काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि लचकता अपनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँग एकताका लागि पहल गर्ने निर्णय गरेको हो। एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकले अन्तिमसम्म पनि पार्टी एकताका लागि पहल गर्ने निर्णय भएको बताए। अदालतमा भइरहेको प्रतिनिधिसभा विघटनका बारेमा पनि बैठकमा छलफल भएको…
काठमाडौं : संवैधानिक इजलासबाट न्यायाधीश द्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठ 'आउट' भएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाई सुरु भएलगत्तै निवेदकका तर्फका कानुन व्यवसायीले सुरुमा श्रेष्ठ र पछि केसी पनि इजलासमा रहन नहुने तर्क गरेका थिए। केसी र श्रेष्ठमाथि प्रश्न उठेपछि इजलास लगातार अनिर्णित रहँदै आएको थियो। आज न्यायाधीश केसी र श्रेष्ठले अलग हुने आदेश गरेसँगै आगामी…
काठमाडौं : पछिल्ला केही दिन यता देशभर कोरोना संक्रमितको सङ्ख्या घट्दै गएको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कले देखाएको छ। संक्रमितको सङ्ख्यामात्र होइन आरटी पीसीआर परीक्षण गर्ने दरमा पनि कमी आएको छ। परीक्षण र संक्रमित सङ्ख्या घट्दा काठमाडौं उपत्यकाभित्र पनि संक्रमितको सङ्ख्यामा कमी आएको छ। संक्रमितको सङ्ख्या कमी आउँदा काठमाडौं उपत्यकाभित्र एक महिनादेखि जारी भएको निषेधाज्ञा खुल्ला? अथवा केही खुकुलो होला? आम मानिसले चासो राखिरहेका छन्। काठमाडौं…
काठमाडौं: इराकमा मैत्रीपूर्ण खेल खेलेको नेपाली फुटबल टोली अहिले विश्वकप क्वालिफायर्सका खेल खेल्न कुवेत पुगेको छ। कुवेतमा कोभिड परीक्षणमा सबैलाई नेगेटिभ देखिएपछी त्यहाँ अभ्यास पनि सुरु भएको छ। नेपालले कुवेतमा विश्वकप छनोट अन्तर्गतका बाँकी तीन खेल खेल्नेछ। जसमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग नेपालले खेल्न बाँकी छ। नेपालले चाइनजित ताइपेइसँग जुन ३, जोर्डनसँग जुन ७ र अस्ट्रेलियासँग जुन ११ मा…
इटालियन सिरि ए को प्लेयर अफ दी सिजनको उपाधि बेल्जियन खेलाडी रोमेलु लुकाकुले जितेका छन्। लिग विजेता इन्टर मिलान स्ट्राइकर लुकाकुले जारी सिजन २४ गोल गर्दै टिमलाई लिग जिताउन महत्वपूर्ण योगदान गरेका थिए। त्यस्तै सिरि ए का सर्वाधिक गोलकर्ता पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डो बेस्ट स्ट्राइकर बने। लिगमा युभेन्टसबाट २९ गोल गरेका उनी लुकाकुलाई पछि पार्दै सर्वाधिक गोलकर्ता रहेका थिए। त्यस्तै…
कोपा अमेरिका २०२१ ब्राजिलमा आयोजना हुने भएको छ। प्रतियोगिता सुरु हुनुभन्दा दुई हप्ता अघि आयोजकको जिम्मेवारीबाट अर्जेन्टिनालाई हटाएर ब्राजिललाई दिइएको हो। दक्षिण अमेरिकी फुटबल फेडेरेसनले ‘वर्तामान घटनाक्रम’ को कारण देखाउँदै अर्जेन्टिनामा प्रतियोगिता नहुने जनाएको थियो। यसअघि सहआयोजक रहने भनिएको कोलम्बियालाई पनि त्यहाँ चर्किएको सरकार विरोधी आन्दोलन र बड्दो संक्रमणको कारण देखाउँदै सबै खेल अर्जेन्टिनामा गराइने फेडेरेसनले तयारी गरेको थियो। तर…
अर्जेन्टिनी खेलाडी सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्धित भएका छन्। २ वर्षको करारमा अग्युरो इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका हुन्। ३२ वर्षे अग्युरोलाई भित्र्याएको बार्सिलोनाले रिलिज क्लज १०० मिलियन युरो तोकेको छ। १० वर्ष सिटीमा रहँदा ३९० खेलबाट २६० गोल गरेका उनी सिटीका हालसम्मका सर्वाधिक गोलकर्ता हुन्। ला लिगामा उनी योसँगै दोस्रो पटक अनुबन्धित भएका हुन्। उनी म्यानचेस्टर सिटी स्पेनिस क्लब एट्लेटिको…
काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बयलगाडा प्रदर्शन गरेर सरकारको विरोध जनाएको छ। नेविसंघले सोमवार रुपन्देहीको तामनगरमा बयलगाडा प्रदर्शन गरेर सरकारको विरोध जनाएको हो। प्रदर्शनमा दुई तिहाइको स्थायी सरकार निर्माण हुँदा पनि नेपाल र नेपालीको अवस्था थप जटिलता तर्फ धकेलिएको विद्यार्थी नेताहरुले बताएका थिए। तत्कालीन एमाले पार्टी र माओवादी केन्द्रको एकीकरणले बनेको दुई तिहाइ सरकारले जनताका सामान्य आधारभूत समस्याको समेत…
भारतीय अभिनेत्री जुही चावलाले फाइभ-जी टेक्नोलोजी रोक्न भारत सरकारविरुद्ध मुद्दा हालेकी छिन्। उनले फाइभ-जी मोबाइल टेक्नोलोजी लागू गर्ने निर्णय रोकी पाउँ भन्दै दिल्लीको उच्च अदालतमा मुद्दा दर्ता गरेकी छिन्। जुहीले दर्ता गराएको मुद्दामा फाइभ-जीले मानिस र वन्यजन्तुमा आरएफ रेडिएसन पैदा गर्ने र यसले सबैलाई निकै हानी गर्ने दाबी गरिएको छ। जुहीले अदालतलाई फाइभ-जी टेक्नोलोजी लागू गर्नु अघि यससँग सम्बन्धित सम्पूर्ण…
काठमाडौं : रेस्क्यू क्रियसनले आयोजना गर्न लागेको ‘रेस्क्यू म्युजिक अवार्ड २०७८’ मा विजेतालाई अवार्डसहित नगदसमेत दिइने भएको छ। विगत एक दशकदेखि म्युजिक भिडियो निर्माणमा सक्रिय क्रियसनले पहिलोपटक आयोजना गर्न लागेको अवार्डमा १७ विधाअन्तर्गत विधागत नाम सार्वजनिक गरिएको छ। संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा प्रदान गरिने अवार्डमा विजेतालाई जनही ५ हजार रुपैयाँ…
हेटौँडा : वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थात् प्रि-बजेटको छलफल सकिएसँगै उपसभामुख राधिका तामाङले प्रदेशसभाको बैठक स्थगित गरेकी हुन्। वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थात प्रि-बजेट प्रदेशसभामा पेश गरेका थिए। महामारीको नियन्त्रणका…
काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोटको आवरणमा केही व्यक्तिले न्यायालयलाई विवादमा ल्याउने काम गरेको बताएका छन्। युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्नप्रति आक्रोश पोखे। ‘वकिलहरूले न्यायाधीश तय गर्ने अब?’ ओलीले प्रश्न गरे, ‘कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं? कालो कोटधारी…
काठमाडौं : सर्वोच्च अदालतका १२ जना न्यायाधीहरुको आज बैठक बस्दैछ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्न गठित संवैधानिक इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र वमबहादुर श्रेष्ठमाथि उठेको प्रश्नका बारेमा परामर्श बैठक बस्न लागेको हो। आइतवार संवैधानिक इजलासमा १४६ जना सांसद निवेदक रहेको रिटमा बहस गर्न आएका वरिष्ठ अधिवक्ताहरुले नेकपा विभाजनको फैसला गरेका श्रेष्ठ र पुनरावलोकन अस्वीकार तथा पहिलो विघटन मुद्दा हेरिसकेका केसीको स्वार्थ बाझिने…
भियतनामले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि एउटा शहरको शत प्रतिशत मानिसमा संक्रमण परीक्षण गर्ने भएको छ। त्यहाँको सरकारले हो चि मिह शहरका सबैको परीक्षणसँगै सामाजिक दूरीको नयाँ नीतिसमेत सार्वजनिक गरेको छ। उक्त शहरमा एक सय २५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँका १ करोड ३० लाख मानिस छन्। चार महिना लगातार दैनिक एक लाख मानिसमा परीक्षण गर्ने लक्ष्य राखेको बीबीसीमा…
अर्जेन्टिनामा कोभिड संक्रमणको दर बढ्दै गएपछी कोपा अमेरिका अर्जेन्टिनामा नहुने भएको छ। साउथ अमेरिकन फुटबल फेडेरेसन (कन्मेबल)ले विज्ञप्ति निकाल्दै बढ्दो कोभिड संक्रमणका कारण अर्जेन्टिनाबाट प्रतियोगिता सार्ने जनाएको हो। ‘कन्मेबलले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अर्जेन्टिनाबाट कोपा अमेरिका स्थगित गर्छ,’ फेडेरेसनको ट्वीटमा भनिएको छ, ‘फेडेरेसनले प्रतियोगिता गराउन इच्छुक अन्य देशहरुको विश्लेषण गरिरहेको छ। #BREAKING Copa America in Argentina suspended over coronavirus surge:…
नाइजेरियाको इस्लामिक स्कूलका विद्यार्थीलाई बन्दुकधारीहरूले अपहरण गरेका छन्। नाइजर राज्यका अधिकारीहरूले बीबीसीलाई खबर पुष्टि गरे। आइतवार तेगीना शहरको स्कूलबाट अज्ञात समूहले विद्यार्थीहरू पक्राउ गरेका हुन्। विद्यालयका एक शिक्षकका अनुसार एक सय ५० विद्यार्थी हराइरहेका छन्। अन्य तथ्याङ्कले भने दुई सय विद्यार्थी सम्पर्कविहीन भएको जनाएको छ। नाइजेरिया उत्तरी क्षेत्रहरूमा अपहरणका घटना बढिरहेका छन्। गत फेब्रुअरीमा जाम्फारा राज्यमा रहेको एक बोर्डिङ स्कूलबाट…
इथियोपियाको राजधानी अदिस अबाबामा अमेरिका विरोधी प्रदर्शन भएको छ। उक्त र्यालीमा दश हजार भन्दा बढी मानिसको सहभागिता रहेको बीबीसीमा जनाइएको छ। त्यहाँको उत्तरी क्षेत्रको टिग्रेमा भएको द्वन्द्वलाई लिएर राष्ट्रपति जो बाइडेनको नीतिको निन्दा गर्न उक्त प्रदर्शन भइरहेको हो। बाइडेनले सात महिना लामो युद्ध विरामको लागि आह्वान गरेका थिए। जुलुसमा मानिसहरूले अमेरिकाको आलोचना गर्दै नारा लगाए, प्लेकार्ड बोके। रुसका राष्ट्रपति भ्लादिमीर…
बुटवलः लुम्बिनी प्रदेशका चार मन्त्रीले सोमबार हुने राष्ट्रियसभा उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन्। मतदानको पूर्वसन्ध्यामा निर्वाचन आयोगको निर्णय अनुसार चार मन्त्रीको नाम मतदाता सूचीमा थपिएको हो। सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेशानुसार आयोगले यसअघि सांसदबाट हटाइएका चार जनालाई मतदाता थप गरेको हो। सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको खुलातर्फको एक सदस्यका लागि निर्वाचन हुँदैछ। आयोगले यसअघि नामावलीमा नाम समावेश नगरेका बहालवाला मन्त्रीहरु…
बलिउड अभिनेता अक्षय कुमारको आउँदो फिल्म ‘पृथ्वीराज’ विवादमा फसेको छ। फिल्मको नामलाई लिएर करणी सेनाले आपत्ति जनाएको छन्। यो फिल्म राजा राजपूत पृथ्वीराज चौहानको बायोपिकमा आधारित छ। जसमा अक्षय पृथ्वीराजको भूमिकामा देखिदै छन्। ‘जब फिल्म महान राजा पृथ्वीराज चौहानको जीवनमा आधारित छ भने किन यसको टाइटल पृथ्वीराज मात्र राखिएको?’ राजपुत संगठन करणी सेनाका यूवा विंग अध्यक्ष तथा फिल्म मेकर सुरजित…
काठमाडौं: नेपाली फुटबल टोली आज कुवेत जाँदैछ। इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपाल अब विश्वकप छनोट अन्तर्गतको खेल खेल्नका लागि कुवेत प्रस्थान गर्नेछ। नेपाली टोली आज इराकबाट स्थलमार्गबाट हुँदै बेलुकी ६ बजे कुवेत प्रस्थान गर्नेछ। दुईघण्टाको यात्रापछि नेपाली टोली कुवेत पुगिने टिम म्यानेजर मधुसुधन उपाध्यायले जनाए। विश्वकप छनोट अन्तर्गतको बाँकी खेलको तयारीमा रहेको नेपालले इराकसँग शनिवार मैत्रीपूर्ण खेले खेलेको थियो। जसमा ६-२…