काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको महाअष्टमीको दिन आज काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजा गरेकी छिन्। पाँचखाल नगरपालिका-९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान पूजा गरेकी हुन्। भण्डारी हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेकी थिइन्। त्यहाँबाट स्कर्टिङ सहित उनलाई करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पुर्याइएको थियो। राष्ट्रपति भएपछि यस मन्दिरमा उनले तीन पटक पूजा गरिसकेकी छिन्।…
काठमाडौं : मंगलवार मुगुको छायाँनाथ रारा नगपालिका वडा नम्बर ७ पिनातपने खोलामा बस दुर्घटना भयो। दशैंमा ३२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाले सबैलाई मन अमिलो बनायो। बस सडकबाट २/३ सय मिटर तल झरेको थियो। बसमा ४५ जना यात्रु सवार भएको अहिलेसम्म खुलेको छ। दुर्घटनाका कारण अहिलेसम्म खुलेको छैन। तर, प्रारम्भीक अनुसन्धानमा बसको टायर पञ्चर भएकाले हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै, लोड तान्न नसकेर…
जनकपुर : जनकपुरधामको शक्तिपीठहरुमा खोँइछ भर्नेको भिड लागेको छ। राजा जनकको कुल देवी राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा खोँइछ भर्ने विवाहिता महिलाहरुको भिड लागेको हो। विवाहिता महिलाहरुले सप्तमी तिथिदेखि नै खोँइछ भरिरहेका छन्। खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक, पिडरीया माईस्थान लगायतका स्थानमा खोँइछ भरिरहेका छन्। त्यस्तै प्रसाद चढाउनको लागि गएराति ११ बजेदेखि नै लाइन…
काठमाडौं : दशैंको आठौं दिन आज महाअष्टमी। देवी भगवती दुर्गाको पूजा आराधना गरी देशभर मनाइँदै छ। बुधवार देशभरका शक्तिपीठहरुमा महाष्टमीको अवसरमा देवीको पूजा अर्चना गर्नेहरुको भिड लागेको छ। काठमाडौंको भद्रकालीमा पनि भक्तजनहरुको भिड लागेको छ। काठमाडौंका नक्शाल भगवती, गुह्वेश्वरी, मैतीदेवी, कालिकास्थान, महांकाल, शंकटा, नरदेवी, इन्द्रायणी र शोभाभगवतीमा देवीको पूजा आराधनाका लागि भक्तजनहरुको घुइँचो छ। महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने शास्त्रोक्त…
काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको 'पैसा फल्ने बोट' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो चारदिनअघि युट्युव च्यानल 'अनटाइटल्ड नेपाल' बाट सार्वजनिक गरिएको हो। यो गीतको शब्द सुरक्षाले नै लेखेकी हुन्। सुरक्षाले उक्त गीतलाई कल्पनालाई पर्दामा उतार्ने पहिलो प्रयास भनि फेसबुकमा उल्लेख गरेकी छिन्। गीतमा कम्पोज तथा गायन भने मानवको रहेको छ। दशर्कहरुले गीतमा सुरक्षाको अभिनयको तारिफ गरिरहेका छन्।…
काठमाडौं : सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का आज स्वदेश फर्किएका छन्। गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का असोज २२ गते बेलग्रेड प्रस्थान गरेका थिए। बेलग्रेडमा असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो।…
काठमाडौं : साफ च्याम्पियन्सीपमा आज नेपालले लिग चरणको अन्तिम खेल खेल्दैछ। नेपाली समय अनुसार दिउँसो ४: ४५ नेपालले बंगलादेशको सामना गर्दैछ। फाइनल प्रवेशका लागि नेपालले आजको खेलमा बराबरीमात्रै गरेपनि पुग्छ। आजको खेल जितेमा नेपाल स्वत: फाइनलमा प्रवेश गर्नेछ। आजै राति ९: ४५ मा भारत र माल्दिभ्स पनि भिड्दैछ। फाइनलमा स्थान पक्का गर्न दुवै टोलीलाई जित्नुपर्ने दबाब छ।
काठमाडौंः १७ वर्षअघि काठमाडौंको पुलतिसडकमा एक युवकको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले प्युठानको मल्लरानी गाउँपालिका घर भई वडा काठमाडौँ महानगरपालिका वडा नम्बर ४ धुम्बाराही बस्ने ४१ वर्षीय शनी नरसिंह राणा नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। २०६१ पुस २२ गते दिउँसो ४ बजे २८ पुतलीसडक स्थित एकता प्रेस छापाखानाका सञ्चालक दोलखा भीमेश्वर…
काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित संयुक्त बजार अनुगमनमा २३ लाख रुपैयाँ जरिवाना गरेको छ। २५ दिनको अवधिमा यो जरिवाना गरेको हो। असोज १ गतेदेखि संयुक्त बजार अनुगमन सुरु भएको थियो। अनुगमन टोलीले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको ४९६ वटा व्यवसायिक फर्ममा चाडपर्व लक्षित बजार अनुगमन गरेको थियो। जसमा २६१ वटा व्यवसायिक फर्मलाई जरिवाना गरेको हो।…
अमेरिकाले मेक्सिको र क्यानडासँग जोडिएको सीमा खुला गर्ने भएको छ। नोभेम्बरबाट कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका यात्रुहरुका लागि सीमा खुला हुने बताइएको छ। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाले मेक्सिको र क्यानडासँगको सीमा मार्च २०२० देखि बन्द गरेको थियो। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सेनले केही समयअघि मात्रै अमेरिका आउने सबै यात्रुले विश्व स्वास्थ्य संगठन र अमेरिकाको फुड एन्ड ड्रग…
काठमाडौं : आज महाअष्टमी। मोहनि (दशैं) को अवसरमा आज बेलुकी नेवार समुदायले कुछी भ्वय् खाउँदैछन्। नेपालभाषामा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो। दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय् रहन गएको एक थरीको भनाइ रहेको छ। यस्तै, कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम 'कूल छी भ्वय्' भएको तर…
काठमाडौं : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ तरतरे खोलामा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। बसमा सवार १८ जना घाइते भएका छन्। हेलिकप्टर मार्फत घाइतेको उद्धार भइरहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। 'हामीले हेलिकप्टर मार्फत उद्धारको प्रयास गरिरहेका छौँ। दुर्घटनामा २३ जनाको मृत्यु भइसेको छ,' उनले भने। नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको…
काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहाले नेपालको राजनीति गुट उपगुटमा अल्झिएको टिप्पणी गरेका छन्। दशैंको शुभकामना सन्देश दिँदै शाहले समाज सनातन आदर्श अनुसारको भए पनि राजनीति भने त्यस अनुकूल नभएको सन्देशमा उल्लेख गरेका छन्। 'हाम्रो समाज सनातनिक आदर्श र पुख्यौली पौरखबाट पृथक छैन। तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेनन्,' उनले सन्देशमा भनेका छन्। लोककल्याणका लागि राजनीति केन्द्रित…
काठमाडौं : दशैंको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ। केही दिन यता विजया दशमी मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो। दशैं मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौं सुनसान बन्न थालेको छ। आज फूलपातीका दिन काठमाडौंको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बसपार्क लगायतका स्थानहरुमा मानिसहरुको लर्को लागेको छ। बिस्तारै–बिस्तारै काठमाडौं शहरमा मानिसको चाप घट्दै गइरहेको छ भने सवारी…
ललितपुर : दशैंको नवरात्रभर मानिसहरु विभिन्न शक्ति पिठ जाँदा खोकनावासी भने रुद्रायणी (सिकाली) जात्रामा व्यस्त हुन्छन्। विजया दशमीका दिन सबैका निधारमा टीका सजिँदा खोकना भने जात्रा सकाएर आराम गरिरहेको हुन्छ। किनभने खोकनामा दशैं नै मनाइदैन। जावलाखेलबाट करिब सात किलोमिटर दक्षिणमा पर्छ पुरानो नेवार बस्ती खोकना। तोरीको तेल र खुर्सानीका लागि प्रख्यात यो शहरको आफ्नै सांस्कृतिक विरासत छ। सिंगो देश दशैंको…
काठमाडौं : यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो। यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय…
काठमाडौं : आजबाट फिल्म 'डाँडाको वरपीपल' प्रदर्शन भएको छ। कोरोना संक्रमणका कारण लामो समयसम्म बन्द भएको सिनेमा हलमा आजबाट नेपाली फिल्म चलेको हो। शोभित बस्नेतको निर्देशन रहेको फिल्म रिलिज भएपनि विवाद रहित भनेको भएको छैन। कारण – महानायक विवाद। उक्त विवादको चपेटामा शोभित बस्नेतको फिल्म 'डाँडाको वरपीपल' परेको छ। शोभित बस्नेतले भुवन केसीलाई नेपालको महानायक भनेर सम्बोधन गरेपछि उनको निकै आलोचना…
काठमाडौं : बाजुराको जगन्नाथ गाउँपालिकाको वडा नम्बर २ मा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ। सुक्खा पहिरो खसेर नदी थुनिएपछि गाउँपालीकाको वडा २ का स्थानीयहरु त्रसित भएका छन्। विहान ६ बजे खसेको पहिरोका कारण नदी थुनिएर ताल बनेको हो। ताल फुटेर क्षति हुने डरले त्यस क्षत्रको नजिकै रहेको प्रहरी चौकीका सामनहरु सार्न थालिएको वडा नम्बर २ का अध्यक्ष कर्ण बहादुर…
काठमाडौं : बलिउड फिल्म 'उचाई' को टिम फिल्म छायाङ्कनको लागि भारतीय फिल्मकर्मी नेपाल आएका छन्। बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिका हसनसहित जम्बो सुटिङ युनिट नेपालमा आएको छ। केही समय काठमाडौंको बसाइपछि उनीहरु सुटिङको लागि गत बुधबार लुक्ला पुगे। अहिले लुक्लामा फिल्मको सुटिङ जारी छ। बलिउड कलाकारहरु नेपाल आएसँगै नेपालको विभिन्न स्थलहरुको फोटो तथा भिडियो सामाजिक संजालमा…
काठमाडौं : नेपालमा फोरजी प्रयोगकर्ताको संख्या एक करोड नाघेको छ। नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार साउनसम्म फोरजी प्रयोगकर्ता एक करोड १० लाख ३४ हजार ३५४ पुगेको छ। असारमा फोरजी प्रयोगकर्ता ९९ लाख ५४ हजार ११९ थिए। एक महिनामा फोरजी प्रयोगकर्ता १० लाख ८० हजार २३५ ले थपिएको प्राधिकरणले जनाएको छ। जसअनुसार बढी ग्राहक हुनेमा एनसेलनै अघि छ। साउनमा…