वीरगंज : वीरगंजमा सोमवार अपरान्ह ४ बजेसम्म थप ८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ४, बाराका २ र सर्लाहीका २ जना रहेका छन्। जसमा चार जना महिला र चार जना पुरुष रहेको जनाइएको छ। ३५ देखि ७० वर्ष उमेर समूहका ८ जनामध्ये ६ जनाको नारायणी अस्पतालमा, १ जनाको वीरगंज हेल्थकेयर अस्पतालमा र एक जनाको नेसनल अस्पतालको…
सलमान खान अभिनित फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’ इदको अवसरमा मे १३ मा सिनेमा घरसहित विभिन्न डिजिटल प्लेटफर्ममा रिलिज भयो। तर, रिलिज भएको केही घण्टामा नै फिल्म पाइरेसी हुन थाल्यो। फिल्म गैरकानुनी रुपमा पाइरेसी हुन थालेपछि फिल्मको ब्रोडकास्ट राइट होल्डर जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेट लिमिडेटले दिल्ली उच्च अदालतमा उजुरी हालेको छ। फलस्वरुप दिल्ली अदालतले फिल्मलाई ह्वाट्सएप र अन्य सोसल…
काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध १४६ जना सांसदले रिट दायर गरेका छन्। सोमवार सर्वोच्च अदालतमा उपस्थित भई हस्ताक्षर सनाखतसहित रिट दायर गरेका छन्। रिट निवेदकमा १ नम्बरमा शेरबहादुर देउवाको नाम छ। उनको उमेर ७६ वर्ष रहेको छ। दोस्रो नम्बरमा पुष्पकमल दाहाल प्रचण्डको नाम छ। उनी ६६ वर्षका हुन्। तेस्रो नम्बरमा माधवकुमार नेपालको नाम छ। उनको उमेर ६९ वर्ष उल्लेख छ। चौथो नम्बरमा…
वीरगंज : वीरगंज महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप किन्ने तयारी थालेको छ। केन्द्र सरकारले देशभर खोप समयमा पुर्याउने सम्भावना कम भएको महसुस गर्दै वीरगंज महानगरले आफैँ खोप किनेर नगरवासीलाई लगाउने तयारी थालेको मेयर विजयकुमार सरावगीले बताएका छन्। उनका अनुसार कम्तिमा ५/७ करोड खर्च गरेर भएपनि एक लाख नगरवासीलाई खोप लगाउने महानगरको लक्ष्य रहेको छ। उनले यस विषयमा विज्ञ स्वास्थ्यकर्मीसँग परामर्श गरी…
वीरगंज : वीरगंजमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उल्टो पुतला झुण्डयाएर विरोध प्रदर्शन गरिएको छ। संयुक्त विद्यार्थी मोर्चा ठाकुराम बहुमुखी क्याम्पसले सोमवार सांकेतिक विरोध प्रदर्शन गर्न यस्तो गरेको हो। क्याम्पसको मुल गेटमा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला झुन्ड्याइएको थियो। उल्टो झुण्डिएको पुतला नजिकै संसद विघटन खारेज गर, प्रतिगमनलाई अन्तिम धक्का, केपी विद्या मुर्दावाद लगायतका नाराहरु लेखिएको प्लेकार्ड टाँसिएको…
कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ का ६० वर्षीया महिला, कैलारी गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीया महिला, वडा नम्बर ७ का ३५ वर्षीय पुरुष, वडा नम्बर ८ का ६० वर्षीया महिलाको मृत्यु भएको हो। यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ का…
वीरगंज : जन्ती बोकेर रौतहटबाट बारा आएको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। बारा प्रहरीका अनुसार बाराको कलैया-१६ अन्तर्गत पर्ने मानमत–कलैया सडकखण्डको डाकाहा नजिक उक्त दुर्घटना भएको हो। रौतहटको गुजरा नगरपालिका-६ खतबैया टोलबाट एक मुस्लिम युवकको विवाहको जन्ती लिएर बाराको जीतपुरसिमरा-१९ को बहडिल्वा आउँदै गर्दा सोमवार बिहान सवा १० बजेको समयमा ना ४ ख ४७४९ नम्बरको बस अनिनियन्त्रित…
काठमाडौंः कोरोना संक्रमण भएका एक प्रहरी नायव उपरीक्षक (डिएसपी) को मृत्यु भएको छ। डिएसपी समिरचन्द्र खरेलको उपचारको क्रममा प्रहरी अस्पताल महाजगञ्जमा मृत्यु भएको हो। सोमबार उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ। उनी प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यारत् रहेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दुई सातादेखि प्रहरी अस्पताल भर्ना गरिएको थियो। यसअघि कोरोना संक्रमणको कारण नै महानगरीय प्रहरी परिसर…
केही दिनअघि भारतीय सञ्चारमाध्यमहरुमा एकजना इटाँभट्टामा इँटा उठाइरहेको एकजना महिलाको तस्बिरले चर्चा पायो। उनी थिइन् भारतीय फुटबल टिममा उमेर समूहबाट खेलिसकेकी संगिता सोरेन। उनको उक्त तस्बिर बाहिर आएसँगै भारतीय खेलकुद क्षेत्रमा राम्रै चर्चा जमायो। उमेर समूहमा राम्रो प्रदर्शन गरेकी उनले राष्ट्रिय टोलीमा स्थान बनाएसँगै कोभिड महामारी सुरु भएसँगै राष्ट्रिय टोलीबाट भने सहभागिता जनाउने अवसर पाएकी थिइनन्। उनले उमेर समूहमा यू…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले मानिसको आवात जावत प्रभावकारी रुपमा नियन्त्रण गर्न नसक्दा अपेक्षा अनुसार कोरोना संक्रमण नियन्त्रणमा नआएको बताएका छन्। सोमवार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले मानिसको आवत जावत र केही सेवा र कार्यहरु कायमै रहेकाले संक्रमण नियन्त्रण अपेक्षा अनुसार नभएको उनले बताए। त्यस्तै, अझै चार हप्तापछि भने संक्रमण नियन्त्रणमा आउने उनको दावी थियो। 'व्यक्तिहरुको आवात जावत प्रभावकारी रुपमा नियन्त्रण…
काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिब्यक्ति टिप्पणी गर्न समेत लायक नभएको बताएका छन्। आज सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटन विरुद्ध रिट दायर गर्न पुगेका नेता थापाले यस्तो अभिव्यक्ति दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले 'नेपाली कांग्रेस माओवादीमा पथमा लागेको' आक्षेप लगाएका थिए। साथै कांग्रेस सभापति शेरबहादुर देउवाको राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सम्बोधनका विषयमा…
काठमाडौं : केही दिन अघि अस्तव्यस्त हिसाबले खोप लगाउनेहरुको काठमाडौंका अस्पतालमा जस्तो लाइन देखिन्थ्यो आज सर्वोच्च अदालत परिसरमा त्यस्तै देखिएको छ। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त गर्नुपर्ने भन्दै सांसदहरु सर्वोच्च अदालत पुगेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहित प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरेपछि यही टोलीले १ सय ४९ जना सांसदको हस्ताक्षर सहित दावेदारी पेश गरेको थियो। तर, विपक्षी…
काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एमालेको विवाद समाधानका लागि गठित वार्ता टोलीका नेता भीम रावलले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्। सञ्चारकर्मीसँगको अन्तक्रियामा रावलले ओली वैधानिक अध्यक्ष नै नभएकाले स्पष्टीकरण दिइरहनु नपर्ने दाबी गरे। 'उहाँले उल्लेख गरेको कुराहरु निराधार छन्। उहाँ नेकपा एमालेको होइन महाधिवेशन आयोजक कमिटीको अध्यक्ष हुनुभएको छ। कुनै पनि स्पष्टीकरणको जवाफ दिनु पर्दैन।…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि विपक्षी गठबन्धनसँगै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा गएको छ। नेपाल समूहका २३ सांसद प्रतिनिधिसभा पुनस्थापन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भन्दै अदालतमा गएका हुन्। संविधानको धारा ७६ (५) अनुसार देउवलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भन्दै एमालेका २६ जना सांसदहरुले हस्ताक्षर गरेका थिए। नेकपा…
कोरोना भाइरस पत्ता लगाउन अहिलेसम्म उपयोगी र भरपर्दो विधि भनेको आरटी पीसीआर परीक्षण नै हो। केही देशमा कोभिड १९ संक्रमण भए नभएको थाहा पाउन एन्टिजेन विधिका साथै कोरोना टेस्टिङ किटको समेत प्रयोग हुँदै आइरहेको छ। वैज्ञानिकहरुले भने अब कुकुरको सहयोगबाट पनि कोभिड १९ भए/नभएको पत्ता लगाउन सकिने बारेमा अध्ययन गरेका छन्। सोमबार प्रकाशित एक अनुसन्धान रिपोर्ट अनुसार कोरोना संक्रमित भएका मानिसमा अन्य…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन्। बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २३ सांसदले देउवलाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गर्न हस्ताक्षर गरेको सांसद झपट रावलले जानकारी दिए। 'दुई तीन जनाको तलमाथि हुने हो। २३ जनाले गरिसकेका छन्। केही थपिन सक्छन्,' उनले भने। एमालेका विरोध…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि ५/ ५ जनाको समूहमा सांसदहरु जान थालेका छन्। कोभिड-१९ संक्रमणलाई ध्यान दिएर ५/ ५ जनाको समूहमा अदालत जाने निर्णय भएको एमालेको माधवकुमार नेपाल समूहका सांसद झपट रावलले जानकारी दिए। उनले आफ्नो समूहबाट देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसद संख्या २५ पुगेको बताए। नेपाली…
काठमाडौं : कोरोना संक्रमितको दर थपिँदै जाँदा काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको समय पनि लम्बिने भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एक साता थप निषेधाज्ञा गर्ने सहमत भएका हुन्। पछिल्लो पटक काठमाडौं उपत्यकाभित्र थपिएको निषेधाज्ञा जेठ १३ गतेबाट सकिँदैछ। एक साता निषेधाज्ञा थप गर्ने गरी भोलि (मङ्गलवार) बिहान ११ बजेको लागि बैठक बोलाइएको छ। 'संक्रमितको संख्या थपिरहेकाले निषेधाज्ञा पनि थपिने भएको…
काठमाडौः कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरेको तीन साता पुरा भएको छ। निषेधाज्ञाको कारण यातायात, कलकारखाना, व्यापार व्यवसाय, शैक्षिक क्षेत्र लगायत सबै ठप्प छन्। दैनिक रोजगारी गरेर खानेहरूको लागि काठमाडौं बसाई सकसपूर्ण बन्दै गएको छ। सार्वजनिक सवारी साधन नचल्दा घर( गाउँ) फर्किने बाटो पनि बन्द भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला मात्र होइन देशभरका ७५ वटै जिल्लामा…
काठमाडौं : कोरोना महामारीबाट देश नै आक्रान्त बनिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सनकका भरमा प्रतिनिधिसभा विघटन गरे। कोरोना संक्रमणबाट जीवनमरणको दोसाँधमा रहेका जनतालाई स्वास्थ्य सामग्री, अक्सिजन, आइसीयू र भेन्टिलेटर चाहिएको बेला ओलीले संसद नै विघटन गरेर राजनीतिक संकटको भुमरीमा देशलाई धकेलिदिएका छन्। जनतालाई महामारीबाट बचाउन आवश्यक भ्याक्सिनको जोहो गर्न छाडेर ओलीले निर्वाचन घोषणा गरेर जनताको जीवनमाथि खेलवाड गरेका छन्।…