काठमाडौं : सर्वोच्च अदालतले कानुन व्यवसायीलाई कोभिड १९ संक्रमणविरुद्धको खोपको दोस्रो डोज उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ। निवेदक अधिवक्ता उमेश प्रसादले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले पहिलो डोज लगाइसकेका कानुन व्यवसायीलाई दोस्रो डोज उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको हो। रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु पूर्णमान शाक्य, विनोद…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। बालुवाटारमा बिहीवार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो। यसअघि आइतवार र सोमवार पनि बैठक स्थगित गरिएको थियो भने मंगलवार बसेको बैठकले एमाले विवाद समाधानका…
पोखरा : राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज गरिएको छ। जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो। संसद सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरेको थियो। आज बसेको प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै उनको सांसद पद खारेज भएको हो। यसअघि उनलाई पार्टीको निर्णय विपरीत काम गरेको भन्दै १…
काठमाडौं : कोभिड संक्रमणबाट मुक्त भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले सुभेच्छा दिने सबैलाई धन्यवाद दिएका छन्। आज सार्वजनिक भएको उनको भिडियो सन्देशमा अहिलेको विषम परिस्थितिमा सक्रिय फ्रन्टलाइनरहरुलाई पनि धन्यवाद दिइएको छ। ‘अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं। तर, देशभित्र र बाहिरको महामारीको अवस्था प्रति हामी चिन्तित छौं,’ पूर्वराजा रानी दुवै उपस्थित भिडियोमा शाहले भनेका छन्, ‘महामारीको प्रकृया जारी छ। यसलाई नियन्त्रण…
भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ३४ हजार १५४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या २ करोड ८४ लाख ४१ हजार ९८६ पुगेको छ। यस्तै, २ लाख ११ हजार ४९९ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १७ लाख १३ हजार ४१३ पुगेको छ। पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप २ हजार ८८७…
काठमाडौंः देशभरका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा भएको एक महिना पुरा भएको छ। बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा गरिएको थियो। त्यसपछि काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा भयो। कोरोना संक्रमित थपिदैं जाँदा स्थानीय प्रशासन कार्यालयहरूले आफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउँदै गए। अहिले देशका ७५ वटै जिल्लामा निषेधाज्ञा गरिएको छ। मनाङ र खोटाङमा भने निषेधाज्ञा छैन। केही दिनयता कोरोना संक्रमितको थपिने दरमा न्यून रूपमा कमी…
युरोकपको तयारीमा रहेको इङ्ग्लयाण्डले मैत्रीपूर्ण खेलमा अस्ट्रियामाथि संघर्षपूर्ण जित निकालेको छ। रिभरसाइड स्टेडियममा सम्पन्न खेलमा इङ्ग्लयाण्डल् १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा इङ्ग्ल्याण्डका बुकायो साकाले निर्णायक गोल गरे। उनले खेलको ५६ औं मिनेटमा गोल नै इङ्ग्याण्डको जितका लागि निर्णायक बन्यो। युरोकपमा अस्ट्रिया समूह सी मा छ भने इङ्ग्ल्याण्ड समूह डी मा छ।…
काठमाडौं: विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आज नेपाल र चाइनिज ताइपेइ प्रतिस्पर्धामा उत्रँदैछन्। जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा खेल बेलुकी पौने १० बजे सुरु हुनेछ। नवनियुक्त प्रशिक्षक अब्दुल्ला अलमुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न निस्केको नेपाली टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा इराकसँग ६-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो। नेपाल र ताइपेइ विश्वकप क्वालिफायर्सको समूह ‘बी’मा…
काठमाडौं : स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज उपमहानगरपालिका बस्ने २४ वर्षीय सौरभ साहलाई नियन्त्रणमा लिएको हो। साहले वीरगंजको विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई चरित्र हत्या गर्ने, धम्की दिने लगायत कार्य गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकास खनालले जानकारी दिए। साहले बाइओबी नामको फेसबुक आइडी…
जनकपुरधाम : धनुषामा कटुवा पेस्तोलसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई विशेष सूचनाका आधारमा जाँचका क्रममा बुधवार साँझ ६ बजे जिल्लाको शहीदनगर नगरपालिकास्थित यदुकाहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरियादेखि ५ सय मिटर उत्तरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा शहीदनगर नगरपालिका-२ बस्ने २५ वर्षीय उत्तिमलाल पासमान र १९ वर्षीय निपुल यादव रहेका छन्।
अभिनेता तुषार कपूर एक छोराका एकल पिता हुन्। उनले सन् २०१६ मा सरोगेसीको माध्यमबाट पिता बन्ने विकल्प रोजेका थिए। तुषारले आफ्नो जिन्दगीमा बिहे गर्ने कुनै योजना नरहेको बताएका छन्। भारतीय मिडियासँगको अन्तर्वातामा उनले भनेका छन्, ‘बिहे गर्ने कुनै योजना छैन। यदि मलाई यो बिषयमा कुनै द्विविधा थियो भने एकल पिता बन्ने बारेमा मैले सोच्ने थिइनँ। मैले एउटा समय र एउटा…
काठमाडौं: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दालाई यथाशीघ्र टुंग्याउन समय निर्धारण गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले बुधबार समय तोक्ने आदेश गरेको छ। इजलासले बहसका लागि निवेदक, विपक्षी (सरकारी वकिल) र एमिकस क्यूरीलाई समय तोकेको हो। सुनुवाइलाई सुव्यवस्थित गर्न, सुनुवाइ कार्यलाई अनावश्यक रुपमा लम्बिन नदिन, यसलाई मर्यादित, व्यवस्थित र औचित्यपूर्ण तुल्याउन, इजलासको भौतिक स्थिति, वर्तमान कोभिड -१९ महामारीको…
काठमाडौं : न्यूजिल्याण्डले आफूसँग रहेको कोभिड-१९ भ्याक्सिनलाई कम आय भएका मुलुकहरुमा वितरण गर्ने प्रतिवद्धता अनुरुप खोप वितरणमा सहमतिपत्रमा हस्ताक्षर गरेको छ। त्यहाँकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नले गत अप्रिल १५ मा आफूसँग भएको खोप निम्न आय भएका देशहरुमा वितरण गर्ने प्रतिवद्धता जनाएकी थिइन्। सोही अनुरुप न्यूजिल्याण्डले आफूसँग भएको १६ लाख डोज खोप प्यासिफिक क्षेत्रका ६ देशहरुमा कोभ्याक्स मार्फत २०२१ भित्र वितरण गर्ने…
विराटनगर : विपक्षीको तीव्र दबाब परेपछि प्रदेश नम्बर १ को सरकार अध्यादेशबाट बजेट नल्याउने टुंगोमा पुगेको छ। बुधवार अपराह्न सम्पन्न प्रदेशको मन्त्रिपरिषद्को बैठकले आगामी असार १ गते प्रदेशसभामा नै बजेट प्रस्तुत गर्ने र यसका लागि आर्थिक कार्यविधि र प्रदेशसभा नियमावली संशोधन गर्ने निर्णय गरेको हो। कार्यविधि र नियमावलीमा बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअगाडि नै प्रदेशसभामा पूर्व बजेट छलफल सकिसक्नुपर्ने प्रावधान…
पोखरा : गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सांसद मनबहादुर गुरुङको भनाइ रेकर्डबाट हटाउन आदेश गरेका छन्। बुधवार प्रदेशसभा बैठकमा सांसद मनबहादुर गुरुङले सभामुख अधिकारीमाथि नैतिकताको प्रश्न उठाएका थिए। सांसद गुरुङले बैशाख १५ गतेको घटना स्मरण गर्दै सभामुखको नैतिकतामा प्रश्न उठाएका हुन्। ‘हामीले बैशाखको १३ गते विशेष अधिवेशन बोलाएको हैन? केको लागि बोलाएको विशेष अधिवेशन माननीयज्यूहरु अविश्वासको प्रस्तावमा छलफल गर्नका लागि…
हेटौँडा : मकवानपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप्न सिफारिस भएको छ। आज बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण अझ कमि नभएको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो। यो पटक निषेधाज्ञा केहि सहज बनाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार अब हुने निषेधाज्ञा केहि खुकुलो हुने भएको हो।
काठमाडौं : नेपाल र चाइनिज ताइपेइबिच भोलि बेलुकी विश्वकप क्वालिफायर्स अन्तर्गतको खेल हुँदैछन्। जबेर अल अहमेद स्टेडियममा हुने खेलको पूर्वसन्ध्यामा दुवै टिमका प्रशिक्षकले कुवेतको मौसमलाई लिएर चिन्ता व्यक्त गरेका छन्। इराकमा अभ्यास खेल खेलेर कुवेत पुगेको नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतको मौमसमा खेल्नु कठिन हुने बताए। ‘कुवेतको मौसममा खेल्न हामीलाई सहज हुनेछैन,’ नेपाली टिमका कुवेती प्रशिक्षक अलमुताइरीले भने, ‘हामी चौथो स्थान…
पोखरा : गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमवार प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेटका सिद्धान्त, प्राथमिकता तथा प्रमुख नीति प्रस्तुत गरे। मंगलवार भएको प्रि-बजेट छलफलमा समेत विपक्षी दलका सांसदले धारण दिएनन्। सांसदहरूले केन्द्र र प्रदेश सरकारको आलोचना गर्नमै समय खर्चिए। बुधवारको बैठकमा पनि विपक्षीले सरकारको आलोचना गर्दै मन्तव्य मात्र राखे। सिद्धान्त र प्राथमिकतामा प्रवेश नगर्ने बताउदै…
काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए। पिसिआर र एन्टिजेन विधिबाट १३ हजार ८ सय ५ जनाको कोरोना आरटी पिसिआर परीक्षण गरिएको थियो। ३ हजार ७३ जनाको एन्टिजेन बिधिबाट गरिएको छ। त्यस्तै २४ घण्टा संक्रमणबाट मुक्त हुनेको सङ्ख्या ७ हजार २ सय…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ। थपिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लागू हुनेछ। आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिनसम्म उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सात दिनको लागि थप भएको निषेधाज्ञा बिहीवारबाट सकिँदैछ। यसपटक थप गरिएको निषेधाज्ञामा भने खाद्यान्य, डिपार्टमेन्टल स्टोर र पुस्तक पसल संचालन गर्न दिइएको छ। त्यस्तै वर्कशपहरुलाई पनि राति…