PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

  • समीक्षाको स्पष्टीकरण : पल अभिभावक हो, हामीबिच कुनै सम्बन्ध छैन

    समीक्षाको स्पष्टीकरण : पल अभिभावक हो, हामीबिच कुनै सम्बन्ध छैन

    काठमाडौं : पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी चर्चामा छन्। दुबैबिचको सम्बन्धलाई लिएर सामाजिक संजाल र मिडियामा धेरै कुरा आउन थालेपछि समीक्षाले स्पष्टीकरण दिएकी छिन्। समीक्षाले मिडियामा आएजस्तो पलसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताएकी छिन्। उनले फेसबुकमा पल र आफ्नो सम्बन्धलाई लिएर तोडमोड गरेर तुच्छ समाचार आएको र आफ्नो चरित्र हत्या गरिएको बताएकी छिन्। साथै यस्ता मानहानी…

    विस्तृतमा पढ्नुस्

  • धनुषा र सर्लाहीका एसपी फेरिए, सर्लाहीमा एसपी प्रसाईँ र धनुषामा रजौंरे

    धनुषा र सर्लाहीका एसपी फेरिए, सर्लाहीमा एसपी प्रसाईँ र धनुषामा रजौंरे

    काठमाडौंः धनुषा र सर्लाही जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। विभिन्न विवादमा मुछिएपछि प्रहरी प्रधान कार्यालय नक्साले दुई एसपीलाई जिल्लाबाट हटाएको हो। सर्लाहीको प्रहरी प्रमुखमा एसपी कृष्ण प्रसाईँलाई काज सरुवा गरिएको छ। सन्तोषसिंह राठौंरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। राठौंर सार्वजनिक स्थानमा आफैँ जुवा खेलेको भिडिओ सार्वजनिक भएपछि विवादमा मुछिएका थिए। त्यस्तै धनुषामा एसपी वसन्त रजौरेलाई पठाइएको छ। धनुषा जिल्लामा कार्यरत…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीको सहज जित

    म्यानचेस्टर सिटीको सहज जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटोनमाथि सहज जित निकालेको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली ब्राइटोनलाई ४-१ गोलअन्तरले हराएको हो। खेलको १३ औं मिनेटमा इल्के गुण्डोगनको पासमा अग्रता बनाएको सिटीका लागि २८ र ३१ औं मिनेटमा फिल फोडेनले गोल थपे। पहिलो हाफमा ३-० ले पछि रहेको ब्राइटोनका लागि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एलेक्सिस म्याक…

    विस्तृतमा पढ्नुस्

  • फितलो ब्याटिङ गरेको वेस्टइन्डिजमाथि इङ्ग्ल्याण्डको सहज जित

    फितलो ब्याटिङ गरेको वेस्टइन्डिजमाथि इङ्ग्ल्याण्डको सहज जित

    आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वेस्टइण्डिजले इङ्ग्ल्याण्डसँग लज्जास्पद हार ब्यहोरेको छ। दुबइ इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा वेस्टइण्डिजले ६ विकेटको पराजय ब्यहोरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको वेस्टइण्डिजले फितलो ब्याटिङ गर्दै १४.२ ओभरमा सबै विकेट गुमाउँदै ५५ रनमा समेटिएको थियो। वेस्टइण्डिजका लागि क्रिस गेलले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन समेत जोड्न सकेनन्। उता…

    विस्तृतमा पढ्नुस्

  • माउन्टको ह्याट्रिकमा चेल्सीको फराकिलो जित

    माउन्टको ह्याट्रिकमा चेल्सीको फराकिलो जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीमाथि फराकिलो जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले नर्विच सिटीमाथि ७-० को सहज जित निकालेको हो। चेल्सीको जितमा म्यासन माउन्टले ह्याट्रिक पुरा गर्दा कलुम हुडसन ओडोइ, रिस जेम्स र बेन चिलवेलले समान १/१ गोल गरे। एक गोल भने नर्विचका म्याक्स आर्नोसले आत्मघाती गरेका थिए। खेलको ८ औं…

    विस्तृतमा पढ्नुस्

  • टी-२० विश्वकपः अष्ट्रेलियाको विजयी सुरुवात, दक्षिण अफ्रिका ५ विकेटले पराजित

    टी-२० विश्वकपः अष्ट्रेलियाको विजयी सुरुवात, दक्षिण अफ्रिका ५ विकेटले पराजित

    काठमाडौँः आईसीसी टी–२० विश्वकपमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ। सुपर–१२ को शनिबार सम्पन्न पहिलो खेलमा अष्ट्रेलियाले साउथ अफ्रिकामाथि ५ विकेटको जित हात पारेको हो। ११९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलियालाई जितका लागि भने अन्तिम ओभरसम्म कुर्नुपर्‍यो। आबुधाबीमा पहिले ब्याटिङ गरेको साउथ अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर ११८ रनमात्र जोड्न सक्यो। मध्यक्रमका एडेन मर्क्राम बाहेकका कुनै पनि ब्याट्सम्यान जम्न सकेनन्। मर्क्रामले…

    विस्तृतमा पढ्नुस्

  • देउखुरीमा सुमो दुर्घटना हुँदा ९ जना घाइते

    देउखुरीमा सुमो दुर्घटना हुँदा ९ जना घाइते

    काठमाडौं : लमहीमा आज गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा१ज ७३७ नंको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना भएको हो। घाइते हुनेहरुमा प्यूठानका १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय घर्ती, १५ वर्षीया रबिना घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, २२ वर्षीया…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतको सामुदायिक वनमा बम विस्‍फोट, दुईजना घाइते

    सुर्खेतको सामुदायिक वनमा बम विस्‍फोट, दुईजना घाइते

    काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा बम विष्फोट हुदाँ दुई जना घाइते भएका छन्। वीरेन्द्रनगर कटकुवा सामुदायिक वनमा बिहान ११ बजे बेवारिसे अवस्थामा रहेको बम विष्फोट हुदाँ एकै घरका दुई जना घाइते भएका हुन्। विस्‍फोटमा दैलेख गुराँस गाउँपालिका घर भई सुर्खेतमा भाडामा बस्दै आएका २१ वर्षीया लिला परियार र १४ वर्षीय नरेश परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ‘घाँस…

    विस्तृतमा पढ्नुस्

  • टी-२० विश्वकपमा आजदेखि सुपर-१२ का खेल हुँदै, पहिलो खेलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

    टी-२० विश्वकपमा आजदेखि सुपर-१२ का खेल हुँदै, पहिलो खेलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

    आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर-१२ का खेलहरु हुँदैछन्। समूह चरणका चार टोलीको निश्चित भएसँगै सुपर-१२ का खेल हुन लागेका हुन्। पहिलो खेल अष्ट्रेलिया र साउथ अफ्रिकाबीच हुँदैछ। खेल आबुधाबीमा हुनेछ। नेपाली समय अनुसार ३ः४५ बजे खेल सुरु हुनेछ। यस्तै, शनिबार राति इंग्ल्याण्ड र वेस्ट इन्डिजबीच दोस्रो खेल हुनेछ। आइतबार राति बहुप्रतीक्षित भारत–पाकिस्तानको खेल हुनेछ। समूह चरणको खेलबाट श्रीलंका,…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको निधन

    इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको निधन

    काठमाडौं : इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष एवम् सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमिति सदस्य मिरा अधिकारी लामाको निधन भएको छ। ५१ वर्षीया उपाध्यक्ष लामा असोज १९ गते देखि स्वास्थ्यमा समस्या आएपछि काठमाडौंको महाराजगन्जस्थित टिचिङ हस्पिटल उपचारका लागि भर्ना भएकी थिइन्। त्यसपछि उनलाई ब्लड क्यान्सर रोग देखा परेको थियो। उपचारकै क्रममा उनको आज बिहान १० बजे मृत्यु भएको हो। गत स्थानीय तहको निर्वाचनमा एमालेका सरस्वती…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ जनमुक्ति सेनामा पहिलोपटक दुई महिला पाइलटले बनाइन् स्थान

    चिनियाँ जनमुक्ति सेनामा पहिलोपटक दुई महिला पाइलटले बनाइन् स्थान

    चिनियाँ जनमुक्ति सेना अन्तर्गतको वायु सेनामा दुई महिला पाइलटहरु प्रवेश गर्न सफल भएका छन्। चेन तिएनचाङ र हान जियायिङ चिनियाँ जनमुक्ति सेनाको पहिलो महिला पाइलट बनेका हुन्। गत जुन महिनामा एयर फोर्सको अधययन पुरा गरेर उनीहरुले दिक्षान्त हासिल गरेका थिए। उनीहरु हाल चीनको दक्षिणपश्‍चिम क्षेत्रमा रहेको एभिएसन ब्रिगेडको ७७ औं ग्रुप आर्मीमा छन्।

    विस्तृतमा पढ्नुस्

  • डेल्टा प्लस झनै संक्रामक हुन सक्ने बेलायती विशेषज्ञहरुको चेतावनी

    डेल्टा प्लस झनै संक्रामक हुन सक्ने बेलायती विशेषज्ञहरुको चेतावनी

    बेलायतका विशेषज्ञहरुले कोरोना भाइरसको उत्परिवर्तित स्वरुप 'डेल्टा प्लस' डेल्टा भेरियन्टभन्दा सजिलै सर्न सक्ने बताएका छन्। बेलायतमा डेल्टा भेरियन्टका संक्रमितहरु बढी पहिचान भएपनि डेल्टा प्लस संक्रमितहरु समेत भेटिएका छन्। युके हेल्थ सेक्युरिटी एजेन्सीले डेल्टा प्लसलाई 'भेरियन्ट अन्डर इन्भेस्टिगेशन' को रुपमा वर्गिकरण गरेको छ। यो उत्परिवर्तित रुपमा संक्रणको अवस्था गम्भीर पार्ने बारे कुनै प्रमाण फेला परेको छैन। यद्यपि, यो डेल्टा भेरियन्टभन्दा संक्रामक…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई भीम रावलको चेतावनी : १० बुँदे कार्यान्वयन नभए एमालेलाई गम्भीर क्षति हुन्छ

    ओलीलाई भीम रावलको चेतावनी : १० बुँदे कार्यान्वयन नभए एमालेलाई गम्भीर क्षति हुन्छ

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिको पालना नभए पार्टीलाई गम्भीर क्षति हुने चेतावनी दिएका छन्। शुक्रवार सम्पन्न स्थायी कमिटीको बैठकमा ५ बुँदे फरक मत राख्दै रावलले सहमति पालना नभए एकताको भावना उत्पन्न नहुने उल्लेख गरेका हुन्। १० बुँदे कार्यान्यन कार्यदलका सदस्य रहेका रावलले सहमति कार्यान्वयन नभएको भन्दै संयोजकको जिम्मेवारीबाट राजीनामा दिने निर्णय बैठकमा सुनाएका थिए। उनको ५ बुँदे…

    विस्तृतमा पढ्नुस्

  • १० बुँदेबारे असन्तुष्ट नेतालाई ओलीको सन्देश : दुनियाँलाई नहसाउनुस्, पार्टीमा अब समस्या रहेन

    १० बुँदेबारे असन्तुष्ट नेतालाई ओलीको सन्देश : दुनियाँलाई नहसाउनुस्, पार्टीमा अब समस्या रहेन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वडा अधिवेशन उद्घाटन गरेका छन्। केन्द्रीय कार्यालय थापाथलीबाट ओलीले भर्चुअल माध्यमबाट अधिवेश उद्घाटन गरेका हुन्। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका अन्तरिक समस्यालाई बाहिर लगेर दुनियाँ नहसाउन असन्तुष्ट नेताहरुलाई आग्रह गरेका छन्। उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेका बेला ओलीको उक्त अभिव्यक्ति आएको हो। 'पार्टीका आन्तरिक समस्यालाइ बाहिर लगेर छर्ने…

    विस्तृतमा पढ्नुस्

  • अनुपम खेर र फेलिसिटी भल्कबीच ३७ वर्षपछि नेपालमा भेट हुँदा...

    अनुपम खेर र फेलिसिटी भल्कबीच ३७ वर्षपछि नेपालमा भेट हुँदा...

    फिल्म ‘उचाइ’को छायांकनको लागि बलिउड अभिनेता अनुपम खेर अहिले नेपालमा छन्। उनी दुई साताअघि  नेपाल आएका हुन्। नेपालमा रहँदा संयोगवस् उनले एक जना पुरानो साथीलाई भेटेका छन्। सन् १९८४ ताका फिल्म ‘जीवनसन्ध्या’को छायांकनका दौरान भेटिएकी अस्ट्रेलियाली फेलिसिटी भल्कसँग उनको नेपालमा भेट भएको हो। उनीहरुबीच ३७ वर्षपछि भेट भएको हो। त्यतिबेला १९ वर्षकी भल्कले मुम्बईमा ३७ वर्षअघि आफूलाई फिल्म खेलाइदिन अनुपमसँग…

    विस्तृतमा पढ्नुस्

  • बाढीपहिरोले प्रदेश १ मा ७० जनाको मृत्यु, १० हजार हेक्टर धानबालीमा क्षति

    बाढीपहिरोले प्रदेश १ मा ७० जनाको मृत्यु, १० हजार हेक्टर धानबालीमा क्षति

    विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले भर्खरै वर्षा र बाढीपहिरोका कारण प्रदेशभर ७० जनाले ज्यान गुमाएको जानकारी दिएका छन्। प्रदेश सभामा शुक्रबार विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मुख्यमन्त्री आचार्यले ७० जनाले ज्यान गुमाएको जनाएका हुन्। आचार्यले सबैभन्दा बढी पाँचथरमा २८ र त्यसपछि इलाममा १४ ले ज्यान गुमाउनु परेको बताए। त्यस्तै सुनसरीमा ११, धनकुटामा ७, मोरङमा ६,…

    विस्तृतमा पढ्नुस्

  • 'पबजी'को नयाँ गेमिङ सेगमेन्ट 'न्यू स्टेट' आउँदै,  नेपालसहित २७ देशहरुमा अन्तिम परीक्षण

    'पबजी'को नयाँ गेमिङ सेगमेन्ट 'न्यू स्टेट' आउँदै,  नेपालसहित २७ देशहरुमा अन्तिम परीक्षण

    'पबजी'ले नोभेम्बर ११ मा आफ्नो नयाँ गेमिङ सेगमेन्ट 'न्यू स्टेट' लन्च गर्ने भएको छ। 'पबजी'को निर्माता दक्षिण कोरियाली कम्पनी क्राफ्टनले नयाँ मोबाइल गेम एन्ड्रोइड र आइओएममा दुईसय बढी देशमा लन्च गर्ने जनाएको छ। गत सेप्टेम्बरमै क्राफ्टनले नयाँ 'पबजी'को प्रि-रजिष्ट्रेसन खोलिसकेको छ। अहिलेसम्म पाँच करोडभन्दा बढी प्रि-रजिष्ट्रेसन भइसकेको कम्पनीले जनाएको छ। न्यू स्टेट विभिन्न १७ भाषामा उपलब्ध छ। न्यू स्टेटको अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, आइतवार मतदान

    प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, आइतवार मतदान

    काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री आचार्यले आज प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश कार्यतालिका रहेको छ। उनको प्रस्तावमाथि आइतवार मतदान हुनेछ। एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका थिए। आर्चायले…

    विस्तृतमा पढ्नुस्

  • धुलिखेल पुगेर जिपलाइनमा रमाए प्रचण्ड

    धुलिखेल पुगेर जिपलाइनमा रमाए प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलिखेलमा जिपलाइन गरेका छन्। आज धुलिखेल जिपलाइन रिसोर्ट पुगेर उनले जिपलाइन गरेका हुन्। नाति नातिनी सहित धुलिखेल पुगेका प्रचण्डले आफैले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । जिपलाइन गरेपछि प्रतिक्रिया दिँदै उनले आफूलाई यो सहासिक गतिविधि गर्न निकै मज्जा आएको बताए। काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा…

    विस्तृतमा पढ्नुस्

  • आर्यन खानको 'ड्रग्स' मुद्दामा जोडिइन् अभिनेत्री अनन्या पाण्डे, हुँदैछ सोधपुछ

    आर्यन खानको 'ड्रग्स' मुद्दामा जोडिइन् अभिनेत्री अनन्या पाण्डे, हुँदैछ सोधपुछ

    बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागू औषध मुद्दामा अहिले मुम्बईको आर्थर रोड जेलमा छन्। आर्यनको मुद्दामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले लगातार सोधपुछ र अनुसन्धान गरिरहेको छ। यस ड्रग्स केसमा अभिनेत्री अनन्या पाण्डेको नाम समेत जोडिएको छ। चंकी पाण्डेकी छोरी अनन्या र आर्यनबिच भएको ह्वाट्सएप च्याट एनसीबीले भेटाएको थियो। उक्त कुराकानी ड्रग्ससँग सम्बन्धित रहेको एमसीबीको दाबी छ। एनसीबीले बिहीवार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell