PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • सत्ता गठबन्धनको बैठक निर्णय विहीन, सरकार विस्तारबारे अझै अन्योल

    सत्ता गठबन्धनको बैठक निर्णय विहीन, सरकार विस्तारबारे अझै अन्योल

    काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको सोमवारको बैठक पनि निर्णय विहीन भएको छ। सरकार गठन र समसामयिक राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्ष विहीन भएको हो। देउवाका स्वकीय सचिव भानु देउवाले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए। 'फेरि बैठक बस्ने गरी सहमति भयो। कुनै ठोस् निर्णय भएन,' उनले भने। अर्को बैठक बस्ने सहमति भएको भए पनि मिति भने…

    विस्तृतमा पढ्नुस्

  • पाटनको कृष्ण मन्दिरबारे रोचक तथ्य : बनाइएको थियो शिवको मूर्ति राख्न

    पाटनको कृष्ण मन्दिरबारे रोचक तथ्य : बनाइएको थियो शिवको मूर्ति राख्न

    आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। पाटनमा रहेको कृष्ण मन्दिरमा आजको दिन भक्तजनहरुको भिड लाग्ने गर्छ। तर, कोरोना भाइरस संक्रमण त्रासका कारण आज कृष्ण मन्दिरको ढोका सर्वसाधारणका लागि बन्द गरिएको छ। यद्यपि, मन्दिर बाहिरै पुगेर भएपनि पूजा गर्नेहरुको घुँइचो लागेको छ। कृष्ण मन्दिरमा शिवलिंग कृष्ण मन्दिरको शिलान्यास नेपाल सम्बत ७५०…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको संघर्षपूर्ण जित, एटलेटिको मड्रिड बराबरीमा रोकियो

    बार्सिलोनाको संघर्षपूर्ण जित, एटलेटिको मड्रिड बराबरीमा रोकियो

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले गेटाफेमाथि २-० गोलअन्तरले जित निकालेको हो। खेलको दोस्रो मिनेटमै जोर्डी अल्बाको पासमा सर्जि रोबर्टोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर १८ औं मिनेटमा गेटाफेका सान्ड्रो रमिरेजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर ३० औं मिनेटमा बार्सिलोनाले फेरि खेलमा अग्रता बनायो।…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीले डेब्यु गरेको खेलमा एम्बाप्पे चम्किँदा पीएसजीको जित

    मेस्सीले डेब्यु गरेको खेलमा एम्बाप्पे चम्किँदा पीएसजीको जित

    फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका लियोनल मेस्सीले रेइम्सविरुद्धको खेलमा डेब्यु गरेका छन्। उनले खेलको ६६ औं मिनेटमा सब्टिट्युटका रुपमा पीएसजीमा डेब्यु गरेका हुन्। उनले ३० नम्बरको जर्सीमा नेइमारलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए। खेलमा पीएसजीले २-० को जित निकालेको थियो। रेइम्सको घरेलु मैदानमा सम्पन्न खेलमा पीएसजीलाई जिताउन…

    विस्तृतमा पढ्नुस्

  • वर्षाका कारण बढ्दै धनजनको क्षतिः हालसम्म ९ जनाको मृत्यु, चार जना बेपत्ता

    वर्षाका कारण बढ्दै धनजनको क्षतिः हालसम्म ९ जनाको मृत्यु, चार जना बेपत्ता

    काठमाडौँः विगत तीन दिनदेखि परेको पानीले मुलुकका विभिन्न भूभागमा जनधनको क्षति बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा ९ जनाको मृत्यु, चार जना बेपत्ता र ५ जना घाइते भएका छन्। विपदका घटनामा परेर ४२ घर पूर्ण क्षति भएका छन्। ७५६ जनालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ।  प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म पानी पर्ने सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • एमाले र जसपा छाडेर एकीकृत समाजवादी र लोसपा रोज्न जनप्रतिनिधिलाई २२ गतेसम्मको म्याद, यस्तो छ सनाखतको ढाँचा

    एमाले र जसपा छाडेर एकीकृत समाजवादी र लोसपा रोज्न जनप्रतिनिधिलाई २२ गतेसम्मको म्याद, यस्तो छ सनाखतको ढाँचा

    काठमाडौं : नेकपा एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई नवगठित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी रोज्नका लागि भदौ २२ गते सम्मको समय सीमा तोकिएको छ। निर्वाचन आयोगको बैठकले नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टीको आधिकारिकता पाएको भदौ २…

    विस्तृतमा पढ्नुस्

  • सप्तकोशीमा यस वर्षकै उच्च बहाव

    सप्तकोशीमा यस वर्षकै उच्च बहाव

    काठमाडौं : सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो। पछिल्लो मापन अनुसार सप्तकोशीको बहाव २ लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्। साउन ३२ गते कोशीमा यस वर्षकै…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तार छिट्टै हुन्छ : माधव नेपाल

    मन्त्रिपरिषद् विस्तार छिट्टै हुन्छ : माधव नेपाल

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। आइतवार संसदीय दलको बैठक पछि प्रतिक्रिया दिदैँ अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको बताएका हुन्। ‘विस्तार किन रोकिएको भन्ने बारेमा भनिरहनु परेन। विभिन्न पार्टीहरु भित्र छलफल, परामर्श, चलिरहेको छ। सबै आन्तरिक रुपमा पनि कतिपय कामहरुमा जुट्नु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाललाई साथ नदिए गठबन्धनले मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई हटाउने

    माधव नेपाललाई साथ नदिए गठबन्धनले मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई हटाउने

    काठमाडौं : सत्ता गठबन्धनले नेकपा (एमाले)का तर्फबाट मुख्यमन्त्री भएकाहरुलाई पदबाट हटाउने भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई पदबाट हटाउने गठबन्धनका नेताहरुले बताएका छन्। एमालेबाट छुट्टिएर नयाँ दल नेकपा (एकीकृत समाजवादी) बनाएका नेता माधवकुमार नेपाललाई साथ नदिए उनीहरुलाई पदबाट हटाउने गठबन्धनको तयारी छ। एमाले विभाजन हुँदा शाक्य र आचार्यले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल संसदीय दलको नेता चयन, सरकारमा चाँडै सहभागी हुने

    माधव नेपाल संसदीय दलको नेता चयन, सरकारमा चाँडै सहभागी हुने

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसदमा बसेको संसदीय दलको बैठकले नेता नेपाललाई संसदीय दलको नेता चयन गरेको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए। एकीकृत समाजवादीसँग हाल ३० सांसद छन्। संघीय संसदमा यो चौथो ठूलो दल हो।  नेता नेपालले अब संसदीय दलको प्रमुख सचेतक र सचेतक तोक्ने छन्। यस्तै, नेपाल…

    विस्तृतमा पढ्नुस्

  • हेटौडा-काठमाडौं सडक पुन: अवरुद्ध

    हेटौडा-काठमाडौं सडक पुन: अवरुद्ध

    काठमाडौं : निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौडा-काठमाडौं जोड्ने छोटो दूरीको सडक फेरि अवरुद्ध भएको छ। ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। अहिले पनि पहिरो हटाउने क्रम जारी छ। सम्बन्धित समाचार : सडक नबन्दा काठमाडौंबाट हेटौडा पुगेर प्रदेशसभामा भाग लिन सांसदहरुलाई सकस, यसरी…

    विस्तृतमा पढ्नुस्

  • घरमा कोकिन फेला परेपछि बलिउड अभिनेता अरमान कोहली पक्राउ

    घरमा कोकिन फेला परेपछि बलिउड अभिनेता अरमान कोहली पक्राउ

    बलिउड अभिनेता अरमान कोहली पक्राउ परेका छन्। नारकोटिक्स नियन्त्रण ब्यूरो (एनसीबी) ले उनलाई ड्रग्सको प्रयोग र कारोवारमा संलग्न रहेको आरोपमा पकाउ गरेको हो। शनिबार साँझ एनसीबीले मुम्बईको अधेरी स्थित अरमान कोहलीको घरमा छापा मारेको थियो। त्यसक्रममा उनको घरबाट थोरै मात्रामा कोकिन फेला परेको थियो। अरमान कोहलीका साथै ड्रक्स कारोवारी राजु सिंहलाई समेत पकाउ गरिएको छ। उनलाई आज थप कारवाहीका लागि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : मन्त्रीहरुको जिम्मेवारी हेरफेर, अर्थ मन्त्रालयको जिम्मा शैलेन्द्र साहलाई

    प्रदेश २ : मन्त्रीहरुको जिम्मेवारी हेरफेर, अर्थ मन्त्रालयको जिम्मा शैलेन्द्र साहलाई

    जनकपुरधाम : प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्। मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी अर्थ सम्हाल्दै आएका विजय यादवलाई दिइएको पूर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडको संघर्षपूर्ण जित

    रियल मड्रिडको संघर्षपूर्ण जित

    काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ। बेनिटो भिल्लामारिनमा सम्पन्न खेल मड्रिडले घरेलु टोलीमाथि १-० को जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफगोलरहित बराबरीमा रोकियो। दोस्रो हाफमा डेनी कार्भाजलले मड्रिडका लागि निर्णयाक गोल गरे। उनले खेलको ६१ औं मिनेटमा करिम बेञ्जेमाको पासमा गोल गरेका थिए। गएराति नै सम्पन्न अन्य खेलहरुमा…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए चेल्सी र लिभरपुल

    बराबरीमा रोकिए चेल्सी र लिभरपुल

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्। एनफिल्डमा गएराति सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको चेल्सीले घरेलु टोली लिभरपुललाई १-१ को बराबरीमा रोकेको हो। खेलको २२ औं मिनेटमा काइ हार्भटेजको गोलमा चेल्सीले अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा चेल्सीका रिस जेम्सले बल बचाउने क्रममा हातले छोएपछि रेडकार्ड कार्डखाँदै बाहिरिएका थिए भने लिभरपुलले पेनाल्टीको अवसर…

    विस्तृतमा पढ्नुस्

  • आर्सनलमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

    आर्सनलमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

    इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले आर्सनलमाथि ५-० को फराकिलो जित निकालेको हो। खेलको ७ औं मिनेटमै गाब्रियल जिससको पासमा इल्के गुण्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै १२ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। अर्कोतर्फ यो सिजन खराब…

    विस्तृतमा पढ्नुस्

  • थपिए १८५७ कोरोना संक्रमित, २२२२ जना संक्रमण मुक्त

    थपिए १८५७ कोरोना संक्रमित, २२२२ जना संक्रमण मुक्त

    काठमाडौं : देशभर १३ हजार १७३ जनाको कोभिड १९ परीक्षण गर्दा १ हजार ८५७ जनामा संक्रमण देखिएको छ। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ८६६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार थप २ हजार २२२ जना संक्रमण मुक्त भएका छन्। यस्तै, थप २७ जनाको संक्रमणका कारण मृत्यु भएको छ। यससँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • 'चेहरा' भन्दा अघि पनि अमिताभले गरेका थिए नि:शुल्क काम

    'चेहरा' भन्दा अघि पनि अमिताभले गरेका थिए नि:शुल्क काम

    अभिनेता अमिताभ बच्चन फिल्म चेहराको स्क्रिप्ट पढेपछि यति प्रभावित भए कि उनले तत्कालै फिल्ममा नि:शुल्क काम गर्ने घोषणामात्र गरेनन्, फिल्मका लागि पोल्यान्ड जाँदाको खर्च समेत आफैँ बेहोरे। फिल्म निर्माता आनन्द पण्डितले हालै करको प्रयोजनका लागि फिल्ममा उनको 'फ्रेन्डली अपेरियन्स' शीर्षकमा बिलिङ गरिएको छ। अमिताभ बच्चनले कुनै फिल्ममा नि:शुल्क काम गरेको यो पहिलो पटक भने होइन। अमिताभले सञ्जय लीला भन्सालीको बहुचर्चित…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला सभापतिकै नाम 'क्रियाशील सदस्यबाट आउट!' कांग्रेसमा चरम असन्तुष्टि

    जिल्ला सभापतिकै नाम 'क्रियाशील सदस्यबाट आउट!' कांग्रेसमा चरम असन्तुष्टि

    काठमाडौं : क्रियाशील सदस्यताको राजनीतिले नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई नराम्ररी विथोलेको छ। विवादित बनेको क्रियाशील सदस्यताको विषय सुल्ट्याउन पटकपटक सहमति जुटे पनि त्यसले परिणाम दिन सकेको छैन। क्रियाशील सदस्यताको सूची सुरुमा सार्वजनिक नै भएन भने भएपछि पनि विवादबाट बाहिरिएन। पार्टी कार्यालयमा आज यसै विषयलाई लिएर अनशन बसेकाहरुलाई अनशन तोड्ने भनिए पनि अहिलेसम्म सहमति भइसकेको छैन। त्यसैबिच कांग्रेसको जिल्ला सभापतिकै नाम…

    विस्तृतमा पढ्नुस्

  • स्किजोइड : आफैँ बुझ्नुस् कुन सत्य, असत्य वा अर्धसत्य? [लिलाराज खतिवडाको कथा]

    स्किजोइड : आफैँ बुझ्नुस् कुन सत्य, असत्य वा अर्धसत्य? [लिलाराज खतिवडाको कथा]

    लिलाराज खतिवडा - पछिल्लोपटक घरमा म आफ्ना अनेक कहानीहरूमा हराउँदै थिएँ । म आफ्नै पात्रहरूका हाउभाउ देखाउन थालेको थिएँ। आखिर शरीर नर्कमा भए पनि दिमाग र चेतनालाई स्वर्गमा पुर्‍याउने आफ्नो अभिष्ट हो। यथार्थ तितो भए तापनि मलाई कल्पना गुलियो लाग्छ। मुलुकको दुरुह अवस्था, घीनलाग्दो राजनीति र अधोगति लागेको चेतना - मेरा लागि यसभन्दा घोर नर्क अर्को थिएन। एकातिर माओवादी द्वन्द्वले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell