काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १४ हजार ३७४ जनाको परीक्षण गर्दा २ हजार ४३३ जनामा संक्रमण देखिएको हो। यस्तै, १ हजार ९२९ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३८४ पुगेको छ। संक्रमणका कारण थप २६ जनाको मृत्यु भएको छ। हालसम्म १० हजार ६३८ जनाको…
काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको जयसिंह धामी बेपत्ता भएको तुइन प्रकरणको छानबिन प्रतिवेदन यथाशीघ्र आउने दाबी गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताए। उनले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएको समेत जानकारी दिए। गृहमन्त्री खाँणले विसं २०५०…
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले शनिवारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ती जारी गर्दै ३ दिन भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार सातै प्रदेशमा मेघगर्जन सहित भारी वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षाका कारण पहिरो, बाढी आउने…
काठमाडौं : नेकपा एमालले निर्वाचन आयोगले विवादस्पद निर्णय गरेको आरोप लगाएको छ। आज दिउँसो ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाल समूहले दर्ता गराएको पार्टीको सनाखत पक्रियमा आयोगले विवादास्पद निर्णय गरेको बताएको छ। कारबाहीमा परेका, अनुपस्थित भएका मानिसको पनि सनाखत गरेको भन्दै त्यसविरुद्ध प्रतिकार गर्ने जनाएको हो। 'निर्वाचन आयोगबाट केहि विवादस्पद निर्णयहरु भएका छन्। पार्टिले कारबाहीका निम्ति…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा व्यक्तिवादमा सवार भएकाले त्यसविरुद्ध विद्रोहमा उत्रिन आह्वान गरेका छन्। 'तपाईँहरु तत्काल केपी ओली गुटबाट छुटकारा पाउनुस्,' पार्टीले औपचारिक मान्यता पाएपछि आफ्ना धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने। उनले केपी ओली जनताको जिम्मेवारीबाट भागिसकेको, पार्टी तहसनहस पार्न उद्धत भएको, सरकार चलाउन असफल भएको…
काठमाडौं : पहिरोले कालीगण्डी नदीको सहायक नदी राहुघाट खोला थुनिएको छ। पहिरोले नदी थुनिएर ताल बनेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ। बागलुङ भएर बग्ने कालीगण्डकी नदीको सहायक खोला राहुघाट पहिराले थुनिएर ताल बनेको र पहिरो खस्ने क्रम अहिले पनि नरोकिएकाले लामो समयसम्म खोला थुनिएर एक्कासी ताल फुट्न गई कालीगण्डकी नदीमा जोखिम निम्तन सक्ने खतरा रहेको प्रशासनले जनाएको छ। म्याग्दीको रघुगङ्गा…
वीरगंजः वीरगंज - पथलैया औद्योगिक करिडरमा स्टिल कम्पनीको भट्टी पड्किँदा ११ जना कामदार घाइते भएका छन्। सर्वोत्तम स्टिलको भट्टी पड्किँदा ११ जना भारतीय कामदारहरू घाइते भएको प्रहरीले जानकारी दिएको छ। दिउँसो पौने १ बजेको फलाम गलाउने भट्टी पड्किएको हो। घाइते ११ जनामध्ये सात जनाको अवस्था गम्भीर रहेको छ। चार जना सामान्य घाइते भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। सबै घाइतेको…
काठमाडौं : जतिखेर भीम आचार्य प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिइरहेका थिए ठीक त्यतिखेर नै प्रहरी उनका कान्छा भाइको घरमा मुचुल्का उठाइरहेको थियो। लामो समयदेखि मुख्यमन्त्रीको आकांक्षी रहँदै आएका भीम आचार्यको परिवारमा एकसाथ सुखद् र दु:खद घटना घट्यो। दुवै घटना प्रत्यासित भने थिएन। सत्ता आरोहणका लागि भीमको तयारी चलिरहँदा उनका भाइ भने घरभित्रै बितिसकेका रहेछन्। त्यसैले आचार्य…
काठमाडौं : रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा फसाइएको प्रकरणमा छानविनका लागि रौतहट जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहलाई काठमाडौं बोलाइएको छ। प्रहरी प्रधान कार्यालयले बयानको लागि बुधवार काठमाडौं झिकाएको हो। एसपी शाह बिहीवार नै काठमाडौं आएका छन्। प्रहरी र एक अर्का पत्रकार नै मिलेर मोहम्मदलाई फसाएको खुलासा भएको थियो। सोमवार पत्रकार सम्मेलन नै गरेर पत्रकार…
काठमाडौं : प्रहरीले मानव बेचविखन गरेको आरोपमा एक युवकलाई नियन्त्रमा लिएको छ। मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले अर्घाखाँची भुमिकास्थान नगरपालिका घर भएका ३३ वर्षीय मधु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। साउन १७ गते प्रहरीले नियन्त्रणमा लिएका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारा पठाइसकिएको प्रहरीले जानकारी दिएको छ। उनले २०७७ कार्तिक २५ गते एक महिलालाई दुवईमा गएर पैसा कमाएपछि…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुको उपस्थितिमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुने जानकारी दिए। बुद्धनगरस्थित क्वालिटी बैकेटमा नेकपा समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो। बुधवारमात्रै सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो। नेकपा एमालेका निवर्तमान वरिष्ठ नेता रहेका नेपालले नयाँ दल बनाएपछि पहिलो पटक पत्रकार सम्मेलन…
विराटनगर : प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष आचार्यले सपथ लिएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो। केही समय अघिमात्रै मुख्यमन्त्री पदबाट शेरधन राईले राजीनामा दिएका थिए। लगत्तै आचार्यलाई नेकपा एमालेले संसदीय दलको नेता चयन गरेको थियो। संसदीय दलको नेतामा शेरधन राईले नै प्रस्ताव गरेका थिए।…
काठमाडौं : एमाले नेता तथा आजैमात्र प्रदेश नम्बर १ को संसदीय दलका नेता चयन भएका भीम आचार्यका भाइ मृत अवस्थामा फेला परेका छन्। भीमका भाइ राम आचार्य आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सुनसरी इनरुवा ३ स्थित आफ्नै घरमा आज बिहान उनी मृतावस्थामा भेटिएका हुन्। 'अबेरसम्म पनि ढोका नखुलेपछि आफन्तले प्रहरीलाई खबर गर्नु भएको थियो,' सुनसरी जिल्लाका प्रहरी…
विराटनगर : प्रदेश १ का मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन्। नेकपा एमालेको वर्चश्वलाई कायम राख्नका लागि उनले पद त्याग गरेका हुन्। नेकपा एमालेको प्रदेश १ को संसदीय दलको बैठकपछि आफूले राजीनामा दिएको राईले जानकारी गराए। 'पछिल्ला यावत समस्या र खासगरी नेकपा एमाले र एमालेको प्रभाव तथा वर्चश्वलाई कायम गर्ने, सरकार जस्ताकोजस्तै राख्ने योजनाअनुसार मेरो प्रस्तावमा भीम आचार्यलाई संसदीय दलको…
काठमाडौं: नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले आगामी सिजनको बिग ब्यास लिग (बीबीएल) होबर्ट हुरिकेन्सबाटै खेल्ने भएका छन्। हुरिकेन्सले आज एक विज्ञप्ति निकाल्दै लामिछानेले हुरिकेन्सबाटै बीबीएल खेल्ने जनाएको हो। अघिल्लो सिजन हुरिकेन्सबाट ८ खेलमा ८ विकेट लिएका लामिछानेको राम्रो प्रदर्शन रहेको थियो। सन् २०१८ को सिजनमा मेलबर्न स्टार्सबाट बीबीएलमा डेभ्यु गरेका थिए। 'मैले अघिल्लो सिजन हुरिकेन्समा धेरै इन्जोए गरेको थिएँ। यो…
काठमाडौं: शहीद स्मारक सी डिभिजन लिगको क्वालिफायर्स आजबाट सुरु हुँदैछ। ७८ टिम सहभागी रहने प्रतियोगिता आजबाट सुरु हुनेछ। प्रतियोगिताबाट तीनवटा टीम स्मारक सी डिभिजन लिगमा क्वालिफाइ हुनेछन्। आज हुने पहिलो खेलमा सताशी धाम स्पोर्टिङ क्लब र च्याम्पियन्स बोइज एफसी दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन्। त्यस्तै दोस्रो खेलमा एएफसीएस यस र गोदावरी युनाइटेड क्लब आमनेसामने हुनेछन्। यस्तो छ समूह समूह ए…
काठमाडौं : पार्टी फुटपछि नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिस्ठानमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो। आजको बैठकबाट विभाजनलाई साथ दिने पार्टीका केन्द्रीय सदस्यहरुलाई कारवाही गर्ने तयारी एमालेले गरेको छ। यसअघि एमालेले आफ्ना पार्टीका १४ सांसदलाई कारवाही गर्ने निर्णय गरेको थियो। यद्यपि सभामुखले साथ नदिएपछि त्यो कारवाही खेर गयो। त्यसैगरी बैठकले तेस्रो धारका…
काठमाडौँः माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको छ। बुधबार अबेर दुबै दलले दर्ता प्रमाणपत्र पाएका हुन्। दुई दलले दर्ता प्रमाणपत्र पाएसँगै औपचारिक रुपमै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल विभाजित भएका छन्। दुई दल विभाजित भएसँगै वर्तमान सत्ता गठबन्धनमा अब ६…
काठमाडौँः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम अब सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुमा हस्तान्तरण गर्ने भएको छ। निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले निजी आवासलगायतका कार्यहरुको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो। निर्णय अनुसार निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनको कार्य शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ। विभागले…
काठमाडौँः न्यायपालिकाभित्रको विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार तथा विचौलिया रोकथामका लागि आवश्यक कार्ययोजनासहितको सुझाव दिन गठित समितिले पेस गरेको प्रतिवेदन सर्वोच्च अदालतले सार्वजनिक गरेको छ। सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रतिवेदन सार्वजनिक गरिएको बताए। दाहालले प्रतिवेदन कार्यान्वयनका लागि सम्धबन्धित निकायसमक्ष पनि पठाइएको जनाए। न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको सो समितिले साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रतिवेदन बुझाएको थियो। जबराले प्रतिवेदन सार्वजनिक…