काठमाडौः सुरक्षाकर्मीको खाइपाइ आएको राशनमा बृद्धि भएको छ। सुरक्षाकर्मीको मनोबल बृद्धि गर्ने खाइपाइ आएको राशनमा १५ प्रतिशत बृद्धि गरिएको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए। त्यस्तै सिमा नाकामा थप १ सय २० वटा आउटपोष्ट स्थापना गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए।
काठमाडौं : नेपाल सरकारले सामुदायिक विद्यालयका छात्रालाई नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ। कक्षा १२ सम्मका सम्पूर्ण छात्राले महिनावारी हुँदा विद्यालयमै स्यानिटरी प्याड पाउनेछन्। आर्थिक वर्ष २०७८/७९ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए। स्यानिटरी प्याडसँगै कक्षा ९ सम्मका सबै विद्यार्थीलाई रंगिन पाठ्यपुस्तक छापी शैक्षिक सत्र सुरु हुनुअघि नै वितरण गर्न र कक्षा १२…
काठमाडौं : सरकारले स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रमलाई खारेज गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले 'संसद विकास कोष'को रुपमा चिनिने यो कार्यक्रमलाई सरकारले खारेज गरेको हो। कोभिड-१९ संक्रमणमा आहतमा रहेका जनतालाई राहत दिन रकम अभाव हुन नदिनका कार्यक्रम खारेज गर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
काठमाडौं : सरकारले नारायणहिटी देखि रंगशालासम्म सेन्ट्रल पार्कको रुपमा विकास गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यस क्षेत्रमा आधुनिक पूर्वाधार विकास तथा पार्क खुला मञ्चको विकासका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए।
काठमाडौः काठमाडौंको कोटेश्वरमा हुने सवारी जाम कम गर्न सरकारले सुरुङ मार्ग बनाउने भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले तीनकुनेदेखि जडिबुटीसम्म सुरुङ मार्ग बनाउने जानकारी दिएका हुन्। सुरुङ मार्ग निर्माणको लागि १ अर्ब ८० करोड रुपैयाँ बनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए।
काठमाडौं : सरकारले फुसका छानालाई टिनले प्रतिस्थापन गर्न तीन अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। यसअघि दिइदैँ आएको अनुदानमा ५० प्रतिशतले वृद्धि गरी ७० हजार पुर्याइएको छ।
काठमाडौं: युवा तथा खेलकुदमा यसवर्ष बजेट बढेर आएको छ। अघिल्लो वर्ष २ अर्ब ३६ करोड रकम बिनियोजन भएकोमा यसवर्ष २ अर्ब ७४ करोड विनियोजन विनियोजन भएको छ। यसवर्षको खेलकुदको बजेट रंगशाला निर्माणमा केन्द्रीत भएको देखिएको छ। झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदनभण्डारी रंगशाला दुईवर्षभित्र सञ्चालनमा ल्याउने गरि निर्माण प्रारम्भ गरिने बजेटमा उल्लेख गरिएको छ। त्यस्तै मोरङको वैजनाथपुर, काठमाडौंको मुलपानी रुपन्देहीको भैरहवा, दाङको लमही,…
काठमाडौं: सरकारले रेलमार्ग निर्माणका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको छ। जयनगर-जनकपुर, सिलगढी रेलमार्ग निर्माण, काठमाडौं उपत्यकामा मेट्रो र सहरी केवलकार सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टयाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। बर्दिवासदेखि निजगढसम्म वित्तीय व्यवस्था गरी निर्माणलाई अगाडि बढाइनेछ। रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं रेलको अर्को वर्ष सम्भाव्यता अध्ययन सम्पन्न गरिने मन्त्री पौडेलले बताए। यी कामका लागि १० अर्ब बढि…
काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्ने भएको छ। उपत्यकामा साझा यातायातका माध्यमबाट १०० विद्युतीय बस सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयक सम्बन्धी अध्यादेशमा सरकारले काठमाडौंमा विद्युतीय बस सञ्चालनका लागि बजेट विनियोजन गरेको छ। सरकारले विभिन्न शहरमा स्थानीय तहको साझेदारीमा विद्युतीय ठूला बस सञ्चालनका लागि थप अनुदान दिने व्यवस्था गरेको अर्थमन्त्री पौडेलले जानकारी…
काठमाडौं : सरकारले चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियोजन गरेको छ। मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो देखाइरहेका बेला बजेटमै व्यवस्था गरिएको हो। अर्थमन्त्री विष्णु पौडेलले अयोध्यापुरीमा राम सीता मन्दिर निर्माण गर्न रकम बिनियोजन गरिएको बताए। बजेटको रकम भने खुलाएनन्। त्यसैगरी, बजेटमा पशुपतिनाथ मन्दिर पुनर्वलीकरण गर्न ३५ करोड विनियोजन गरिएको छ। त्यसैगरी जानकी मन्दिर र तिलौराकोटालाई विश्व…
कैलाली : एमालेको स्थायी कमिटी बैठकको निर्णय विपरीत मन्त्री तथा राज्यमन्त्री बनेको थप ७ जनालाई एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ। यसअघि सरकारबाट फिर्ता नभएका तीन मन्त्रीलाई स्पष्टीकरणपछि पार्टीबाट निष्कासनका लागि सिफारिस गरिसकेको प्रदेश कमिटीले थप ७ जनालाई सोही कारबाहीको तयारी थालेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ…
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमा हरेक विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गरी स्वास्थ्य सचेतना सञ्चालन गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। बिनियोजन अध्यादेश प्रस्तुत गर्दै पौडेलले हरेक शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न बजेट बिनियोजन गरेको उनले जानकारी दिए।
काठमाडौः कक्षा ५ सम्म अध्यान गर्ने विद्यार्थको लागि दिवा खाजाको लागि ८ अर्ब ३३ करोड रुपैयाँ बिनियोजन भएको छ। शनिवार अर्थमन्त्री बिष्णु पौडेले बजेट प्रस्तुत गर्दै दिवा खाजाको लागि बनियोजन भएको जानकारी दिए। दिवा खाजाबाट देशभरका ३५ लाख बिद्यार्थी लाभाम्वित हुने छ।
काठमाडौं: सरकारले विद्युतीय सवारी सञ्चालन गर्नेलाई सडक कर र भन्सारमा छुट दिने भएको छ। विस २०८८ सम्म साना पेट्रोलियम सवारी विस्थापनको लक्ष्य लिएको सरकारले यसका लागि सुझाव दिन कार्यदल समेत गठन गरेको छ। विद्युतीय सवारी खरीदमा छुट, पूर्वाधार निर्माणका लागि ठाउँ अवलवकनका लागि कार्यदल गठन गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। उनका अनुसार पेट्रोलियम सवारीलाई विद्युतीयमा रुपान्तरण गरेमा ५ वर्ष…
काठमाडौं : दार्चुला देखि संखुवासभामा हिमाली पदमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेटमा त्यसका लागि रकम विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेललाई जानकारी दिए। पदयात्रा र हिमाल आरोहणका लागि जाने पर्यटकको सुरक्षाका लागि डिजिटल ट्रयाकिङ गर्ने गरी सूचना प्रणालीको विकास गर्नेछ। शाहसिक पर्यटनका क्षेत्रमा लगानी गर्न विदेशीलाई प्रोत्सहान गरिने उनले जानकारी दिए। संस्कृति पर्यटन तथा नागरिक…
काठमाडौः सरकारले युवाहरुलाई उद्यमशीलतामा प्रेरित गर्न स्टार्टअप व्यवसायहरुलाई एक प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने भएको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप (नवउद्यम) हरुलाई बिउ पुँजीका लागि एक प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जाको प्रबन्ध गर्ने घोषणा गरेका हुन् । साथै, यस्ता स्टार्टअप व्यवसाय स्थापना तथा संचालनका लागि सहज बनाउन एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउने समेत बजेटले…
काठमाडौं : काम चलाउ सरकारले राज्यको आर्थिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने र लोकप्रियताको खोजी तथा वितरणमुखी बजेट नल्याउन दिइएको दवाव लत्याउँदै सरकारले आगामी वर्षका लागि बजेट ल्याएको छ। भत्ता बढाउने, विद्यार्थीहरुलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण, विद्युत महशुलमा छुट, पानीमा छुट लगायतका विषयलाई समेट्दै सरकारले चुनावी एजेन्डालाई बलियो हुने गरी बजेट ल्याएको हो। पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले मध्यावधि…
काठमाडौं : सरकारले कृषि तथा पशुपंक्षी विकासका लागि ४५ अर्ब ९ करोड रकम विनियोजन गरेको छ। सरकारले आधिकारिक विक्रेताबाट विउ खरिद गरी कृषि उत्पादनमा सहभागिका लागि पचास प्रतिशत सम्म अनुदान दिने भएको छ। रासायनीक मल खरिद अनुदानलाई वृद्धि गरी १२ अर्ब पुर्याइएको बजेटमा उल्लेख छ। त्यस्तै पाँच वर्ष भित्र चामलमा आत्मनिर्भर हुने गरी बजेट विनियोजन गरिएको छ।
काठमाडौं : सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने भएको छ। अर्थ मन्त्री विष्णु पौडेलले उत्पादनमुलक उद्योगहरूलाई उक्त छुट दिने बताए। चलिचत्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्यूटी पार्लरले पनि इजाजत दस्तुर तिर्नु पर्ने छैन। उक्त उद्योगहरू स्वत: नविकरण हुनेछन्। कोभिड-१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र…
काठमाडौं : सरकारले आधिकारिक विक्रेताबाट विउ खरिद गरी कृषि उत्पादनमा सहभागिका लागि पचास प्रतिशत सम्म अनुदान दिने भएको छ। रासायनीक मल खरिद अनुदानलाई वृद्धि गरी १२ अर्ब पुर्याइएको बजेटमा उल्लेख छ। त्यस्तै पाँच वर्ष भित्र चामलमा आत्मनिर्भर हुने गरी बजेट विनियोजन गरिएको छ।