PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • नागरिकता अध्यादेशविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेशी २७ जेठमा तोकियो

    नागरिकता अध्यादेशविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेशी २७ जेठमा तोकियो

    काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ भएको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्धको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। ६ वटा रिटमा शुक्रवार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। संवैधानिक इजलासले जेठ २७ मा अर्को पेशी तोकेको छ बाँकी सुनुवाइका लागि। वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुल बहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको पूर्ण बैठक : तत्काल संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन नहुने, संकुचित सेवा विस्तार गर्ने निर्णय

    सर्वोच्चको पूर्ण बैठक : तत्काल संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन नहुने, संकुचित सेवा विस्तार गर्ने निर्णय

    काठमाडौं: सर्वोच्च अदालतको पूर्ण बैठकले संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन गर्नुनपर्ने निष्कर्ष निकालेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा बसेको २० जना न्यायाधीशको बैठकले वरिष्ठताका आधारमा इजलास गठन गर्न नियमावली बाधक नभएकाले संशोधन आवश्यक नभएको निष्कर्ष निकालेको हो। यद्यपि सर्वोच्च अदालत बार एशोसिएसनसँग भएको समझदारीअनुसार इजलास गठन गर्ने जानकारी प्रधानन्यायाधीश जबराले बैठकमा गराएका थिए। ‘अहिलेको सन्दर्भमा तत्काल संशोधन हुँदैन। एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली र सुदूर पश्चिमपछि प्रदेश २ मा 'ओली'लाई निस्तेज पार्ने रणनीति : छलफलमा उपेन्द्र यादव र विमलेन्द्र निधि

    कर्णाली र सुदूर पश्चिमपछि प्रदेश २ मा 'ओली'लाई निस्तेज पार्ने रणनीति : छलफलमा उपेन्द्र यादव र विमलेन्द्र निधि

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह तयार भएपछि प्रदेश नम्बर २ को सत्तामा हुनसक्ने हेरफेरलाई लिएर अर्का अध्यक्ष उपेन्द्र यादवको सक्रियता बढेको छ। अध्यक्ष यादव आज जनकपुर गएका छन्। जनकपुर जानुअघि उनले नेपाली कांग्रेसका उप सभापति विमलेन्द्र निधिसँग छलफल गरेका छन्। बिहान दुई नेता बिच डेढ घन्टा…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता अध्यादेशविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

    नागरिकता अध्यादेशविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

    काठमाडौं: सरकारले ल्याएको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुल बहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका उप-महासचिव लक्ष्मण पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाई रिट दायर गरेको रिटमा…

    विस्तृतमा पढ्नुस्

  • छुटको ग्यास लिन उपभोक्ताको लामो लाइन : लाइन मिलाउनै प्रहरीलाई सास्ती

    छुटको ग्यास लिन उपभोक्ताको लामो लाइन : लाइन मिलाउनै प्रहरीलाई सास्ती

    काठमाडौं : एउटा खाना पकाउने ग्यासमा २ सय ८० रुपैयाँ छुट दिइएपछि आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्रका साल्ट ट्रेडिङमा उपभोक्ताको लामो लाइन लागेको छ। बिहानदेखि नै चर्को गर्मी सहेर उपभोक्ताहरु छुटको ग्यास लिन कोभिड संक्रमण भुलेर पनि कुरिरहेका छन्। सोल्टी मोडस्थित साल्ट ट्रेङिङ अगाडि यस्तै भिड देखिएको हो। सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको…

    विस्तृतमा पढ्नुस्

  • नियमावली संशोधन नहुँदै प्रधान न्यायाधीशले गठन गरे वरिष्ठताका आधारमा इजलास

    नियमावली संशोधन नहुँदै प्रधान न्यायाधीशले गठन गरे वरिष्ठताका आधारमा इजलास

    काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमतिलाई कार्यान्वयनमा ल्याएका छन्। मंगलवार सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँगको वार्तामा प्रधान न्यायाधीश जबराले वरिष्ठताका आधारमा इजलास गठन गर्न नियमावली संशोधन गरेर अघि बढ्ने सहमति जनाएका थिए। नियमावली संशोधनका लागि आज सर्वोच्चका २० न्यायाधीशको पूर्ण बैठक बस्नुअघि नै प्रधान न्यायाधीश जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेर…

    विस्तृतमा पढ्नुस्

  • के आज काठमाडौंका सडकमा सवारीको चाप बढेको हो? कस्तो छ प्रहरीको चेकिङ?

    के आज काठमाडौंका सडकमा सवारीको चाप बढेको हो? कस्तो छ प्रहरीको चेकिङ?

    काठमाडौं : आज बिहान काठमाडौं उपत्यकाभित्र सडकमा सवारीको चाप निषेधाज्ञाका अन्य दिनको तुलनामा बढी देखिएको छ। उपत्यका भित्रका तीनवटै जिल्लाका स्थानीय प्रशासन कार्यालयहरुले आजबाट लागू हुने गरि केही खुकुलोका साथ १० दिनसम्म निषेधाज्ञा थप गरेको हो। धेरैले निषेधाज्ञा खुकुलो भएको भन्दै सडकमा निस्किएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ। तर, निषेधाज्ञा खुकुलो नभएको र प्रहरीले अनावश्यक रुपमा हिँड्नेलाई कारबाही गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरका एसपी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित सहित पछिल्लो १० महिनामा ५६७३ जनाले गरे आत्महत्या : सबैभन्दा धेरै झुण्डिएर, धेरैजसो पुरुष, ६०८ जना बालबालिका

    कोरोना संक्रमित सहित पछिल्लो १० महिनामा ५६७३ जनाले गरे आत्महत्या : सबैभन्दा धेरै झुण्डिएर, धेरैजसो पुरुष, ६०८ जना बालबालिका

    काठमाडौं : सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नम्बर ६ का ५३ वर्षीय रत्नबहादुर तामाङलाई केही दिनअघि कोरोनाका लक्षणहरु देखिए। त्यसपछि वडामार्फत कोरोना परीक्षण गर्‍यो। नभन्दै तामाङलाई कोरोना पोजेटिभ पुष्टि भयो। गाउँको रत्न राज्य माविमा बनाइएको आइसोलेसनमा भर्ना भए जेठ १७ गते। संक्रमण भएको १४ दिनसम्म सुरक्षित बस्नुपर्ने स्वास्थ्य मापदण्ड  छ। त्यसैले पनि तामाङले कम्तीमा पनि १० दिन आइसोलेसनमा नै बिताउनुपर्ने थियो।…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए अर्जेन्टिना र चिली

    बराबरीमा रोकिए अर्जेन्टिना र चिली

    विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज सम्पन्न खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। अर्जेन्टिनास्थित स्टेडियो युनिको डे सान्टिआगोमा सम्पन्न खेलमा घरेलु टोली चिलीसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको २४ औं मिनेटमा अर्जेन्टिनाले लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। लौटरो मार्टिनेजलाई बक्समा लडाएपछि पाएको पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान मेस्सीले अग्रता दिलाएका थिए। तर उता चिलीले १२ मिनेट नबित्दै…

    विस्तृतमा पढ्नुस्

  • दश खेलाडीमा सीमित भारतमाथि कतारको संघर्षपूर्ण जित

    दश खेलाडीमा सीमित भारतमाथि कतारको संघर्षपूर्ण जित

    विश्वकप क्वालिफायर्स अन्तर्गत समूह इ को खेलमा कतारले भारतमाथि संघर्षपूर्ण जित निकालेको छ। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा कतारले भारतमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। फितलो सुरुवात गरेको भारतका डिफेन्डर राहुले भेखे  १७ औं मिनेटमै रेडकार्ड खाँदै बाहिरिँदा १० खेलाडीमा समेटिएको थियो। उता कतारका अब्दुल्लाजिज हातेमले ३३ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए। त्यसपछि दुबैतर्फबाट गोल हुन…

    विस्तृतमा पढ्नुस्

  • ताइपेइलाई हराएपछि प्रशिक्षक अलमुताइरीको प्रतिकृया: यो अन्त्य होइन

    ताइपेइलाई हराएपछि प्रशिक्षक अलमुताइरीको प्रतिकृया: यो अन्त्य होइन

    काठमाडौं: नेपाली फुटबल टोलीले विश्वकप क्वालिफायर्सको खेलमा चाइनिज ताइपेइमाथि जित निकालेसँगै प्रशिक्षक अब्दुल्लाह अमुताइरीले यो अन्त्य नभएर सुरुवात भएको प्रतिकृया दिएका छन्। चाइनिज ताइपेइमाथि २-० को जित निकालेसँगै अलमुताइरीले यो खेलका लागि धेरै तयारी गरेको भन्दै ताइपेइमाथि जित निकाल्न सहज नभएको प्रतिकृया दिए। ‘ताइपेइविरुद्धको तयारीलाई लिएर ११ वटा क्लास लिएका थियौं। अपोनेन्टलाई अध्ययन गर्न आवश्यक छ,’ अलमुताइरीले भने, ‘यो अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • अन्जन र नवयुगको गोलमा चाइनिज ताइपेइमाथि नेपालको सानदार जित

    अन्जन र नवयुगको गोलमा चाइनिज ताइपेइमाथि नेपालको सानदार जित

    काठमाडौं: विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा नेपालले चाइनिज ताइपेइमाथि सानदार जित निकालेको छ। जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालले २-० को जित निकालेको हो। पहिलो हाफमा नेपालले एक गोलले अग्रता बनाएको नेपालले दोस्रो हाफमा अर्को गोल थपेको थियो। खेलको चौथो मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै विष्टले नेपाललाई अग्रता दिलाएका थिए। योसँगै विष्टको ताइपेइविरुद्ध कुल तीन गोल…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले नेपाललगायत विश्वभरका देशलाई ८ करोड खोप सहयोग गर्ने

    अमेरिकाले नेपाललगायत विश्वभरका देशलाई ८ करोड खोप सहयोग गर्ने

    विश्वभर कोरोना भाइरसको महामारीविरुद्ध लड्नको लागि अमेरिकाले विभिन्न देशलाई ८ करोड खोप सहयोग गर्ने भएको छ। जो बाइडेन-कमला ह्यारिस प्रशासनले बिहीवार नेपाललगायत विश्वका विभिन्न देशहरुलाई खोप सहयोग गर्ने निर्णय गरेको हो। अमेरिकाले जुन महिनाको अन्तसम्ममा सो खोप बाँडिसक्नेछ। पहिलो चरणमा उसले साढे २ करोड खोप वितरण गर्नेछ। जसमा कोभ्याक्समार्फत ७५ प्रतिशत खोप बाँडिनेछ। यसबाट कोरोनाका कारण जोखिममा रहेका धेरै देशहरु…

    विस्तृतमा पढ्नुस्

  • चाइनिज ताइपेइविरुद्ध नेपाललाई अग्रताः पहिलो हाफमा एक गोलले अघि

    चाइनिज ताइपेइविरुद्ध नेपाललाई अग्रताः पहिलो हाफमा एक गोलले अघि

    काठमाडौं: विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आज नेपाल र चाइनिज ताइपेइ प्रतिस्पर्धामा छन्। जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपालले एक गोलले अग्रता बनाएको थियो। खेलको चौथो मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै विष्टले नेपाललाई अग्रता दिलाएका थिए। योसँगै विष्टको ताइपेइविरुद्ध कुल तीन गोल गरेका छन्। यसअघिको ताइपेइविरुद्धको खेलमा विष्टले नै दुई गोल गर्दा नेपालले जित निकालेको…

    विस्तृतमा पढ्नुस्

  • प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

    प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

    काठमाडौंः प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले बताए।  बस्नेत करिब दुई दशक कान्तिपुर पब्लिकेशनसँग आवद्ध थिए।  तत्कालीन अध्यक्ष भवानी बराललाई सर्वोच्च अदालतले कामकाजमा रोक लगाएपछि काउन्सिल कार्यवहाक अध्यक्षका भरमा चल्दै आएको थियो। केही समयअघि दुर्गा भण्डारीलाई अध्यक्ष नियुक्त गरिए पनि सर्वोच्च अदालतले नै अन्तरिम आदेश जारी…

    विस्तृतमा पढ्नुस्

  • चाइनिज ताइपेइ विरुद्ध खेल्ने नेपालको यस्तो छ सुरुवाती टिम

    चाइनिज ताइपेइ विरुद्ध खेल्ने नेपालको यस्तो छ सुरुवाती टिम

    काठमाडौं: विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आज नेपाल र चाइनिज ताइपेइ प्रतिस्पर्धामा उत्रँदैछन्। जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा खेल बेलुकी पौने १० बजे सुरु हुनेछ।  नवनियुक्त प्रशिक्षक अब्दुल्ला अलमुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न निस्केको नेपाली टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा इराकसँग ६-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो। इराकसँगको खेल भन्दा ताइपेइसँगको खेलमा प्लेइङसेट फरक…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रवार बस्ने

    सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रवार बस्ने

    काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रवार बस्ने भएको छ। संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन, न्यायाधीशहरुको रोस्टर रिफर्म, सर्वोच्चको सेवा विस्तार लगायत विषयमा परामर्श गर्न पूर्ण बैठक बस्ने सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। ढकालले भोलिको बैठक जेठ १३ गते नै तय भएको बताए। ‘सेवा कटौती संशोधन अथवा सेवा प्रवाह संशोधन सम्बन्धमा १३ गते नै तय भएको हो,’ उनले…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले समस्यामा परेका गृह जिल्लाबासीका लागि गायक पशुपति शर्माको सहयोग 

    कोरोनाले समस्यामा परेका गृह जिल्लाबासीका लागि गायक पशुपति शर्माको सहयोग 

    काठमाडौं : गायक पशुपति शर्माले आफ्नो गृह जिल्लाका जनतालाई ३० हजार रुपैयाँ सहयोग गरेका छन्। उनले कोरोना महामारीले समस्यामा परेका स्याङ्जाबासीका लागि उक्त रकम सहयोग गरेका हुन्। शर्माले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले सञ्चालन गरेको आपत्कालिन राहत कोषमा आर्थिक सहयोग गरेका हुन्। कोरोना महामारीको बेला यस पुण्य कार्यमा सहभागी हुन पाउँदा निकै खुशी लागेको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका…

    विस्तृतमा पढ्नुस्

  • ढुङ्गा, गिट्टी, बालुवा निकासी निर्णय नसच्चिए प्रदेश सरकारले आवश्यक कदम चाल्नेछ: मुख्यमन्त्री राउत

    ढुङ्गा, गिट्टी, बालुवा निकासी निर्णय नसच्चिए प्रदेश सरकारले आवश्यक कदम चाल्नेछ: मुख्यमन्त्री राउत

    जनकपुरधाम : संघीय सरकारले बजेट वक्तव्यमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निकासीको नीति प्रदेश नम्बर २ लाई मरुभूमि बनाउने योजना रहेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन्। विहीवार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले अवैध ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्दा प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने खतरा रहेको उल्लेख गर्दै उनले प्रदेश २ लाई मरुभूमि बनाउने केन्द्र सरकारको योजना रहेको आरोप लगाए।…

    विस्तृतमा पढ्नुस्

  • चलचित्रका प्राविधिकहरुलाई सहयोग गर्न स्वस्तिमाले शुरु गरिन् अभियान

    चलचित्रका प्राविधिकहरुलाई सहयोग गर्न स्वस्तिमाले शुरु गरिन् अभियान

    काठमाडौं : विगत डेढ वर्षदेखि कोरोना महामारीले हरेक क्षेत्रलाई निकै असर गरेको छ। जसमध्येको एक हो फिल्म क्षेत्र। एकातिर फिल्म क्षेत्रको काम बन्द छ। अर्कोतिर बनेका फिल्म समेत रिलिज हुन सकेका छैनन्। कोरोनाले गर्दा फिल्मको पर्दा पछाडि काम गर्ने प्राविधिकहरुको अवस्था निकै नाजुक बनेको छ। उनीहरुले एक वर्षदेखिको भाडा तिर्न सकेका छैनन्। साथै दैनिक जीवन चलाउन समेत गाह्रो छ। जुन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell