विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा ब्राजिलले इक्वेडरमाथि जित निकालेको छ। आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले इक्वेडरमाथि २-० को जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६५ औं मिनेटमा रिचार्लिसनले ब्राजिललाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको इन्ज्युरी टाइममा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै नेइमार जुनियरले गोल थप्दा ब्राजिलले २-० को सहज जित निकालेको हो।…
पोर्चुगल र स्पेनबीच गएराति सम्पन्न मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ। स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटानो स्टेडियममा १४७४३ दर्शकहरुको बीच सम्पन्न खेलमा घरेलु टोली स्पेन पोर्चुगलसँग गोलरहित बराबरीमा रोकिएको हो। युरोकपको तयारीमा रहेका दुबै टोली अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। स्पेनका अल्भारो मोराटाको प्रहार पोस्टमाथि ठोकिएर बाहिरिएको थियो भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हेडिङमा राम्रो अवसर पाए पनि उनको प्रहार बाहिरिएको थियो।…
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले मन्त्रिपरिषद् पुनर्गठनप्रति टिप्पणी गरेका छन्। उनले ट्विटरमार्फट प्रधानमन्त्री केपी शर्माले शुक्रवार गरेको मन्त्रिपरिषद् पुनर्गठनप्रति टिप्पणी गरेका हुन्। प्रवक्ता शर्माले मन्त्रिपरिषद् पुनर्गठन ‘फैसला’सम्मलाई दुइ/चार दिनको घामछाँया भएको बताएका छन्। उनले समस्या प्रधानमन्त्रीमा भएको भन्दै मन्त्री फाल्नु र पाल्नु समाधान नभएको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘पुनर्गठनमा टिप्पणी प्रधानमन्त्रीकै भाषामा - कलेजोमा छ…
वीरगंज : गत वैशाख १६ यता देशका अधिकांश ठाउँमा निषेधाज्ञापछि नेपाल-भारत आवतजावतका लागि समेत तोकिएका सीमानाकाबाहेक अन्यत्रबाट रोक लगाइएको छ। यसका बाबजुद पर्साबाट भारततर्फ मदिरा तस्करीको क्रम भने रोकिएको छैन। पर्सा प्रहरीले बिहीवार बिहान १ बजे भारततर्फ तस्करी हुँदै गरेको मदिरासहित त्यसका लागि प्रयोग गरिएको ट्रयाक्टर नियन्त्रणमा लिएको छ। कमसल र सस्तो मूल्यको ‘कस्तुरी’ ब्रान्डको मदिरा प्रहरीले जफत गरेको हो।…
काठमाडौँ: तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि माधव नेपाल पक्षमा रहेका शेरबहादुर तामाङ कहिले केपी शर्मा ओली त कहिले नेपाल पक्षमा उभिए। विधिवत रुपमा नेकपा फुटेर फरक पार्टी भएपछि यताउता गरिरहेका तामाङ अन्तत: नेपाल पक्ष छाडेर ओलीतिर लागे। तामाङ दम्पत्ति नै ओलीतिर ढल्किए। माधव नेपाल र झलनाथ खनालहरु जतिबेला सडकमा आन्दोलनरत थिए। गत पुस ९ गते अघि तत्कालीन…
काठमाडौंः नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राति नवनियुक्त मन्त्रीहरुको शपथ भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल पुनर्गठन गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ। सरकारमा अब तीन उपप्रधानमन्त्री रहने छन्। चुनावको घोषणा गरेर कामचलाउ बनिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। सत्ता साझेदारका रुपमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता महन्था ठाकुर पक्षलाई…
वीरगंज : वीरगंजका उद्योगी व्यवसायीले कोरोना संक्रमण घट्दै गएकाले निषेधाज्ञा खुकुलो गर्नुपर्ने माग राख्दै आएको भए पनि स्थानीय प्रशासनले निषेधाज्ञा पुनः १० दिन लम्ब्याएको छ। यसअघि जेठ २० सम्मका लागि लगाइएको निषेधाज्ञालाई अब जेठ ३० सम्म पुर्याइएको हो। यसरी संक्रमण दर घट्दै गएको अवस्थामा समेत निषेधाज्ञा अझ लम्ब्याइँदै जाँदा यसले अर्थतन्त्रमा असर गरेको भन्दै वीरगंजका व्यवसायीले चिन्ता जाहेर गरेका छन्। यससँगै,…
वीरगंज : पर्साको सदरमुकाम वीरगंजबाट २० किलोमिटर पश्चिममा पर्ने धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ। धोबिनी गाउँपालिकाको भिखमपुर टोलमा १५ बेडको अस्पताल निर्माण हुने गाउँपालिका कार्यालयले जनाएको छ। १० करोडको लागतमा निर्माण हुने अस्पतालको लागि ठेक्का साकार समेत भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार रौनियारले जानकारी दिए। ठेक्का साकार भई सम्बन्धित अस्पतालको निर्माण कार्य शुरु गर्नको लागि…
काठमाडौं : नेपाल सरकारले कोभिड-१९ विरुद्ध थप एक चिनियाँ खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। औषधि व्यवस्था विभागको शुक्रबारको बैठकले चीनको सिनोभ्याक लाइफ साइन्स लिमिटेडले विकास गरेको कोभिड-१९ भ्याक्सिन (भेरो सेल), इनएक्टिभेटेड (कोरोना भ्याक) खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गर्ने निर्णय भएको हो। भ्याक्सिन ६० वर्षभन्दा माथिका व्यक्तिलाई खोप प्रयोग गर्दा सावधानी अपनाउन भनिएको छ। यसअघि चीनको सिनोफार्मले…
कैलालीः पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका छन्। स्थायी कमिटी बैठकबाट जेठ १० गते सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर एमालेको सुदूरपश्चिम संसदीय दलले निर्णय विपरीत सरकारमा सहभागी भएपछि अध्यक्ष ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका हुन्। ‘पार्टी केन्द्रले…
काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले अध्यक्ष केपी ओलीसँगको वार्ताले निकास ननिकाल्ने निष्कर्ष निकालेको छ। नेपाल-खनाल समूह पार्टी एकताका लागि अनौपचारिक संवाद जारी राखे पनि तत्काल औपचारिक वार्ताको सम्भावना नभएको निचोडमा पुगेको हो। केन्द्रीय सदस्य जयन्ती राईले वार्ता टोलीको नेतृत्व गरिरहेका स्थायी कमिटी सदस्य भीम रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेकाले औपचारिक वार्ताको औचित्य…
काठमाडौंः नवनियुक्त मन्त्रीहरुको शपथ आजै राति ८ बजे हुने भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल र एमालेकै नयाँ मन्त्रीहरुको शपथ हुन लागेको हो। कामचलाउ हैसियतमा परिणत भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा सदस्य थप र हेरफेर गर्न लागेका हुन्। आफ्नो सत्ता संकट टारेका जसपाको महन्थ ठाकुर पक्षका दश जनालाई ओलीले मन्त्रीको जिम्मेवारी दिन लागेका हुन्। यस्तै, एमालेबाट यसअघि मन्त्री…
काठमाडौं : नेपाली चलचित्रकर्मीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ। तीन हजार चलचित्रकर्मीलाई खोपको माग गर्दै चलचित्र विकास बोर्डले मन्त्रालयलाई पत्र बुझाएको छ। बोर्डका सदस्य तथा बोर्डको कोभिड-१९ व्यवस्थापन संयोजक राज कटुवालले स्वास्थ्य मन्त्रालयलाई आज पत्र बुझाएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए। चलचित्र क्षेत्रमा काम गर्ने ३ हजार चलचित्रकर्मीलाई खोप उपलब्ध…
काठमाडौं : नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बलदेब तिमल्सिनाले कोरोनाको महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेका छन्। तिमल्सिनाले ‘कोभिड-१९ को महामारीविरुद्धको हाम्रो अभियान’ अन्तर्गत बिहीवार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ६ वटै वडाका स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका हुन्। तिमल्सिनाले गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ, उपाध्यक्ष दुर्गादेवी नेपाल, वडा अध्यक्ष, स्वास्थ्य कार्यालयका प्रमुख…
भारतीय निर्देशक करण जोहरले नयाँ फिल्म बनाउने भएका छन्। उनले फिल्म ‘तख्त’को कामलाई पछाडि सार्दै रोमान्टिक कमेडी फिल्म बनाउने तयारी गरेका हुन्। यसैबीच, फिल्मको नाम सार्वजनिक भएको छ। उक्त फिल्मको नाम ‘प्रेम कहानी’ राखिएको छ। जसमा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको मुख्य भूमिका हुने पक्का भएको छ। यसअघि पनि रणवीर र आलियाले फिल्म ‘गल्ली ब्वाई’ मा एकसाथ काम…
अभिनेता हृतिक रोशनले कोरोनाका कारण आर्थिक समस्यामा परेकालाई २० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले सिने र टिभी आर्टिस्ट एसोसिएसन (सिन्टा)का सदस्यहरुको लागि उक्त रकम सहयोग गरेका हुन्। उनले एसोसिएसनलाई २० लाख रुपैयाँ दिनुका साथै राहतसमेत दिएका छन्। जसले गरिबीको रेखामुनि रहेका ५ हजारभन्दा बढी सदस्यहरुलाई सहयोग मिल्ने छ। ‘पहिलो कोरोनाको लहरबीच पनि उहाँले सहयोग गर्नुभएको थियो। यसपटक उहाँले गरेको…
काठमाडौं: उच्च अदालत विराटनगरले अक्सिजन उत्पादनदेखि खपतसम्मको विवरण दैनिक रुपमा नागरिकलाई उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ। निवेदक विमल साहले मुख्यमन्त्री र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश १ समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले एक साताभित्रै अक्सिजनको सूचना विवरण दैनिक रुपमा उपलब्ध गराउन आदेश दिएको हो। आदेशमा भनिएको…
काठमाडौं: गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका पदमुक्त सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। थापाको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ। पार्टी, गण्डकी प्रदेशसभा र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटमा थापाले आफूलाई पदरिक्त गर्ने निर्णय बदर गरी पुनर्वहाली गराउन परमादेश माग गरेका छन्। ‘पार्टीले प्रचलित कानुन विपरीत मलाई सोधिएको स्पष्टीकरण र सो आधारमा मेरो गण्डकी…
ब्राजिल कोभिड १९ को महामारीका कारण धेरै प्रभावित हुने देशहरुमध्ये एक हो। यो संकटका बिच ब्राजिलमा कोपा अमेरिका कप आयोजना गर्ने सरकारले तयारी थालेको छ। संक्रमण नियन्त्रण र रोकथाममा असफल भएको भन्दै आलोचित ब्रालियन राष्ट्रपति जैर बोलसानारोको उक्त निर्णयको ब्राजिल भर विरोध भइरहेको छ। संक्रमणबिच फुटबल आयोजना गराउने निर्णयको विरुद्ध अदालतमा परेको मुद्दा समेत दायर भएको छ। सो मुद्दाको सुनुवाइ गर्दै ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति जैर बोलसानारो…
काठमाडौं : नेपाली फुटबल टोली यतिबेला विश्वकप छनोट अन्तर्गतको खेल खेल्न कुवेतमा पुगेको छ। इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोलीले कुवेतमा बिहीवार सम्पन्न खेलमा चाइनिज ताइपेइविरुद्ध जित निकाल्यो। यी दुवै खेलमा गोल गर्ने नेपाली खेलाडी थिए अन्जन विष्ट। दुवै खेलमा सुरुवाती अग्रता बनाएका बिष्ट ताइपेइ विरुद्धको खेलमा जित्ने लक्ष्यको साथ उत्रिएको र प्रशिक्षकको रणनीति अनुसार खेल्न सक्दा जित निकाल्न सकिएको…