वीरगंज : जनता समाजावादी पार्टी नेपालबाट टुक्रिएर बनेको लोकतान्त्रिक समाजावादी पार्टी नेपालका संघीय सांसद विमल श्रीवास्तवले उपेन्द्र यादवले उत्तरी शक्तिसँग मधेशको सौदाबाजी गरेको आरोप लगाएका छन्। सौदावाजीको 'डेलिभर' गर्न भने बाँकी रहेको उनले बताए। नारायणी अस्पताल वीरगंजमा नवनिर्मित अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले जसपा अध्यक्ष उपेन्द्र यादवमाथि आरोप लगाएका हुन्। उनले उपेन्द्र यादवले उत्तरी शक्तिको एजेन्ट भएर पनि…
बलिउड अभिनेता अमिताभ बच्चन फिल्म छायाङ्कनको लागि नेपाल आउने भएका छन्। उनका साथमा अनुपम खेर, बोमन इरानी र नीना गुप्ता समेत आउँदो अक्टोबर मा नेपाल आउने पिकंभिल्लाले उल्लेख गरेको छ। सुरज वर्जत्यले निर्देशन गर्ने फिल्म ‘उचार्ई’ छायाङ्कनका लागि उनीहरु नेपाल आउन लागेको बताइएको छ। सुटिङको लागि फिल्म युनिट एक महीना नेपालमा रहनेछन्। मित्रताको कथा प्रस्तुत गर्ने फिल्मको सम्पूर्ण छायाङ्कन र पोस्टप्रोडक्सन…
काठमाडौं : चिनियाँ विद्यार्थीहरु नयाँ सेमेस्टरका लागि सेप्टेम्वर १ देखि विद्यालय तथा विश्वविद्यालय फर्किँदै छन्। अब नयाँ सेमेस्टरमा पुगेका विद्यार्थीहरुले चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव सि चिनफिङ विचारधाराको विषयमा पाठ्यक्रममा समावेश सामाग्री अनिवार्य पढ्नुपर्ने छ। बुधवार देखि लागु हुने गरी गरिएको पाठ्यक्रम संशोधनमा प्राथमिकत तहदेखि उच्च शिक्षासम्म सी विचारधाराको बारेमा जानकारी राखिएको छ। ‘युवा मनमा प्राथमिक तहका…
विराटनगर : एमालेबाट छुट्टिएर बुधबार १० सांसद्सहित निर्वाचन आयोगमा सनाखत गरेका एकीकृत समाजवादीका नेता एवम् प्रदेश नम्बर १ का सांसद् राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्यको राजीनामा माग गरेका छन्। सनाखत सकिएपछि सांसद् राईले मुख्यमन्त्री आचार्यले राजीनामा दिनुपर्ने माग गरेका हुन्। ‘उहाँ अल्पमतमा परिसक्नुभएको छ’, सांसद् राईले भने, ‘उहाँ ओलीको प्रतिगामी कित्तामा पुग्नुभएको छ। त्यसैले हामी उहाँको नेतृत्वको सरकारलाई समर्थन गर्न…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा शैक्षिक संस्था बाहेक अन्य क्षेत्रबाट हटेको छ। भिडभाड हुने सभासम्मेलन, जुलुस लगायतका गतिविधि सञ्चालन नगर्न पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालयबाहेक अन्य क्षेत्रबाट निषेधाज्ञा हटाउने निर्णय गरेको छ। 'निषेधाज्ञा भन्ने शब्द हटाएका छौं। अब बाँकी क्षेत्र स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न पाउनेछन्,' काठमाडौं जिल्लाका प्रमुख…
काठमाडौं : नेपाल र भारतबिच भोलि मैत्रीपूर्ण सिरिजको पहिलो खेल हुँदैछ। भारतीय टोली नेपाल आएर अभ्यासरत् छ। भारतीय टोलीमा खासगरी नेपाली समर्थकको चासोमा छन् कप्तान सुनिल क्षेत्री। क्षेत्री नेपालविरुद्ध सबै भन्दा धेरै गोल गर्ने भारतीय खेलाडी पनि हुन्। उनले नेपालविरुद्ध ८ खेल खेल्दै ५ गोल गरेका छ्न्। उनी पछि नेपालविरुद्ध धेरै गोल गर्ने भारतीय खेलाडीमा आइएम विजयन र कार्लटोन चाम्पम्यान रहेका छन्। उनीहरु दुवैले…
काठमाडौं: नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतसँगको मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा एसियन कपको लक्ष्य राखेर तयारी गरेको प्रतिक्रिया दिएका छन्। उनले तत्कालको खेलका लागि भारतीय टिमको राम्रो अध्ययन गरेको बताउँदै यो खेल साफ च्याम्पियनसिपको तयारीका रुपमा रहेको बताए। 'मेरो लागि यो सामान्य विषय हो। हामी तयार छौं। हामी बराबरी खेल्नका लागि नभएर जित्नका लागि खेल्दैछौं। हाम्रो मुख्य लक्ष्य एसिया कप नै हो,'…
काठमाडौं : प्रदेश नम्बर १ का १० जना नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका छन्। बुधवार प्रदेश निर्वाचन कार्यालयमा पुगरे १० जनाले नेकपा (एस)मा सनाखत गरेका हुन्। राजेन्द्र कुमार राई, राजन राई, सावित्रा रेग्मी, गणेश कुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमाकुमारी गुरुङ, सुनिता चौधरीले एकीकृत समाजवादी रोजेका हुन्। त्यस्तै, उपेन्द्र घिमिरे र कृष्ण कुमारी…
काठमाडौं : नेकपा एमालेबाट कर्णाली प्रदेशसभामा निर्वाचित ३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन्। प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरुले माधवकुमार नेपालको पार्टीमा सनाखत गराएका हुन्। देवी ओली, चन्द्रबहादुर शाही र पद्म बहादुर रोकायाले एमाले त्याग्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका हुन्। वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजन गर्दै नेकपा एकीकृत समाजवादी दर्ता गराए पछि निर्वाचन आयोगले एमालेका जनप्रतिनिधिलाई…
काठमाडौं: नेपाल र भारतीय फुटबल टोली बीचको मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपालसँगको प्रतिस्पर्धा सँधै कठिन हुने गरेको बताएका छन्। उनले एएएसी कप क्वालिफायर्समा त्रिभुवन आर्मी क्लबसँगको खेललाई स्मरण गर्दे पछिल्लो समय नेपालमा युवा खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्दै आएको प्रतिक्रिया दिए। 'मैले खेलेका धेरै खेलाडीहरु अहिले टिममा छैनन्। नेपालसँग घरेलु मैदानमा खेल्न कठिन हुनेछ,' क्षेत्रीले भने। त्यस्तै भारतीय…
काठमाडौं : प्रदेश नम्बर १ का ८ जना नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका छन्। बुधवार प्रदेश निर्वाचन कार्यालयमा पुगरे ८ जनाले नेकपा (एस)मा सनाखत गरेका हुन्। राजेन्द्र कुमार राई, राजन राई, सावित्रा रेग्मी, गणेश कुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमाकुमारी गुरुङ, सुनिता चौधरीले एकीकृत समाजवादी रोजेका हुन्। उपेन्द्र घिमिरे र कृष्ण कुमारी राईले पनि नेकपा (एस) रोज्ने…
काठमाडौं : केही क्षेत्रलाई छोडेर हेर्ने हो भने अहिले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा छैन भन्दा खासै फरक पर्दैन। सिनेमा हल, डान्स बार, रात्रिकालीन रेष्टुराँ लगायतका क्षेत्र बाहेक अन्य क्षेत्र खुल्ला जस्तै छन्। त्यस्तै केही नगरपालिकामा विद्यालयहरू पनि खुल्न थालिसकेका छन्। जिल्ला प्रशासन कार्यालयले अहिले भएको निषेधाज्ञालाई अझ थप खुकुलो बनाउने तयारी गरेको छ। पछिल्लो पटक थप गएको निषेधाज्ञाको समय आज रातिबाट सकिदैंछ। त्यस्तै निषेधाज्ञा…
काठमाडौं: भोली र आइतवार हुन लागेको नेपाल भर्सेस भारतको फुटबल म्याच दर्शकले रंगशाला भित्र गएर हेर्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्शकलाई स्वास्थ्य मापदण्ड पुरा गरेर खेल हेर्न दिन अनुमति दिएको हो। ५ हजार १ सय दर्शकलाई दशरथ रंगशालामा हेर्न जाने प्रशासनले अनुमति दिएको नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। यसरी दशरथ रंगशाला खेल हेर्न जाने…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन भवनको शिलान्यास गर्दै अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताएका हुन्। अबको एक दशक नेपाल राष्ट्रको लागि महत्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरुलाई पन्छाउँदै विकास प्रगतितिर…
काठमाडौं : लोकदोहोरी गायिका विष्णु माझीको तीज गीत 'चरी जेलैमा' मा ले छोटो समयमा नै एक करोडभन्दा बढी भ्युज बटुल्न सफल भएको छ। समाचार तयार पार्दासम्म गीत रिलिज भएको १४ औँ दिन (बुधवार) सम्म आइपुग्दा युट्युवमा १ करोड ११ लाख ३४ हजार भन्दा धेरै हेरिएको छ। बिहे गरेर गएकी छोरीले माइती सम्झेर विष्णुले गाएको गीतमा महिलाको वेदना पोखिएको छ। 'पुतलीको…
युरोप यात्रामा रहेका चर्चि गायक योगेश्वर अमात्यले हिजो फेसबुक स्टाटस लेख्दै स्कुले साथी स्याङ्गे दोर्जेका छोरा मिकीलाई नेपालमा स्वागत गरे। व्यवसायिक क्रिकेट खेल्न नेपाल आउँदै गरेका मिकी दोर्जेलाई उनले स्वागत मात्र होइन उनको यहाँ अभिभावक समेत रहने लेखेका छन्। भारतको दार्जिलिङ पढ्दा सहपाठी स्याङ्गेका छोराबारे अमात्यले लेखेका छन्, 'उसको बुवा स्याङ्गेले मलाई मिक्कीको नेपाल रहँदाको अभिभावक बनाएको छ। तपाईँहरु सबैको…
काठमाडौं : आन्तरिक उडान सुरु भएको दुई महिनापछि यात्रुलाई अनिवार्य गराइएको फेस शिल्ड प्रयोग हटाइएको छ। फेस शिल्ड प्रयोगमा अनिवार्य नगराइए पनि वायुसेवा कम्पनीले मास्कको प्रयोग भने अनिवार्य गराएका छन्। निजी वायुसेवा कम्पनी बुद्ध, यती, श्री लगायत विभिन्न वायुसेवा कम्पनीले बुधबारदेखि यात्राका लागि अनिवार्य फेस शिल्डको प्रयोग बन्द गरेको जनाएका छन्। फेस शिल्ड प्रयोगलाई यात्रुले झन्झटिलो मान्नुका साथै यात्रापछि जथाभावी…
भारतमा एकैदिन करिब ४२ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। पाँचदिनसम्म लगातार ४० हजारभन्दा बढी संक्रमित पहिचान भएर हिजो करिब ३१ हजारमा संक्रमण देखिएको थियो। आजभने फेरि संक्रमितको संख्या एकैदिन १० हजारले बढेर करिब ४१ हजार ९६५ मा संक्रमण देखिएको हो। थपिने संक्रमित मध्ये ३० हजार २०३ जना केरलामा रहेका छन्। दोस्रो लहरलाई नियन्त्रण गर्न सफल केरलामा हालभने संक्रमणको दर नियन्त्रण…
काठमाडौं : घटना भएको एक महिनापछि दार्चुलाका जयसिंह धामीको घटनामा अनुसन्धान सकेर समितिले छानबिन प्रतिवेदन बुझाएको छ। समितिले बुझाएको प्रतिवेदनमा जयसिंह धामीको बेपत्तामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता रहेको देखिएको छ। समितिले एसएसबीमाथि छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्ने सुझाव समेत दिएको छ। दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्। यद्यपि, भारतीय…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। १२ हजार २ सय २२ जनाको परीक्षण गर्दा १ हजार ६ सय ६४ जनामा संक्रमण देखिएको छ। जसमा ९ हजार १ सय १७ जनाको पिसिआर र ३ हजार १ सय ५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। त्यस्तै २४ घण्टाको अवधिमा १ हजार ७ सय…