PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • ‘डाँडाको वरपीपल’ मा रुविनासँगै सलोन बस्नेत फरक गेटअपमा

    ‘डाँडाको वरपीपल’ मा रुविनासँगै सलोन बस्नेत फरक गेटअपमा

    काठमाडौं : फिल्म ‘डाँडाको वरपीपल’ मा समावेश गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर सार्वजनिक गरिएको छ। शोभित बस्नेतको निर्देशनमा बनिरहेको फिल्मको छायाङ्कन चित्लाङमा भइरहेको छ। गीतको भिडियोमा अभिनेता सलोन बस्नेतसँगै रुविना थापा देख्न सकिन्छ। गीतमा सलोन फरक शैलीमा प्रस्तुत भएका छन्। भदौ ७ बाट छायाङ्कन सुरु भएको फिल्म दशैँमा ओटीटी र हलमा एकसाथ रिलिज हुने बताइएको छ। गीतको कोरियोग्राफी रामजी…

    विस्तृतमा पढ्नुस्

  • पञ्ज्शिरमा ६ सय तालिवानी सैनिक मारिएको र एक हजारभन्दा धेरैलाई नियन्त्रणमा लिएको दावी

    पञ्ज्शिरमा ६ सय तालिवानी सैनिक मारिएको र एक हजारभन्दा धेरैलाई नियन्त्रणमा लिएको दावी

    कायरो : नेसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तानका लडाकुहरूले करिब ६ सय तालिवानी सैनिकलाई मारेको दावी गरेका छन्। अफगानिस्तानको पञ्ज्शिरमा यति धेरै संख्यामा तालिवानीको मृत्यु भएको शनिवार फ्रन्टका प्रवक्ता फहिम दश्तीले ट्विटरमार्फत् जानकारी गराएका हुन्।  'आज बिहानदेखि नै पञ्ज्शिरका विभिन्न भागमा गरि करिब ६ सय तालिवानी आतंवादीहरु मारिएका छन् ,' दस्तीले लेखेका छन्। उनले १ हजारभन्दा धेरै लडाकुहरु नियन्त्रणमा लिएको पनि…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपिए ४२ हजारभन्दा बढी कोरोना संक्रमित

    भारतमा थपिए ४२ हजारभन्दा बढी कोरोना संक्रमित

    भारतमा थप ४२ हजार ७६६ जनामा कोभिड १९ संक्रमण देखिएको छ।  २९ हजार ६८२ जना संक्रमित केरलामा पहिचान भएका हुन्। पछिल्लो दुई सातायता भारतमा संक्रमण दर ह्वात्तै बढेको छ। जसकारण सक्रिय संक्रमितको संख्या पनि वृद्धि भएको छ। हाल भारतभर सक्रिय संक्रमितको संख्या ४ लाख १० हजार ४८ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ३०८ जना संक्रमितको मृत्यु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • इथियोपियन सेनाको दाबी : ५६०० टिग्रे विद्रोही मारिए, २ हजार नियन्त्रणमा

    इथियोपियन सेनाको दाबी : ५६०० टिग्रे विद्रोही मारिए, २ हजार नियन्त्रणमा

    इथियोपियन सेनाले ५ हजार ६०० भन्दा बढी टिग्रे विद्रोही मारिएको दाबी गरेका छन्। नोभेम्बरदेखि सरकार र टिग्रे विद्रोहीबिचको द्वन्द्व चर्किएको थियो। इथियोपियाको विद्रोही समूह टिग्रे पिपल्स लिबरेसन फ्रन्टले क्षेत्रिय राजधानी मिकेली कब्जा गर्दै स्रिह्रे क्षेत्रको अधिकांश क्षेत्रमाथि कब्जा जमाएको थियो। पछिल्लो कारवाहीमा भने सेनाले टिग्रे विद्रोहीलाई ठूलो क्षति पुर्‍याएको दाबी सेनाले गरेको हो। सेनाका वरिष्ठ जनरल बाचा डेबेलेले भिडन्तमा करिब…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

    नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

    काठमाडौं: नेपाल र भारतीय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलका लागि आज आमनेसामने हुँदैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे ५ बजे सुरु हुँदैछ। यसअघि बिहीवार सम्पन्न पहिलो खेल १-१ को बराबरीमा रोकिएको थियो। उक्त खेलमा नेपालका अञ्जन बिस्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा भारतका अनिरुद्र थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यसअघि पछिल्लो पटक…

    विस्तृतमा पढ्नुस्

  • थप १ लाख ७ हजारले लगाए खोप, १२६८ जनामा देखियो संक्रमण

    थप १ लाख ७ हजारले लगाए खोप, १२६८ जनामा देखियो संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार २६८ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। ९ हजार ८७५ जनाको परीक्षण गर्दा १ हजार २४ जनामा पीसीआर परीक्षणका क्रममा र २४४ जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो। यस्तै, २ हजार १९५ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ८२६ पुगेको छ। संक्रमणका कारण थप ९…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालजस्तो शरम पचेको मान्छे नेपालमात्र होइन, दुनियाँमै देखेको छैन : केपी ओली

    माधव नेपालजस्तो शरम पचेको मान्छे नेपालमात्र होइन, दुनियाँमै देखेको छैन : केपी ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नफुटेर चोइटिएको मात्र दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीबाट केही 'बिग्रिएका मानिस'मात्र बाहिरिएकाले यसलाई पार्टी फुटेको भन्न नमिल्ने दाबी गरेका हुन्। 'अहिले पनि पार्टी बास्तवमा फुटेको होइन। केही बिग्रिएका तत्वहरु, धेरै वर्ष अघिदेखि बिग्रिएका थिए। जहिले पनि पार्टीमा झमेला, जहिले पनि समस्या। त्यस्ता…

    विस्तृतमा पढ्नुस्

  • एक्लै हिँडिरहेकी अफगानी महिलालाई तालिवानी लडाकुको प्रश्न : तिमी महरम बिना किन यात्रा गरिरहेकी छौ?

    एक्लै हिँडिरहेकी अफगानी महिलालाई तालिवानी लडाकुको प्रश्न : तिमी महरम बिना किन यात्रा गरिरहेकी छौ?

    तालिवानले अफगानिस्तानमा केही दिनमा नै नयाँ सरकार घोषणा हुने बताएको छ। अफगानिस्तान कब्जा गरेको लामो अवधि भइसक्दा पनि तालिवानले अफगानिस्तानको सत्ता संचालनको खाका ल्याउन सकेको छैन। न त देशभर कस्तो कानुन लागू गर्ने भन्नेबारेमा नै तालिवान स्पष्ट छ। तालिवान भन्दैछ : इस्लामिक कानुन अन्तर्गत देश चल्छ। तर, इस्लामिक कानुन कस्तो हुन्छ भन्ने बारेमा अफगानीहरु अन्यौलमा छन् र त्रासमा पनि। तालिवानले अब…

    विस्तृतमा पढ्नुस्

  • भारतीय शैलीविरुद्ध विप्लव नेतृत्वका विद्यार्थी उत्रिए सडकमा

    भारतीय शैलीविरुद्ध विप्लव नेतृत्वका विद्यार्थी उत्रिए सडकमा

    काठमाडौं : सुदूर पश्चिम नेपालको सन्दर्भ उठाउँदै नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल  कम्युनिस्ट पार्टी आवद्ध विद्यार्थी संगठन र युवा संगठन नेपालले प्रदर्शन गरेका छन्। राजधानीको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरुले नेपाली आकाशमाथिबाट भारतीय हवाई गस्ती भइरहेको विरोधमा यस्तो प्रदर्शन गरेका हुन्। साथै, भारतीय सीमा सुरक्षा बलका जवानले तुइनबाट महाकाली नदी तर्दै गरेका युवकलाई बगाएको विषयलाई लिएर पनि उनीहरुले विरोध…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ र वाग्मतीका मुख्य मन्त्रीलाई पार्टी नफर्के विश्वासको मत दिइन्न : झाँक्री

    प्रदेश १ र वाग्मतीका मुख्य मन्त्रीलाई पार्टी नफर्के विश्वासको मत दिइन्न : झाँक्री

    विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमार झाँक्रीले एक नम्बर प्रदेश र वाग्मती प्रदेशका मुख्य मन्त्री आफ्नो पार्टीमा आए विश्वासको मत दिएर पद बचाइदिने बताएकी छिन्। शनिवार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता झाँक्रीले आफ्नो पार्टीमा नआए विश्वासको मत नदिने प्रष्टयाइन्। 'हाम्रो पार्टीमा आउनु भएन भने त्यसपछि उहाँहरुले विश्वासको मत लिनुपर्ने हुन्छ। उहाँहरुको सरकार अल्पमतमा हुन्छ। त्यसकारण त्यो प्रकृयाबाट नै नयाँ…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट प्लेन चढेर नेपालगञ्ज पुगेका दुई युवकको जुत्ताभित्र चार किलो सुन!

    काठमाडौंबाट प्लेन चढेर नेपालगञ्ज पुगेका दुई युवकको जुत्ताभित्र चार किलो सुन!

    काठमाडौं : बाँके प्रहरीले शुक्रवार दिउँसो ४ किलो सुनसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। काठमाडौंबाट सुन लिएर विमान मार्फत् नेपालगञ्ज पुगेका दुई जना युवकलाई चार किलो २१ ग्राम सुन सहित प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका  २६ वर्षीय बुद्धिमान खाती रहेको जिल्ल प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए। उनीहरु शुक्रवार दिउँसो श्री एयरलाइन्सको…

    विस्तृतमा पढ्नुस्

  • आइतबारबाट मनकामना केबुलकार चल्ने

    आइतबारबाट मनकामना केबुलकार चल्ने

    चितवन : कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतवारबाट सञ्चालनमा आउने भएको छ। निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो। मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो। उनले भने, 'यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ।' इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको…

    विस्तृतमा पढ्नुस्

  • घरमै आराम गर्नुपर्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या

    घरमै आराम गर्नुपर्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या

    काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओलीले नेता तथा कार्यकर्ता भेटघाट बन्द गरेका छन्। त्यस्तै शनिवार हुने कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने ‍भएका छन्। प्रधानमन्त्री पदबाट हटेपछि नेकपा एमालेभित्र देखिएको पार्टी विभाजनले गर्दा ओलीको सक्रियता बढेको थियो। पछिल्लो पटक बढेको सक्रियताका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएको ओलीका प्रेस…

    विस्तृतमा पढ्नुस्

  • निर्भानाको 'नेभरमाइन्ड' एल्बम रिलिज भएको ३० वर्षपछि 'पोस्टर चाइल्ड'का कारण किन आयो विवाद ?

    निर्भानाको 'नेभरमाइन्ड' एल्बम रिलिज भएको ३० वर्षपछि  'पोस्टर चाइल्ड'का कारण किन आयो विवाद ?

    'लोड अप अन गन्स, ब्रिङ यर फ्रेन्ड्स इस्ट फन टु लुस एन्ड टु प्रिटेन्ड सी इज ओभर बोरड् एन्ड सेल्फ एस्स्योर्ड ओह् नो, आइ नो अ डर्टी वर्ड' सन् १९९१ मा जब रक ब्यान्ड निर्भानाले 'नेभर माइन्ड' एल्बममा रहेको यो गीतले चर्चा पाउँदै थियो, त्यो भन्दा बढी चर्चा एल्बमको कभरले पायो। एल्बमको कभरमा देखिएका थिए एक बालक। स्विमिङ पुलमा कुनै…

    विस्तृतमा पढ्नुस्

  • ब्लगरको डायरी : घातक भाइरसहरुको कथा

    ब्लगरको डायरी : घातक भाइरसहरुको कथा

    लिलाराज खतिवडा - चौध वर्ष अगाडि २०६४ जेठ २८ मा एउटा कथा लेखेको थिएँ - ‘सिक्रेट अफ सम इन्टेलिजेण्ट भाइरसेस’। अर्थात्, केही मेधावी भाइरसको रहस्य! त्यसलाई मैले आफ्नो तत्कालीन ब्लग - ‘अवचेतन डट कम’मा प्रकाशित गरेको थिएँ। नेपाली मिडियाहरु यस्ता कुरा बुझ्दैन थिए। सामग्री प्रकाशनको त कुरै बेग्लै! त्यतिबेला म भने ‘न्युजपेपर मनोटनी’बाट निस्किएर मनलाग्दी ब्लग लेख्थेँ, त्यो पनि अंग्रेजीमा।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा उकालो लाग्दै संक्रमण दर : सक्रिय कोरोन संक्रमितको संख्या फेरि ४ लाख नाघ्यो

    भारतमा उकालो लाग्दै संक्रमण दर : सक्रिय कोरोन संक्रमितको संख्या फेरि ४ लाख नाघ्यो

    भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६१८ कोभिड १९ संक्रमित पहिचान भएका छन्। पहिचान भएका संक्रमित मध्ये २९ हजार ३२२ जना केरलामा भेटिएका हुन्। यस्तै, देशभर ३६ हजार ३८५ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो दुई हप्तायता भारतमा संक्रमण दर फेरि उकालो लागेको छ। दैनिक करिब ४० हजार संक्रमितच पहिचान भइरहेका छन्। केरलामा संक्रमण दर बढ्दा भारतमा फेरि संक्रमणको त्रास बढेको छ। संक्रमितको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशका अड्डा निगरानी : अब्यवस्थित सरकारी कार्यालय, मनपरी निर्णय, सेवाग्राहीको चाप बढ्दा जनशक्ति भने कम

    प्रदेशका अड्डा निगरानी : अब्यवस्थित सरकारी कार्यालय, मनपरी निर्णय, सेवाग्राहीको चाप बढ्दा जनशक्ति भने कम

    प्रेम विश्वकर्मा - नेपालगंज : लुम्बिनी प्रदेश सरकारले सेवा प्रवाहलाई शिघ्र, सरल र सहज बनाउने नीति लिएको छ। तर, प्रदेश मातहतका सरकारी कार्यालय व्यवस्थित छैनन्। जनशक्ति, भौतिक पूर्वाधारको अभावले गर्दा सेवाग्राहीको चाप थेग्न बाँके, बर्दियामा प्रदेश सरकारका कार्यालयलाई समस्या आइपरेको छ। तीन तहको सरकार बनेसँगै धेरै सरकारी अड्डा पनि फेरबदल भए। कति उठेर गए। भएका कर्मचारीमध्ये कति सरुवा भए, कतिले…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सचिव गोविन्दप्रसाद कुसुमले पुस्तकबाट ल्याए जागिरे जीवनका अनुभव

    पूर्व सचिव गोविन्दप्रसाद कुसुमले पुस्तकबाट ल्याए जागिरे जीवनका अनुभव

    काठमाडौं : पूर्व सचिव गोविन्दप्रसाद कुसुमद्वारा लिखित ‘प्रशासनभित्रको प्रशासन’ सार्वजनिक भएको छ। सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्कतलाई पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सावित्री थापा गुरुङले सार्वजनिक गरेका हुन्। शाखा अधिकृतदेखि महावाणिज्यदूत र सचिव हुँदै संवैधानिक निकायमा पदाधिकारी भएर प्रशासनिक र कुटनीतिक क्षेत्रमा ३६ वर्ष सेवा गरेका गोविन्दप्रसाद कुसुमले आफ्नो जागिरे जीवनमा बेहोरेका तितामिठा…

    विस्तृतमा पढ्नुस्

  • चाँडै मैदानमा उत्रिन्छु : विश्वप्रकाश शर्मा

    चाँडै मैदानमा उत्रिन्छु : विश्वप्रकाश शर्मा

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चाँडै नै मैदानमा उत्रिने जनाएका छन्। पार्टीको महाधिवेशन सुरु भएको सन्दर्भमा सधैं उठ्ने प्रश्न 'उम्मेदवारी घोषणा कहिले?' को जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन्। 'प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ,' आफैँले 'उम्मेदवारी घोषणा कहिले?' भन्ने प्रश्न खडा गर्दै दिएको जवाफमा शर्माले लेखेका छन्, 'शुभ चिन्तक मित्रहरु, पार्टी पङ्ति र प्रेसको…

    विस्तृतमा पढ्नुस्

  • सिनेमा हलमा ५० प्रतिशतमात्र दर्शक राख्न पाइने, दोहोरी साँझ र नाइट क्लबलाई समय सीमा

    सिनेमा हलमा ५० प्रतिशतमात्र दर्शक राख्न पाइने, दोहोरी साँझ र नाइट क्लबलाई समय सीमा

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिनेमा हल, दोहोरी साँझ र नाइट क्लबलाई स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न अनुमति दिएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले सरोकारवालाहरु सँगको छलफलमा निर्दैशन सहित अनुमति दिएका हुन्। त्यस्तै, सिनेमा हल संचालन गर्दा ५० प्रतिशतमात्र दर्शक राख्न अनुमति हुनेछ। हलमा कर्मचारीदेखि दर्शकलाई समेत स्वास्थ्य मापदण्ड पूरा गरेर राख्न भनिएको छ। 'सिनेमा हलले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell