PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • वृद्ध भत्ता १ हजार रुपैयाँले बढेर पु्ग्यो ४ हजार

    वृद्ध भत्ता १ हजार रुपैयाँले बढेर पु्ग्यो ४ हजार

    काठमाडौं : चुनावी प्रतिवद्धतालाई कायम राख्दै ज्येष्ठ नागरिकको मासिक भत्ता १ हजार रुपैयाँ बृद्धि भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बुद्ध भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिए। सामाजिक सुरक्षाको लागि १ खर्ब बिनियोजन भएको छ। सबै प्रकारका सामाजिक भत्तामा ३३ प्रतिशत बृद्धि भएको छ।

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म सहुलियतमा ऋण!

    विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म सहुलियतमा ऋण!

    काठमाडौं : सरकारले विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै २ वर्षका लागि सरकारले १ प्रतिशत व्याजमा ऋण सहयोग हुने बताए। उच्च माध्यामिक तहभन्दा माथिका विद्यार्थीका लागि ल्यापटप किन्न सरकारले ऋण दिने भएको हो। 'उच्च माध्यामिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीका लागि वैकल्पिक सिकाइमा सहयोग…

    विस्तृतमा पढ्नुस्

  • सरकारले ३३ प्रतिशतले बढायो सामाजिक सुरक्षा भत्ता, वृद्धभत्ता ४ हजार पुग्यो

    सरकारले ३३ प्रतिशतले बढायो सामाजिक सुरक्षा भत्ता, वृद्धभत्ता ४ हजार पुग्यो

    काठमाडौं : सरकारले वृद्ध भत्ता बढाएको छ। अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा वृद्ध भत्ता ३३ प्रतिशतले बढाएर ४ हजार पुर्‍याएको हो । सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब विनियोजन गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • शैक्षिक प्रमाणपत्र धितो राखेर पाँच प्रतिशत व्याजदरमा २५ लाख सम्म ऋण

    शैक्षिक प्रमाणपत्र धितो राखेर पाँच प्रतिशत व्याजदरमा २५ लाख सम्म ऋण

    काठमाडौं : सरकारले शैक्षिक प्रमाणपत्रलाई धितो राखेर २५ लाखसम्म ऋण दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले स्नातक तह वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याजदरमा शहुलियत पूर्ण ऋण दिइने छ। जसमा व्यक्तिले २५ लाख सम्म ऋण पाउने छन्।

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा सरकारले तोकेको ठाउँबाट किन्दा खाद्यान्नमा २० प्रतिशत छुट

    निषेधाज्ञामा सरकारले तोकेको ठाउँबाट किन्दा खाद्यान्नमा २० प्रतिशत छुट

    काठमाडौं : निषेधाज्ञाको समयमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार लिमिटेडबाट बिक्री हुने सामाग्रीमा २० प्रतिशत छुट हुने भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले शनिवार बजेट प्रस्तुत गर्दै निषेधाज्ञाभरी यस्ता संस्थानबाट बिक्री हुने खाद्यान्नहरुमा २० प्रतिशत छुट हुने जानकारी दिएका हुन्। घरायसी प्रयोजनका लागि २० युनिटसम्म विद्युत महसुल शत प्रतिशत छुट,  १ सय ५० युनिटसम्म ५० प्रतिशत र २ सय ५० सम्म ३०…

    विस्तृतमा पढ्नुस्

  • बजेट २०७८/०७९ : २६ अर्ब ७५ करोडको खोप व्यवस्थापन बजेट

    बजेट २०७८/०७९ : २६ अर्ब ७५ करोडको खोप व्यवस्थापन बजेट

    काठमाडौं : सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथाममा केन्द्रित रहेर बजेट तर्जुमा गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्। आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेश प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले कोभिड-१९ नियन्त्रण र रोकथामका लागि बजेट केन्द्रित गर्न बजेट अभाव हुन नदिने बताए। साथै उनले सबै सरकारी अस्पताल तथा प्रयोगशालामा नि:शुल्क परीक्षणका लागि बजेट विनियोजन गरेको जानकारी दिए। त्यस्तै, अस्पतालमा अक्सिजन अभाव…

    विस्तृतमा पढ्नुस्

  • देशभरका स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शतप्रतिशत् वृद्धि

    देशभरका स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शतप्रतिशत् वृद्धि

    काठमाडौं : सरकारले स्वास्थ्य स्वयं सेविकालाई प्रदान गर्दै आएको यातायात खर्चमा शत् प्रतिशत् वृद्धी भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा उक्त जानकारी दिए।   देशभरका ५२ हजार स्वास्थ्य स्वयं सेविका छन्। राज्यले हाल उनीहरूलाई ६ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउँदै आएको थियो। उक्त रकममा वृद्धी गरी १२ हजार बनाइएको हो।

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ विरुद्धको खोपका लागि पौने २७ अर्ब, सरुवा रोग अस्पताल स्थापना गर्द १ अर्ब ३० करोड रुपैयाँ बिनियोजन

    कोभिड १९ विरुद्धको खोपका लागि पौने २७ अर्ब, सरुवा रोग अस्पताल स्थापना गर्द १ अर्ब ३० करोड रुपैयाँ बिनियोजन

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा कोरोना भाइरस संक्रमणविरुद्धको खोपका लागि पौने २७ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी गराए। साथै उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको भत्तालाई निरन्तरता दिइएको पनि जानकारी दिए। काठमाडौं उपत्यकाभित्र लगायत सबै प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापन गर्न १ अर्ब ३० करोड…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै (लाइभ)

    सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै (लाइभ)

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट भाषण पाठ गरिरहेका छन्। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले बजेट अध्यादेश सिफारिस गरेको थियो। त्यसलाई राष्ट्रपतिबाट जारी भएपछि अर्थमन्त्री पौडेलले सार्वजनिक गर्दैछन्। जेठ १५ गते बजेट सार्वजनिक गर्ने मिति संविधानमै उल्लेख भएकाले राजनीतिक अन्योलताका बिच आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भइरहेको हो। खोपका लागि पौने २७ अर्ब सरकारले आगामी आर्थिक वर्षमा…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलका बाँकी खेल यूएईमा हुने

    आईपीएलका बाँकी खेल यूएईमा हुने

    इण्डियन प्रिमियर लिग आईपीएलका बाँकी खेल यूएईमा हुने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आज बसेको स्पेसल जनरल मिटिङले आईपीएलका बाँकी ३१ खेलहरु यूएईमा गराउने निर्णय गरेको हो। भारतमा फैलिएको कोभिड महामारीका स्थगित गरिएको आईपीएललाई सेप्टेम्बर अक्टोबरको महिनामा सञ्चालन गर्ने तयारी अघि बढेको हो। त्यस्तै विदेशी खेलाडीको सन्दर्भलाई लिएर अन्य देशको क्रिकेट बोर्डसँग पनि छलफल अघि बढाउने निर्णय गरिएको जनाएको…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्रलाई महन्थको 'काउन्टर' : पार्टीबाट निष्कासन गर्ने धम्की

    उपेन्द्रलाई महन्थको 'काउन्टर' : पार्टीबाट निष्कासन गर्ने धम्की

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई अर्का अध्यक्ष महन्थ ठाकुरले स्पष्टीकरण सोधेका छन्। केही बेर अघि ठाकुर समूहका ४ नेतालाई यादवले स्पष्टीकरण सोधेकोमा ठाकुरले पनि यादवलाई काउण्टरमा स्पष्टीकरण सोधेका छन्। पहिलोपटक सोधिएको स्पष्टीकरणको जवाफ नआएकाले दोस्रो पटक पनि जवाफ नदिए पार्टीबाट निष्कासन गर्ने ठाकुरको चेतावनी छ। 'पत्र प्राप्त गरेको म्याद भित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ…

    विस्तृतमा पढ्नुस्

  • महन्थ ठाकुर र राजेन्द्र महतो सहितका नेतालाई जसपाले सोध्यो फेरि स्पष्टीकरण : चित्तबुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन

    महन्थ ठाकुर र राजेन्द्र महतो सहितका नेतालाई जसपाले सोध्यो फेरि स्पष्टीकरण : चित्तबुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो सहित ४ जना नेतालाई स्पष्टीकरण सोधेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव-संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई समूहले ठाकुर-महतो समूहका नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेको छ। पार्टीको विधान मिचेको भन्दै जेठ ८ गते सोधिएको स्पष्टीकरणको जवाफ नआएकोले…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानको 'राधे' मन परेन बुवा सलिमलाई, भने - बलिउडमा राम्रो फिल्म लेख्ने मान्छे छैनन्

    सलमान खानको 'राधे' मन परेन बुवा सलिमलाई, भने - बलिउडमा राम्रो फिल्म लेख्ने मान्छे छैनन्

    फिल्म 'राधे – योर मस्ट वान्टेड भाइ'को बक्सअफिस कलेक्सन निराशाजनक देखिएको छ। फिल्म सिनेमाघरमार्फत् प्रदर्शनमा नआउने भएपछि जीले उक्त फिल्मबाट राम्रो कमाइ अपेक्षासमेत नगरेको बक्सअफिस इन्डियाले जनाएको छ। राधेको कमजोर व्यवसायिक प्रस्तुतिले आम मानिसको मागमा फिल्म रिलिज गर्ने ट्रेन्ड अर्थात् प्रिमियम भिडियो अन डिमान्डलाई कमजोर साबित गरेको जनाइएको छ। समीक्षात्मक हिसाबमा पनि फिल्मले सकारात्मक टिप्पणी बटुलेको छैन। यस्तैमा सलमानका बुवा…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीको दिलचस्पी ओलीमा : भारतकै लागि प्रत्युत्पादक हुने वुद्धिजीवीको टिप्पणी

    दिल्लीको दिलचस्पी ओलीमा : भारतकै लागि प्रत्युत्पादक हुने वुद्धिजीवीको टिप्पणी

    काठमाडौं : नेपालको पछिल्लो घटनाक्रमलाई लिएर नोट गरिरहेको टिप्पणी गरेको भारतीय सरकारले नेपालको मामिलामा हस्तक्षेप गरिरहेको भारतीय मिडिया तथा वुद्धिजीवीले टिप्पणी गर्ने क्रम बढेको छ।  भारतीय जनता पार्टीका नेता तथा राज्यसभा सदस्य सुव्रमन्यम स्वामीले सार्वजिनक रुपमै भारतको साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको र प्रचण्ड वा अरु प्रधानमन्त्री बने चीनतर्फ जाने उल्लेख गरेका छन्। सम्बन्धित समाचार: नेपालको राजनीतिमा दिल्लीको छायाँ…

    विस्तृतमा पढ्नुस्

  • किन गरे घनश्याम भुसालले संसदीय मर्यादा उल्लंघन?

    किन गरे घनश्याम भुसालले संसदीय मर्यादा उल्लंघन?

    काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संविधान र राजनीतिका लागि संसदीय मर्यादा उल्लंघन गरेको बताएका छन्। फेसबुकमा स्टाटस लेख्दै भुसालले संसदीय मर्यादा उल्लंघन गरेको स्पष्टीकरण दिएका हुन्। 'एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु। तर, हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्घनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगेँ,' उनको स्टाटसमा भनिएको छ। लोकतान्त्रिक स्थिरताका लागि त्यस्तो निर्णय…

    विस्तृतमा पढ्नुस्

  • फेरि प्रसारण हुँदै 'द कपिल शर्मा शो'

    फेरि प्रसारण हुँदै 'द कपिल शर्मा शो'

    भारतीय कमेडी शो 'द कपिल शर्मा शो'को नयाँ सिजन घोषणा भएको छ। आउँदो जुलाइदेखि शो फेरि प्रसारण हुने भएको हो। कार्यक्रमको नयाँ युनिटमा कलाकार, लेखकदेखि अन्य सदस्य थपिने भएका छन्। गत मार्चमा कपिलले इन्स्टाग्राममार्फत् कलाकार र लेखकका लागि आवेदन आह्वान गरेका थिए। बलिउड हंगामाका अनुसार कार्यक्रम नयाँ फर्म्याटमा प्रस्तुत हुनेछ। जुलाइको पहिलो सातादेखि युनिट फ्लोरमा उत्रदै छ। चार महिना अघि…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिगको फाइनल आज : म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

    च्याम्पियन्स लिगको फाइनल आज : म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

    यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल आज राति हुँदैछ। फाइनलमा प्रतिस्पर्धामा उत्रँदैछन् इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी। पोर्चुगलको पोर्टोमा आज राति पौने १ बजे खेल सुरु हुनेछ। चेल्सीले सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने सिटीले पहिलो पटक च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गरेको हो। यी दुई टिमका पछिल्ला भेटहरु हेर्ने हो भने चेल्सी बलियो देखिन्छ। पछिल्ला ६ हप्तामा…

    विस्तृतमा पढ्नुस्

  • सरकारले घोषणा गरेको निर्वाचनप्रति प्रियंकाको आक्रोश : चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाउने लायक काम गरेर त देखाउनुहोस्

    सरकारले घोषणा गरेको निर्वाचनप्रति प्रियंकाको आक्रोश : चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाउने लायक काम गरेर त देखाउनुहोस्

    काठमाडौंः अभिनेत्री प्रियंका कार्कीले सरकारले घोषणा गरेको चुनावको विषयलाई लिएर आक्रोश पोखेकी छिन्। गर्भवती भएर घरमा नै आराम गरिरहेकी अभिनेत्री कार्कीले शनिवार फेसबुकमा स्ट्याटस लेख्दै अहिलेको समयमा सरकारले चुनाव घोषणा गरेर गलत गरेको बताएकी छिन्।अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिने र अहिलेको प्राथमिकता नपर्ने सामान्य कुरा पनि देख्न र बुझ्न नसकेको भन्दै प्रश्न गरेकी छिन्। उनले लेखेको छिन्,'अहिलेको नाजुक घडीमा ४०…

    विस्तृतमा पढ्नुस्

  • उज्वल थापाको उपचार खर्च बेहोर्ने दुर्गा प्रसाईको प्रस्ताव अस्वीकार

    उज्वल थापाको उपचार खर्च बेहोर्ने दुर्गा प्रसाईको प्रस्ताव अस्वीकार

    काठमाडौं : विवेकशील साझाका पूर्व अध्यक्ष उज्वल थापाको उपचार खर्च बेहोर्ने बीएन्डसी मेडिकल कलेजका संचालक तथा विवादित व्यवसायी दुर्गा प्रसाईको प्रस्ताव अस्वीकार गरिएको छ।  'हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोलीले आज इराकको सामना गर्दै, प्रदर्शन सुधारमा जोड

    नेपाली फुटबल टोलीले आज इराकको सामना गर्दै, प्रदर्शन सुधारमा जोड

    काठमाडौं: विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज इराकको सामना गर्दैछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपाली समयअनुसार राति १०:१५) माअल फैहा स्टेडियममा हुनेछ। खेलमा दर्शकलाई निषेध गरिएको छ। आज हुने खेलमा नेपाली फुटबलको इतिहासमै पहिलो पटक नेपाली टोली सेतो जर्सीमा उत्रने छ। बुधवार इराक पुगेकको नेपाली टोलीले बस्रा स्टेडियममा अभ्यास गरेको थियो। नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell