PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • विद्या र ओलीको राजनीतिक उडान : संक्रमण नियन्त्रण न निर्वाचन

    विद्या र ओलीको राजनीतिक उडान : संक्रमण नियन्त्रण न निर्वाचन

    बोलीको विश्वास हुन्थ्यो भने शीतल निवासमा प्रतिपक्षी मोर्चा भन्दा १५ मिनेट अघि पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दावेदारी पेश गर्दैन थिए। बालुवाटारमा पत्रकारसँग निर्धक्क - मसँग बहुमत छैन भन्दै उनले दिएका अभिव्यक्तिहरु सबैले सुनिरहेका थिए। आफ्नै बोली दुई घन्टा पनि नकट्दै आफूसँग बहुमत रहेको दावी गर्न शीतल निवास दौडिहाले। ओलीले हठात् कुनै निर्णय गरे भने जो कोही पनि अलिकति…

    विस्तृतमा पढ्नुस्

  • ओलीविरुद्ध कस्तो बनाउने रणनीति? प्रचण्ड माओवादी नेतासँग जुटे छलफलमा

    ओलीविरुद्ध कस्तो बनाउने रणनीति? प्रचण्ड माओवादी नेतासँग जुटे छलफलमा

    काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा ३ बजेका लागि बैठक बोलाएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभालाई विघटन गरेपछि माओवादीको स्थायी कमिटीको बैठक बस्न लागेको हो। शनिवार विपक्षी पाँच दलको संयुक्त बैठकपछि प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएको हुन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • बडो निरंकुश तरिकाले विघटन गरिएको छ, पहिलो इपिसोडमै देखाइसकेको हो : प्रचण्ड

    बडो निरंकुश तरिकाले विघटन गरिएको छ, पहिलो इपिसोडमै देखाइसकेको हो : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध राजनीतिक र कानुनी लडाइ लडने बताएका छन्। उनले पुस ५ गते पहिलोपटक ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयका विरुद्धमा जस्तै आन्दोलन गर्ने बताए। उनले १ सय ४९ सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा जाने बताएका छन्। प्रचण्डले ओलीलाई पहिलोपटक नै लाखौं जनता सडकमा उतारेर देखाइसेको बताए। 'बडो निरंकुश…

    विस्तृतमा पढ्नुस्

  • मुलुक नयाँ राजनीतिक जटिलतातर्फ, अब राजनीतिक र कानुनी प्रतिवाद : पाँच दल

    मुलुक नयाँ राजनीतिक जटिलतातर्फ, अब राजनीतिक र कानुनी प्रतिवाद : पाँच दल

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा निम्त्याएको नयाँ राजनीतिक परिस्थितिविरुद्ध प्रमुख प्रतिपक्षी दल सहितको विपक्षी मोर्चा एकजुट भएर प्रतिवादमा उत्रिने भएको छ। पुन: प्रतिनिधिसभा विघटन गरेर निर्वाचन मिति घोषणा भएपछि दलहरुले राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने भएका हुन्। शनिवार बिहान बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार समूह, जनता…

    विस्तृतमा पढ्नुस्

  • विपक्षी गठवन्धनले जिल्ला बाहिर रहेका सबै सांसदलाई काठमाडौं डाक्यो

    विपक्षी गठवन्धनले जिल्ला बाहिर रहेका सबै सांसदलाई काठमाडौं डाक्यो

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरात प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर चालेको असंवैधानिक कदमप्रति एकवद्ध भएको विपक्षी गठवन्धनले काठमाडौं बाहिर रहेका सबै आफ्ना सांसदलाई काठमाडौं बोलाएको छ। आज संसद भवन बानेश्वरमा बसेको बैठकले कानुनी र राजनीतिक लडाईमा जाने निर्णय गरेको थियो। भोलि अदालत खुलेपछि सांसदको हस्ताक्षरसहित राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेसँगै उनीहरुलाई काठमाडौं बोलाइएको हो। 'भोलि नै सांसदको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र प्रधानमन्त्रीले षड्यन्त्र गरेको भन्दै कानुनी र राजनीतिक आन्दोलनमा उत्रिने विपक्षी गठबन्धनको निर्णय

    राष्ट्रपति र प्रधानमन्त्रीले षड्यन्त्र गरेको भन्दै कानुनी र राजनीतिक आन्दोलनमा उत्रिने विपक्षी गठबन्धनको निर्णय

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरात प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर चालेको असंवैधानिक कदमप्रति कानुनी र राजनीतिक लडाँइमा जाने विपक्षी दलहरुले निर्णय गरेका छन्।  आज संसद भवन बानेश्वरमा बसेको बैठकले कानुनी लडाइँमा जाने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए। बैठकले शुक्रवार नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका १ सय ४९…

    विस्तृतमा पढ्नुस्

  • ओलीप्रति आक्रोश बढ्दो, झलनाथ खनालको आग्रह : सबै मिलेर प्रतिरोध गरौँं

    ओलीप्रति आक्रोश बढ्दो, झलनाथ खनालको आग्रह : सबै मिलेर प्रतिरोध गरौँं

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन विरुद्ध उत्रन आह्वान गरेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध प्रतिवादमा उत्रन खनालले आह्वान गरेका हुन्। उनले ओलीको कदम प्रतिगामी र तानाशाही भएको भन्दै विरोध जनाएका छन्। फेसबुक मार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै खनालले लोकतान्त्रिक गणतन्त्र सखाप पार्न षड्यन्त्र भएको आरोप लगाए। खनालले राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • त्यसपछि सिक्किम विश्वको मानचित्रबाट सदाका लागि हरायो

    त्यसपछि सिक्किम विश्वको मानचित्रबाट सदाका लागि हरायो

    सुभाषचन्द्र देवकोटा - सिक्किम अचानक एकै दिनमा भारतमा विलय भएको थिएन। सिक्किमको भारतमा विलय योजनावद्ध र लामो प्रयत्नबाट भएको हो। जनादेश बोकेका र जनताको मन जितेका भनिएका नेताहरू तथा राजनीतिक दलहरूको सहयोगबाट नै सिक्किमको भारतमा विलय सम्भव भएको भुक्तभोगी स्वीकार्छन्। सिक्किमको भारतमा विलयको परिघटना बुझ्नसके अहिलेको देशको राजनीतिक अवस्था र यसले जन्माएको राष्ट्रियताको संवेदनशीलतालाई परख्न सहज हुनेछ। इतिहास भैसकेको विषयलाई…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कसरी अघि बढ्ने? छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारीको बैठक

    राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कसरी अघि बढ्ने? छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारीको बैठक

    काठमाडौं : नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे पदाधिकारीको बैठक बस्न लागेको हो। 'पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाइएको छ। बैठक अहिले ९ बजेका लागि बोलाइएको हो,' कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि कांग्रेसले यसबारे कसरी अघि बढ्ने भन्ने…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा च्याम्पियनदेखि रेलिगेसनसम्मको टुंगो लाग्दै : एट्लेटिको मड्रिड अघिअघि, रियल मड्रिड पछिपछि

    ला लिगा च्याम्पियनदेखि रेलिगेसनसम्मको टुंगो लाग्दै : एट्लेटिको मड्रिड अघिअघि, रियल मड्रिड पछिपछि

    स्पेनिस ला लिगामा अन्तर्गत आज अन्तिम चरणका खेलहरु हुँदैछन्। आजकै खेलबाट ला लिगाको २०२०/२०२१ को सिजनको च्याम्पियन पनि घोषित हुनेछन्। ला लिगा च्याम्पियन बन्ने होडमा एट्लेटिको मड्रिड र रियल मड्रिड छन्। रियल मड्रिडले लिगको अन्तिम खेलमा आज भिल्ला रियलसँग खेल्ने छ भने एट्लेटिको मड्रिडले भालाडोलिडसँग खेल्नेछ। दुबै खेल बेलुकी ९: ४५ मा सुरु हुनेछ। अन्तिम चरणको खेल बाँकी रहँदा एट्लेटिको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनमा एमालेको ह्याट्रिक, कहिले, कसले, किन गरे भंग?

    प्रतिनिधिसभा विघटनमा एमालेको ह्याट्रिक, कहिले, कसले, किन गरे भंग?

    काठमाडौं:  केपी शर्मा ओली नेतृत्वको सरकारले शुक्रबार मध्यरातमा प्रतिनिधसभा विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने फैसला गर्‍यो। नेपालको संसदीय इतिहासमा विघटनको शृङ्खला यो छैटौँ हो। जसमा सबैभन्दा बढी एमाले नेतृत्वको सरकारको  पालामा भएका छन्। ओलीकै पालामा दुई पटक सभा विघटन भए।  आफूले प्रतिनिधिसभामा विश्वासको मत नपाउने भन्दै वैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गरेको ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटन सिफारिस, कार्तिक २६ र मंसिर ३ गते चुनाव

    प्रतिनिधिसभा विघटन सिफारिस, कार्तिक २६ र मंसिर ३ गते चुनाव

    काठमाडौंः सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेको छ। मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधसभा विघटनको सिफारिससँगै मध्यावधि निर्वाचनको घोषणा समेत गरेको हो।  संविधानको धारा ७६(५) बमोजिम राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकोमा प्रधानमन्त्री पदमा वहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी प्रस्तुत गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै उम्मेदवारको दाबी नपुगेको ठहर…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा बोलाइयो मन्त्रिपरिषद् बैठक, राष्ट्रपतिको पत्र लगत्तै मन्त्री पुगे बालुवाटार

    मध्यरातमा बोलाइयो मन्त्रिपरिषद् बैठक, राष्ट्रपतिको पत्र लगत्तै मन्त्री पुगे बालुवाटार

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। संविधानको धारा ७६(५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाबीकर्ता प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवा दुबैलाई नियुक्ति अस्वीकार गरेपछि ओलीले बैठक बोलाएका हुन्।  बैठक बोलाएपछि मध्यरातमा मन्त्रीहरु बालुवाटार पुगेका छन्।  नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएसँगै प्रतिनिधि सभा विघटन हुने चर्चाबीच बैठक बोलाइएको हो। तर, कार्यसूचीबारे मन्त्रीहरुले जानकारी नभएको बताएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी पुगेन, के अब ओलीले नै गर्छन् प्रतिनिधिसभा विघटन ?

    प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी पुगेन, के अब ओलीले नै गर्छन् प्रतिनिधिसभा विघटन ?

    काठमाडौँः संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेकाले नियुक्ति गर्न नमिल्ने ठहर राष्ट्रपति कार्यालयले गरेको छ। शुक्रबार ओली र देउवाको दाबी पेस भएपछि राति अबेरसम्म भएको परामर्शपछि राष्ट्रपति कार्यालयले दुबैको दाबी नपुग्ने निष्कर्ष निकालेको हो।  संवैधानिक प्रावधान अनुसार एक सांसदले पनि सरकार गठन गर्न नसकेपछि अब वर्तमान प्रधानमन्त्री केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप १ जना कोरोना संक्रमितको मृत्यु, १०० जनामा संक्रमण पुष्टि

    वीरगंजमा थप १ जना कोरोना संक्रमितको मृत्यु, १०० जनामा संक्रमण पुष्टि

    वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका-१ का ४५ वर्षीय पुरुष रहेका छन्। शुक्रवार साँझ सवा ५ बजे नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। २७ बैशाखमा गौर अस्पतालमा एन्टिजिनबाट पोजेटिभ देखिएका उनलाई जेठ ३ गते स्वास्थ्य जटिल बन्दै गएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उनको दुवै फोक्सो कोभिड निमोनियाको…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाबीच भर्चुअल रुपमा मनाइयो चलचित्र पत्रकारिता दिवस

    निषेधाज्ञाबीच भर्चुअल रुपमा मनाइयो चलचित्र पत्रकारिता दिवस

    काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले आज ‘२२ औँ वार्षिक उत्सव तथा १९ औँ चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ। संघले फिल्म क्षेत्रसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थितिमा वार्षिक उत्सव मनाएको हो। चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको उपस्थिति रहेको थियो। कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश…

    विस्तृतमा पढ्नुस्

  • सरकारले जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने, नयाँ अध्यादेशमा के छ?

    सरकारले जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने, नयाँ अध्यादेशमा के छ?

    काठमाडौं: कोभिड-१९ को संक्रमण तीव्र रूपमा बढ्दै गएको भन्दै सरकारले रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यादेश जारी गरेको छ। जसमा सरकारले कोभिङ-१९ स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कारबाहीलगायतका व्यवस्था छन्। अध्यादेशमा कोभिड-१९ को संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा वा पर्न सक्ने देखिएमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि सरकारले राजपत्रमा सूचना प्रकाशन…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत पाउने आधार नभएको भनेर फेरि दावी गर्नु गलत : रमेश लेखक

    विश्वासको मत पाउने आधार नभएको भनेर फेरि दावी गर्नु गलत : रमेश लेखक

    काठमाडौं : नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अन्तर्गत नयाँ सरकारका लागि दाबी गर्न नमिल्ने बताएका छन्। ७६ (३) मा रहँदै विश्वासको मत पाउने आधार नभएको भनेर ७६ (५) को लागि मार्ग प्रशस्त गरेका ओलीले फेरि आफै दाबी गर्न जानु संवैधानिक, कानूनी, नैतिक र राजनीतिक आधारले नमिल्ने लेखकको तर्क छ। ‘प्रधानमन्त्री ओलीजीसंग प्रतिनिधिसभाबाट…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई कमल थापाको सुझाव, ‘सरकारका लागि दुबैको दावीमा कीर्ते, खारेज गरी चुनाव घोषणा होस्’

    राष्ट्रपतिलाई कमल थापाको सुझाव, ‘सरकारका लागि दुबैको दावीमा कीर्ते, खारेज गरी चुनाव घोषणा होस्’

    काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नभएको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आ-आफ्नो बहुमत देखाएर ७६ (५) अन्तर्गतको सरकारमा दावी गरेलगत्तै ट्वीट गर्दै थापाले दुबै दावीमा विश्वासको मत प्राप्त गर्ने आधार नभएको टिप्पणी गरेका हुन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • के प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी हुँदैछ अमान्य? के गर्लिन् राष्ट्रपति

    के प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी हुँदैछ अमान्य? के गर्लिन् राष्ट्रपति

    काठमाडौंः संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिको दाबी गर्दै बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन्। शुक्रबार ५ बजेसम्म दाबी प्रस्तुत गर्ने समय तोकिएको थियो। बिहीबार विश्वासको मत लिने अवस्था आफूसँग नरहेको भन्दै नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन सिफारिस गरेका ओलीले बहुमत सदस्यको हस्ताक्षरसहित पुनः दाबी पेस गरेका हुन्। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell