काठमाडौं : सडकमा खटिएका सुरक्षाकर्मीले काठमाडौं उपत्यकाभित्र आजबाट थप निषेधाज्ञा कडाई गरेको भन्दै अत्यावश्यक वस्तु ग्यास र पेट्रोलियम ढुवानीका साधनलाई समेत रोक्न थालेको छ। उपत्यकाका विभिन्न स्थानमा ग्यास बोकेका डेलिभरी भ्यान रोकिएका छन् भने आयल निगमका कर्मचारी समेत आफ्नो कार्यक्षेत्रमा आउन पाएका छैनन्। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलियम पदार्थको आपूर्ति मिलाउनुपर्ने कर्मचारी समेत ठाउँठाउँमा रोकिएको बताए। ‘हाम्रा ३०/४०…
काठमाडौं: नेपाली फुटबल टोली यतिबेला इराकमा छ। इराकसँग मैत्रीपूर्ण खेल र विश्वकप छनोट अन्तर्गतको बाँकी खेलहरु खेल्नका लागि नेपाली टोली इराक पुगेको हो। इराक पुगेर नेपालीले अभ्यास पनि सुरु गरेको छ। त्यहाँ पुगेर वास्रास्थित स्टेडियममा पुगेर अभ्यास गरेको हो। इराक फुटबल एसोसिएसनले त्यसको तस्बिर राख्दै नेपाललका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले त्यहाँको सत्कारको प्रशंसा गरेको जनाएको छ। ‘इराकको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नु…
वीरगंज : पर्सा प्रहरीले अबैध वित्तीय कारोबार (हुन्डी)को अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ घर भई हाल वीरगंज-८ पानीटंकी नजिकै डेरा गरी बस्ने २६ वर्षीय शिव आनन्द र वीरगंज-११ श्रीपुरका १९ वर्षीय प्रकाश जैसवाल रहेका छन्। प्रहरीले हुन्डीको करोबार गरेको पूर्व सूचनाका आधारमा जैसवाललाई आज बिहान ११ बजे कालो झोला लिएर हिँडिरहेको अवस्थामा श्रीपुरबाट २४…
काठमाडौं : कोभिड-१९ महामारीका कारण मिटर रिडिङका लागि ग्राहकहरुको घरसम्म कर्मचारी पठाउन नसक्ने भएपछि नेपाल विद्युत प्राधिकरणले अब एसएमएसबाटै उपभोक्तालाई बिजुलीको बिल पठाउने भएको छ। यसका लागि प्राधिकरणले नेपाल टेलिकम र एनसेलसँग सम्झौता (एमओयु)समेत गरिसकेको जानकारी दिएको छ। कोरोना भाइरसको संक्रमण फैलन रोक्न सरकारले निषेधाज्ञा जारी गरेका कारण पछिल्लो महिनायता मिटर रिडिङ हुन सकेको छैन। सोही कारण एसएमएसमार्फत बिल पठाउन…
गायक एवं टक शो प्रस्तोता केली क्लार्कसनले यूएस टिभीमा एलेन डिजेनरेसको जिम्मेवारी सम्हाल्ने भएकी छिन्। यस खबरलाई नेटवर्क एनबीसीले पुष्टि गरेको खबर बीबीसीमा प्रकाशित छ। यस महिनाको सुरुवातमा चर्चित प्रस्तोता डिजेनेरेसले आफ्नो शो सन् २०२२ पछि बन्द हुने घोषणा गरेकी थिइन्। भनेकी थिइन्,'म छोड्दैछु किनकि मेरो कार्यक्रम अब कसैका लागि चुनौती रहेन।' एनबीसीका अनुसार अब 'केली क्लार्कसन शो'को दोस्रो सिजनले…
काठमाडौं : अभिनेत्री मनीषा कोइरालाले कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि भेन्टिलेटर सहयोग गरेकी छिन्। उनले संक्रमणबाट उच्च प्रभावित वीरगञ्जस्थित नारायणी अस्पताललाई चार वटा भेन्टिलेटर मेसिन उपलब्ध गराएकी हुन्। नारायणी अस्पतलाका निमित्त मेसु डाक्टर उदयनारयाण सिंहले अभिनेत्री मनीषा कोइरालाप्रति आभार व्यक्त गरेका छन्। उनले कोइरालाको सहयोगले अस्पताललाई कोरोना संक्रमितको उपचारमा सहयोग पुगेको र यसले बिरामीको ज्यान जोगाउन भूमिका निर्वाह गर्ने बताए।…
काठमाडौं : गायक प्रमोद खरेल दोस्रो पटक कोभिड-१९ संक्रमणमुक्त भएका छन्। विहीवार फेसबुकमार्फत् उनले आफ्नो आइसोलेसन अवधि सकिएको जानकारी दिएका हुन्। साथै पहिले संक्रमण भइसकेका र कोरोनाविरुद्धको खोप लगाएकालाई पनि सतर्क रहन आग्रह गरेका छन्। 'कोरोनाले दुई चोटी आक्रमण गर्यो,’ उनले लेखेका छन्, ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए। तर पनि आएर छोड्यो।’ आठ महिना अघि पनि उनमा संक्रमण पुष्टि…
स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकको भूमिकाबाट जिनेदिन जिदान बाहिरिएका छन्। यो सिजन ला लिगाको ट्रफी दिलाउन नसकेका जिदानले मड्रिड छाडेका हुन्। उनले यो दोस्रो पटक मड्रिड छाडेका हुन्। यसअघि पनि २०१८ मा मड्रिड छाडेका उनले १० महिनापछि पुरानै भूमिकामा फर्कँदै लिग उपाधि जिताएका थिए। मड्रिडले एक विज्ञप्तिम निकाल्दै जिदानको निर्णयको सम्मान गर्ने जनाएको छ। उनले सन २००१ देखि २००६ सम्म…
काठमाडौं : २१ राजनीतिक संगठनको कार्यगत एकताले सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश खारेज गर्न माग गरेको छ। उसले सत्ताको लागि लेनदेनको विषयको रुपमा विधेयकलाई ल्याइएको भन्दै स्वीकार गर्न नसकिने जनाएको छ। तराई मधेसमा नागरिकता दिने विषयमा अत्यन्त अनुदार रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर ल्याइएको अध्यादेशले मधेशमा बसोवास गर्ने पूर्खादेखि नेपालमा बसोबास गर्दै आएका नागरिकलाई नागरिकता दिने कुरासँग सम्बन्ध नभएकोसमेत दाबी…
वीरगंजः पर्साको वीरगंजमा सर्जिकल पसलका कर्मचारीलाई कुटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। घटना बाहिरिएपछि प्रहरीले कर्मचारी कुट्ने प्रहरी माथि अनुसन्धान सुरु गरेको छ। बुधवार बिहान वीरगंजमा भएको एउटा घटनामा उनलाई प्रहरी आचरण विपरीत काम गरेको भन्दै प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले प्रदेश प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईँको नेतृत्वमा तीन सदस्य छानबिन समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाएको हो।…
काठमाडौं : संविधान विदहरुले सभामुख अग्नि सापकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिमा हस्तक्षप गर्न सुझाएका छन्। प्रधानमन्त्रीलाई संसदप्रति सभामुखले उत्तरदायी बनाउन सक्ने उनीहरुले सल्लाह दिएका हुन्। सापकोटाले संसदको लोत्से हलमा आयोजना गरेको छलफलमा संविधानविदहरुले संसद जनताप्रति उत्तरदायी हुने भएकाले संसद र सभामुखको भूमिका सरकारले के गर्यो भन्ने? सूचित गर्नुपर्ने बताएका छन्। वरिष्ठ अधिवक्ता शम्भु थापाले कानुन नमान्ने जति सरकारमा भए पनि कानुन नमान्नेसँग…
काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्धमा परेका रिटको सुनवाइमा आज कानुन व्यवसायीहरुले यो विषयमाथि गम्भीर संवैधानिक व्याख्या हुनुपर्ने भएकाले बृहत संवैधानिक इजलासले हेर्नुपर्ने तर्क अगाडि सारेका छन्। साथै उनीहरुले निर्वाचनको मिति तय गरेर बजेट ल्याउन नहुने तर्क समेत गरेका छन्। प्रधान न्यायाधीश चोलेन्द्र शम्मशेर राणाको एकल इजलासमा सुरु भएको सुनुवाइमा वकिलरहरुले यस्तो तर्क अघि सारेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई…
काठमाडौः छाया नेपाल संस्थाले प्रहरीको लागि आवश्यक कोभिड १९ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। महानगरीय प्रहरी वृत्त जनसेवालाई आवश्यक सामाग्री उपलब्ध गराएको हो। मास्क, अक्सिमिटर, पन्जा लगायतका सामग्री उपलब्ध गराएको हो।
काठमाडौं : गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। 'कसरी भनूँ तिमीलाई' शीर्षकको गीत युट्युब रिलिज भएको हो। गीतमा रिकेश गुरुङको शब्द तथा संगीत रहेको छ। गीतको संगीत संयोजन र मिक्सिङ पनि गुरुङले नै गरेका हुन्। सदिक्षा र अनुराज फिचर्ड गीतको म्युजिक भिडियोलाई सुरज शाहले निर्देशन गरेका हुन्। गायक पोखरेलका 'मायाको बाटो', 'भनेकै हुँ मैले', 'सयौं जन्म' जस्ता गीतको…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन सदर गरी नहुनी काम गरेको आरोप लगाएका छन्। बिहीवार प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै देउवाले उक्त आरोप लगाएका हुन्। 'मध्यराति प्रतिनिधिसभा विघटन भयो। नहुनी कुरा गर्नुभयो राष्ट्रपतिले,' देउवाले भने। विपक्षी दलको नेतृत्वमा संविधानको धारा ७६(५) बमोजिम देउवाले प्रधानमन्त्री पदमा १४९ जना…
काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी अहिले संकटमा रहेको बताएका छन्। नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस भित्रका समस्याहरु पोखे। 'कांग्रेस अहिले संकटमा छ। चार वर्षपछि महाधिवेशन गर्नुपर्ने त्यो कटायौं। थप एक वर्ष पनि कटायौं,' पौडेलले भने, 'असाधारण अवस्था पनि ६ महिना भदौमा सकिँदैछ। कतिपय जिल्लामा क्रयाशील सदस्यको टुंगो लागेको छैन।'…
काठमाडौं : सरकारले आफैँ कलहमा उत्रेर देश संकटमा पुर्याएपछि मात्र पार्टी सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दावी गरेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। नेपाली कांग्रेसको भातृ संगठन प्रेस युनियनको स्थापना दिवसमा बोल्दै पार्टी प्रवक्ता शर्माले कांग्रेसले कहिल्यै अविश्वासको प्रस्ताव नल्याएको टिप्पणी गरे। उनले कडा रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना समेत गरे। 'कांग्रेसले कहिल्यै अविश्वासको…
काठमाडौंः कोरोना संक्रमण भएका नेपाली सेना सहायक रथी ( जर्नेल) को मृत्यु भएको छ। १३ नम्वर बाहिनी जावलाखेलमा कार्यरत जर्नेल दिनेश केसीको उपचारको क्रमममा आज बिहान मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ। संक्रमणदेखिए स्वास्थ्यमा समस्या आएपछि दुई साता अघि केसीलाई उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भर्ना गरिएको थियो।
काठमाडौं : प्रतिनिधिसभा विघटन बिरुद्धमा परेका रिटको सुनवाइ आजबाट हुने भएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्मशेर राणाको एकल इजलासमा सुनुवाइ हुने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्न र प्रतिनिधिसभा विघटन बदर हुनुपर्ने मागसहित परेको रिटमा सर्वोच्च अदालतले आजबाट सुनुवाई थाल्ने भएको छ। सर्वोच्चमा आएका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइका लागि…
स्पेनिस क्लब भिल्ल रियल यूईइफए युरोपा कपमा पहिलो पटक च्याम्पियन बनेको छ। गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्दै भिल्लारियलले ऐतिहासिक उपलब्धि हात पारेको हो। निर्धारित समय र अतिरिक्त समय गरी १२० मिनेटमा पनि खेल १-१ बराबरीमा रोकिएपछि खेल पेनाल्टीसम्म पुगेको थियो। खेलको २९ औं मिनेटमा जेरार्ड मोरेनोको गोलमा भिल्लारियलले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा भिल्लारियल रियल १…