काठमाडौं : प्रहरीले प्रतिबन्धित गाँजा १ सय २० केजी फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बुधवार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित आइसिपी गेट नजिकैबाट रोकिराखेको ग्यास बोक्ने ट्याङ्करमा गाँजा फेला पारेको हो। भारतीय नम्बर प्लेटको ट्याङ्कर चालक बस्ने क्याबिनमा लुकाएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ट्याङ्करका चालक र धनीलाई भने खोजी गरिरहेको…
बलिउड फिल्म 'उचाई' को नेपालका हिमाली भेगहरुमा छायाङ्कन भइरहेको छ। फिल्म छायाङ्कन लागि अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिका हसनसहित जम्बो सुटिङ युनिट नै नेपाल आएको छ। फिल्म टिमले लुक्लाको छायाङ्कन सकेर हिजोदेखि नाम्चेमा सुटिङ सुरु गरेको छ। नेपाल आएदेखि नै कलाकारहरुले फोटो तथा भिडियो सेयर गर्दैँ नेपालको प्राकृतिक सौन्दर्यताको प्रशंसा गरिरहेका छन्। केहीदिन अघि मात्रै अभिनेता अनुपम खेरले…
काठमाडौं : नेपाल बार एशोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले बुटवलको रुपन्देहीमा भएको घटनामा ४ जनाको मृत्यु भएको घटनाको दोषीलाई कारवाही गर्न माग गरेको छ। एक विज्ञप्ती जारी गर्दै नेपाल बार एशोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले सुरक्षाकर्मीको गोली लागि नागरिकको मृत्यु हुनु मानव अधिकारको उल्लंघन भएको बताएको हो। समितिले मोतिपुर घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुनको दायरामा ल्याउन समेत…
नेपालीलाई राम्रैसँग दशैं लागिसकेको छ। मिलेसम्म घरमै खसी काट्ने नभए छिमेकसँग मिल्ने या बजारबाट मासु ल्याएर पकाउने परम्परा नै हो। रातो टीका र जमराको पर्व भनेर चिनिने दशैं मासुबिना टार्न हत्तपत्त नेपालीको मन मान्दैन। तर, रोग पालेर बसेकाहरुको लागि थोरै सावधानी नअपनाए दशैं दशा बन्न सक्छ। मुटु रोगीको लागि मात्र हैन सामान्य ग्यास्ट्राइटिस लागि धेरै मासु खाँदा केही कुरामा भने…
भारतमा दशहरामा नवौं दिन राति 'रावण वध' गर्ने गरिन्छ। चोकचोकमा पंडाल बनाएर रावणका ठूला पुतला दहन गर्ने परम्परा रहेको छ। तर कोरोना भाइरसको संक्रमणका यसवर्ष पनि कम संख्यामा मात्रै रावण दहन हुँदैछन्। शहरका मुख्य सडक र बजारमा रावणका पुतला बिक्रि गर्न राखिएको छ। तर संक्रमणका कारण यसपटक पहिला झै पुतला किन्न आउने मानिस छैनन्। गत वर्ष पनि पहिला झै धेरै…
काठमाडौं : मनकामना देवी बुंगमतीमा आउने भएकोले गोरखामा रहेको मन्दिर बन्द गरिने भएको छ। गोरखामा मन्दिर बन्द रहने समयमा बुंगमतीमा आज आजु अजि (मनकामना माई) जात्रा हुने गर्छ। महानवमीको रात मनकामना अजिमा र आजु (मनकामनाका श्रीमान) लाई मन्दिरबाट निकालेपछि सुरु हुने यो जात्रा एकादशीमा सकिने गर्छ। विजयादशमीको दिन दिनभर पूजा गरेपछि राति हनुमान जात्रा गरिन्छ र एकादशीको दिन मनकामना अजिमा…
काठमाडौं : आज महानवमी। हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। लामो लाइन बसेर उनीहरु मन्दिर दर्शनमा जाँदैछन्। दशैंको महानवमीका दिन मात्र सर्वसाधरणका लागि यो मन्दिर खुला गरिन्छ। देशकै इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्छन्। तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुन्छ। तलेजु भवानीको पूजाको…
काठमाडौंः आन्तरिक खपतका लागि भनेर आयात गरिएको चाँदी भारततर्फ अवैध निकासी भएको ठहर गर्दै सरकारले चाँदीको भन्सार दर बढाएको छ। यसका साथै सुनचाँदीको आयात तथ बिक्री परिमाण रफ्तारमा बढ्दै गएपछि यसले विदेशी मुद्रा सञ्चितीमा समेत गम्भीर चाप परेपछि सरकारले यसमा नियन्त्रणका लागि समेत भनेर चाँदीको भान्सार बढाएको हो। सरकारले चाँदीमा यसअघि लाग्दै आएको भन्सार दरमा २५.८८ प्रतिशतले वृद्धि गरेको छ। यो…
काठमाडौं : साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ। माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो। बुधवार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेको थियो। बुधवार राति भएको दोस्रो खेलमा भारतका लागि मनविर सिंहले ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए। माल्दिभ्सका अलि अस्फाकले…
काठमाडौं : चाडपर्व सुरु भएसँगै काठमाडौं लगायत अन्य स्थानमा सवारी दुर्घटनाहरू बढ्ने गरेको देखिएको छ। त्यसैले प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीको सक्रियतासमेत बढाउने गरेको छ। मादक पदार्थ सेवन, लापरबाही र यान्त्रिक गडबडीको कारण धेरै दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा सयौँ मानिसले अकालमै जीवन गुमाउनु परेको छ। ट्राफिक व्यवस्थापनमा अब्बल मानिएका हाल ललितपुर महानगरपालिका प्रहरी प्रमुख रहेका पूर्व प्रहरी सिताराम हाछेथुले दुर्घटना कम…
काठमाडौं : सिन्धुली कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन्। फुलपातीको अवसरमा गाउँमा स्थानीय मिलिरे राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा भएको थियो। त्यसक्रममा केही स्थानीयले बिक्रमलाई दाउराको चिर्पट प्रहार गरेका…
नर्वेमा एक व्यक्तिले धनुकाण (धनुमा राखेर हानिने काण/तीर) ले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ। राजधानी ओस्लोको दक्षिण पूर्वी क्षेत्रमा रहेको कंग्सबर्ग शहरमा भएको आक्रमणमा धनुकाण लागेर दुई जना घाइते भएका छन्। प्रहरीले उक्त आक्रमणमा संलग्न रहेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। हालसम्म आक्रमणमा एकजना व्यक्तिको मात्रै संलग्नता देखिएको छ। यो आक्रमणसँग आतंकवादी संलग्नता छ कि छैन भनेर…
भक्तपुर : भक्तपुरको तलेजु मन्दिरमा बलिरहित पूजा सम्पन्न गरिएको छ। दशैंको महाअष्टमीको मध्यरातमा तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने प्रचलन रहेको छ। तर, कोरोना भाइरस संक्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। गत वर्ष पनि तलेजुमा बलि दिइएको थिएन। तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा…
काठमाडौं : साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ। माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो। यसअघिको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा* रोक्दै फाइनलमा पुगेको थियो। भारतकका लागि मनविर सिंहले खेलको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए। माल्दिभ्सका अलि अस्फाकले ४५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु…
काठमाडौं : आज आश्विन शुक्ल नवमी अर्थात महानवमी। आजको दिन पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ समेत गर्ने गरिन्छ। पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसीपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन्। बुधवार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो बुधवार साँझ प्रधानमन्त्री देउवाले ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन्। उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन्। हार्दिक बधाई तथा शुभकामना ! साफ फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा…
काठमाडौं : आज महाअष्टमी। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा रहेका विभिन्न शक्तिपीठहरुको दर्शन गरेकी छिन्। बिहानै पलाञ्चोक भगवतीको दर्शन गर्न पुगेकी भण्डारी त्यहाँबाट फर्किएपछि काठमाडौंको शक्तिपीठ दर्शनका लागि पुगेकी हुन्। पलाञ्चोक भगवतीमा पुगेर पूजा गर्दै राष्ट्रपति भण्डारी। तस्विर : रासस भण्डारीले महाअष्टमीको अवसरमा नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी, इन्द्रयाणी र शोभाभगवतीको दर्शन गरेकी हुन्। महाअष्टमीको मध्यरात बलि दिने र…
काठमाडौं : सोमवार दिउँसो मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ स्थित कर्सियामा रहेको सिटिजन्स बैंकमा लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले बुधवार पत्रकार सम्मेलन गर्दै तीन जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक जना नेपाली युवा रहेका छन्। प्रहरीले मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय श्याम मुखिया,…
काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार ५९४ जनाको कोभिड १९ परीक्षण गर्दा ३६५ जनामा संक्रमण देखिएको छ। यस्तै, ६०९ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार २३६७ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार १६१ पुगेको छ। यस्तै, कोभिड १९ विरुद्ध थप २ हजार २७५ जनाले…
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन्। दशैंको महाअष्टमीका दिन आज मनकामना मन्दिरको दर्शन गर्न पुगेका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिएका थिए। समितिका पदाधिकारीसँगको भेटमा गुरुयोजना कार्यान्वयन हुने बताएका हुन्। 'मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल…