काठमाडौं : अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ सार्वजनिक भएको छ। कुशे औँसीको तिथि पारेर पब्लिकेशन्स नेपालयले यसलाई बजारमा ल्याएको हो। ‘नेपालय कविता’ अन्तरगत प्रकाशित यस पुस्तक नौवटा विभिन्न छन्दमा विरचित करुण रसका कविताहरुको संग्रह हो। ‘लाटो साथी’ उपनामले प्रसिद्ध साहित्यकार विष्णुराज आत्रेयकी छोरी अलकाले ‘निनाद वल्लरी’ उनकै वियोगमा लेखेको शोककाव्य हो। काव्यले पिता पुत्रीको वात्सल्य र वियोगलाई छन्दमार्फत् मार्मिक…
बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेसहितका ५ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन्। निर्वाचन कार्यालय भैरहवा पुगेर उनीहरुले समाजवादी रोजेको सनाखत गराएका हुन्। उपप्रमुख काफ्लेले आफुले निर्वाचन कार्यालय गएर समाजवादीमा सनाखत गराएको जानकारी दिइन्। उनीसहित बुटवलका वडा सदस्यहरु चीनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन्। रुपन्देहीमा समाजवादी रोज्न बाँकी रहेका…
अफगानिस्तानका विश्वविद्यालयमा नियमित पढाई सुरु भएको अमाज न्यूजले जनाएको छ। तालिवानले सत्ता कब्जा गरेपछि विद्यालयदेखि विश्वविद्यालयसम्मका गतिविधि बन्द थियो। काबुल लगायत केही शहरमा पठनपाठन सुरु भए पनि सबै क्षेत्रमा शैक्षिक संस्था खुल्न भने सकेको छैन। तालिवानमा महिलाहरुले कस्तो अधिकार पाउँछन् भनेर थाहा नहुँदा महिला विद्यार्थीहरु पठनपाठनबाट बञ्चित हुनसक्ने अनुमान गरिएको थियो। तर, तालिवानले भने सरकारमै महिला सहभागिता गराउने भन्दै पठनपाठनमा अवरोध नहुने बताएको…
तालिवान विरुद्ध पान्ज्शिरमा लडिरहेका नेशनल रेसिस्टेन्स फोर्स (एनआरएफ)का प्रवक्ता फाहिम दाश्तीको तालिवान विरुद्धको लडाइका क्रममा मृत्यु भएको छ। अफगानिस्तानका पूर्व परराष्ट्र मन्त्री अब्दुल्लाह अब्दुलाहका भतिजसमेत रहेका फाहिमको तालिवानसँगको लडाइका क्रममा मृत्यु भएको अलजजिराले जनाएको छ। अब्दुल्लाह अहिले काबुलमा रहेर तालिवानसँग समावेशी सरकारको निर्माणमा वार्तामा खटिएका छन्। उनी यसअघि पान्ज्शिरका लायनको रुपमा चिनिने अहमद शाह मसूदका सल्लाहकार थिए। NEW: Fahim Dashti (@DrabdullahCE…
काठमाडौं : एकै परिवारका ६ जनाको धारिलो हतियार प्रहार गरेर हत्या हुँदा दुई जना नाबालक पनि परेका छन्। तेजबहादुर कार्कीको ५ वर्षीया नातिनी र ८ वर्षीय नातिसमेत मारिएको खुलेको हो। संखुवासभाको मादी नगरपालिका १ मा ६ जना मानिस मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 'हामीलाई बिहान १० बजेतिर खबर आएको हो,' संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज…
काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले तीजको अवसरमा दर खुवाउने कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा महिला कलाकारहरूले नाचगानका साथ रमाइलो गर्दै प्री -तिज कार्यक्रम मनाए। आइतवार प्रतिष्ठानकै प्राङ्गणमा भएको 'संस्थागत चेलिबेटी भेटघाट, शुभकामना आदानप्रदान तथा दर खुवाउने' कार्यक्रममा शर्मिला गुरुङलाई 'हरितालिका तीज मौलिक सम्मान २०७८' बाट सम्मान गरिएको थियो। प्रतिष्ठानले बर्षपिच्छे मौलिक तीज गायनमा योगदान दिने गायिकालाई सम्मान गर्ने…
काठमाडौं : दुई दिनदेखि देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी पहिरोको कारण जनधनको क्षति भएको छ। ४८ घण्टाको अवधिमा देशभर दुई जनाको मृत्यु भएको छ। त्यस्तै २९ जना बेपत्ता भएकाले खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिएका छन्। त्यसै गरी ६ जना घाइते भएका छन्। आइतबार रातिदेखि आएको वर्षाको कारण काठमाडौं उपत्यकाका केही स्थान जलमग्न भएका छन्। बस्ती समेत…
काठमाडौंः प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले हत्या अभियोगमा झापाको कचनकवल गाउँपालिका ३ बस्ने ३७ वर्षीय रतन राजवंशीलाई नियन्त्रणमा लिएको हो। उनले आफ्नै दाइ ५० वर्षीय भात्रु राजवंशीको हत्या गरेको खुलेपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। भदौ २० गते साढे ७ बजेतिर भात्रु बिर्तामोड नगरपालिका ४ स्थित डेरामा हत्या गरिएको अवस्थामा फेला…
विश्वकप क्वालिफायर्स अन्तर्गतको ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु भएको केही बेरमै स्थगित भयो। ब्राजिलको साओ पाउलोस्थित कोरिनथियन्स स्टेडियममा खेल सुरु भएलगत्तै ब्राजिली स्वास्थ्य अधिकारीहरु आएर केही अर्जेन्टिनी खेलाडीलाई निकाल्न खोजेपछि खेल स्थगित भएको हो। ब्राजिलियन हेल्थ रेगुलेटरी एजेन्सी (एन्भिजा)ले फेडरर प्रहरीलाई चारजना अर्जेन्टिनी खेलाडीले गलत रिपोर्ट प्रस्तुत गरेर ब्राजिल प्रवेश गरेको भन्दै सहयोग मागेका थिए। एन्भिजाका अधिकारीले १४ भित्रै ती…
काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ परेको छ। महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रमाणपत्र बनाउने र बनाउन लगाउने दुवै समूहलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ३५ वर्षीय सुमित रत्न गुभाजु, ३५ वर्षीय अमरबहादुर कटुवाल, ३० वर्षीय नरेश केसी, ३३ वर्षीय लक्ष्मण पाठक, ३३ वर्षीय दीप विष्ट र २३ वर्षीय सोहिली शाही रहेका छन्। अमेरिकाको डिभी भिसा परेको…
काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५:३० मा खेल सुरु हुनेछ। बिहीबार भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेको थियो। आजको खेलमा दुवै टोली जितको लक्ष्य लिएर मैदानमा उत्रदैछन्। आजको खेलका लागि दुवै टिमको प्लेइङ इलेवन सार्वजनिक गरिएको छ।…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा संक्रमण देखिएको छ। यो संक्रमण सङ्ख्या पछिल्लो केही हप्ताकै कम हो। तर, सङ्क्रमणसँगै परीक्षण गर्ने सङ्ख्या पनि घटेको छ। ७ हजार ९ सय ७१ जनाको परीक्षण गरिएको छ। जसमा पीसीआर विधिबाट ५ हजार १ सय ७० र एन्टिजेन विधिबाट २ हजार ८ सय १ रहेको छ। यसअघि १० हजार माथिको दैनिक परीक्षण हुँदै आएको…
काठमाडौः नख्खु कारागारमा नाइके र कैदी बन्दी बिच सामान्य झडप भएको छ। आज नाइकेहरूले खाना खाने होटेलमा मूल्य वृद्धि भएको विषयलाई लिएर सामान्य झडप भएको हो। अहिले कारागारको अवस्था सामान्य भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले बताए। 'सामान्य विवाद भएको देखियो। अहिले सबै सामान्य अवस्था छ। के भएर भएको बुझ्दै छौँ,' महानिर्देशक दाहालले भने। कारागार व्यवस्थापन विभागले घटनाको सम्पूर्ण…
काठमाडौंः चेक बाउन्सको केसमा प्रहरीले एक व्यवसायीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलील सिद्धि साइ कन्ट्रक्सका संचालक दिपेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो। उनलाई परिसरको टोलीले नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकरी दिए। 'चेक बाउन्सको केसमा नियन्त्रणमा लिएका हौं। अनुसन्धान भइरहेको छ,' एसपी बस्नेतले भने। उनी बिरुद्ध १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको प्रहरीमा उजुरीको परेको छ।…
काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशी टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सेप्टेम्बर ९ र १२ (भदौ २४ र २७ गते) मा दशरथ रंगशालामा खेल आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली भोलि बिहान काठमाडौं आइपुग्नेछ। नेपाली टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छ। उज्बेकिस्तानमा हुने खेलमा नेपालले…
हेटौंडा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा आज वडा अधिवेशन हुँदैछ। मकवानपुरको १०२ वटै वडाहरुमा वडा अधिवेशन भइरहेको हो। वडा अधिवेशनले आगामी कार्यकालका लागि वडा सभापतिसहित वडा कार्य समिति चयन गर्नेछ भने महाधिवेशनको लागि क्षेत्रीय (बुथ)प्रतिनिधि चयन गर्नेछ। कांग्रेस केन्द्रीय कार्यसमितिले घोषणा गरेको कार्यतालिका अनुसार यसअघि १८ गते शुक्रबारको लागि वडा अधिवेशन तोकिएको थियो। तर, आन्तरिक तयारी बाँकी…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले पार्टीका गतिविधि अगाडि बढाउन नेताहरुलाई जिम्मेवारी बाँडफाड गरेको छ। शनिवार बसेको स्थायी कमिटीको बैठकले प्रदेश इञ्चार्जदेखि विभिन्न फाटहरुमा नेताहरुलाई जिम्मेवारी दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए। राष्ट्रिय कार्यकर्ता भेलाबाट नेतृत्व चयन गरिने भए पनि तत्कालका लागि संगठनात्मक गतिविधि अघि बढाउन जिम्मेवारी तोकिएको हो। क-कसले पाए प्रदेश ईञ्चार्ज? प्रदेश नम्बर एकको ईञ्चार्जको जिम्मेवारी घनेन्द्र बस्नेतले पाएका छन्।…
काठमाडौं : एकै दिनको कारोबारमा अहिलेसम्मकै सबैभन्दा धेरै अंकले गिरावट भएपछि नेपाल स्टक एक्स्चेन्जको कारोबार स्थगित भएको छ। १४५ अंकले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो। पछिल्लो एक वर्षको अवधिमा यो दोस्रो पटक नेगेटिभ सर्किट लागेको हो। नेपालको सेयर बजारमा यो एकै दिनको सबैभन्दा ठूलो गिरावट समेत हो। यस अघिको सबैभन्दा ठूलो गिरावट १२३ अंकको थियो। त्यसपछि २०७७…
तीज आउन केही दिनमात्रै बांकी छ। तीज नजिकिँदै गर्दा तीज विशेष कार्यक्रमहरु आयोजना हुँदैछन्। 'दर पार्टी' समेत सुरु भएको छ। यसबिच शनिवार अलफ्ट होटलमा अभिनेत्री र मिस नेपालहरुले सामुहिक रुपमा प्री-तीज सेलिब्रेशन मनाए। उनीहरुले नाचगान सहित रमाइलो गरेर दर खाएका हुन्। प्री-तीज पार्टीमा अभिनेत्री आचँल शर्मा, स्वस्तिमा खड्का, वर्षा राउत, सन्ध्या केसीका साथै पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र निति शाह उपस्थित थिए। उनीहरुसँगै…
काठमाडौं : भारतले नेपालको भूमिमा हस्तक्षेप गरेको भन्दै विभिन्न विद्यार्थी संगठनदेखि नागरिकसस्तरमा समेत बिरोध जारी छ। त्यसैको असर हो, हरेक दिनजसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भइरहेको छ। यसै घटनालाई लिएर गृह मन्त्रालयले भने आपत्ति जनाएको छ। आइतवार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि…