार नजिकै झिझिया नाच भएको थियो। त्यही हेर्न युवक त्यहाँ पुगेका थिए। 'भिडभाडमा इनारमा झरेको पनि हुनसक्छ। अरू दुई जना…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको सक्रियता बढ्दा बरामद गर्ने अवैध सुनबाट प्राप्त राजस्व पनि बढ्दो

    प्रहरीको सक्रियता बढ्दा बरामद गर्ने अवैध सुनबाट प्राप्त राजस्व पनि बढ्दो

    काठमाडौः नेपाल प्रहरीले विभिन्न आपराधिक गतिविधि तथा कारबाहीबाट संकलन गर्ने राजस्व ३३ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै अवैध सुन बरामदबाट प्राप्त हुने राजस्व समेत बढेको देखिएको छ। अवैध सुन बरामदबाट प्रहरीले राज्यको लागि २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपैयाँ संकलन गरेको छ। यो संकलन रकम आर्थिक वर्ष २०७६/७७ को तुलनामा ३३ प्रतिशत भन्दा बढीले बढेको हो।…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसीप फुटबल उपाधिका लागि नेपाल भारतसँग भिड्दै

    साफ च्याम्पियनसीप फुटबल उपाधिका लागि नेपाल भारतसँग भिड्दै

    काठमाडौं : साफ च्याम्पियनसीप फुटबलको फाइनलमा  आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदैछ। नेपाली फुटबल टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा भिड्न लागेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो। फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ मा मालेस्थित राष्ट्रिय फुटवल स्टेडियमा खेल हुने छ। नेपालले माल्दिभ्समा जारी साफ फुटबलमा एक खेलमात्रै हारेको छ। दुई खेलमा जित र एक खेलमा…

    विस्तृतमा पढ्नुस्

  • ‘द मिस्ट्री अफ ए डार्क क्राउन’ : त्यहाँ होइन, यहाँ छन् दाउद!

    ‘द मिस्ट्री अफ ए डार्क क्राउन’ : त्यहाँ होइन, यहाँ छन् दाउद!

    लिलाराज खतिवडा - २०७२ साउन २३ गते पहिलोपोस्टमा ‘मुम्बई अण्डरवर्ल्ड डन’ दाउद इब्राहिमको एउटा रहस्यमय कथा लेखेर आइन्दा डन खोज्न नजाने निर्णय लिँदै कथालाई अन्त्य गरेको थिएँ। तर, कथाहरू अन्त्य हुन मान्दा रहेनछन्। कथाहरू हमेशा शुरु हुन खोज्छन्। अनि सकिने नामै लिँदैनन्। चाखलाग्दो कुरा, बरु एउटा कथा–विष्फोट हुँदा हजारौं - लाखौं अरु कथाहरू उब्जिँदा रहेछन्। परमाणु नष्ट नभएजस्तै कथाहरू पनि…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानको शिया मस्जिदमा आइएसद्वारा आत्मघाती बम विस्फोट, ४० भन्दा बढीको मृत्यु

    अफगानिस्तानको शिया मस्जिदमा आइएसद्वारा आत्मघाती बम विस्फोट, ४० भन्दा बढीको मृत्यु

    अफगानिस्तानको एक मस्जिदमा प्रार्थना गरिरहेको बेला बम विस्फोट हुँदा ४० भन्दा बढीको मृत्यु भएको छ। शुक्रवार भएको आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन्। कन्दहारको बीबी फातिमा मस्जिदमा धेरै संख्यामा शिया मुस्लिमहरुको उपस्थिति रहेको बेला आक्रमण गराइएको हो। आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट(आइएस)ले लिए छ। आइएसले मस्जिदको भवनमा प्रवेश गर्नुअघि सुरक्षाकर्मीलाई मारेको र भवनमा पसेर आफ्ना लडाकुले विस्फोट गराएको जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको त्यो टोल जहाँ एकादशीको दिन मात्र लगाइन्छ टीका

    काठमाडौंको त्यो टोल जहाँ एकादशीको दिन मात्र लगाइन्छ टीका

    काठमाडौं : विजया दशमीका दिन नेपालीहरुले ठूलाबडाका हातबाट टीका र जमरा ग्रहण गरे। तर, देशभर टीकाको रौनक रहेपनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा बसोबास गर्दै आएका नेवार समुदायले भने विजयादशमीमा टीका लगाएनन्। खासगरी असनकै रैथाने तुलाधर, शाक्य र बज्राचार्यहरुले विजयादशमीका दिन टीका नलगाएका हुन्। उनीहरुले आज एकादशीको दिन टीका लगाउँदैछन्। यसलाई उनीहरुले 'असं चालं'का रुपमा मनाउने गर्छन्। असनका स्थानीयका अनुसार अन्नपूर्ण मन्दिरका पा:ला:, असं बहालका शाक्य, तक्ष बहालका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell