काठमाडौं : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य आज स्वदेश फर्किँदैछन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै उनी नेपाल फर्किन लागेका हुन्। सरकार परिवर्तन भएसँगै देउवा सरकारले केपी शर्मा ओली सरकारको समयमा राजनीतिक नियुक्ती पाएर राजदूत बनेकालाई फिर्ता बोलाउने निर्णय गरेको थियो। देउवा सरकारले फिर्ता बोलाएका राजदूतहरुमा आचार्य पनि परेका हुन्। नेपाल फर्किनुअघि राजदूत…
काठमाडौं : सिभिल ग्रुपका अध्यक्ष तथा सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङविरुद्ध प्रहरीमा उजुरी आउने क्रमम बढेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)मा दैनिक ४०/५० जना अहिले पनि आफू ठगिएको भन्दै उजुरी लिएर जाने गरेका छन्। दशैं सकिएपछि उजुरीको सङ्ख्या अझै बढ्नसक्ने प्रहरीको अनुमान छ। 'पक्राउ परेको केही दिन त दैनिक २ सय जतिले उजुरी लिएर आए। त्यसपछि दशैं विदा पनि भयो…
काठमाडौः डोटीमा पहिरोमा पुरिदा ७ जनाको मृत्यु भएको छ। आइतवारदेखि आएको बाढी र पहिरोमा परेर ७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जानकारी गराएको छ। जोरायल गाउँपालिका ३ बस्ने ६० वर्षीय जोगी सार्कीको घर पुरिदाँ उनको मृत्यु भएको हो। त्यस्तै जोरायल गाउँपालिका ४ शेरबहादुर विकको घर पुरिदा उनी सहित ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शिखर नगरपालिका बस्ने ३६ वर्षीय…
काठमाडौं : असोज २५ दिउँसो मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको सिटिजन्स बैंक लुट्ने थप एक जनलाई प्रहरीले पक्राउ गरेको छ। भारत अररिया फारवेसगञ्ज १० बस्ने २० वर्षीय रोशन यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। सुनवर्षी नगरपालिका वडा नम्बर ८ सिक्टी, नेपाल चोक नजिक सिमावर्ती क्षेत्रबाट सोमबार नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। असोज २५ गते दिउँसो ३ बजेर ४५…
काठमाडौंः महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छिन्। आज दिउँसो सरकारले उनीहरुका केही माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि १३ दिन लामो आमरण अनसन तोडेकी हुन्। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्। सरकार र उनीबीच गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएपछि खान आमरण अनसन तोड्न सहमत भएकी थिइन्। अनसन तोडाउन वाग्मती प्रदेशकी पूर्व प्रमुख अनुराधा…
काठमाडौं : तीन दिनदेखि लगातार परेको वर्षाका कारण देशभरका विभिन्न जिल्लाहरुमा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ। पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको हो। झापा, मोरङ, सर्लाही, दाङलगायतका धेरै जिल्लामा लगाइएको धानमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। झापा जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको कृषि ज्ञान केन्द्रका बाली विज्ञ शालिकराम भट्टाराईले…
काठमाडौंः काठमाडौंको दक्षिणकाली नगरपालिका ५ मा एक पुरुष मृत अवस्था फेला परेका छन्। आज बिहान घरभित्र नै मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सोलुखुम्बु घर भएका ५२ वर्षीय प्रीतिकुमार राई मृत भेटिएका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुनसक्ने देखिएको छ। 'टाउकामा गम्भीर चोट लागेको छ। त्यसैले हत्या भएको हुनसक्ने देखिन्छ। थप अनुसन्धान गरिरहेको छौँ,' महानगरीय प्रहरी वृत्त…
काठमाडौंः आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार डोटीमा दुइ जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको हो। त्यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन्। कैलालीमा बेपत्ता भएका १ जनाको खोजी भइरहेको प्रहरीले जानकरी दिएको छ। भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी…
काठमाडौः आइतबार रातीदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न ठाउँ डुबानमा परेका छन्। महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ। त्यस्तै दाङ देखि झापासम्म किसानले काटेर राखेको धानबाली पानीले बगाएको छ। कतिपय ठाउँमा धान पानीमा डुबेको छ। लगातार परेको भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको…
काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्। आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्। सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै अस्पताल प्रशासन र उहाँको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरेका थिए। वैद्यको उपचारमा संलग्न चिकित्सकले नेता वैद्यको स्वास्थ्य…
काठमाडौः लगातार परेको भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्। वर्षातका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन्। महाशाखा प्रमुख पाण्डेका…
काठमाडौं : आरबी डाइमण्ड ज्वेलर्सका सञ्चालक तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड-१९ का कारण निधन भएको छ। महर्जनसँगै उनकी श्रीमती र परिवारका अन्य सबै सदस्यलाई कोरोना संक्रमण भएको थियो। परिवारका अन्य सदस्य कोरोना संक्रमण मुक्त भएपनि उनको भने कोभिड पहिचान भएको एक साता पनि नबित्दै उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो। स्वास्थ्यमा असहज महशुस भएपछि…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा पुगेका छन्। विमानस्थलको छड्के अनुगमन गर्न पुगेका मन्त्री आलेले विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताए। मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिन समेत निर्देशन दिए। आइतबार नेपाल वायुसेवा निगमको जहाजले भोजपुरका लागि उड्दा आधा यात्रु छोडेको बारे निगमसँग लिखित जवाफसमेत मागेका छन्। आइतबार काठमाडौँबाट भोजपुरका…
काठमाडौं : सिन्धुपाल्चोकको पाङफुङलाई केन्द्र बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार पाङफुङलाई केन्द्र बनाएर आजै दुईवटा भूकम्प गएको हो। पहिलो भूकम्प दिउँसो १ बजेर ४६ मिनेटमा ४.७ म्याग्निच्युडको गएको उनले बताए। ४.७ म्याग्निच्युडकै दोस्रो भूकम्प पनि १ बजेर ५६ मिनेटमा गएको अधिकारीले बताए। दुवै भूकम्प गोरखा भूकम्पकै परकम्प रहेको केन्द्र…
काठमाडौंः बागमती प्रदेशमा संचालन हुने सार्वजनिक सवारीसाधनको सोमबारदेखि भाडा बढेको छ। कार्तिक १ गतेदेखि लागु हुने गरी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते भाडा समायोजन गर्ने निर्णय गरेको हो। अब बागमती प्रदेश भित्रका छोटो दुरीमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ। ५ किमीसम्म यात्रा गर्न १८ रुपैयाँ तोकिएको छ। १० किमीसम्म २३ रुपैयाँ, १५ किमीसम्म…
फेसबुकले सोमवार १० हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ। युरोपियन युनियनमा 'मेटाभर्स' निर्माण गर्न फेसबुकले नयाँ कर्मचारी भर्ना गर्न लागेको हो। 'मेटाभर्स' इन्टरनेटको भर्चुअल रियालिटी भर्सन हो जसलाई टेक जायन्टहरुले इन्टरनेटको भविष्यको संज्ञा दिने गरेका छन्। फेसबुकका सीईओ मार्क जुकरबर्गले सिलिकन भ्यालीमा 'मेटाभर्स आइडिया'को नेतृत्व गरिरहेका छन्। मेटाभर्सले भौतिक संसार र डिजिटल दुँनियाबीच रहेको रेखालाई अझ पातलो बनाउने विश्वास…
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा राष्ट्रिय सम्मेलनबारे छलफल भएको छ। दशैं विदापछि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पुस महिनामा हुने सम्मलेनको तयारीबारे छलफल भएको हो। सोमवार बसेको बैठकमा प्रदेश र स्थानीय सम्मेलन र सदस्यता नवीकरणका बारेमा बैठकमा छलफल भएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। बैठकमा विविध विषय छलफल भए पनि कुनै टुंगोमा भने नपुगेको उनले बताए।…
काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण'लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि वैद्यलाई आइतवार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। दम रोगबाट पीडित उनलाई थप समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको हो। आज अस्पताल पुगेर प्रचण्डले वैद्यको स्वास्थ्य अवस्थाबारे चिकित्सक र परिवारसँग जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको छ।
काठमाडौंः नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन्। किस्पाङ गाउँपालिका ५ स्थित माने गाउँ भन्ने ठाउँमा बस दुर्घटना भएको हो। बा ४ ख ५७६२ नम्बरको बस दुर्घटना हुँदा ३०जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जानकारी दिए। 'अहिले घाइतेलाई अस्पताल ल्याउने काम भइरहेको छ। ३० जनालाई अस्पताल ल्याएको छ। अरू पनि…
काठमाडौं : माल्दिभ्समा भएको साफ च्याम्पियनसीपको उपवेजता बन्दै नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ। टोलीलाई खेलकुद मन्त्री महेश्वर जंग गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपाली फुटबल टोली साफको फाइनलमा पहिलोपटक प्रवेश गरेको थियो। फाइनल खेलमा भारतसँग ३-० गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो।