काठमाडौं: साफ च्याम्पियनसिपको तयारीमा पोखरामा अभ्यासरत राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणबाट तीन जना खेलाडी बाहिरिएका छन्। नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडी संख्या २५ मा झारेका हुन्। बन्द प्रशिक्षणबाट बाहिरिएका तीन खेलाडीमा अभिषेक रिजाल, शिशिर लेखी र अर्पण कार्की रहेका छ्न्। साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल (सेप्टेम्बर २ र ५ मा) खेल्दैछ। साफ च्याम्पियनसिप भने अक्टोबर १ बाट…
काठमाडौंः बालाजुस्थित म्याद गुज्रेका खाद्य सामाग्री रिलेबलिङ गर्ने एक गोदाममा प्रहरीको सहयोगमा वाणिज्य विभागले छापा मारेको छ। नेपाल भेन्चरमा भन्ने कम्पनीमा वाणिज्य विभागको टोलीले आज दिउँसो छापा मारेको हो। विभागका अनुसार कम्पनीले समयदेखि खान अयोग्य खाद्य बस्तुहरूलाई नयाँ मिति राखेर बजारमा पठाउने गरेको पाइएको छ। कम्पनीले बिस्कुट, चकलेट, पास्ता, साबुदाना लगायतका विभिन्न किसिमका म्याद सकेको खाद्यवस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको विभागका…
काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्सका लागि २३ सदस्यीय फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले अन्तिम २३ सदस्यीय महिला टोलीको घोषणा गरेका हुन्। नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। प्रतियोगिता प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि कोभिड १९ को महामारीका कारण उज्बेकिस्तानमा स्थानान्तरण गरिएको थियो। नेपाली टिम अञ्जना राना मगर,…
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको सुनुवाईमा नियुक्तिको मिसिल झिकाउन आदेश दिएको छ। आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले मिसिल झिकाउन आदेश दिएको हो। आफूलाई गैर कानुनी रुपमा सरकारले हटाएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट सरकारले जबरजस्ती हटाएको भन्दै उनले सोही पदमा थमौतीका लागि अन्तरिम…
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। माधवकुमार नेपालले पार्टी विभाजन गर्दै नेकपा एकीकृत समाजवादी बनाउन निर्वाचन आयोगमा प्रक्रिया सुरु गरिसकेको अवस्थामा एकताका लागि भन्दै 'तेस्रो धार' का रुपमा देखपरेका नेताहरु सहितको बैठक च्यासलस्थित तुल्सीलाल स्मृती प्रतिष्ठानमा भइरहेको हो। फागुन २३ पछि नेपाल समूहमा रहेका १० नेतासँग स्थायी कमिटीको यो पहिलो बैठक हो। बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य,…
बुटवल : लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताएका छन्। मन्त्री खड्काले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई समीक्षा गरेर नयाँ बजेट बनाउन आफूहरु लागि परेको समेत बताए। सोमबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका खड्काले आफूहरुको…
काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप लम्बिएको छ। आज बसेको काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। तर यसपटको निषेधाज्ञमा राति ८ बजेपछि सवारी साधनलाई लगाइएको निषेधाज्ञा भने हटेको छ। 'पहिले राति ८ बजेपछि सवारीमा लगाइएको निषेधाज्ञा खुल्ला गरिएको छ,' ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने। त्यस्तै २५ जना भन्दाबढी मानिस भेला…
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटेले अर्को वर्ष हुने निर्वाचनमा उपराष्ट्रपति पदमा लड्ने सहमति गरेका छन्। पीडीपी-लबान पार्टीका अनुसार रोड्रिगोले उपराष्ट्रपति पदमा लड्न सहमति जनाएसँगै राष्ट्रपति पदमा उनकै सहयोगी एवम् सिनेटर क्रिस टोफर 'बोङ' लाई खडा गरिनेछ। लबान पार्टीका उपाध्यक्ष कार्लो नोग्रालेसले रोड्रिगोले यो सहमति गरेर 'त्याग' गरेको बताएका छन्। स्थानीय संचारमाध्यमहरुका अनुसार फिलिपिन्सको संविधान अनुसार रोड्रिगो यसपटक हुने निर्वाचनमा अर्को कार्यकालको…
काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवकलाई लागु औषध गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। आज बिहान कतार एयरवेजको विमानबाट कतारको दोहा जान लागेका चितवन खैरेनी १० का २९ वर्षीय बुद्धराज पाठकलाई नियन्त्रणमा लिएको हो। उनको कालो रङ्गको लगेजलाई चेक गर्दा ग्यास्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग लेखिएको सिल गरेको बट्टाहरू भित्र लागू औषध फेला परेको प्रहरीले जानकारी दिएको…
काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निजी कम्पनीजस्तो बनाएको आरोप लगाएका छन्। पार्टीमा वार्ताका लागि आफूहरुले इमान्दार पहल गरेको भए पनि ओलीले जालझेल गरेको नेपालको आरोप छ। एकीकृत समाजवादीको चन्द्रागिरि रिसोर्टमा चलिरहेको केन्द्रीय कमिटीको बैठकपछि नेता नेपालले सञ्चारकर्मीसँग अन्तर्किया गर्दै ओलीका कारण नयाँ पार्टी बनाउने अवस्थामा पुगेको प्रष्टिकरण दिए। 'केही साथीहरु नयाँ पार्टी…
काठमाडौं : निर्वाचन आयोगले प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि सनाखत गर्न समय तोकेको छ। बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। मंगलवार मन्त्रिपरिषद्बाट सिफारिस भएको राजनीतिक दल सम्बन्धि अध्यादेश बुधवार जारी गरिएको थियो। त्यससँगै माधव नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। बुधवार नयाँ दलको लागि नाम टिपाएका…
काठमाडौं : भिडभाड गराएको भन्दै चन्द्रागिरि हिल्स रिसोर्टलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्टिकरण सोधेको छ। उक्त रिसोर्टमा प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। सोमवार रातिदेखि सय जना सांसद तथा नेताहरु बसेर कोरोना संक्रमणको समयमा भिडभाड गराएको भन्दै स्पष्टिकरण सोधिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए। कोरोना संक्रमणको समयमा नियम विपरीत भिडभाड गरेको भन्दै स्पष्टिकरण सोधेको सीडीओ…
काठमाडौं : मंगलवार नेपाली काँग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद टुंगो लागेको बताइएको थियो। जस अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई सदस्यता विवाद समाधान प्रतिवेदन बुझाइएको थियो। तर, मंगलबार बिहान सानेपा काँग्रेस केन्द्रीय कार्यालयमा यही विषयमा धर्ना र अनशन जारी छ। कैलाली, बारा र रौतहटका कार्याकर्ता अनशनमा छन्। अहिले केही बेरपछि पौडेल पक्षका जिल्ला सभापतिहरूले पनि…
काठमाडौं: गण्डकी प्रदेशमा गत वर्षको फागुनमा तय भएको नवौँ राष्ट्रिय खेलकुद कोरोना भाइरसको महामारीका कारण आयोजना हुन सकेन। विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँ आयोजनाको जिम्मेवारी गण्डकीले पाएको थियो। अघिल्लो वर्ष कोरोनाले प्रतियोगिता रोकिएकाले यस वर्ष आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छ। प्रतियोगिताको आयोजना कोभिड–१९ को प्रभावमा निर्भर रहने राखेपले जनाएको छ। प्रतियोगिता यसै…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिटको सुनुवाई गर्न पेशी तोकिएको छ। आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा सुनुवाईको पेशी तोकिएको हो। आफूलाई गैर कानुनी रुपमा सरकारले हटाएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट सरकारले जबरजस्ती हटाएको भन्दै उनले सोही पदमा थमौतीका लागि अन्तरिम आदेशको माग गरेका छन्। कुलमान घिसिङलाई…
जनकपुरधामः धनुषामा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ५ ललियामा गाडिएको अवस्था एक पुरुष र महिलाको शव फेला परेको हो। उनीहरू दुवै जना एकै घरका सदस्य भएको खुलेको छ। ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ५५ वर्षीय रामवृक्ष मण्डल र उनको बुहारी २१ वर्षीया अमृता मण्डलको रहेको जिल्ला…
काठमाडौं: विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमन प्रस्थान गरेको छ। नेपाली टोलीलाई आज नेपाल क्रिकेट संघ क्यानले भर्चुअल कार्यक्रम गर्दै विदाइ गरेको थियो। सिरिजका लागि १७ सदस्यीय नेपाली टोलीमा नयाँ अनुहारका रुपमा गुलसन झा टिममा परेका छन्। त्रिदेशीय सिरिज अघि नेपाललाई पपुवा न्युगिनीसँग ५ सेप्टेम्बर र ८ सेप्टेम्बरमा दुई…
काठमाडौंः काठमाडौंको रवि भवनमा निलो माइक्रो दुर्घटना भएको छ। कलंकीबाट रत्नपार्क आउँदै गरेको बा १ ज ६४०३ नम्बरको निलो माइक्रो दुर्घटना भएको हो। दुर्घटनामा परि ७ जना यात्रु सामान्य घाइते भएका छन्। 'ब्रेक फेल हुँदा दुर्घटना भएको चालकले जानकारी दिएको छ। थप बुझ्दै छौँ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले जानकारी दिए। दुर्घटना हुँदा पार्किङ गरी राखिएको दुई वटा…
काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा के गर्ने भन्ने विषयमा निर्णय गर्ने उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैंछ। जारी निषेधाज्ञा थप गर्ने तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मौखिक सहमति भइसकेको छ। आज बस्ने बैठकले त्यसलाई औपचारिक निर्णय गर्ने छ। 'बैठक आज बस्छ। निषेधाज्ञालाई कसरी ल्यौजाने भन्ने विषयमा…
काठमाडौं : एकीकृत समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु चन्द्रागिरि रिसोर्ट पुगेका छन्। केन्द्रीय सदस्य, सांसद, केही प्रस्ताविक केन्द्रीय सदस्य सहित करिब १ सय जना नेताहरु चन्द्रागिरि हिल्स रिसोर्ट पुगेको एक सांसदले जानकारी दिए। 'नयाँ पार्टीको विषयमा विधि, पद्धति लगायतका विषयमा छलफल गर्ने नेताहरु जम्मा हुनुभएको हो,' ती सांसदको भनाई छ। रिसोर्टमा एक सय जना नेताहरुका लागि खानेबस्ने व्यवस्था गरिएको…