PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • वीरगंजमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, यी गतिविधिमा लगाइयो रोक

    वीरगंजमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, यी गतिविधिमा लगाइयो रोक

    वीरगंज : वीरगंजमा आगामी जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ। गत बैशाख १६ गतेदेखि पर्सा जिल्लामा लाग्दै आएको निषेधाज्ञालाई जेठ १३ पश्चात पुनः एक साता थप्दै २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साको बुधवार बसेको बैठकले निषेधाज्ञा अवधि एक साता लम्ब्याउन गरेको सिफारिश अनुसार प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जेठ २० गते राति…

    विस्तृतमा पढ्नुस्

  • घरेलु तथा साना उद्योगलाई आवश्यक सहयोगको कार्यक्रम ल्याउन सरकारसँग माग

    घरेलु तथा साना उद्योगलाई आवश्यक सहयोगको कार्यक्रम ल्याउन सरकारसँग माग

    हेटौँडा : मकवानपुर घरेलु तथा साना उद्योग संघले कोरोना भाइरस (कोभिड-१९)का कारण गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण घरेलु तथा साना उद्योगीहरु मारमा परेको भन्दै आवश्यक सहयोगका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ। संघका महासचिव कुमार पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै विगतको नाकाबन्दी र करिब डेढ वर्षको कोभिड-१९ का कारण भएको लकडाउनले घरेलु तथा साना उद्योगी आफ्ना व्यवसाय सञ्चालन गर्न…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार गाडी दाङमा दुर्घटना

    पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार गाडी दाङमा दुर्घटना

    बुटवलः नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितको पत्रकार टोली सवार गाडी दाङमा दुर्घटनामा परेको छ। तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ नम्बरको स्कोर्पियोले पोखरेलसहित सवार गाडीलाई ठक्कर दिएको हो। गाडीमा पोखरेलसहित पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र पूर्वअध्यक्ष सुदीप गौतम सवार थिए। ठक्करबाट गौतमको टाउकोमा चोट लागेको छ। गौतमको राप्ती प्रादेशिक अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल समूहका १५ नेताको ओलीलाई जवाफ : निरंकुश शैलीले कारबाहीको डण्डा चलाइयो, अब निर्णायक कदम

    नेपाल समूहका १५ नेताको ओलीलाई जवाफ : निरंकुश शैलीले कारबाहीको डण्डा चलाइयो, अब निर्णायक कदम

    काठमाडौँ: नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र मावधकुमार नेपाल समूहका १५ नेताहरुले ओलीविरुद्ध निर्णायक कदम चाल्ने बताएका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै १५ स्थायी कमिटी सदस्यहरुले एकतावद्ध संघर्ष आवश्यक भएको बताएका हुन्। 'प्रधानमन्त्री केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ। यसका लागि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

    वीरगंजमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा चारै जनाको नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको जनाइएको छ। जसमा पर्साका दुई, बाराका एक र रौतहटका १ जना रहेका छन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ का ५७ वर्षीय पुरुषको हिजो राति साढे ७ बजे मृत्यु भएको थियो भने बैशाख २९ गते पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि…

    विस्तृतमा पढ्नुस्

  • इन्धन लिन भारत जान लागेको ट्यांकरबाट २१८ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ

    इन्धन लिन भारत जान लागेको ट्यांकरबाट २१८ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ

    वीरगंज : बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरी चौकी पथलैयाको टोलीले पथलैयाको रामरहिम ग्यारेजमा पार्क गरिएको ना ४ ख २९७९ नम्बरको इन्धन ढुवानी गर्ने ट्याकंरबाट उक्त गाँजा बरामद गरेको बारा प्रहरीले जनाएको छ। काठमाडौंबाट भारतको बिहार राज्य बरौनीको आईओसीस्थित डिपोमा पेट्रोल बोक्न जाँदै गरेको ट्यांकरमा गाँजा छ भन्ने गोप्य सूचनाको आधारमा ग्यारेजमा मर्मतको लागि पार्किङ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री मनीषा कोइरालाद्वारा नारायणी अस्पताललाई ४ थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

    अभिनेत्री मनीषा कोइरालाद्वारा नारायणी अस्पताललाई ४ थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

    वीरगंज : अभिनेत्री मनीषा कोइरालाले वीरगंजस्थित नारायणी अस्पताललाई चार थान भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेकी छन्। उनका तर्फबाट नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्र किशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा उदयनारायण सिंहलाई हस्तान्तरण गरेका थिए। त्यसैगरी, अन्य स्वास्थ्य सामग्रीमा १००/१०० थान फेससिल्ड र पीपीई तथा ३ थान फूल फेस मास्क प्रदान…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘राधे’  माथि रिभ्यु गर्ने समीक्षकलाई लगाइयो मानहानीको मुद्दा

    फिल्म ‘राधे’  माथि रिभ्यु गर्ने समीक्षकलाई लगाइयो मानहानीको मुद्दा

    सलमान खानको फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’ टिमले फिल्म समीक्षक कमाल राशिद खान (केआरके) विरुद्ध मानहानीको मुद्दा दर्ता गराएको छ। केआरकेले आफैं ट्वीटरमार्फत लिगल नोटिसको फोटो पोस्ट गर्दैँ यसबारे जानकारी दिएका हुन्। उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै तपाईले राम्रो फिल्म बनाउनुपर्ने थियो समेत भनेका छन्। केही दिनअघि आफ्नो एक ट्वीटमा केआरकेले राधे फिल्मको खुलेर आलोचना गरेका थिए। उनले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा सरकारले अध्यादेशबाट बजेट ल्याउँदै, विपक्षी दलले प्रतिकार गर्ने

    प्रदेश १ मा सरकारले अध्यादेशबाट बजेट ल्याउँदै, विपक्षी दलले प्रतिकार गर्ने

    विराटनगर : प्रदेश नम्बर १ को प्रदेश सभाका मुख्य ४ विपक्षी संसदीय दलका नेताहरूले प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन्। नेपाली काङ्ग्रेस राजीव कोइराला, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, जनता समाजवादीका जयराम यादव र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मोर्चाका विष्णुमाया तुम्बाहाम्फेले बुधबार अपराह्न संयुक्त पत्रकार सम्मेलन गर्दै प्रतिवादको चेतावनी दिएका हुन्। प्रदेश सरकारले प्रत्येक महिनाको असार…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ विरुद्धको लडाईमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली राजनीतिक दलका शीर्ष नेताबिच भर्चुअल बैठक

    कोभिड-१९ विरुद्धको लडाईमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली राजनीतिक दलका शीर्ष नेताबिच भर्चुअल बैठक

    काठमाडौं : नेपालका राजनीतिक दल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बिच कोभिड-१९ महामारी विरुद्धको विषयमा छलफल भएको छ। सीपीसीको आयोजना भएको छलफलमा नेपालका तर्फबाट नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व प्रधानमन्त्री एवम्  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता नारायण खड्का, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, राप्रपाका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • महन्थलाई उपेन्द्रले सोधे काउन्टर स्पष्टीकरण : ओलीको साथदेखि पार्टीलाई पकेट बनाएकोसम्म, कारवाहीको चेतावनी

    महन्थलाई उपेन्द्रले सोधे काउन्टर स्पष्टीकरण : ओलीको साथदेखि पार्टीलाई पकेट बनाएकोसम्म, कारवाहीको चेतावनी

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेको छ। मंगलवार राती महन्थले उपेन्द्रलाई ७ बुँदे स्पष्टीकरण सोधेका बेला सोही दिन उपेन्द्रका तर्फबाट केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले महन्थलाई ८ बुँदे स्पष्टीकरण सोधेका हुन्। महन्थले विपक्षी गठबन्धनलाई किन साथ दिएको, लुम्बिनीमा किन एकलौटी सांसदमाथि कारवाही गरेको, मधेश मुद्दा समाधान गराउँदा किन ठेस…

    विस्तृतमा पढ्नुस्

  • सुदूर पश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिने नेकपा एमाले प्रदेश संसदीय दलको निर्णय

    सुदूर पश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिने नेकपा एमाले प्रदेश संसदीय दलको निर्णय

    कैलाली : नेकपा एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। आज  बसेको बैठकले  सुदुर पश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको प्रदेश सभा सदस्य पुर्णा जोशीले जानकारी दिएन्। बैठकमा माधव नेपाल पक्षका १९ जना नै उपस्थित थिए भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षको तीन जना सांसद सहभागी थिए। कोरोना संकटको अवस्था भएकाले…

    विस्तृतमा पढ्नुस्

  • बाबु गुमाएपछि आदर्श मिश्रको केपी ओलीलाई चुनौती : मेरो बाबाले चलाएको स्कुल हेर र तिमीले चलाएको देश

    बाबु गुमाएपछि आदर्श मिश्रको केपी ओलीलाई चुनौती : मेरो बाबाले चलाएको स्कुल हेर र तिमीले चलाएको देश

    आदर्श मिश्र - बाबा हुनुहुन्न अब। मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार चाहिँ नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु। किनभने दुई हप्ता अगाडि बाबालाई डायलासिसमा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर एनएमसीबाट निकालिदिएको हो। चार वर्ष बाबाले एनएमसीमा डायलासिस गराउनु भएको हो। प्रति डायलासिसको सरकारले ३५ सय दिन्छ। कमाउने बेलामा तिमीहरु कमाउने, पेसेन्टलाई…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग फाइनल: म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्दै

    युरोपा लिग फाइनल: म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्दै

    यूईएफए युरोपा लिगको आज राति फाइनल खेल हुँदैछ। पोल्याण्डमा हुने फाइनलमा खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियल आमनेसामने हुनेछन्। खेल राति पौने १ बजे सुरु हुनेछ। पहिलो पटक युरोपको मुख्य लिगमा फाइनल पुगेको भिल्लारियलले पहिलो पटकमै फाइनल उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने छ। उता प्रिमियर लिगमा दोस्रो स्थान सुरक्षित गरेको युनाइटेड ट्रफी जित्नमा कन्फिडेन्ट देखिन्छ। युनाइटेडका…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर सिटीमाथि एनएसएलको डण्डा: प्रशिक्षक यान ल लगायत चार जना कारबाहीमा

    विराटनगर सिटीमाथि एनएसएलको डण्डा: प्रशिक्षक यान ल लगायत चार जना कारबाहीमा

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) ले फ्रेन्चाइजी टिम विराटनगर सिटीमाथि कारवाही गरेको छ। प्रतियोगिता भर विवादमा रहेको विराटनगर सिटी र उक्त टिमका चार जनालाई एनएसएलले कारबाही गरेको हो। प्रतियोगितामा ललितपुर सिटीसँगको १९ औं खेलमा विराटनगर विवादमा तानिएको थियो। उक्त खेलबारे टेक्निकल पार्टनर अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको समन्वयमा एनएसएलले कारबाही गरेको हो। एनएसएलले विराटनगरमाथि एक लाख रुपैयाँ जरिवाना लागएको छ। उक्त खेलमा…

    विस्तृतमा पढ्नुस्

  • विभाजनको संघारमा जसपा : उपेन्द्र यादवलाई सोधियो ७ बुँदे जवाफी स्पष्टीकरण, 'मुद्दा समाधान गराउँदा तपाईलाई किन ठेस पुग्यो?'

    विभाजनको संघारमा जसपा : उपेन्द्र यादवलाई सोधियो ७ बुँदे जवाफी स्पष्टीकरण, 'मुद्दा समाधान गराउँदा तपाईलाई किन ठेस पुग्यो?'

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ। पार्टीमा एक अध्यक्षले अर्को अध्यक्षलाई स्पष्टीकरण सोध्ने, कारवाही गर्ने गतिविधिले पार्टीलाई फुटको दिशातिर अग्रसर गराएको हो। सोमवार राती अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका छन्। अध्यक्ष ठाकुरले पार्टीको मूल्य मान्यता नीति तथा विधान विपरीत कामकारवाही गरेको भन्दै पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको…

    विस्तृतमा पढ्नुस्

  • चर्को शुल्क लिने अस्पतालहरुलाई वीरगंज महानगरले कारबाही गर्ने

    चर्को शुल्क लिने अस्पतालहरुलाई वीरगंज महानगरले कारबाही गर्ने

    वीरगंज : वीरगंज महानगरले चर्को शुल्क लिई बिरामीको उपचार गर्ने वीरगंजका निजी अस्पतालहरुलाई कारबाही गर्ने भएको छ। कोरोना महामारीको दोस्रो चरणमा वीरगंजका केही अस्पतालहरुले चर्को शुल्क लिएर कोभिड र अन्य बिरामीहरुको उपचार गरेको कुरा बाहिर आएपछि महानगरको ध्यानार्षण भएको बताउँदै कारबाही गर्ने चेतावनी दिएको हो। वीरगंजका मेयर विजय सरावगीले विज्ञप्ति जारी गर्दै त्यस्ता अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • गायक रामकृष्ण ढकाल अक्सिजनको जोहो गर्न अमेरिकामा सहयोग जुटाउँदै

    गायक रामकृष्ण ढकाल अक्सिजनको जोहो गर्न अमेरिकामा सहयोग जुटाउँदै

    काठमाडौं: गायक रामकृष्ण ढकालले नेपालमा कोभिड–१९ का बिरामीलाई अक्सिजन सिलिन्डर जुटाउन लागि परेका छन्। कन्सर्टका लागि अमेरिका पुगेका उनले नेपालमा अक्सिजन अभाव भएको भन्दै अमेरिकामा सहयोग जुटाउन सुरु गरेका हुन्। उनले आज फेसबुकमा भिडियो र स्टाटस पोस्ट गर्दैँ दाताको नाम र उनीहरूले प्रदान गरेको रकम समेत राख्दै जानकारी गराए। उनले पहिलो चरणमा १८ लाख उठेको र उक्त रकम महावीर पुनको…

    विस्तृतमा पढ्नुस्

  • रिलिज हुनुअघि नै वेब सिरिज ‘द फेमली म्यान २’ विवादमा

    रिलिज हुनुअघि नै वेब सिरिज ‘द फेमली म्यान २’ विवादमा

    वेव सिरिज ‘द फेमली म्यान २’ रिलिज हुनुअघि नै विवादमा फसेको छ। जुन ४ बाट अमेजन प्राइममा रिलिज हुन लागेको वेव सिरिजले तमिलनाडुका जनताको भावनामाथि ठेस् पुर्‍याएको भन्दै प्रशारणमा रोक लगाउनुपर्ने माग उठेको छ। साउथ अभिनेत्री सामन्था अक्किनेनीको निभाएको पात्रलाई लिएर सोसल मिडियामा शुरु भएको विरोध राजनीतिक स्तरसम्म पुगेको छ। वेव सिरिजको ट्रेलर रिलिज भएदेखि सामन्थाको पात्रलाई लिएर तमिलनाडुमा विरोध…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोरोना अपडेट : हालसम्म ५९२ जनाको मृत्यु, आठ जिल्लामा करिब ११ हजार सक्रिय संक्रमित

    प्रदेश २ कोरोना अपडेट : हालसम्म ५९२ जनाको मृत्यु, आठ जिल्लामा करिब ११ हजार सक्रिय संक्रमित

    वीरगंज : प्रदेश २ का आठ जिल्लामा हालसम्म ५९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना महामारीको पहिलो र दोस्रो चरणमा हालसम्म ५९२ जनाको मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ। तथ्यांक सार्वजनिक गर्दै निर्देशनालयले सबैभन्दा बढी बारामा १२७ जना र सबैभन्दा कम महोत्तरीमा २६ जनाको मृत्यु भएको जनाएको छ। त्यसैगरी, पर्सामा १०६, रौतहटमा ८८,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell