काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलहरु भोलिमात्र सर्वोच्च अदालतमा जाने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च जान लागेको हो। आज रिट तयारी पुरा नभएकोले सर्वोच्च जान नभ्याएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। '…
काठमाडौँ : नक्कली स्यानिटाइजर उत्पादन गर्ने एक उद्योगमा आज प्रहरीले छापा मारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको स्यानिटाइजर बनाउने उद्योगमा छापा मारेको हो। उत्सव डिष्ट्रिलरीका नाममा दर्ता भएको उद्योगले स्यानिटाइजरमा हाल्न नमिल्ने पदार्थ हालेर उत्पादन गर्दै आएको खुलेको छ। 'स्यानिटाइजरमा मिथाइल प्रयोग गर्न पाइँदैन। तर, यहाँ उत्पादित स्यानिटाइजरमा ५० प्रतिशतभन्दा बढी मिथाइल प्रयोग गरेको पाइयो,' अनुसन्धानमा खटिएका…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा देखिएको कोरोना संक्रमणको ग्राफ केही दिनमा नै ओरालो लाग्ने दावी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा पत्रकार सम्मेलनमा अहिले संक्रमण बढ्ने दरको ग्राफ लगतार बढ्नेबाट तेर्सोतिर लागेकाले केही दिनमा ओरालो लाग्ने दावी गरेका हुन्। त्यस्तै अहिले कोरोना संक्रमितको अपचारको लागि आवश्यक पर्ने लगभग अक्सिजन र अक्सिज सिलिण्डरको समस्या पनि समधान भइसकेको बताएका छन्। ठूलो मात्रमा…
काठमाडौँ : अभिनेत्री तथा फिल्म निर्माता, निर्देशक रेखा थापाले अहिले देशमा भइरहेको राजनीति अवस्थाप्रति आक्रोश व्यक्त गरेकी छिन्। देशभर बढी रहेको कोरोना भाइरसको संक्रमण र उपचार अभावले अस्पतालमा छटपटाइरहेका बिरामीको अवस्थालाई मध्यनजर गर्दै देशको राजनीतिक व्यवस्थाप्रति प्रश्न गरेकी छिन्। नायिका थापाले फेसबुकमा स्ट्याटस लेख्दै महामारीको बिचमा राजनीतिक स्वार्थको रोटी सेक्ने लाजमर्दो दौडधुप चलेको बताएकी छिन्। उनले लेखेकी छिन,'मानव जाति र महामारी बिचको लडाइँमा आ-आफ्नो राजनीतिक…
वीरगंज : पर्साका एक जना चिकित्सकको कोरोना संक्रमणबाट काठमाडौँमा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज हेल्थ केयर अस्पताल गण्डक बहुअरीमा कार्यरत डा. मुराद हुसैन रहेका छन्। वीरगंज १ छपकैया निवासी २९ वर्षीय डा.हुसैनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको वीरगंज हेल्थकेयरका सञ्चालक डा अबुलहैस अन्सारीले बताए। डा. हुसेन एक महिनाअघि मात्र आफ्नो एमएस (अर्थोपेडिक)को पढाई सकाई बङ्लादेशबाट फर्केर वीरगजमा कार्यरत…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संविधानको प्रावधानमाथि प्रश्न उठाएका छन्। आफ्नो बहुमतलाई राष्ट्रपतिले मान्यता नदिएर प्रतिनिधिसभा विघटन गरेको भन्दै विपक्षी दलहरु अदालत जाने तयारीमा रहेका बेला थापाले फ्लोर क्रस गर्ने छुट संविधानले दिएको हो भनि प्रश्न गरेका हुन्। एमालेको माधव नेपाल समूहले फ्लोर क्रस गरेर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि हस्ताक्षर गरेको थियो।…
ओलम्पिकमा दुई पटकको पदक विजेत भारतीय कुस्तिवाज सुनिल कुमार पक्राउ परेका छन्। अर्का कुस्तीवाज सागर धनकरको हत्याका आरोपित उनलाई दिल्ली प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। ‘जालान्धरको नजिकबाट उनलाई पक्राउ गरिएको छ। उनीसँगै हत्याका अर्का आरोपी अजय कुमारलाई पनि पक्राउ गरिएको छ,’ श्रोतलाई उदृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ। उक्त प्रकरणपछि फरार भएका उनले दिल्ली कोर्टमा अग्रिम जमानतको…
काठमाडौंः शनिवार बिहानबाट तेह्रथुममासमेत निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमितको सङ्ख्या थपिएसँगै तेह्रथुममा जेठ ७ गते राती १२ बजेदेखि जेठ १४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा गरिएको हो। गृह मन्त्रालयका अनुसार निषेधाज्ञा हुने जिल्लाहरूको सङख्या ७५ पुगेको छ। हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा गरिएको छ। मन्त्रिपरिषद्को बैठकले स्थानीय प्रशासनलाई नै निषेधाज्ञा गर्ने अधिकार दिएपछि निषेधाज्ञा हुँदै…
स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न अन्तिम चरणको खेलमा जित निकालेसँगै एट्लेटिको मड्रिड च्याम्पियन बनेको छ। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भालाडोलिडमाथि १-२ को पुनरागमन जित निकाल्दै एट्लेटिको च्याम्पियन बनेको हो। खेलको १८ औं मिनेटमा ओस्कार प्लानोको गोलम अग्रता बनाएको भालाडोलिड पहिलो हाफमा एक गोलले अघि रहेको थियो। तर दोस्रो हाफमा पुनरागमन गर्न एट्लेटिको सफल रह्यो। एट्लेटिकोका एन्जेल…
जर्मन बुण्डेसलिगा अन्तर्गतका खेलहरु आजबाट सकिएको छ। अन्तिम खेलमा एफसी आउग्सबर्गमाथि च्याम्पियन बायर्न म्युनिखले जित ५-२ गोल अन्तरले जित निकाल्दा रोबर्ट लेवान्डोस्कीले कीर्तिमान बनाएका छन्। जेफरे गोउवेलेउको आत्मघाती गोलमा ९ औं मिनेटमा अग्रता बनाएको बायर्नका लागि २३ औं मिनेटमा सर्ज गनब्री, ३३ औं मिनेटमा जोसुवा किममिच र ४३ औं मिनेटमा किंग्सले कोमनले गोल गर्दा पहिलो हाफमै बायर्न चार गोलले अघि…
वीरगंज : वीरगंजमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा पर्साका २, बाराका एक र सर्लाहीका एक जना रहेका छन्। दुई जनाको नारायणी अस्पतालमा, १/१ जनाको नारायणी वयोधा र स्पर्श अस्प्तालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। मृत्यु हुनेमा ५० देखि ७५ वर्ष उमेर समुहका ३ पुरुष र एक महिला रहेकी छन्। वीरगंज-९ का ६५ वर्षीय…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका गार्डियनमा लेख प्रकाशित गर्दै विश्व समुदायलाई कोभिड-१९ विरुद्धको लडाइँमा सहयोग गर्न आग्रह गरे। त्यस्तै परराष्ट्र मन्त्रालयले पनि कूटनीतिक च्यानलबाट बेलायत सरकारलाई स्वास्थ्य सामाग्री सहयोगको लागि आग्रह गर्दै आएको छ। यसबीच बेलायतले नेपाललाई केही स्वास्थ्य सामाग्री पठायो पनि। यद्यपि, नेपालको चासो भने खोपमा रहेको छ। नेपालले बेलायतबाट खोपको अपेक्षा राखे पनि बेलायतले यस…
जनकपुरधाम : प्रदेश नम्बर २ को जनकपुरधामसहित विभिन्न स्थानमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदमको विरोधमा प्रदर्शन गरेका छन्। जनकपुरधामको जनक चोकमा नेकपा एमाले माधव नेपाल समूहको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र समाजवादी विद्यार्थी संघले संयुक्त रुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। जेठ…
पोखरा : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरामा मसाल जुलुस प्रदर्शन गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै संघले शनिवार विरोध प्रदर्शन गरेका हो। प्रदर्शनका अवसरमा नेविसंघ पूर्व केन्द्रीय सदस्य सरोज केसीले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताएका छन्। उनले असंवैधानिक कदम विरुद्ध विद्यार्थी संघले मौन धारण नगर्ने जनाएका छन्। नेपाल दलित…
काठमाडौंः प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सडक प्रदर्शन थालेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो। शनिबार नेविसंघले देशका विभिन्न शहरमा प्रदर्शन गरेको छ। काठमाडौंमा चिचन्द्र कलेजअघि पनि प्रदर्शन गरिएको छ। प्रदर्शनमा क्याम्पस अगाडि राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको हो। प्रदर्शनमा नेविसंघ त्रिचन्द्र क्याम्पसमा विद्यार्थी नेताहरु…
काठमाडौंः नेकपा (एमाले) ले सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका ११ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। शनिबारको स्थायी समिति बैठकले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको हो। यसअघि नेपाल समूहमा रहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई लगायतलाई भने प्रष्टीकरण सोधिएको छैन। ओली पक्षीय नेता शेरबहादुर तामाङले स्पष्टीकरण चित्तबुझ्दो नभए…
काठमाडौं : ‘वृहत नागरिक आन्दोलन’ले महामारीको बीचमा आमजनताले जनउत्तरदायी राजनीति खोजिरहेको बेला मतपत्र थमाउने झुटो घोषणा गर्नु मानवता विरुद्धको अपराध भएको बताएको छ। ‘वृहत नागरिक आन्दोलन’ले विज्ञप्ति जारी गर्दै मध्यरातमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन, संविधान र लोकतन्त्र नै समाप्त पार्ने कदमलाई ‘कू दे ताँ’ ठहर गरेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो संकटको क्षणमा आमजनतालाई…
काठमाडौं : सभामुख अग्निप्रसाद साकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघटन सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला विपरित भएको सापकोटाको दाबी छ। उनले विज्ञप्ति जारी गर्दै पुस ५ गते भएको संसद विघटनको आन्दोलनको विपरित प्रधानमन्त्री र राष्ट्रपति गएको तर्क गरेका छन्। ‘राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७…
काठमाडौं : विपक्षी दलका युवा संगठनहरुले संसद विघटन मार्फत संवैधानिक संकट निम्त्याउने प्रधानमन्त्री केपी ओलीको कदमको भर्त्सना गरेका छन्। विपक्षी गठबन्धनका ६ युवा संगठनले आज प्रेस विज्ञप्ति जारी गर्दै सबै मिलेर कोभिड-१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनाव गर्न चालिएको असंवैधानिक कदमको निन्दा गरेको बताएका छन्। संघिय लोकतान्त्रिक गणतन्त्रप्रति शुरुदेखि नै पुर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफनो प्रयत्नलाई…
काठमाडौं : अमेरिकाले सहयोग गरेको स्वास्थ्य सामग्रीसहितको कार्गो विमान आज नेपाल आइपुगेको छ। तीनमध्ये पहिलो कार्गो विमान नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्य कार्गो विमान दुई दिन भित्रमा आउने बताइएको छ। अमेरिकी दूतावास तथा यूएसएडका अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई आज दिउँसो सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। अमेरिकाले सर्जिकल मास्क, फेस सिल्ड, पञ्जालगायतका स्वास्थ्य सामग्री सहयोग…