हेटौंडाः नेकपा एमालेकी वाग्मती प्रदेश सभा सदस्य मीना ज्ञावली नेपाल नेकपा(एकीकृत समाजवादी) तर्फ लागेकी छिन्। शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उनले एकीकृत समाजवादीमा सनाखत गरेकी हुन्। ज्ञवालीले नेकपा एमाले छोडे सँगै १३ जना प्रदेश सभा सदस्यहरु समाजवादीमा खुलेका छन्। यससँगै एमालेको सांसद संख्या ४३ पुगेको छ। अझै केहि प्रदेश सभा सदस्यहरु समाजवादीमा आउने समाजवादीकी नेतृ मुनु सिग्देलले दाबी गरेकी छिन्।
पोखरा : गए रातीको अविरल वर्षापछि पर्वतको विभिन्न स्थानमा पहिरोजाँदा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ। प्रदेश प्रहरी कार्यालय गण्डकीले दिएको जानकारी अनुसार जिल्लाको चार ठाउँमा गएको पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार अझै एक जना बेपत्ता छ्न्। पहिरोमा पुरिएर कुश्मा नगरपालिका–३ दुर्लुङ भोगेनी बस्ने एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन्। ७५ वर्षीय कौशिला…
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १४ हजार ३३४ जनाको परीक्षण गर्दा १ हजार ७५६ जनामा संक्रमण देखिएको हो। यस्तै, २ हजार २७४ जना संक्रमण मुक्त भएसँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ६ जना पुगेको छ। संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ। हालसम्म १० हजार ८०९…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले संन्यास फिर्ता लिनुपर्ने बताएका छन्। कसमस कलेजले आज पारसलाई ब्रान्ड एम्बेस्डर घोषणा गर्न आयोजना गरेको कार्यक्रममा सिलवालले विनोद दासले कप्तानीबाट बिदा लिँदै गर्दै आफू नेपाल क्रिकेट संघ (क्यान) को उपाध्यक्ष रहेको र त्यही बेला आफैले पारसलाई कप्तानका रुपमा रोजेको स्मरण गरे। 'वहाँले आफूलाई प्रमाणीत गर्नुभयो।' सिलवालले भने। त्यस्तै…
बलिउडकी प्रसिद्ध अभिनेत्री सायरा बानु मुम्बईको हिन्दुजा अस्पताल उपचाररत् छिन्। दिलिप कुमारकी श्रीमती ७७ वर्षिया सायरालाई उच्च रक्तचापका कारण श्वास फेर्न गाह्रो भएपछि २८ अगस्टमा अस्पताल भर्ना गरिएको थियो। सायराको हाल आइसियुमा राखेर उपचार भइरहेको छ। दिलीप कुमारको मृत्यु पछि सायरा बिरामी परेकी हुन्। हिजो मात्रै चिकित्सकले उनको मुटुको परीक्षण गरेका थिए। जसमा 'एक्यूट कोरोनरी सिन्ड्रोम' देखिएको छ। चिकित्सकहरुले सायरालाई सीएजी (कोरोनरी एंजियोग्राम) गर्न सल्लाह…
हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ मा रहेको कर्रा खोलाले दुईजनालाई बगाएको छ। शिवम सिमेन्ट उद्योगबाट हेटौंडा तर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको हो । सो ट्रकमा हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र गणेश थापा मगर थिए। उनीहरु हाल वेपत्ता छन्। खोलामा एक्कासी आएको भेलले उक्त ट्रकलाई बगाएको र हराएका…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय मीनभवनमा हुने भएको छ। भाडाको घरलाई कार्यालय बनाउने तयारी भइरहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए। अहिले रङरोगन लगायतका काममहरु भइरहेको श्रेष्ठले जानकारी दिए। 'हाम्रो कार्यालय मीनभवनमा हुन्छ। अहिले रङरोगन लगायतका कामहरु भइरहेका छन्। चाँडै हामी सञ्चालनमा ल्याउँछौं,' उनले भने। असोज १ गते कार्यालयको उद्घाटन हुने श्रेष्ठले बताए। केन्द्रीय कार्यालयमा सचिवालय लगायतका संरचना रहने…
तालिवानले अफगानिस्तानमा सरकार बनाउने तयारी गरिरहेको छ। महिलालाई समेत सहभागी गराई सरकार बनाउने भनिरहँदा तालिवानसामु एउटा चुनौती छ। त्यो हो पान्ज्शिर घाटीलाई जित्नु। अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तालिवानले पान्ज्शिरलाई मात्रै नियन्त्रण गर्न बाँकी छ। जहाँ तालिवानलाई प्रवेश गर्नबाट रोक्न राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) खडा छ। त्यहाँका स्थानीय पनि तालिवानविरुद्ध लड्न तयार रहेको अभिव्यक्ति दिइरहेका छन्। तालिवानले पान्ज्शिरमा रहेकाहरु लडाकू समूहलाई आत्मसमर्पण…
बुटवल : लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन गरिएको छ। प्रदेशका बिना विभागीय मन्त्री अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै, सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ। शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन र ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ। मुख्यमन्त्री कुलप्रसाद…
गायिका स्मिता दाहालको 'इबादद बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ। गीतको भिडियो आज भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट रिलिज गरिएको हो। गीतमा स्मिताका साथै भारतीय गायक शबाब साबरीले स्वर भरेका छन्। केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत रहेको छ। गीतको भिडियोमा स्मिताका साथै अभिनेता अर्जुन बिजलानी फिर्चड छन्। साथै गीतको भिडियोलाई राजिव एस. रुईयाले…
काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब भैरहवा ग्लाडिएटर्सले श्रीलंकन टोलीको पूर्व कप्तान दिनेश चण्डिमालको स्थानमा उपुल थरंगालाई भित्र्याउने भएको छ। यसअघि ग्लाडिएटर्सले चण्डिमाललाई पहिलो विदेशी खेलाडीका रुपमा अनुबन्धित गरेको भए पनि उनले अन्तर्राष्ट्रिय ड्युटीका कारण ईपीएल खेल्न नभ्याउने भनेपछि थरंगालाई भित्र्याउने भएको हो। श्रीलंकन टोलीका पूर्व कप्तान थरंगाले ३१ टेस्ट, २३५ ओडीआई र २६ टी २० इन्टरनेशनल…
हेटौंडा : मकवानपुरमा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी भएकामध्ये एक प्रमुख र दुई उप प्रमुखले एमाले त्याग गर्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्। बिहीवार हेटौंडा ५ स्थित प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भएर एक प्रमुख र दुई उपप्रमुख सहित २५ जना स्थानीय जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यलय हेटौंडाले जनाएको छ। सनाखत गर्नेहरुमा…
काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले सांसद महेश बस्नेतलाई आफूलाई होइन, आफ्नो भक्तपुर पार्टीका सभापतिलाई हराएर देखाउन चुनौति दिएका छन्। शुक्रवार भक्तपुर सूर्य विनायक नगरपालिका - ५ कटुन्जेमा वडा अधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले आफूलाई होइन, आफ्ना जिल्ला सभापति दुर्लभ थापालाई हराएर देखाउन भनेका हुन्। यसअघि महेश बस्नेतले देउवालाई उठे, हराएर देखाउने अभिव्यक्ति दिएका थिए। आजबाट कांग्रेसको वडा…
मनिला : कोभिड १९ को लहरबाट बालबालिका प्रभावित हुनेक्रम बढ्न थालेपछि फिलिपिन्सको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले १२ देखि १७ वर्ष उमेर समूहलाई मोडर्नाको खोप लगाउन अनुमति दिएको छ। मोडोर्नाको कोभिड १९ खोप लगाउन आपतकालीन अनुमति दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। 'डेल्टा भेरियन्टले धेरै बालबालिकामा प्रभाव पारेकाले, विज्ञहरुले खोपमार्फत् जोखिम कम गर्ने निर्णय गरेका हुन्,' एफडीएका प्रवन्ध निर्देशक…
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कांग्रेसको वडा अधिवेशनको औपचारिक सुरुवात गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका पुगेर उनले ५ नम्बर वडा अधिवेशनको सुरुवात गरेका हुन्। आज उद्घाटन भएपनि निर्वाचन भने २१ गते मात्रै हुनेछ। कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिकाअनुसार आज वडाबाट अधिवेशन सुरु भएको हो। कांग्रेसले एकैसाथ आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन गर्ने…
काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याएको सुन सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ प्रहरीले डोल्पा ठुलो भेरी नगरपालिका ७ घर भएका ३३ वर्षीय विष्णु बहादुर शाहीलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले ७ सय ७० ग्राम सुन बरामद गरेको हो। फ्लाई दुबईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र रहेको इमरजेन्सी लाइटमा…
भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। पहिचान भएका संक्रमित मध्ये ३२ हजार ९७ जना केरलामा भेटिएका हुन्। यस्तै, ३४ हजार ७९१ जना संक्रमण मुक्त भएका छन्। यससँगै हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९९ हजार ७७८ पुगेको छ। संक्रमणका कारण थप ३६६ जनाको मृत्यु भएको छ। केरलामा मात्रै १८८ जनाको मृत्यु…
काठमाडौंः ट्रान्सफर्मर पड्किएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। ट्रान्सफर्मर शुक्रबार बिहान करिब साढे ९ बजे पड्किएको हो। ट्रान्सफर्मर पड्किएपछि अस्पताल र आसपासको क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। जेनेरेटरले धेरैबेर नधान्ने अस्पतालको आइसीयूमा उपचाररत १८ बिरामीलाई अप्ठ्यारो पर्ने देखिएको छ। भर्ना रहेका बिरामीका आफन्त स्वास्थ्यकर्मीले 'बिजुली आउन ढिला भए अन्त सार्नुपर्छ, त्यसको…
विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिलले चिलीमाथि जित निकालेको छ। चिलीको राजधानी स्यान्टिआगोस्थित स्टेडियो मनुमेन्टलमा सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ब्राजिललाई जिताउन एभर्टन रिबेइरोले ६३ औं मिनेटमा निर्णायक गोल गरे। आजै सम्पन्न अर्को खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि ३-१ गोल अन्तरले जित निकाल्दा पेरु र…
विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि जित निकालेको छ। भेनेजुएलाको स्टेडियो ओलम्पिकोमा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३-१ गोलअन्तरको सहज जित निकालेको हो। खेलको ३२ औं मिनेटमा भेनेजुएलाका एड्रिअन मार्टिनेज रेड कार्ड खाँदै बाहिरिएपछि भेनेजुएला दवाबमा आएको थियो। अर्कोतर्फ पहिलो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका लौटरो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता दिलाए।…