PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

  • दसैंको टीकाको दोस्रो दिन, आज पनि टीका लगाइँदै

    दसैंको टीकाको दोस्रो दिन, आज पनि टीका लगाइँदै

    काठमाडौः नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्। विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। देशका केही भागमा…

    विस्तृतमा पढ्नुस्

  • ४७१२ जनाको कोरोना परीक्षण गर्दा २७२ जनामा देखियो संक्रमण

    ४७१२ जनाको कोरोना परीक्षण गर्दा २७२ जनामा देखियो संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ७१२ जनाकझ परीक्षण गर्दा २७२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ७७७ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ। संक्रमणका कारण थप ८ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार २७७ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो कलाकारहरुको विजयादशमी

    यस्तो देखियो कलाकारहरुको विजयादशमी

    काठमाडौं : आज विजयादशमी। आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। कलाकारहरुले पनि आफ्नो परिवार र साथीहरुसँग टीका लगाए विजयादशमी मनाएका छन्। अभिनेत्री करिश्मा मानन्धरले परिवारसँग दशैँ मनाएकी छिन्। करिश्माले दशैँको टिका र जमरा लगाएको फोटोहरु फेसबुकमा सेयर गरेकी छिन्।     अभिनेता भुवन केसीले र छोरा अनमोल केसीलेसँग विजयादशमीको टीका लगाएका छन्। अभिनेत्री रेखा थापाले…

    विस्तृतमा पढ्नुस्

  • अलमुताइरीको निधारमा रातो टीका र जमरा, भारतसँग भिड्नु अघि नेपाली टोलीले मनाए विजयादशमी

    अलमुताइरीको निधारमा रातो टीका र जमरा, भारतसँग भिड्नु अघि नेपाली टोलीले मनाए विजयादशमी

    काठमाडौं : साफ च्याम्पियनसीप खेल्न माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीले आज उतै विजयादशमी मनाएका छन्। खेल अफिसिल, प्रशिक्षक र खेलाडीहरुले टीका र जमरा लगाएर विजयादशमी मनाएका हुन्। त्यसक्रममा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत खेल अफिसियलहरुले समेत टीका लगाएका थिए। भोलि (शनिवार) नेपालले साफको फाइनल खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक साफ फाइनलमा पुगेको नेपाली टोलीले उपाधि जित्ने कामना सहित…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राजदूत र युएस एड मिसनका नेपाल निर्देशकले सँगै लगाए विजयादशमीको टीका

    अमेरिकी राजदूत र युएस एड मिसनका नेपाल निर्देशकले सँगै लगाए विजयादशमीको टीका

    काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले परिवार र दूतावासका सहकर्मीहरुसँग विजयादशमी मनाएका छन्। राजदूत बेरीसँगै युएड एड मिसन नेपालका निर्देशक शेपीदेह केभानसदले पनि टीका लगाउँदै दशैंको शुभकामना आदान प्रदान गरेका हुन्। त्यसक्रममा मिसनका सदस्य र उनीहरुका परिवारहरुले समेत टीका लगाएका थिए। अमेरिकी राजदूत बेरी टीका लगाउँदै। त्यसक्रममा राजदूत बेरीले दूतावास र मिसनका सहकर्मीहरुलाई टीका लगाइदिएका थिए। युएस एड मिसनकी नेपाल निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राजदूतले दूतावासमा मनाइन् विजयादशमी, सहकर्मीलाई लगाइदिइन् टीका

    चिनियाँ राजदूतले दूतावासमा मनाइन् विजयादशमी, सहकर्मीलाई लगाइदिइन् टीका

    काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले दूतावासका कर्मचारीहरुलाई विजयादशमीको टीका लगाइ दिएकी छिन्। उनले नेपाली सहकर्मीहरु सँग दशैं मनाउन पाउँदा खुशी लागेको समेत बताएकी छिन्। उनले विजयादशमीको अवसरमा सबै नेपालीमा शुभकामना समेत व्यक्त गरेकी छिन्। यो पनि पढ्नुस : अमेरिकी राजदूत र युएस एड मिसनका नेपाल निर्देशकले सँगै लगाए विजयादशमीको टीका Glad to celebrate Dashain Festival with my Nepali colleagues!…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाले लगाए विजयादशमीको टीका, यस्तो देखियो बालुवटारको दृश्य

    प्रधानमन्त्री देउवाले लगाए विजयादशमीको टीका, यस्तो देखियो बालुवटारको दृश्य

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। गुरुबाट टीका लगाइसकेपछि प्रधानमन्त्री देउवाले श्रीमती डा आरजु देउवा र छोरा जयवीर देउवालाई टीका लगाइ दिएका थिए। साथै, प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय…

    विस्तृतमा पढ्नुस्

  • हनुमानढोकामा रहेको शार्दुल जंग गुल्ममा टीकाको दृश्य

    हनुमानढोकामा रहेको शार्दुल जंग गुल्ममा टीकाको दृश्य

    काठमाडौं : हनुमानढोका दरबार क्षेत्र भित्र रहेको शार्दुल जंग गुल्ममा तैनाथ सेनाका अधिकारीहरुले विजयादशमी मनाएका छन्। गुल्ममा टीका र प्रसाद ग्रहण गरी उनीहरुले विजयादशमी मनाएका हुन्। यो पनि पढ्नुस : गुरुज्यूको पल्टन : अंग्रेजसँग युद्ध जितेको त्यो टुकडी जो अहिले बजाउँदैछ धिमे र भुस्या गुल्मपति अशिम श्रेष्ठले गुल्ममा रहेका सैनिकहरुलाई टीका, जमरा लगाइदिएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण

    राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छिन्। राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरेकी छिन्। सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद…

    विस्तृतमा पढ्नुस्

  • टीकाको दिन परिवारसँग बाहिर खान जाने योजना छ ? दशैंमा पनि खुलेका छन् यी रेष्टुरेन्टहरु

    टीकाको दिन परिवारसँग बाहिर खान जाने योजना छ ? दशैंमा पनि खुलेका छन् यी रेष्टुरेन्टहरु

    काठमाडौं : हरेक दशैंमा अष्टमीदेखि द्वादशीसम्म कार्यालयहरु बन्द रहन्छन्। बजारका पनि धेरै सेवाहरु बन्द रहन्छन्। विजयादशमीका दिन जोडी वा सपरिवार कतै बाहिर गएर खाने प्रोग्राम बनाउँदै हुनुहुन्छ भने धन्दा मान्नु पर्दैन। टिकाका दिन पनि केही रेस्टुरेन्टहरु खुलै हुनेछन्। काठमाडौंमा त्रिशारा, रोड हाउस, प्लेसेस लगायतका आधा दर्जनभन्दा बढी रेष्टुरेन्टले पर्वको बिदाको दिन पनि सेवा दिने भएका छन्। यी रेष्टुरेन्टहरुमा गएर वा…

    विस्तृतमा पढ्नुस्

  • दशैं सन्देशबाट प्रधानन्यायाधीश जबराको स्पष्टीकरण : शक्तिपृथकीकरणमा प्रतिवद्ध, न्यायालयमा आँच आउन नदिन सदैव सचेत

    दशैं सन्देशबाट प्रधानन्यायाधीश जबराको स्पष्टीकरण : शक्तिपृथकीकरणमा प्रतिवद्ध, न्यायालयमा आँच आउन नदिन सदैव सचेत

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विजया दशमी लगायत पर्वहरुले नेपाली समाजमा एकता, सहिष्णुता र आपसी सद्भाव कायम गरेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले विविधताबिचको एकता कायम गरी सामाजिक ऐक्यबद्धता प्रवर्द्धन गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताए। जबराले शुभकामना सन्देशबाट आफूमाथि लागेका आरोपको पनि खण्डन गरेका छन्। प्रधानन्यायाधीशको कोटाबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाइएको भन्दै आलोचना…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा जिप दुर्घटना : तीनको मृत्यु, ६ जना घाइते

    गुल्मीमा जिप दुर्घटना : तीनको मृत्यु, ६ जना घाइते

    काठमाडौं : गए राति जिप दुर्घटना हुँदा गुल्मीमा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो। दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका २ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ चुँदारी गाउँका १९…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिको दशैं सन्देश : समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्न प्रेरणा मिलोस्

    उपराष्ट्रपतिको दशैं सन्देश : समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्न प्रेरणा मिलोस्

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न दशैंले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन्। दशैंको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्। देशमा मनाइने सबैखाले धार्मिक तथा सांस्कृतिक चाडपर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता,…

    विस्तृतमा पढ्नुस्

  • दशैंको शुभकामना दिँदै प्रचण्डले भने : सांस्कृतिक पर्वलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्नुपर्छ

    दशैंको शुभकामना दिँदै प्रचण्डले भने : सांस्कृतिक पर्वलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्नुपर्छ

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दशैं लगायत चाडपर्वको शुभकामना दिँदै विभिन्न पर्वका आआफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य रहेको बताएका छन्। अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, 'बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आआफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्। यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको दशैं सन्देश : विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान

    प्रधानमन्त्रीको दशैं सन्देश : विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन्।  विजयादशमीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका छन्। देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीको शुभकामना सन्देश : दशैंको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग अभिन्न सम्बन्ध छ

    राष्ट्रपति भण्डारीको शुभकामना सन्देश : दशैंको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग अभिन्न सम्बन्ध छ

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै दशैं मनाउनका लागि सबैमा आग्रह पनि गरेकी छिन्। विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र…

    विस्तृतमा पढ्नुस्

  • आज विजयादशमी : मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै, टीकाको साइत १०:०२ बजे

    आज विजयादशमी : मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै, टीकाको साइत १०:०२ बजे

    काठमाडौं : आज विजया दशमी। आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उनले बताए। विजयादशमीका दिन…

    विस्तृतमा पढ्नुस्

  • आइपिएलको उपाधि चेन्नाइलाई, चौथो पटक बन्यो च्याम्पियन

    आइपिएलको उपाधि चेन्नाइलाई, चौथो पटक बन्यो च्याम्पियन

    इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नाइ सुपर किंग्सले जितेको छ। दुबईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाइले उपाधि जितेको हो। चेन्नाइले उपाधि जितेको यो चौथो पटक हो। कोलकातालाई २७ रनले पराजित गर्दै चेन्नाइ च्याम्पियन बनेको हो।  दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको चेन्नाइले तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो। चेन्नाइका लागि फाफ डुप्लेसिसले सर्वाधिक ८६…

    विस्तृतमा पढ्नुस्

  • साना हतियारको ठूलो त्रास : गुण्डादेखि बैंक लुटेरासम्म बन्दुक!

    साना हतियारको ठूलो त्रास : गुण्डादेखि बैंक लुटेरासम्म बन्दुक!

    काठमाडौं : सोमवार (असोज २५)  गते दिउँसो ३ बजेर ४५ मिनेटमा मोरङको धनपालथान गाउँपलिका वडा नम्बर ४ स्थित कर्सिया बीपी चोकस्थित सिटिजन्स बैंकमा ७ जनाको छिर्‍यो। बैंकको सुरक्षामा ४० वर्षीय शीतल कुमाल खटिएका थिए। जबर्जस्ती छिर्न थालेपछि गार्डले प्रतिकार गर्न खोजे। उनीसँग सुरक्षाको लागि खुकुरीमात्र थियो। सात जनाको समूहका अगाडि सुरक्षा गार्डको केही चलेन। उनले बोक्ने खुकुरी समेत खोसियो। उनले थप प्रतिकार गर्न खोजे। एक…

    विस्तृतमा पढ्नुस्

  • 'स्क्विड गेम' बन्यो नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज

    'स्क्विड गेम' बन्यो नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज

    दक्षिण कोरियाली सिरिज 'स्क्विड गेम' नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज बनेको छ। सेप्टेम्बर १७ मा रिलिज भएको यस सिरिजलाई हालसम्म १११ मिलियन पटक हेरिएको छ। रिलिज भएको चार सातापछि १११ मिलियन भ्युज पाउँदै यो सिरिज नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज बन्न पुगेको हो। नेटफ्लिक्सले ट्विटरमा यो सबैभन्दा बढी हेरिएको सिरिज भनी जानकारी दिएको हो। Squid Game has officially reached 111…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell