इटालियन सिरि ए अन्तर्गत गएराति सम्पन्न खेलमा बोलोग्नामाथि ४-१ गोलअन्तरको सहज जित निकालेको युभेन्टसले ३८ खेलबाट ७८ अंक जोड्दै शीर्ष चारमा स्थानमा स्थान बनाएको छ। साविक विजेता रहेको युभेन्टसलाई यसपटक शीर्ष चारमा स्थान बनाउनसमेत धौधौ परेको थियो। गएराति नै सम्पन्न अर्को खेलमा नापोलीले हेलास वेरोनासँग १-१ को बराबरी खेलेपछि युभेन्टले अगाडि जाने मौका पाएको थियो। त्यस्तै गएराति नै सम्पन्न अर्को…
फ्रेन्च लिगवान अन्तर्गत गएराति सम्पन्न खेलमा एन्जर्सलाई हराएसँगै लिल लिगवानको च्याम्पियन बनेको छ। घरेलु टोली एन्जर्समाथि २-१ गोलअन्तरले जित निकालेको लिलले निकटतम प्रतिद्वन्दी रहेको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई एक अंकले पछि पारेको थियो। च्याम्पियन बन्नका लागि जित्नै पर्ने दवाबका साथ उत्रिएका दुबै टोलीले गएराति खेलका खेलमा जित निकालेका थिए। यद्यपि पीएसजीलाई भने आफ्नो जितसँगै लिलको हार या…
वीरगंज : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक जारी गरेको खुशीयालीमा वीरगंजमा दीप प्रज्वलन गरिएको छ। जसपाको राजपा घटक नेता कार्यकर्ताहरुले वीरगंजमा दीप प्रज्वलन गरेका हुन्। जसपाको नगर कमिटी वीरगंजको अगुवाईमा भएको कार्यक्रममा नागरिकता विधेयकले मधेसका ५ लाखभन्दा बढी मधेसीलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोले नेपाल सरकारको यो कदम स्वागत योग्य भएको जसपाका केन्द्रीय सदस्य सुरेन्द्र कुर्मीले बताए। उनले भने, ‘कोरोना…
इटालीमा केबलकार खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ। उत्तरी इटालीको मेगिओरी ताल नजिक रहेको पहाडमा आइतवार केबलकार दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। स्ट्रेसाको रिसोर्ट टाउनबाट यात्रु बाकेर पिडमोन्ट क्षेत्रको मोट्टारोन पहाडतर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको जनाइएको छ। दुर्घटनास्थलको तस्बिरमा क्षतिग्रस्त केबलकार जंगलको बीचमा दुर्घटना भएको देखिएको छ। अधिकारीहरुका अुनसार दुर्घटनास्थलबाट ५ र ९…
काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रणनीति बदलिँदो छ। पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गर्दा विपक्षी दल नेपाली कांग्रेसका प्रशंसा गरेका ओलीले पछिल्ला दिनमा कांग्रसमाथि निशाना लगाएका छन्। बालुवाटारमा शुक्रबार र आइतबार भएको अन्तरक्रियामा उनी कांग्रेसप्रति आक्रामक देखिए। ओलीले कांग्रेसलाई प्रचण्ड पथमा लागेको आरोप लगाउनसम्म भ्याए। ओलीविरुद्ध उत्रिएका पाँच दल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासँगै…
काठमाडौंः जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले अब वंशजको नागरिकता प्राप्त गर्ने भएका छन्। २०७२ असोज ३ गतेअघि जन्मिएका तथा आमा र बाबु दुबै नेपाली नागरिक भएका व्यक्तिहरुले वंशजको नागरिकता पाउन लागेका हुन्। जनता समाजवादी पार्टी, नेपालसँग भएको सहमति अनुसार सरकारले अध्यादेश सिफारिस गरेको थियो। अध्यादेश आइतबार जारी भएको छ। नागरिकताको सवालमा यसअघि निकै अनुदार रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको…
जनकपुरधाम : जनकपुरमा जसपा नेपाल (उपेन्द्र यादव पक्ष) र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले संयुक्त रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको विरोधमा उनीहरूले जनकपुरको शिवचोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएका हुन्। नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्यले प्रधानमन्त्रीमा…
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको (उपेन्द्र-बाबुराम समूह) केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। जेठ ८ र ९ गतेगरी दुई बसेको बैठकपछि प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा निर्णयहरु सार्वजनिक गरिएको छ। निर्णय नम्बर ४ मा पार्टीको नीति, सिद्धान्त, विचार एजेण्डा, विधान र कार्यदिशा विपरीत कार्य गर्दै गराउदै हिँडेका नेताहरु महन्थ ठाकर, राजेन्द्र…
वीरगंज : वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ३ र रौतहटका २ जना रहेका छन्। जसमा ५० वर्षदेखि ६५ वर्ष उमेरका एक महिला र ४ जना पुरुष रहेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका-५ का ६५ वर्षीय वृद्धको आइतवार दिउँसो साढे १२ बजे उपचारको क्रममा नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटलको…
कैलाली : सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञाका बाबजुद पनि कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ। २५ दिनअघि कोरोना महामारीको चेन ब्रेक गर्न भन्दै बैशाख १६ गते कैलालीबाट प्रदेशमा निषेधाज्ञाको सुरुवात गरिएको थियो। त्यसपछि विभिन्न जिल्लाहरूमा शुरु गरिएको निषेधाज्ञा अहिले प्रदेश भरी जारी छ। तर, त्यसको परिणाम भने अपेक्षित हुन सकेको छैन। बैशाख १६ गते निषेधाज्ञा शुरु गरिएको दिन सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना…
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले नागरिकता सम्बन्धी अध्यादेशको स्वागत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी आइतवार दिउँसो अध्यादेश जारी गरेलगत्तै अध्यक्ष महन्थ ठाकुरले आफ्नै पहलमा जारी भएको अध्यादेशको स्वागत गरेका हुन्। उनले नागरिकताबाट वञ्चित लाखौ नागरिकले अब नागरिकता पाउने भन्दै खुसी प्रकट गरेका छन्। ‘लाखौ-लाखको संख्यामा रहेका नेपाली नागरिक आमाका संतान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान जसलाई अध्यावधि नेपाली…
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र-बाबुराम समूहको केन्द्रीय कार्यकारिणी समिति बैठकलाई अवैध घोषणा गरेका छन्। अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको आइतवार बसेको कार्यकारी समिति बैठकले अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगामी कदमलाई साथ दिनेहरूमाथि छानबिन गर्ने निर्णय पनि…
बुटवल : कोरोनाको दोस्रो लहर शुरु भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १६ जना कोरोना संक्रमित महिलाले सल्यक्रियाबाट बच्चा जन्माएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार अस्पतालमा २४ जना संक्रमित महिला सुत्केरी भएका छन्। जसमध्ये १६ जनाले सल्यक्रियाबाट बच्चा जन्माएका हुन् भने ८ जनाको नर्मल डेलीभरी भएको हो। त्यस बाहेक गर्भावस्थासँग सम्बन्धित अन्य समस्या गर्भपतन, रक्तश्राप लगायत…
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २५ वटा रिट परेका छन्। आइतवार परेका रिटहरु दर्ता प्रक्रियामा छन्। दर्ता भइसकेको अवस्था छैन। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते विहान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ लाई मध्यावधि निर्वाचन तोकेकी थिइन्। यस विरुद्ध सर्वोच्चमा २५ वटा रिट पेश भएको सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। उनका अनुसार सबै…
हेटौँडा : वाग्मती प्रदेश सभाको आठौँ अधिवेशन आह्वान गरिएको छ। जेठ १६ गते आइतवारको लागि प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आइतवार आह्वान गरिएको हो। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले १६ जेठमा आठौँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वाव…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि आफूमाथि उठेका सवालको जवाफ दिएका छन्। आइतवार सरकारी निवास बालुवाटारमा सीमित पत्रकारहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार आह्वान, प्रधानमन्त्री पदमा दाबीको वैधानिकता, राष्ट्रपतिको अधिकार, विघटनको बाध्यता, विघटनविरुद्ध भएका प्रचार प्रसार लगायतका प्रश्नमाथि स्पष्टीकरण दिएका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोविरुद्ध अदालत जाने भनेको विपक्षी मोर्चा, नागरिक समाजमाथि पनि…
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका १ सय ९३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोभिड १९ को ब्रिफिङ गर्दै १ सय ९३ जनाको मृत्यु भएको जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जनामा कोरोना पोजेटीभ देखिएको छ। कोरोना संक्रमणबाट ७ हजार ६ सय ६४ जना मुक्त रहेका छन्। कोरोनाबाट मुक्त…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि खनिएका छन्। एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेस प्रचण्ड पथमा हिँडेको आरोप लगाए। लामो समयसम्म कांग्रेसप्रति नरम रहँदै आएका ओली आज भने आक्रमण भएका हुन्। सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस मध्यावधि चुनावमा भाग लिन्न भन्नु अलोकतान्त्रिक भएको उल्लेख गरे। प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले गराएको निर्वाचनमा…
काठमाडौं : आज प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पत्रकार सम्मेलन गरे। बालुवाटारमा आयोजित पत्रकारसँगको भेटमा उनले अधिकांश समय पुरानै कुरा दोहर्याए। नयाँ केही थियो भने मिडिया विरुद्धको अभिव्यक्ति। साथै प्रमुख प्रतिपक्षी दलविरुद्धको बोली पनि नयाँ सुनियो। आफ्नै दलका नेताहरु विरुद्ध लामो समयदेखि कडा अभिव्यक्ति दिँदै आएको भए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवाविरुद्ध उनी बोलेका…
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना निकाल्दै परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो। ‘२०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन फर्महरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन फाराम छुट भएका विद्यार्थीहरुको…