काठमाडौं : आज सापारु। आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायले साया: (गाईजात्रा) निकाल्ने परम्परा रहेको छ। काठमाडौंमा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। भक्तपुरमा भने छुट्टै किसिमले गाई जात्रा मनाइन्छ। भक्तपुरमा ताहामचा निकालेर गाईजात्रा मनाइन्छ। जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाथसमेत निकालिने प्रचलन छ। यसपटक भने दिउँसै…
काठमाडौं : नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ। जर्सी डिजाइनका लागि खुला गरिएको आह्वानमा आदर्श पोखरेलको डिजाइन छानिएको हो। नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले खुला प्रतिस्पर्धाबाट उत्कृष्ट डिजाइन बनाउनेले एक लाख रुपैयाँ पाउने गरी जेठ ३१ गते आवेदन खोलेको थियो। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ सय वटा डिजाइन…
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बिच संचालन भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत मागेका हुन्। विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले आफ्नो मूल्य र मान्यता अनुसार काम गर्ने प्रतिवद्धता जनाए। केसीले सहमति र सहकार्यको माध्यमबाट अघि बढ्ने बताउँदै आफू मुख्यमन्त्री भएपछि प्रमुख प्रतिपक्षी दलले बधाई दिने…
काठमाडौं : रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा प्रहरी र पत्रकार नै मिलेर फसाएको खुलासा भएको छ। यस घटनाको मुख्य योजनाकार पत्रकार भएको प्रहरी अनुसन्धानमा देखिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह- सचिव संजय सहनीले योजनाबद्ध रुपमा लागुऔषध राख्न लगाएको खुलेको हो। साउन ३२ गते पत्रकार मोहम्द चढ्ने भारतीय नम्बर बीआर ३० एस १८८७…
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आए पनि मार्सल लगाएर विश्वासको मत लिने तयारी गरेका हुन्। ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिने तयारी भएको बताए। आज दिउँसो १…
काठमाडौं : रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा प्रहरी र पत्रकार नै मिलेर फसाएको खुलासा भएको छ। यसरी योजनावद्ध रुपमा फसाएको घटनामा प्रहरीदेखि पत्रकारसम्म तानिएका हुन्। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यलय रौटहटले दुई प्रहरीलाई निलम्बन र पत्रकारलाई नियन्त्रणमा लिएको छ। एक पत्रकारको योजनामा अर्का पत्रकार मोजुबुल्लाहलाई फसाउने रणनीति बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। 'पत्रकारको योजनामा पत्रकारलाई नै फसाएको…
काठमाडौं : जापान सरकारबाट अनुदान प्राप्त सबै कोभिड-१९ विरुद्ध प्रयोग गरिने खोपहरू नेपाल आइपुगेको छ। जापान सरकारले कोभ्याक्स मार्फत नेपाललाई प्रदान गर्ने कूल १६ लाख १४ हजार ७ सय ४० एस्ट्राजेनेका खोप मध्ये लगभग आधा जति गत श्रावण २३ र २४ गते नै नेपाल आइसकेको थियो। र, यी खोपहरू हाल सञ्चालन भइरहेको खोप कार्यक्रममा प्रयोग भइरहेका छन्। बाँकी ७ लाख ६७…
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको नेकपा (एमाले)को तेस्रो धारका नेताहरुको बैठक सकिएको छ। एमालेका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, युवराज ज्ञवाली लगायतका नेताहरुले छलफलमा थिए। ओलीलाई ४ दिनको समयसीमा दिएर तेस्रो धारका नेताहरुले १० बुँदे कार्यान्वनयका लागि दबाब दिएका थिए। आज बसेको बैठक सकारात्मक भएको…
काठमाडौं : पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)का भाइ नरेश थापा थुनामुक्त भएका छन्। अदालले तोकेको कैद सजाय भुक्तान गरेर आज बिहान उनी कारागारबाट बाहिरिएका हुन्। २०७६ माघ २७ गते उच्च अदालत पाटनले उनलाई १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। डिल्लीबजार कारागरमा रहेका उनी कैद सजाय पूरा भुक्तान गरेर छुटेका हुन्। 'आज बिहान साढे ७ बजेतिर कैद भुक्तान गरेर जानु भएको हो,'…
काठमाडौं : नेकपा (एमाले)को तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता थालेका छन्। आइतवार ओली समूहका नेताहरुसँग संवाद गरेका उनीहरुले सोमवार ओलीको निजी निवास बालकोटमा वार्ता थालेको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। एमालेका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, युवराज ज्ञवाली लगायतका नेताहरुले वार्ता थालेका हुन्। ओलीलाई ४…
भारतमा पछिल्लो २४ घन्टामा २५ हजार ७२ जनामा कोभिड १९ को संक्रमण पहिचान भएको छ। भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएअनुसार यस अवधिमा ४४ हजार १ सय ५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणकै बिचमा मृत्यु हुनेको संख्या ३ सय ८९ रहेको छ। यससँगै भारतमा कोभिड १९ संक्रमित हुने कूल संख्या ३ करोड २४ लाख ४९ हजार…
काठमाडौं : झापामा एक दम्पती छोरीसहित झुन्डिएको अवस्थामा फेला परेका छन्। कनकाई नगरपालिका १ सिर्जना टोलमा बस्दै आएका विक दम्पती ८ महिनाको छोरीसहित झुन्डिएको अवस्थामा फेला परेका हुन्। ३४ वर्षीय रविन विश्वकर्मा, ८ महिने छोरी रुविना विश्वकर्मा र २८ वर्षीय मुना विक झुन्डिएको अवस्थामा फेला परेका हुन्। 'बन्द कोठाभित्र तीन जना झुन्डिएको अवस्थामा फेला परेको हो। थप अनुसन्धान गरिरहेका छौँ,' जिल्ला प्रहरी…
फ्रेन्च लिगवानमा गएराति मार्सेली र नाइसबीचको खेल रोकिएको छ। नाइसको घरेलु मैदान एलिनाज रिभिएरामा सम्पन्न खेलमा मार्सेलीका खेलाडीमाथि आक्रमण भएको हो। खेलमा नाइस एक गोलले अघि रहेको अवस्थामा डिमिट्री पेयट कर्नर लिन जाँदै गर्दा उनलाई घरेलु समर्थकले पानीको बोतल प्रहार गरेका थिए। लगातार प्रहार भएपछि उनले पनि त्यो बोतल टिपेर समर्थकहरुतर्फ फ्याँके। त्यसपछि आक्रामक बनेका समर्थकहरु झगडा गर्न मैदानसम्मै उत्रिए।…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल चेल्सीसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनल चेल्सीसँग २-० ले पराजित भएको हो। खेलको १५ औं मिनेटमै चेल्सीले अग्रता बनाएको थियो। गत सिजन इटालियन सिरि ए मा इन्टरमिलानलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेको बेल्जियन स्टार रोमेलु लुकाकु यो सिजन चेल्सीमा आबद्ध छन्। उनले नै खेलको १५ औं मिनेटमा…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड १० खेलाडीमा सीमित लेभन्टेसँग बराबरीमा रोकिएको छ। स्टेडियो सियुडाड डी भ्यालेन्सियामा सम्पन्न खेलमा १० खेलमा सीमित घरेलु टोलीले रियल मड्रिडलाई बराबरीमा रोकेको हो। खेलको पाँचौ मिनेटमा करिम बेन्जेमाको पासमा ग्यारिथ बेलले रियल मड्रिडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा मड्रिड एक गोलले अघि रहे पनि दोस्रो हाफमा सुरुमै लेभान्टेका रोगर मार्टीले खेल…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली साउथह्याम्पटनले अग्रता जोगाउन नसक्दा युनाइटेडसँग बराबरीमा रोकिएको हो। खेलको ३० औं मिनेटमा युनाइटेडका फ्रेडले आत्मघाती गोल गरेपछि खेलमा अग्रता बनाएको घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा युनाइटेड पुनरागमन गर्न सफल भयो। खेलको ५५ औं मिनेटमा पउल…
काठमाडौं : देशभर १२ हजार ५१६ जनाको कोभिड १९ परीक्षण गर्दा १ हजार ९२० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। ९ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७०२ जनामा र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण देखिएको हो। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७५१ पुगेको छ। यस्तै, संक्रमणका कारण थप…
काबुलको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कम्तिमा पनि ७ जना अफगानी नागरिकहरु मारिएको बेलातको रक्षा मन्त्रालयले जनाएको छ। तालिवानीले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँबाट भाग्न चाहनेहरुको भिडमा उनीहरुको मृत्यु भएको हो। 'ग्राउन्डको अवस्थामा अत्यन्तै चुनौतिपूर्ण छ तर हामी प्रतिकूलताका बाबजुद त्यसको सुरक्षित व्यवस्थापनका लागि सक्दो गरिरहेका छौं,' रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ। अफगानिस्तानबाट धेरै मानिसहरु बाहिरन चाहिरहेको भिडियो सोसल मिडियामा लगातार आइरहेको…
काठमाडौं : अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्दार गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्दार गरेर नेपाल ल्याएको जानकारी दिएको छ। मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ स्वागत टोल बस्ने २३ वर्षीय गोबिन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर अपहणमा परेका थिए। उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन…
काठमाडौं: ए डिभिजन क्लब थ्री स्टारले गोलकिपर रोशन गुरुङलाई क्लबमा भित्र्याएको छ। १७ वर्षको उमेरमा सी डिभिजन क्लब सानो गौचरणबाट करियर सुरु गरेका ओखलढुंगाका गुरुङले अर्को सी डिभिजन क्लब प्लानिङ बोइज युनाइटेड हुँदै अघिल्लो सिजन बी डिभिजन क्लब टुसाल युथ क्लबको गोलपोस्ट सम्हालेका थिए। पहिलो पटक ए डिभिजन क्लबमा अनुबन्धित गुरुङले थ्री स्टारमा अनुबन्धित हुन पाउँदा खुशी भएको बताए। 'मैले…