PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • भक्तपुरको गेस्ट हाउसमा भेटिएको शंकास्पद वस्तु : पैसा नतिर्न 'नक्कली बम' को नाटक

    भक्तपुरको गेस्ट हाउसमा भेटिएको शंकास्पद वस्तु : पैसा नतिर्न 'नक्कली बम' को नाटक

    काठमाडौंः शनिवार राति भक्तपुरको ठिमी स्थित दिव्यश्वरी गेस्ट हाउसमा शंकास्पद बस्तु फेला पर्‍यो। विस्फोटक पदार्थ भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुग्यो। गेस्ट हाउसको भुई तलाको १ सय १० नम्बरमा शङ्कास्पद बस्तु फेला परेको थियो। कुकरभित्र बिजुलीको तार जोडिएर छोपिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी टोली घटनास्थल पुगेर हेर्दा शङ्कास्पद बस्तु कुनै विस्फोटक पदार्थ नभएको खुल्यो। त्यो त मानिसलाई…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो बार्सिलोना

    बराबरीमा रोकियो बार्सिलोना

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओ बराबरीमा रोकिएका छन्। सन मामेस बरिआमा सम्पन्न खेलमा घरेलु टोली बिल्बाओले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा र रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाएका थिए। तर, बिल्बाओले अग्रता जोगाउन भने सकेन। खेलको…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीको फराकिलो जित

    म्यानचेस्टर सिटीको फराकिलो जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली म्यानचेस्टरले नर्विच सिटीमाथि ५-० को फराकिलो जित निकालेको हो। जारी सिजन लिगको पहिलो खेलमै टोटेनहम हट्सपरसँग पराजय ब्यहोर्दै निराशाजनक सुरुवात गरेको साविक विजेता सिटीले पहिलो जित निकालेको हो। खेलको ७ औं मिनेटमा टिम क्रोलको आत्मघाती गोलमा अग्रता बनाएको म्यानचेस्टरका लागि दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलको सहज जित

    लिभरपुलको सहज जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि जित निकालेको छ। घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि २-० को जित निकालेको हो। खेलको १८ औं मिनेटमा डिएगो जोटाको गोलमा लिभरपुलले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलका लागि साडियो मानेले दोस्रो गोल गरेका थिए। उनले खेलको ६९ औं मिनेटमा अलेक्सजेन्डर-आर्नोल्डको पासमा गोल गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची बगर बनेको दुई महिनापछिको दृश्य यस्तो : हेलम्बु र पाँचपोखरी थाङ्पालसँग कहिले जोडिन्छ सडक सञ्जाल?

    मेलम्ची बगर बनेको दुई महिनापछिको दृश्य यस्तो : हेलम्बु र पाँचपोखरी थाङ्पालसँग कहिले जोडिन्छ सडक सञ्जाल?

    फूलमान तामाङ - मेलम्ची : गएको असार १ गते मेलम्ची नदीमा आएको बाढीले बगरमा परिणत भएको थियो सिन्धुपाल्चोकको मेलम्चीको ठूलो हिस्सा। बाढीले क्षतिग्रस्त पारेको दुई महिना नाघिसकेको छ। तर, बगरमा घर भएका स्थानीयलाई बास व्यवस्थापन कसरी गराउने भन्ने सरकारको कुनै योजना छैन। हेलम्बु गाउँपालिकाको भेमाथाङबाट आएको लेदोसहितको बाढीले डुबेका घरका तल्ला र सटर खाली गराएर पुरानै लयमा फर्काउन स्थानीय सरकार, स्थानीयबासी…

    विस्तृतमा पढ्नुस्

  • के युरो २०२० को फाइनल खेल कोभिड १९ संक्रमण फैलाउने सुपर स्पाइडर बनेको हो?

    के युरो २०२० को फाइनल खेल कोभिड १९ संक्रमण फैलाउने सुपर स्पाइडर बनेको हो?

    बेलायतमा आयोजित युरो २०२० को फाइनल खेल हेर्न पुगेकामध्ये २ हजार ३ सयको हाराहारीलाई कोभिड १९ को संक्रमण भएको हुनसक्ने देखिएको छ। गत महिना लन्डनको वेम्बली रंगशालामा युरोकपको फाइनल भएको थियो। सरकारी तथ्याङ्कलाई मान्ने हो भने उक्त प्रतियोगिताले सुपर स्प्रेडरको काम गरेको देखिन्छ। पाँच दशकभन्दा लामो समय अन्तरालमा युरोकपको फाइनलमा पुगेको थियो बेलायत। जुलाई ११ मा इङ्ल्यान्ड र इटलीबिच प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • २०७१ भदौमा अपहरण, दुई वर्षछि अदालतले ठहर्‍यायो दोषी, २०७८ साउनमा समातिए अपराधी

    २०७१ भदौमा अपहरण, दुई वर्षछि अदालतले ठहर्‍यायो दोषी, २०७८ साउनमा समातिए अपराधी

    काठमाडौंः प्रहरीले सात वर्षअघि अपहरणमा संलग्न भएका एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका घर भएका ४० वर्षीय वुधन राम चमारलाई पक्राउ गरेको हो। उनलाई पर्साको बस्डिलवा गाउँमा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। वुधन २०७१ भदौ ६ गते भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी रक्सौल…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षमा प्रहरीले कति अवैध हतियार नियन्त्रणमा लिन्छ?

    एक वर्षमा प्रहरीले कति अवैध हतियार नियन्त्रणमा लिन्छ?

    काठमाडौं : पछिल्ला केही महिना अवैध हातहतियारसहित मानिस पक्राउ पर्नेक्रम सुस्ताए पनि हरेक वर्ष हतियार सहित मानिस पक्राउ हुने दर भने उकालिँदो छ।  प्रत्येक वर्ष ३ सय भन्दा बढी मानिस हातहतियार र गोली गठ्ठा सहित पक्राउ पर्ने गरेका छन्। गएको आर्थिक वर्ष २०७७/७८ मा ४ सय २६ जना मानिस हतियार र गोलीसहित पक्राउ परेका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण भएका कलाकार शम्भुराज थापा 'बखते' को निधन

    कोरोना संक्रमण भएका कलाकार शम्भुराज थापा 'बखते' को निधन

    काठमाडौंः कलाकार शम्भुराज थापाको निधन भएको छ। कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए। तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्दै आएका थिए। उनी पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए। उनको हल्का…

    विस्तृतमा पढ्नुस्

  • अफगानी नागरिकको सुरक्षाका लागि नेपालीको अपील : सार्क मुलुकको बैठक बोलाउ

    अफगानी नागरिकको सुरक्षाका लागि नेपालीको अपील : सार्क मुलुकको बैठक बोलाउ

    काठमाडौं : अफगानिस्तानमा विकसित राजनीतिक वातावरणले विक्षिप्त बनाएको भन्दै त्यहाँ नागरिकको सुरक्षाका लागि नेपाली नागरिकका तर्फबाट अपीलजारी भएको छ। अतिवादी समूह 'तालिबान'ले अफगानिस्तानको राज्यसत्ता कब्जा गरेपछि त्यहाँ रहेका पत्रकार, शिक्षासेवी, महिला, बालबालिका, मानव अधिकारकर्मी तथा खुला समाजमा विश्वास गर्ने समूह र व्यक्तिहरूले अहिले सबैभन्दा ठूलो मानवीय संकट तथा सुरक्षा चुनौती भोगिरहेको उल्लेख गर्दै अपीलमा चिन्ता प्रकट गरिएको छ। 'अफगानी नागरिकहरूको…

    विस्तृतमा पढ्नुस्

  • काबुलका सडकमा मेटिएका अनुहारहरुले के भन्न खोजिरहेको छ ?

    काबुलका सडकमा मेटिएका अनुहारहरुले के भन्न खोजिरहेको छ ?

    काबुलको शर-ए-नउ शहर। आइतवार तालिवानले अफगानिस्तानको राजधानी नियन्त्रणमा लिनुअघि निकै व्यस्त रहने यो क्षेत्रको मुहार अहिले फेरिएको छ। ब्युटी सैलुन र महिलाका फेसन सामाग्रीको पसलले भरिएको यस क्षेत्रका पसलहरु बन्द छन्। बन्द पसलका सटरहरुमा रहेका महिलाका अनुहार र फोटोहरुमा कालो रंगले 'स्प्रे' गरिएको छ। अगस्तको पहिलो सातासम्म काबुलका महिला ढुक्क थिए। तालिवान राजधानीमा प्रवेश गर्दैनन्। किनभने राष्ट्रपति असरफ घानीले भनिरहेका थिए…

    विस्तृतमा पढ्नुस्

  • फाइजर बन्दैछ पहिलो कोभिड १९ विरुद्धको पूर्ण अनुमति पाउने खोप, भ्याक्सिनविरुद्धको आशंका मेटिने विश्वास

    फाइजर बन्दैछ पहिलो कोभिड १९ विरुद्धको पूर्ण अनुमति पाउने खोप, भ्याक्सिनविरुद्धको आशंका मेटिने विश्वास

    संयुक्त राज्य अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सोमवारभित्र फाइजर-बायोएनटेकलाई कोभिड १९ विरुद्धको खोपका रुपमा पूर्ण स्वीकृति दिने न्युयोर्क टाइम्सले जनाएको छ। स्वीकृतिसँगै यो आपतकालीन प्रयोगबाट पूर्ण रुपमा प्रयोगमा आउने पहिलो कोरोना भाइरसविरुद्धको खोप हुनेछ। पूर्ण रुपमा स्वीकृति पाउनुको अर्थ हो धेरैभन्दा धेरै मानिसमा खोपको वातावरण तयार हुनु। यसो भएमा व्यवसाय र स्कुलहरुले समेत खोपलाई अनिवार्य गराउन सक्छन्। पूर्ण अनुमतिका…

    विस्तृतमा पढ्नुस्

  • पीएसजीको लगातार तेस्रो जित

    पीएसजीको लगातार तेस्रो जित

    फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ। स्टेड फ्रान्सिस-ले मा सम्पन्न खेलमा पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४-२ गोलअन्तरले हराएको हो। खेलको २३ औं मिनेटमा एन्डर हेरेराको गोलमा अग्रता बनाएको पीएसजीका लागि दोस्रो गोल किलियन एम्बाप्पेले ३६ औं मिनेटमा गरेका थिए। उता घरेलु टोलीका फ्रान्क होनोरटले ४२ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच जलवायु परिवर्तनको मुद्दाका विषयमा छलफल

    प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच जलवायु परिवर्तनको मुद्दाका विषयमा छलफल

    काठमाडौं : नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्। यस वर्ष बेलायतले आयोजना गर्ने कोप २६ सम्मेलन हुन १० हप्ता बाँकी छँदा भएको भेटमा जलवायु परिवर्तनको मुद्दाका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बालुवाटारमा भएको भेटमा कोभिड-१९ विरुद्ध दुई देशबीचको साझेदारीको विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, दुई देशबीच विभिन्न क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • एभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रशारण हिमालय टीभी र ओएसआर स्पोर्टसले गर्ने

    एभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रशारण हिमालय टीभी र ओएसआर स्पोर्टसले गर्ने

    काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्रत्यक्ष प्रसारण हिमालय टीभी र ओएसआर स्पोर्ट्सले गर्ने भएका छन्। कोभिड १९ को महामारीका कारण स्थगित भएको ईपीएल एकपछि अर्को टेस्ट राष्ट्रका स्टार खेलाडीलाई अनुबन्धित गरेपछि चर्चामा छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १४ दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु छन्। टोलीहरुको नामा विराटनगर्स वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को संक्रमणबाट थप २६ जनाको मृत्यु, ३०४२ जना संक्रमित पहिचान, ४४ जना १० वर्ष मुनिका बालबालिका

    कोभिड-१९ को संक्रमणबाट थप २६ जनाको मृत्यु, ३०४२ जना संक्रमित पहिचान, ४४ जना १० वर्ष मुनिका बालबालिका

    काठमाडौं : नेपालमा थप तीन हजार ४२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको कुल परीक्षणको १७.२३ प्रतिशतमा संक्रमण पुष्टि भएको मन्त्रालयले पुष्टि गरेको छ।  पछिल्लो २४ घण्टामा १० हजार ५३० आरटी-पीसीआर परीक्षण र सात हजार १२४ एन्टिजेन परीक्षण भएको छ। जसमध्ये आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार ७९ जना र एन्टिजेन परीक्षणका क्रममा ९६३ जना कोभिड-१९…

    विस्तृतमा पढ्नुस्

  • साफबारे अलमुताइरी : प्रतियोगिताको सुरुवात कठिन हुनेछ, पराजित भए मेरो गल्ती

    साफबारे अलमुताइरी : प्रतियोगिताको सुरुवात कठिन हुनेछ, पराजित भए मेरो गल्ती

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि नेपालको तयारी राम्रो भएको बताएका छन्। उनले नेपालले साफमा अहिलेसम्म उपाधि जित्न नसकेकाले यसपटक पनि प्रतिस्पर्धा कडा गर्नुपर्ने बताएका छन्। 'नेपालले अहिलेसम्म साफको ट्रफी जित्न सकेको छैन। त्यसैले पनि यो महत्वपूर्ण छ,' उनले भने, 'तर खेलाडीलाई धेरै दबाब पनि दिनु हुँदैन। यदि साफ कपमा हामी पराजित भए त्यो मेरो गल्ती हुनेछ…

    विस्तृतमा पढ्नुस्

  • सरकारविरुद्ध अनेरास्ववियूको भण्डाफोर सभा : कार्यकर्तामा देखिएन उत्साह

    सरकारविरुद्ध अनेरास्ववियूको भण्डाफोर सभा : कार्यकर्तामा देखिएन उत्साह

    काठमाडौं : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले राजधानीमा आज भण्डाफोर सभा आयोजना गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै अनेरास्वविययू विरोधमा उत्रेको हो। सरकारले अध्यादेश ल्याएसँगै एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल दल फुटाएर नयाँ दल दर्ता प्रक्रियामा छन्। अनेरास्ववियूले सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने भनिएपनि माइतीघरमा आज थौरै संख्यामा मात्रै कार्यकर्ताको उपस्थिति…

    विस्तृतमा पढ्नुस्

  • सी डिभिजन क्वालिफायर्सका लागि ७८ क्लब भिड्दै, यस्तो छ तालिका

    सी डिभिजन क्वालिफायर्सका लागि ७८ क्लब भिड्दै, यस्तो छ तालिका

    काठमाडौं: भदौ १० गतेबाट सुरु हुन गइरहेको शहीद स्मारक सी डिभिजन लिगको क्वालिफायर्सका लागि ७८ क्लब प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताका लागि वाग्मती प्रदेशबाट सर्वाधिक ६१ क्लब तथा प्रदेश १ बाट सात टिम तथा अन्य प्रदेशबाट दुई टिम रहेका छन्। प्रतियोगिताको टाइसिट ड्र आज सार्वजनिक भएको हो। प्रतियोगिताबाट तीन क्लब सी डिभिजनका उक्लने छन्। यस्तो छ समूह समूह ए सताशीधाम स्पोर्टिङ क्लब हामी…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

    वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

    काठमाडौं : वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। संखुवासभाका शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख नियुक्तका लागि सिफारिस गरेको थियो।  मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा १६३ (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।  शर्मा एमाले माधव नेपाल समूहको कोटाबाट प्रदेश प्रमुखमा सिफारिसमा परेका हुन्। यसअघि प्रदेशमा केपी शर्मा ओलीले सरकारले नियुक्त गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell